जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

रोचक तथ्यहरु /

 चुरोटका ठूटा टिप्दै, पैसा फलाउँदै
सडकमा ˆयाँकेका चुरोटका ठूटा टिपेर पनि मनग्ये पैसा कमाउने ठाउँ यहीँ धर्तीमा छ भन्ने समाचार सुन्दा-पढ्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ । अझ पैसा कमाउनका लागि विदेश जाने सांेचमा रहेका कतिपय युवा त यो समाचार सुनेर हत्त न पत्त यति सजिलो काम पाउने ठाउँ जान पाए हुन्थ्यो भनेर आतुर नै हुन्छन् होला ।
तर चुरोटका ठूटा टिपेर पैसा कमाउन पाइने त्यो ठाउँमा तपाईं हामी जस्ता विदेशी युवालाई भने अवसर उपलब्ध छैन है Û थाहा पाई राख्नुहोस् नि Û अब तपाईंलाई जिज्ञासा हुन सक्छ त्यस्तो कामका लागि जान नपाए पनि ठाउँ चाहिँ कहाँ होला ? त्यसो भए लौ थाहा पाउनुहोस्- त्यो स्थान भनेको चीनको साङ्गजी प्रान्तको झिनयाङ्ग सहर हो ।
गएको सेप्टेम्बरदेखि झिनयाङ्गको स्थानीय सरकारले सहर सफा राख्ने अभियानअन्तर्गत सडकमा ˆयाँकिएका चुरोटका ठूटा टिप्नेहरूलाई प्रत्येक ठूटाको 'पाँच फेन' अर्थात अमेरिकी 'एक सेन्ट' बराबर रकम उपलब्ध गराउने नीति अवलम्बन गरेको छ ।
स्थानीय सरकारको यो नीतिले सडक पनि सफा हुने, स्थानीयवासीमा सरसफाइप्रतिको चेतना पनि बढ्ने र निर्धन सर्वसाधारण आर्थिकरूपले लाभान्वित पनि हुने विश्वास गरिएको छ ।
यो अभियान सुरु भएको दुई साता नबित्दै झिनयाङ्गका मुख्य सडकहरूबाट बीस लाख चुरोटका ठूटा सङ्कलन भइसकेको र त्यसवापत सरकारले सङ्कलनकर्ताहरूलाई एक लाख युयान वितरण गरिसकेको जनाइएको छ । यस सन्दर्भमा सामान्यतः एकजना मानिसले दिनको तीन घण्टा मात्रै खट्दा पनि सात हजार पाँचसय वटा चुरोटका ठूटा टिप्ने र त्यसवापत उसले ३७५ युयान कमाउन सक्ने विश्वास पनि अधिकारीहरूले व्यक्त गरेका छन् । 

१) सबभन्दा सानो गुँड बनाउने चरोः-
क्राउन्ड स्विफ्ट नामक चराको गुँड सम्पूर्ण पन्छीजगतमा सबभन्दा सानो हुन्छ । केवल डेढ इन्च चौडा । यसमा केवल एउटा अन्डा अटाउँछ । यो चरो यसलाई कोरल्नका लागि सोहि गुँड बनाएको हाँगामा सम्पूर्ण गुँड ढाकिने गरी ओथारो बस्छ ।

२) सबभन्दा टाढा सम्म देख्ने चराः-
पुतलीहरु कीटजगतमा सर्वाधिक दूर दृष्टिवाला प्राणी हुन् । यिनीहरु ९ फिटको दुरी सम्म देख्न सक्दछन् ।

३) भुक्ने भ्यागुतोः-
द्यबचपष्लन ‘चयन नामको भ्यागुतो एउटा अनौठो स्वभावको हुन्छ । यसलाई भुक्ने भ्यागुतो भन्नुको कारण यसलाई चलाउँदा फुल्लिएर आफ्नो सामान्य आकारभन्दा कैयौ गुना अधिक ठूलो बन्दछ र मानिसको बच्चा रोएजस्तै गरी रुन्छ ।

