जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, November 13, 2010

तातो चियासँग सचेत रहौँ

सामान्यतया धेरै मानिस तातो चिया पिउँछन् । तपाईंको बानी पनि यस्तै छ भने सावधान हुनुहोस् । तातो चियाको मीठो चुस्कीले घाँटीको क्यान्सर निम्त्याउन सक्छ । हालै मात्र ब्रिटिस मेडिकल जर्नलमा छापिएको एक अध्ययनले तातो चिया खाने मानिसमा खाना खाने नली तथा घाँटीको क्यान्सर हुने सम्भावना आठगुणा बढी रहेको तथ्य देखाएको छ । अनुसन्धान अनुसार तातो चियाले घाँटीको कोमल तन्तुमा असर गर्छ ।
चिया पाक्ने बित्तिकै पिउने मानिसमा ४ अथवा ५ मिनेटपछि पिउने मानिसको तुलनामा क्यान्सरको खतरा पाँचगुणा बढी हुन्छ । अध्ययन प्रतिवेदनमा भनिएको छ । यो अध्ययन करिब ५० हजार मानिसमा गरिएको हो । विशेषज्ञहरूकाअनुसार चिया कपमा हालेको दस मिनेटपछि पिउनुपर्छ

चाँदनी शाह दरबारमा फुलेकी थिइन्


धर्ती भई एकचोटि सही हेर अरूले कुल्चेको
आगो भई एकचोटि बली हेर अरूले तापेको ।
कवयित्री चाँदनी शाहको कलमले यथार्थताको धरातल समातेको पाइन्छ । पीडा, बोझ र समस्यालाई अनुभूति गर्न र तिनै बेहोरा कल्पना गर्नमा निक्कै भिन्नता हुन्छ । राष्ट्रिय दायित्वमा रहेर पनि आफ्नो जिन्दगानीलाई सरलताका साथ अरूमाझ प्रस्तुत गर्ने काम कठिन हुन्छ र त्यो एउटा तपस्या पनि मानिन्छ ।
रानी ऐर्श्र्यबाट चाँदनी शाहको नाउँद्वारा साहित्यको सृजना हुने गथ्र्यो । त्यसैले पनि ‘चाँदनी शाहका रचना’ (गीतिकवितासङ्ग्रह : २०४३) नेपाली जनजीवनमा चर्चित भयो । कवयित्री शाहका काव्यमा नेपाली जनजीवनको टड्कारो प्रतिविम्ब पाइन्छ । शाहका प्रायः सम्पूर्ण गीतिकविताहरू तारादेवीद्वारा गाइएका छन् भने अधिकांश गीतहरू नातिकाजीद्वारा सङ्गीतबद्ध भएका छन् । चाँदनी शाहका गीत नारायणगोपाल, शिवशङ्कर, तारा थापा, मिलन चँखू, आनन्द कार्की र कुन्ती मोक्तानद्वारा पनि गाइएका छन् भने उनका गीतमा अम्बर गुरुङ, शिवशङ्कर, दीपक जङ्गम र शिलाबहादुर मोक्तानका सङ्गीत पनि परिसकेका छन् । उनका रचनाको विविध भाषामा अनुवाद भएको छ भने प्रतिनिधि नेपाली साहित्यकारका समीक्षामा आधारित नरेन्द्रराज प्रसाईको सम्पादनमा ‘चाँदनी शाह : आफ्नै आकाश, आफ्नै परिवेश’ (२०४३) नामक बृहत् समालोचनात्मक ग्रन्थ पनि प्रकाशित भएको छ ।
कविराजा म.वी.वि. शाहकी पुत्रबधू चाँदनी शाहलाई पनि नेपाली साहित्यिक धरातलमा पाउनाले नेपाली माटोमा गौरवको एउटा अर्को घटना पनि थपिएको मानिन्छ ।

२५ प्रतिशत बिद्युत महसुल बढाउने तयारीः उर्जा राज्यमन्त्री

बुटवल। उर्जा राज्यमन्त्री चन्द्रसिंह भट्टराईले कायम रहेको बिद्युत महशुलमा २५ प्रतिशतसम्म महशुल बढाउने तयारी भइरहेको बताउनुभएको छ ।
उहाँले बिभिन्न कारणबाट भइरहेको विद्युत चुहावट रोक्न सकेमा लोडसेडिङको मार खेप्न नपर्ने बताउनुभभयो । रिर्पोटर्स क्लब लुम्बिनीले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उहाँले अहिले भैरहेको २६ प्रतिशत विद्युत चुहावट रोक्न सरकार लागिपरेको भएपनि कतिपय जिल्लाका सरकारी निकायले नै सक्रियता नदेखाएको भन्दै उहाँले नागरिकलाई चुहावट रोक्न सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले कर्मचारीको लापर्बाहीका कारण बक्यौता उठ्न नसकेको बताउनुभयो । राज्यमन्त्री भट्टराईले राजनीतिक गतिरोधका कारण देशको प्रशासनिक क्षेत्र पनि अस्तव्यस्त भएको बताउँदै माओवादीले नाजायज अडान त्यागेमा सहमति हुने विश्वास ब्यक्त गर्नुभयो ।

Wednesday, November 10, 2010

साढे २ रुपैयाँमै एनसेलबाट भिडियो कल

काठमाडौं - एनसेलले भिडियो कल गर्दा मिनेटको एक रुपैयाँ ९९ पैसामात्र लिने भएको छ। दूरसञ्चार प्राधिकरणले एनसेलले लिने भिडियो कलको महसुल दर स्वीकृत गरेको हो।
एनसेलका थ्रीजी ग्राहकले करसमेत दुई रुपैयाँ ४७ पैसामा भिडियो कल गर्न सक्नेछन्। एनसेलले कुराकानीमात्र गर्न सकिने भ्वाइस कल र भिडियो कलको महसुल एउटै राखेको छ। पोस्टपेड र प्रिपेड दुवै प्रकारको मोबाइलमा एउटै महसुल लाग्नेछ।

यो महसुल एनसेलको आफ्नै नेटवर्कमा मात्र हुनेछ। एनसेलको नेटवर्कबाट टेलिकमको नेटवर्कमा कुराकानी गर्न सकिए पनि भिडियो कल भने तत्काललाई नजाने एनसेलका एक अधिकारीले जानकारी दिए।

'एनसेललाई भिडियो कलको करबाहेक प्रतिमिनेट एक रुपैयाँ ९९ पैसामात्र ग्राहकसँग लिन पाउने गरी महसुल स्वीकृत गरेका छौं,' प्राधिकरणका प्रवक्ता कैलाशप्रसाद न्यौपानेले भने।

अहिले एनसेल चलाइरहेका ग्राहकले एसएमएस गरेपछि भिडियो कल सेवा एक्टिभेट गरिदिने भएको छ। नयाँ सिमकार्ड लिन चाहने ग्राहकले भने सुरुमै भिडियो कलको सुविधा पाउँछन्।

भिडियो कुराकानी गर्न कल गर्ने र रिसिभ गर्ने दुवैले यो सुविधा लिएको हुनुपर्छ। दुवै प्रयोगकर्तासँग भिडियो कुराकानी गर्न सक्ने सेट हुन आवश्यक हुन्छ। एनसेलले देशका ठूला १० सहरहरुमा भिडियो कल गर्न सकिने गरी थ्रीजी सेवा विस्तार गरेको छ। यसको साथै सगरमाथा क्षेत्रमा थ्रीजी सेवा सुरु गरेको छ।

एनसेलले भिडियो कल सुरु गरे पनि अहिलेसम्म ग्राहकलाई घोषित रुपमा यो सेवा उपलब्ध गराइसकेको थिएन। भिडियो कल थि्रजी अन्तर्गतकै एउटा सेवा हो। दुई साता अघि सगरमाथाको आधारशिविरबाट एनसेलले भिडियो कल सेवा उद्घाटन गरेको थियो। प्राधिकरण सञ्चालक समितिको गत बिहीबारको बैठकले महसुल स्वीकृत गरेको हो।

