जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, June 23, 2011

रेगिस्तान बाट श्रीमानलाई पत्र

न त यहाँ पनि सुख त कहाँ छ र अरविको मुटु दुख्ने वचन बाणहरुले अनि बंगाली,पाकिस्तानि, ईजिप्सियनको बाट हुने शारिरिक शोषण र श्रम शोषण बाट बाच्न पनि उत्तिकै गारो हुने रहेछ

 मेरो हजुर तपाईलाई अरव रेगिस्तानको तातो छारो र चर्को घाममा जीन्दगीको एउटा पाना पल्टाई हजुरको मायामा ई कापेका औलाहरु थर्थराई कलम लगातार बगि रहने मसिका साथ खाडिका विरसिला दिनहरुका साथ हजुरको संझनामा झरेका आँशुका ढिका सँगै मैले मेरो माया रुपि शंन्देश स्वरुप मरूभूमिको कोसेली भनौ इपत्रिकाको माध्यम बाट पठाएकी छु । यो मरूभूमिमा खुशि त कहाँ मिल्छ र ? फेरि पनि मेरो हजुरकै मायाले नै दिन महिना गुजारेकी छु । मेरो हजुर समय र परिस्थितिले गर्दा हजुरको न्यानो माया देखि टाढा बस्नु परे पनि मेरो तन, मनले हरपल हजुरलाई नै संझि राखेकी छु ।तर पनि के गर्नु वाध्यता थियो प्रदेश हुनु यो रेगिस्तानमा चिसो हावा पानि भनेको एक कल्पना मात्र हुने रहेछ ।मरुभूमिमा उड्ने तुषारो जस्तो वालुवाको छारो र चर्को घामको तातो रापले कहिले काँहि त ज्यानै लिए जस्तो हुन्छ ।तर पनि हजुरको माया मुटु भित्र संगालेर आज यस खाडिमा जीन्दागीको गन्तव्यमा दौडि रहेकी छु । हुन त देशको प्रस्थितिले र गरिविले गर्दा हाम्रो देशका दाजू भाईहरु तथा दिदि बैनिहरु आफ्नो देश छोडी प्रदेशिएर यो रेगिस्तानमा जीवन र मृत्युको दोषाधमा रहि कतिले ज्यानै गुमाएका छन । वाध्यता नै त्यस्तै पारिवारिक धरातलमा जिउनु पर्दा आफ्नो कर्तव्य पुरा गर्नु नै पर्ने रहेछ।
देश,काल परिस्थिति झन चर्कदै गई रहेको हुनाले कयौ नेपालीहरु बेरोजगार भै बस्नु परेको छ हुन त देशको राज्य सत्ता संचालनमा नै ढिला सुस्ती,भर्ष्टचार,कर्मचारि तन्त्र, घुसखोरिले त अझै जरो गाडेको तथ्य घाम जस्तै छर्लंङ छ । देशमा संविधान बनाउन जिम्मा लिएकाहरुले संविधान तयार गर्न नसक्दा अबस्था अझै भयावह बनेको मैले महशुस गरेकी छु । हुन त यहाँ पनि सुख त कहाँ छ र अरविको मुटु दुख्ने वचन बाणहरुले अनि बंगाली,पाकिस्तानि, ईजिप्सियनको बाट हुने शारिरिक शोषण र श्रम शोषण बाट बाच्न पनि उत्तिकै गारो हुने रहेछ । कतिपय ‘’’अवस्थामा नखाउ भने दिन भरिको शिकार खाउ भने कान्छा बाबुको अनुहार’’ भने झै मजवुरिले ज्यु-ज्यानकै पेशा गरेर दिनारमा ज्यान बेच्नेहरुको पनि उत्तिकै लर्को देख्न पाईने रहेछ । राजा अरबको दुख लाग्दो कहानी कति सुनाउ तर यो मनले पटक्कै मान्दैन । घर भित्रको काममा दिईने मानसिक तनाव, भनौ या कतिपय अवस्थामा कसैको बैश धानिदिनु पर्ने अबस्था बाट पनि यहाँका नेपाली दिदि बैनिहरुको अबस्था अति नै दयनिय छ । त्यसै कारणले कतिपय दिदि