जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, December 28, 2010

पूर्वाञ्चलको केन्द्र धरानमा महोत्सव

धरान विकासमा फड्को मार्न सफल छ । त्यही धरानमा पूर्वाञ्चल महोत्सवको तयारी भैरहेको छ । लुकेर बसेको कलाकौशल, हस्तकला, वैज्ञानिक कृषि प्रविधि, स्थानीय स्रोतबाट  उत्पादित वस्तुको व्यापार प्रचार-प्रसार गर्ने उद्देश्यले यो महोत्सव हुन लागेको हो ।

धरान बजार पूर्वाञ्चलको एउटा प्रमुख केन्द्र हो । धरान सदावहार विजयपुर डाँडाको काखमा छ । यो सहरलाई पेन्सनवाला बि्रटिस गोरखा सैनिकहरूले बासस्थानका रूपमा प्रयोगमा  ल्याएका छन् । त्यही भएर यहाँ धेरैजसो परिवारको मुख्य पेसा सेनासँग सम्बन्धित छ । धरानमा बनाइएको सैनिक क्याम्पमार्फत बि्रटिस सेनामा भर्ना लिने प्रबन्ध मिलाइने गरिएको  छ । सेनामा रुचि राख्ने युवाहरू,
यो डाँडामा हरेक दिन दगुर्दै कठोर अभ्यास गर्न आइपुग्छन् । पेन्सन पाकेकाहरू भने महिना दिनमा पेन्सन बुझ्न जाने गरेका छन् ।


धरान     मकालु क्षेत्रको पदयात्राको प्रस्थान बिन्दु पनि हो । मकालुलाई संसारका कठिन पदमार्गहरूको सूचीमा राखिएको छ । यहाँबाट अरुण उपत्यका, सिफटान भन्ज्याङ हुँदै  सगरमाथा, मकालु र ल्होत्से हिमालहरू अवलोकनका लागि जान सकिन्छ ।


विजयपुरको मध्यभागमा दन्तकालीको मन्दिर छ । यहाँ स्वस्थानीमा वर्णन गरिएकी सतीदेवी दाँत पतनको भएको विश्वास गरिन्छ ।     दन्तकालीको मन्दिरसँगै पिण्डेश्वर बाबाको  मन्दिर छ । त्यसै गरी विजयपुरमै अग्ला बाँसको घारीमा बुढासुब्बाको मन्दिर छ । यो मन्दिरमा कुनै मूर्ति छैन । मन्दिभित्र तीनवटा माटोका ढिस्कालाई पवित्र मानी पूजा-अर्चना  गरिन्छ । यहाँ कहिल्यै काग आउँदैन, यहाँ रहेका बाँसमा टुप्पा नहुनुलाई आश्चर्यका रूपमा हेरिन्छ । किंवदन्तीअनुसार एक सिकारीले आफ्नो गुलेली त्यहाँ गाडेका थिए । गुलेलीको बा ँस पलाएर ठूलो भएपछि उमि्रँदा टुप्पो नरहेको भन्ने जनविश्वास रहँदै आएको छ ।

धरान बसपार्कबाट आठ किलोमिटरमा विष्णुपादुका छ । कोका नदीको किनारमा विष्णुपादुकाको मन्दिर छ । यहाँ रहेको एउटा ढुङ्गामा भगवान् विष्णुको पैतलाको चिह्न रहेको  विश्वास गरिन्छ । नेपालीहरूले यो मन्दिरलाई भारतको गयाजत्तिकै पवित्र मान्ने गरेका छन् ।

 