नेपाल टेलिकमले झन्डै तीन वर्षदेखि भिडियो कल सेवा सुरु गरिसकेको छ। टेलिकमले पोस्टपेड र प्रिपेड मोबाइलको लागि छुट्टाछुट्टै महसुल लिइरहेको छ। एनसेलले पोस्टपेड मोबाइलमा चार रुपैयाँ र प्रिपेडमा पाँच रुपैयाँ करबाहेक महसुल लिइरहेको छ।

थ्रीजी मोबाइलमा उच्च गतिको इन्टरनेट सेवा पनि चल्छ। अहिले एनसेलका ३७ लाख ग्राहक पुगेका छन्।
दुई वर्षअघि युरोपको टेलिया सोनेराले ८० प्रतिशत सेयर लिए पनि आक्रामक रुपमा ग्राहक बढाउन लागेको एनसेलले एक वर्षभित्र सातअर्ब रुपैयाँ लगानी गरेर ७५ जिल्लामा सेवा पुर्‍याउने योजना घोषणा गरेको छ।

Monday, November 8, 2010

नारी र पुरुष एक रथका दुई पाङ्ग्रा

जगतको सृष्टि सँगै पृथ्बीमा सबै प्राणीहरुलाई एक अर्काको (जननी र मर्द) मायाको संगममा बाधी ईश्वरले उत्पति गर्नु भएको थियो त्यस मध्ये मानिस चेतनशील प्राणीमा पर्दछ भन्ने कुरा हामीलाई थाह नै छ ! परापुर्ब काल देखि नै हामीले नारी र पुरुष बीचको सम्बन्ध कथा र पुराणहरुमा सुन्दै पनि आईरहेकाछौ ! भनिन्छ'' नारी

स्वस्थ यौन सम्पर्कले दाम्पत्य जीवन सुखद बनाउछ

स्वस्थ यौन संपर्क दाम्पत्य जीवनमा खुशीयाली ल्याउन महत्वपूर्ण भूभिका निर्वाह गर्दछ । यदि सेक्स सम्वन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्वन्धपनि राम्रो हुन्छ । तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ । साथै यहि नै दाम्पत्य जीवनमा तनावको मूख्य कारणपनि बन्न सक्छ । दाम्पत्य जीवनलाई सुखद बनाउनका निम्ति यहां केहि उपायहरु
प्रस्तुत गरिएको छ जस्ले सेक्सलाई अझ बढी रोचक र आनन्दमय बनाउन सहयोग पुग्दछ ।
यौन सहवास पूर्व शरीरलाई बुझ्नु जरुरी हुन्छ । किनकि सहवास शरीरको अनुकूलतामा नै

औलामा पाईने चक्रको फल

औलाहरूको र औठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुन व्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएको कार्यमा विशेष रुचि हुन्छ । साथै ऐर्श्वर्यद्वारा पर्ूण्ा, उत्तमजीवन विताउँदछन् । यस्ता व्यक्तिहरू रहस्यमय, व्यवहारिक विचार बला बनाउनुको साथै अनुसन्धान र नयाँ विचारको जन्म दिनेखालको हुन्छन् ।
चक्रको औला अनुसार फलः-
१)औठामा चक्र छ भनेः-जातकलाई पैत्रृक सम्पत्तिको सुख मिल्छ र त्यस सम्पत्तिलाई बृद्धि गर्ने हुन्छ ।यस्ता व्यक्तिहरू श्रेष्ठ गुणको स्वामी हुनुको साथै कठिन कार्य गर्नको लागि सधै तत्पर रहन्छ र ऐर्श्वर्यद्वारा पर्ूण्ा जीवन यापन गर्दछ ।
२)औठा एवम् तर्जनी औलामा चक्र भएमाः-जातकले समाजमा धन, यश, सम्मान प्राप्त गर्दछन् र प्रत्येक इच्छा पर्ूण्ा हुन्छ ।
३र्)तर्जनी औलाको अग्रभागमा चक्र छ भनेः-जुन व्यक्तिको औलामा यस्तो चिन्ह छ त्यस व्यक्तिले माता- पिता, भाई बन्धुद्वारा धन सम्पत्ति प्राप्त गर्दछ । व्यवसायी, राजनेता, चिकित्सक यस श्रेणीमा पर्दछन् । जातकले कार्य कुशल एवम् इश्वरमा आस्था र विश्वास राख्नेवाला हुन्छ । तर यदि चक्र अपर्ूण्ा छ भने यसको प्रभाव विपरित हुन्छ ।
४)मध्यमा औलाको टुप्पोमा चक्र भएमाः-जातकलाई धार्मिक कार्यद्वारा धनलाभ गर्नुका साथै धार्मिक नेता या पुजारी हुन्छ ।
५)अनामिका औलामा चक्र छ भनेः-त्यस्ता व्यक्तिलाई आफ्नो मित्र वगद्वारा धनलाभ हुनुका साथै व्यापारबाट लाभान्वित हुन्छ ।
६)अनामिका एवम् तर्जनी औलामा चक्र भएमाः-जातक व्यवहारिक एवम् स्नेहशील हुन्छ ।
७)कनिष्ठ - कान्छी ) औलामा चक्र छ भनेः-यस्ता व्यक्तिहरूले आफ्नो व्यवसायद्वारा धन प्राप्ति गर्दछन् । जातक शास्त्रको ज्ञाता हुनुको साथै लेखन कार्यमा निपुण हुन्छन् । यदि सम्पर्ूण्ा औलाहरूको टुप्पोमा चक्र छ भने जातकलाई भाग्यशाली, यशस्वी एवम् वाकपटु र सुखी बनाउँदछ । यदि चन्द्र पर्वतमा चक्रको चिन्ह छ भनेः-जातक जातिकालाई पानीमा डुब्ने वा पानीको भय र अत्याधिक टाउको दुःख्ने समस्ायले जीवनभरि सताईरहन्छ ।
चक्र संख्या अनुसारको फलः-
१)एक चक्र भएमाः-जातक वीर, सुखीजिवन विताउनुका साथै चातर्ुययुक्त
२ंर्)दई चक्र छ भनेः-अति सुन्दर र सम्मानित व्यक्ति
३)तीन चक्र भएमाः-धनी, विलासी
४)चार चक्र छ भनेः-धनहीनता, दर्रि्र
५)पाँच चक्र भएमाः-सुखको उपभोग र ज्ञानी
६)छ चक्र भएको छ भनेः-काम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष
७)सात चक्र छ भनेः-सदाचारी लेक, वनजंगल र पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला ।
८)आठ चक्र भएमाः-विमारबाट कस्ट, दर्रि्र
९)नौ चक्र छ भनेः-सौभाग्यशाली
१०)दश चक्र भएमाः-आत्म ज्ञानी र महावली प्रभु हुन्छन् ।

Sunday, November 7, 2010

भाइ तिहार (भाइ टीका)