बैनिहरु आत्म हत्या गर्ने सम्म स्थितिमा पुगेको घटनाहरु पनि सुन्न पाईन्छ । एल्ला र सुर्रा अरविक भाषा नबुझदा र यहाँको काममा हात नबस्दा त जीऊ भरि कोर्राका डामहरु बोक्नु पर्ने हुन्छ । आईरन ,फ्रीज, भ्याकुम किल्नर, ओभन, र अन्य ईलेक्ट्रिकल सामानको प्रयोग गर्न नजान्दा कहिले कतै पनियो र आईरनले डामेका घटनाहरु पनि पुराना हैनन । यस्ता यातनाहरु सहन नसकी घर देखी भागी बाहिरि दुनियाँमा अवैध धन्धाहरु पनि संचालन गर्ने गराउन नेपाली दिदि बैनि र दाजू भाईहरु बाध्य भएका छन भने नेपाल बाट आउने दिदि बैनि तथा दाजू भाईहरुको पनि संख्या बढ्दै गएको छ । तर जे जस्तो भए पनि यहाँ भएको घरेलू हिंसा लाई औल्याउन नपाउदा धिक्कार लागेर आउछ । यहाँ बाट मरुभूमिको कोसेली र नेपाल कुवेत डटकमले नेपाली चेलीहरुको विदारक घटनाको बारेमा पटकौ पटक लेख्दा पनि नेपाल सरकारले आँखा खोलेर हेर्न सकेन कीन मौन छ ? यहाँ जूनेली चमेली सिता र गिता जस्ता दिदि बैनिले भोग्नु परेको यातना फेरि कुनै दिदि बैनिले भोग्न नपरोस भनेर नै मैले यो सन्देश नेपालकुवेत डटकमको माध्यम बाट हजुर समक्ष पस्केकी हुँ । किनकी मलाई आशा छ यो सन्देश पाए पछि हजुरले पनि आफ्नो ओर-पर छर छिमेकका दिदि वैनीहरुलाई चेतना बाड्ने काम गर्नु हुने छ ताकी कुनै मेन पावरको फन्दामा परि कुनै कम्पनिको काम भनेर घरेलुकाममा परि ज्यु जाने यातना र मस्री बंगालीको फन्दामा परि विना वाउका नानिहरु जन्माई हत्या नगरुन । यहाँ कालकोठरिमा पिंजडाको सुगा जस्तै बसि आफ्नो देशलाई संझिदा चसक्क मुटु चस्किएर आउछ ।किनकि हाम्रो सरकारले दैलो दैलोमा शिक्षाको उज्यालो दिन सकेन शिक्षाको ज्योति दिन सकेको भए काखका बाल वच्चा र पढ्न लेख्न अधुरै छोडि यो रेगिस्तानमा पक्कै पनि छटपटिनु पर्दैन्थ्यो होला । तर पनि हाम्रो सरकार लाई संविधान सभा भित्र आफ्नै हात चाट्न पुगेको छैन । देशमा बढेको अशान्तिले गर्दा नचाहेर नै नागरिक विदेशिन परेको यो हाम्रो अवस्था हो ।
परिवारको खुशिको रङ फेर्नलाई दुखको नेल झेल्नु परेको छ । मेरो हजुर जीन्दगी नि कति अचम्मको छ है गरिबिले गर्दा आफ्नो आफ्ना सँग एकछाक फाँडो,खोले सगै बसेर पनि खान नपाउदा र यो रेगिस्तानमा बसि कल्पना बाहेक अरु के नै छ र ? संझनाले नै यो मरुभूमिको देशमा बाँच्ने आधार बनाएको छ । मेरो हजुर यहाँको दुख र कष्ट जति पानामा कोरे पनि कहिल्यै सकिने हैन ,अब त के गर्ने हजुर आफ्नो देशमा सुनौलो विहानी कहिले आउछ र जन चेतनाको दियो कहिले बल्छ र भन्ने आशमा नै शान्तीपुर्ण समाजको कामना गर्नु पर्ला मेरो हजुर मुटु भरिको माया र मन भरिको संझना सधै भरी हजुरकै लागी उहि .....................
हजुरकी प्राण प्यारी
जानु कुवेतको रेगिस्तान बाट

No comments:

Post a Comment