जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, March 22, 2011

टेलिकमको प्रतिसेयर ४० रुपैयाँ लाभांश

काठमाडौं/ नेपाल टेलिकमले सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँका दरले नगद लाभांश दिने भएको छ । टेलिकमको आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष -०६६/६७) को नाफाबाट सेयरधनीलाई प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय
गरेको हो । टेलिकमले गत वर्ष १० अर्बभन्दा बढी खुद नाफा कमाएको थियो ।



'प्रतिसेयर ४० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव पारित भएको छ,' सञ्चालक समितिका एक सदस्यले भने । सञ्चालक समितिबाट पारित प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृति दिएपछि अनुमोदनका लागि वाषिर्क साधारणसभामा पेस गरिनेछ ।
कम्पनीले गत वर्ष प्रतिसेयर ३५ रुपैयाँ नगद लाभांश वितरण गरेको थियो । स्रोतका अनुसार टेलिकमले सेयरधनीलाई प्रतिसेयर ३५ रुपैयाँ मात्रै नगद लाभांश दिन प्रस्ताव गरेको थियो । 'कम्पनीको वित्तीय अवस्था तथा दीर्घकालीन हितलाई ध्यान दिएर ३५ रुपैयाँ मात्रै नगद लाभांश प्रस्ताव गरेका थियौँ, तर अर्थ मन्त्रालयले ४० रुपैयाँभन्दा कम गर्न नहुने अडान राख्यो,' स्ा्रोतले भन्यो ।

टेलिकमले सर्वसाधारणका लागि सेयर निष्कासन गर्दा प्रतिसेयर मूल्य न्यूनतम ६ सय रुपैयाँ तोकेको थियो । बढाबढका आधारमा निष्कासन गरिएको सेयरका लागि सर्वसाधारणले एक कित्ताका लागि २५ सय रुपैयाँसम्म तिरेका थिए । सरकारले टेलिकमको १ करोड ५० लाख कित्ता सेयर मूल्य बढाबढका आधारमा निष्कासन गरेको थियो । टेलिकमको हाल प्रतिसेयर मूल्य ४ सय ४६ रुपैयाँ छ । टेलिकममा अहिले सरकारको ९२ प्रतिशत र बाँकी ८ प्रतिशत कर्मचारी र सर्वसाधारणको सेयर छ ।

No comments:

Post a Comment