तिहारको अन्तिम दिन अर्थात् कार्तिक शुक्ल द्वितीया तिथिका दिन यो पर्व विशेष उत्साहका साथ मनाइन्छ । यो पर्व दिदीले भाइलाइ र बहिनीले दाजुलाई अनि त्यसैगरी भाइले दिदीलाई र दाजुले बहिनीलाई विशेष मान-सम्मानका साथ विधिपूर्वक पूजाआजा गर्ने, मेवा-मिष्ठान्न आदि मनपर्ने कुरा ख्वाउने, दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने परम्परा छ । परापूर्वकालमा बहिनी यमुनाले यसै दिन आफ्नो भावना अन्तर्निहित गरेको पाइन्छ । दाजु यमराजलाई विशेष मान-सम्मान गर्दै भाइपूजा गरेको धार्मिक महत्त्व छ । यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा बास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । यी पाँच दिन इन्द्रादि दश दिक्पालले बलि राजाका लागि आफ्नो राज्य छाड्ने कथा पनि पाइन्छ । भाइतिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दूबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदीबहिनी र दाजुभाइको सुख-समृद्धि, अरोग्य एवं दीर्घायूको कामना अन्तर्निहित छ ।
भाइटीकाको पौराणिक कथा परापूर्व कालमा मृत्युका राजा यमराज आफ्नी बहीनी यमुनालाई भेट्न आएका थिए । यमराज यमलोकमा बस्थे भने यमुना पृथ्वीमा । त्यसैले यमुनाले निमन्त्रणा गरी यमराजलाई भेट्न बोलाइन् । त्यो बेलामा यमपञ्चक परेको थियो । यमपञ्चकभर यमुना कहाँ बसे । भाइटीकाको दिन यमुनाले दाजुलाई पूजा गरी उपहार दिइन् र दाजुसँग आशीर्वाद लिइन् । त्यहीबेलादेखि नै भाइटीकाको प्रारम्भ भएको भनिन्छ ।
भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ । यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले भाइटीकाको अघिल्लै दिन दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान-सुपारी, फूल आदि दिने चलन। भाइटीकाका दिन टीका नलगाई केही खानु हुँदैन भन्ने मानिसहरुको विश्वास छ। टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गर्नुपर्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवीभित्र पर्छन् । भाइटीका गर्न ओखर, तोरीको तेल, बिमिरा, मसला, मखमली, दूबो तथा सयपत्रीको माला, रोटी, मीठा-मीठा परिकारको आवश्यकता पर्छ । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजु-भाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेक्नुपर्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ । फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिनुपर्छ । सगुनका रूपमा दही दिनुपर्छ । भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्त्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंगकहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायूको कामना गर्दै निधारमा सप्तरंगी टीका लगाइदिन्छन् । सप्तरंगी टीकामा भावना मिसिंदा शान्ति बर्षिन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ। दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान-प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन्

औंसी बारो गाइ तिहार भैलो (व्यंग्य कविता)

भैलीनी आइन आंगन आफ्नो संस्क्रिती बचाउन
औंसी बारो गाई तिहार भैलो
लाउने भए दौरा सुरुवाल लाउ
नलाउने नेता आफ्नै मावला घरतिर जाउ
औंसी बारो गाई तिहार भैलो

बर्ष दिनको यो चाड, हाम्रो संस्क्रिती हाम्रो पहिचान
नेपाली भाषा नेपाली भेष प्राण भन्दा हामीलाई छ प्यारो
बोल्ने भए नेपाली बोल नबोल्ने नेता दक्षिण तिर लाग
औंसी बारो गाई तिहार भैलो
जसले मास्दछ संस्क्रिती उसको बिग्रदो छ मती
छाडदैनौ हामी त्यस्तालाई पती हुन कि उपराष्ट्रपती
हामी त्यसै आएनौ जनता जनार्दनले पठाएको
माग्ने भए माफि माग नत्र समाउला कठालो
औंसी बारो गाई तिहार भैलो
विश्वमा अग्लो हिमाल नेपालीको छाती बिशाल
कुर्सी दिई पालेका छौ छाडि सबै कुबिचार
सबै मिली गर नेपाल को जय जयकार
बलभद्रका सन्तान जागेमा नत्र बन्ला तिम्रो आचार
औंसी बारो गाई तिहार भैलो
(भाई टिकाको धेरै धेरै शुभ कामना सम्पूर्ण नेपाली दाई भाई दिदी बहिनीमा । तिहारमा  झिलिमिली बलेका यि दियो र बत्तिहरु सरह सबैको जीवनमा सुख र शान्तिको झलमल प्रकाश छरियोस - सागरिका)

Monday, November 1, 2010

विदेश जानेको संख्या ५२ प्रतिशतले बढ्यो

काठमाडौं, कात्तिक १५ (नागरिक)- स्वदेशमा रोजगारीको अवसर नभएपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ५२ प्रतिशतले बढेको हो।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार तीन महिनामा विदेश काम गर्न ७८ हजार ६ सय ८ जना गएका छन्। गतवर्ष सोही अवधिमा ५६ हजार ६ सय ८१ जना गएका थिए। यो अवधिमा विदेश जाने महिला र पुरुषको संख्या ६२ दशमलब ८३ र ११ दशमलब ६५ प्रतिशतले बढेको छ।

विश्व आर्थिक मन्दीका कारण दुई वर्षअघि वैदेशिक रोजगार प्रभावित भएको थियो। तर, पछिल्लो समयमा मन्दीमा आएको सुधारसँगै नेपाली जाने रोजगार गन्तब्यमा सुधार आएको छ। व्यवसायीका अनुसार मन्दीमा सुधार आएपछि कामदारको माग पनि बढेको छ। वैदेशिक रोजगारीमा सबैभन्दा बढी मलेसियामा गएका छन्। यो अवधिमा मलेसिया
जाने कामदार संख्या दोब्बर भएको छ। मलेसियाले बंगलादेशी कामदारलाई रोक लगाएका कारण नेपाली कामदारको माग बढेको हो। मलेसियाले एकवर्ष अघि कामदारबाट लिदै आएको लेभी हटाएकाले यसतर्फ थप आर्कषण बढेको व्यवसायी बताउँछन्।

विभागका अनुसार यो अवधिमा ३३ हजार २ सय ३९ जना नेपाली कामका लागि मलेसिया गएका छन्। गतवर्षको सोही अवधिमा १४ हजार ८२ जना गएका थिए। नेपालीका लागि चौथो ठूलो रोजगार गन्तब्य युनाईटेड अरब इमिरेट्स(युएई) मा ९ हजार १ सय ५२ गएका छन्। गतवर्षको सोही अवधिमा ८ हजार ९ जना कामदार युएई गएका थिए।
नेपालीका लागि अर्को आर्कषक गन्तब्य मानिएको कतार र साउदी अरब जाने नेपाली कामदारको संख्या घटेको छ। यो अवधिमा कतार ५ हजार १ सय ७१ र साउदी अरबमा १५ हजार १ सय ४९ जना गएका छन्। गतवर्ष यही अवधिमा कतारमा १२ हजार ५ सय ३६ र साउदीमा १५ हजार ९ सय ३१ जना नेपाली गएका थिए।
असोजमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने कमी आएको छ। यो महिनामा २३ हजार ५ सय ४८ जना नेपाली रोजगार गन्तब्य मुलुकमा गएका छन्। गतवर्षको सोही अवधिमा २५ हजार ३ सय ७५ जना कामदार विदेशिएका थिए। रोजगार गन्तब्य मुलुक कतार, मलेसिया र साउदी अरबमा रमदान परेकाले कामदारको संख्या घटेको हो।
रमदानको समयमा भिसा लगायत प्रक्रिया बन्द भएकाले कामदार जान पाएका थिएनन्। कतार र मलेसियामा यो अवधिमा ५ हजार १ सय ७१ र ९ हजार ७ सय ३० जना कामदार विदेशिएका छन्। गतवर्षको सोही अवधिमा ५ हजार र १० हजार ७ सय १४ कामदार विदेशिएका छन्। साउदी अरब जाने कामदारको संख्यामा समेत कमी आएको छ। साउदी अरबमा ३ हजार ७ सय ६३ जना मात्र विदेशिएका छन्। गतवर्षको सोही अवधिमा ४ हजार ९ सय ९७ जना नेपाली कामका लागि विदेशिएका छन्।