हिन्दूहरूको चार क्षेत्रमध्ये एक बराह क्षेत्र धरान नजिकै छ । कोसी टप्पु आरक्षण क्षेत्र पनि यहाँबाट नजिक छ । आधुनिक धरानमा भने सप्तरंगी पार्क, भानुमार्ग, सहिदपार्क आदि पनि  छन् । शिक्षाक्षेत्रमा धरानको नाम कहलिएको छ । मेडिकल जनशक्ति उत्पादन गर्ने बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, खाद्य विज्ञानको अध्यापन गर्ने नेपालको पहिलो क्याम्पस  हात्तीसार क्याम्पस तथा कृषि इन्जिनियरिङ कलेजमा पढ्न देशका विभिन्न भागबाट विद्यार्थीहरू आएर धरानमा अध्ययन गरिरहेका छन् । पुस २२ गतेदेखि प्रारम्भ भएको महोत्सवले  धरानका विविध क्षेत्रको जानकारी प्रदान गर्नेछ ।

टिकौलीमा रत्ननगर महोत्सव

'समग्र चितवनको गौरव र गरिमामय प्रस्तुति भन्ने मूल नाराका साथ रत्ननगर महोत्सव हुन लागेको छ । यही पुस २७ गतेदेखि माघ ५ गतेसम्म रत्ननगरको टिकौलीमा महोत्सव हुन  लागेको हो । महोत्सवमा कृषि मेलाअन्तर्गत माछा र केरालाई विशेष रूपमा प्रदर्शन गर्न लागिएको छ । सो क्षेत्रका पर्यटकीय गन्तव्यहरूको जानकारीसहितको पर्यटन मेला महोत्सवको  अर्को विशेषता हो ।

महोत्सवमै विविध सांस्कृतिक कार्यक्रम, अटो मेला, घरजग्गा मेला, सँचना प्रविधि मेला तथा शैक्षिक मेलालाई समेत समेटिने भएको छ । सोही अवसरमा राष्ट्रिय स्तरका व्यावसायिक  सेमिनारसमेत हुनेछन् ।


पश्चिम नेपालमा महोत्सव नै महोत्सव

    पुसको अन्तिम साता पश्चिम नेपाल महोत्सवमय हुने भएको छ । पश्चिम क्षेत्रका पर्यटकीय गन्तव्यहरूको प्रचारका लागि कार्यक्रमहरू हुन लागेका हुन । यस अवधिमा  तनहँुको माने भन्ज्याङ महोत्सव पुस २४ गतेदेखि ८ दिनसम्म चल्नेछ । कास्कीको रूपाकोटमा पुस २८ देखि माघ २ गतेसम्म महोत्सव हुनेछ । माघ १ र २ गते म्याग्दीमा परिकार  महोत्सव हुनेछ । पोखराको ढुङ्गेसाँघुमा माघेसंक्रान्तिको भव्य मेला लाग्दैछ भने पुस २२ गतेदेखि दैलेख महोत्सव सुरु भएको छ ।

पूर्वाञ्चल महोत्सव हुने

बिर्तामोड- बिर्तामोडको चाहना समूहले पूर्वाञ्चल महोत्सव गर्ने भएको छ । महोत्सव संयोजक भूपालमान राईले यही माघ १३ गतेदेखि माघ २३ गतेसम्म कृषि उपज बजारस्थलमा  महोत्सव आयोजना गरिने बताएका छन् ।

१ सय १ वटा स्टल रहने महोत्सव कृषि, खेलकुद, पर्यटन उद्योग तथा व्यापारको सम्बर्द्धन एवं प्रबर्द्धन गर्ने उद्देश्यसाथ आयोजना गर्न लागिएको समूहका अध्यक्ष विपिन मानन्धरले  बताए । महोत्सवको अनुमानित खर्च १७ लाख ४० हजार रुपैयाँ रहेको कार्यक्रममा जानकारी दिइयो । महोत्सवका लागि विभिन्न समिति तथा उपसमितिहरूसमेत गठन गरिएको छ ।  समूहले गरेको भेलाले १ सय १ सदस्यीय मूल समिति र २१ सदस्यीय कार्यसम्पादन समिति गठन गरेको हो ।
Enhanced by Zemanta

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete