१० चैत, क्वालालम्पुर । ६ वर्षको उमेरमा
वुवा वितेर टुहुरो वनेका किरण भुजेलले ३४ वर्षको उमेरमा आफ्नो दाहिने
खुट्टा गुमाएका छन् । आमाले ताते ताते गर्दे हुर्काएका दिनहरुमा उनलाई कतै
कुनै दिन पनि चोटपटक लागेन ।
तर मिठो सपना वोकेर मलेसिया छिरेको सत्र
महिनामै उनले हादिने खुट्टा गुमाउनु परेको छ । संखुवासभाको माम्लिङ -६, मा
जन्मिएका किरण सामान्य लेखपढ गर्न मात्रै जानेका छन् । तीन कक्षासम्म स्कुल
गएका उनी सामान्य लेखपढमात्र गर्न सक्छन् । दुई दिदीहरुको एक्लो भाई
किरणको कमाएर खानलाई चार रोपनीभन्दा जग्गा जमिन छैन । दुवै दिदीहरुको
विहेवारी भइसकेको छ । २०५५ सालमा मादिमुलखर्कवाट विहे गरेपछि दुई छोरा र एक
छोरीका वावु वनेको किरणको परिवार ६ जनाको छ ।
वर्षभरी काम गर्दा पनि तीन महिना खान
नपुग्ने भएका कारण परिवार पाल्नको लागि उनले गाउँमै ज्यामिदेखि अलैची
टिप्ने र लगाउने काम गर्थे । गाउँमा केहि पर्यो भने हारगुहार गर्दा उनी नै
दर्गुथे । विहे देखि मलामिसम्मको काममा उनी आफै भ्याउँथे । विहे गरेपछि
भने उनलाई काममा केहि राहत मिलेको थियो । तर १२ वर्ष पुगेको जेठो छोरा १०
वर्षकी छोरी अनी ८ वर्ष पुगेका छोरालाई कसरी राम्ररी पढाउने होला भनेर उनी
सधैँ चिन्तित थिए । जिन्दगिको आधा उमेर उनले घरगृहस्थिमै विताए । परिवार
पाल्नलाई हम्मे हम्मे हुन लागेपछि उनले विदेश जाने सोँचाई वनाए । आमा र
श्रीमतीले पटक्कै मानेका थिएनन, तर सवैलाई सम्झाएर उनी विदेश आउन तयार भए ।
घरमा एक पैसा थिएन । साहुहरु कहाँ हात थाप्न धेरै ठाउँ गए । धेरै
साहुहरुले कसरी तिर्छस तैले पैसा ? भन्नेसम्मको प्रश्न गरे । केहि सिप
नलागे पछि आफ्नै भिनाजुसंग ४० हजार र गाउँकै साहुसंँग ६० हजार ऋण वटुल्न
उनी सफल भए । गाउँका केटाहरुलाई विदेश पठाउने एजेण्टले किरण पनि विदेश जान
आटेको छ भन्ने थाहा पाउन साथ घरमै आईपुग्यो ।
काम गरेको मान्छे राम्रै त होला भनि ८५
हजार एजेण्टलाई वुझाएर उनी मलेसिया आए । काम कस्तो छ भनेर उनले वारम्वार
नेपालमा एजेण्टलाई सोध्ने गर्थे । एजेण्टले पनि फुलवारीमा पालो पालो पानी
हाल्ने हो,कहिले काँहि तेलको प्याकिङ गर्नुपर्छ भनेपछि उनले पनि आफुले
गाउँमा गरेको कामभन्दा सजिलै त रैछनी भनेर मख्ख पर्दै विदेश हानिए । तर
मलेसिया आउनसाथ उनी झस्किन पुगे । लिम्पाङ भन्ने ठाउँको जंगलमा कामगर्नु
पर्ने भयो । चालिस फुटसम्मका तेलका रुखवाट तेल निस्कने फल टिप्नु पर्ने भयो
। घाँस दाउरा गर्दा हातमा सानो हसिया वोकेका हातले लामो न लामो फलाम भएका
डण्डिमा जोडिएका हसिया समाउनु पर्ने भयो । सत्र महिना सकि नसकिकाम गरे उनले
। कतिपटक त थला पर्ने गरि विरामी समेत भए । त्यतिवेला न कसैले उनलाई वावु
तलाई कस्तो छ भनेर सोध्थ्ये न तातो पानी नै पाउथे । सत्र महिनामा वल्ल तल्ल
ऋण तिरेर ४० हजार मात्रै जम्मा गर्न सफल भए । ऋण तिरियो अव कुनै पनि
हालतमा काम नगर्ने सोचाई वनाएर उनले कम्पनी छाडेर हिँडे । लिम्पाङको जंगलमा
काम गरिरहेका किरणलाई यति पैसा लिएर मात्रै घर र्फकन मन लागेन । यतिकैमा
वातुकेभमा रहेको एक कम्पनीमा अवैधानिक रहेर काम गर्न शुरु गरे । डेढ महिना
अगाडि ५६ हजार ४ सय रुपैयाँ घर पनि पठाए । एकलाख जम्मा भयो अव ५० हजार जति
जम्मा गर्छु र नेपाल र्फकन्छु भन्ने सोचाई वनाए ।
तर उनको सोचाई गएको महिनाको पहिलो
आइतवारका दिनवाट भताभुङ्ग भयो । काम नगरेर कम्पनीमा वसिरहेको अवस्थामा
साथीले चलाएको फोकलिपले उनको खुट्टा च्यापियो । उनी ऐया र आत्थु गर्न थाले ।
साथीभाईको सहयोगले उनलाई रगतका धारासहित अस्पतालमा पुर्याइयो । ६ दिन
अस्पतालको वसाईपछि डिचार्ज भएर निस्कदा उनलाई डाक्टरहरुले वैशाखि थमाइदिए ।
त्यतिवेला उनको मन निकै भक्कानिएर आयो । पाखोवारीमा केहि गर्ने सपना त्यसै
त्यसै हरायो । हलो जोतेर हरियाली वनाउँछु भन्ने सपना चुँडियो । अव चाहेर
पनि वैशाखि वेगर उनी हिड्न सक्दैनन । छोरा छोरीलाई पढाएर ठुलो वनाउने इच्छा
पानीको फोका बन्ने त हैन भन्ने पीरले अहिले उनलाई सताउन थालेको छ ।
वैशाखिको भरमा उनी विहीवार नेपाली राजदूताबास पुगेका छन् । दूतावासमा
पुग्दा समेत उनको खुट्टाको घाउँको माउरी उप्किएको थिएन । दूतावासले उनको
दुःखमा साथदिने भएको छ । कागजपत्र वनाउने देखि लिएर अन्य प्रकृयामा साथ
दिने दूतावासले वचन दिएपछि उनी केहि ढुक्क भएका छन् ।
अव उनलाई एउटै चिन्ता छ- परिवार कसरी
पाल्ने ? छोराछोरीलाई कसरी पढाएर ठूलो मान्छे बनाउने ? आफुले जम्मा गरेको
डेढ लाखभन्दा एक पैसा पनि छैन । वुढि भएकी आमाको इच्छा अनि श्रीमतीका
चाहनाहरु पुरा गर्नु पनि छ । अनलाइनखबरस्.ग उनले भने- मलाई तपाईहरुको ठुलो
सहयोगको खाँचो छ । म फेरी मेरा दुई छोरा पढाई विनाको अपाङ्ग वनाउन चाहन्न,
यदि मलाई गुन लगाउनु भयो भने म कहिल्यै पनि विर्सने छैन ।’ आफ्ना
छोराछोरीको भबिष्य बनाइदिन सहयोग गर्ने इच्छुकहरुले आफ्नो नम्बर ०१३६११३८५९
मा सम्र्पक गर्न उनले बिनय गरेका छन् ।
No comments:
Post a Comment