४) सिङ्गो माछा पस्किनै पर्ने चलनः-
जापानमा हुने विवाह समारोहहरुमा एक सी बीम जातको माछा प्रत्येक अतिथिका लागि सम्पूर्ण रुपमा सिङ्गै पस्किनुपर्दछ ।
जापानी भाषामा यस माछाको नाम बीम हो । र यसको अर्थ हुन्छ प्रसन्नता । त्यसैले उक्त प्रसन्नता काट्न, बाँड्न वा छोट्याउन नहुने अर्थमा नै कसैले यसलाई कुनै पनि प्रकारले विभाजन गर्ने सोच्नुसम्म पनि अशिष्टता मानिन्छ ।
-------------------------------------------------------------------------------------------------------------
१) प्रकृतिक थर्मोमिटर चरोः- स्ट्रेलीयामा पाइने मैली नामक चराको जिव्रोमा ताप नाप्ने प्रकृतिक थर्मोमिटर हुन्छ । यसले आफ्ना फुल (अण्डम) पार्दा कुहिन लागेका पातपतिङ्गरहरुले भरिएको रुखको टोड्कामा लगेर पार्छ । किनकि उक्त कुहिन लागेका वनस्पतिबाट तातो ताप निस्कने गर्छ । सो मैली चराले अन्डाहरु कोरल्नलायक गरी तात्दै छन् कि छैनन् भनेर नियमित रुपमा आफ्नो जिव्रोले जाँच गरिरहन्छ ।

२) लासद्धारा कुस्तीमा जित हासिलः- एकजना प्रसिद्ध युनानी पहलमान्  एरैसियनको एउटा कुस्ती प्रतियोगितामा मृत्युपश्चात् उक्त लासलाई नै सो कुस्तीको विजयी मानिएको थियो । उक्त कुस्तीमा नुनै पनि प्रकारको चाल र कहीँ पनि समाउन मनाही थिएन । त्यसमा प्रतिद्धन्द्धीद्धारा उसका घाँटीमा यति            बलियोसँग समाइएको थियो कि एरैसियनको सास च्यापिँदै गइरहेको थियो । त्यसै समयमा एरैसियनले आफ्नो प्रतिस्प्रर्धीको खुट्टामा अन्तिमपटक यति जोडले हिर्कायो कि उसले त्यसबेल प्रचलित आत्मसमर्पणको परम्परागत तरिकाअनुसार एरैसियनको काँध थपथपायो । तत्पश्चात् तुरुन्त नै एरैसियनको मृत्यु भयो र ढल्यो । तर जजहरुले उक्त मृत लासलाई नै सो कुस्तीको विजेता घोषित गरे ।

३) एक घण्टामा १० पाउन्ड तौल बढ्ने प्राणीः- ब्लू ह्वेल नामक ह्वेल माछाको शिशुअवस्थामा १० पाउन्ड प्रतिघण्टाका दरले तौल बढ्छ । यसरी सुरु अवस्थामा यसको तौल प्रतिदिन २४० पौन्ड जति बढ्दछ ।

४)अकाट्य आदेशवाला उल्लूः- दक्षिण अमेरिकामा पाइने एउटा उल्लू (लाटोकोसेरो) को नाम क्याबुर हो । यो उल्लूहरुमा सबभन्दा सानो जातिको हो । यो उल्लू जतिसुकै सानो भए पनि यसको बोली अन्य पन्छीहरुका लागि नमानी नहुने आदेश हो । यसको बोलीद्धारा गरिएको मुकार जुनसुकै पन्छीले सुने पनि      सुन्नेवाला प्रत्येक पन्छी उल्लूसँग आउन    पुग्छ र उसको सिकार बन्दछ ।आयसक्रिम फल इक्वेडरमा पाइने एउटा फलको नाम   चिरिमोया हो । यसलाई एउटा प्राकृतिक आइसक्रिमको कटौराका रुपमा पनि लिन सकिन्छ, त्यो पनि मिक्स फुट आइसक्रिमका रुपमा । यसको गुदी चम्चाले निकालेर खाइन्छ, जुन तीन प्रकारको स्वादिस्ट एवम् गुगन्धित स्वादहरुको मिश्रण हुन्ट , पाइनापल, स्ट्राबरी र केरा ।

५)छपटक मर्ने सैनिक जर्नेलः- फ्रान्सिसी सेनाका एकजना जर्नेल बैपतिस्ते डि मान्टमरिन थिए । उनी पाँचपटकसम्म युद्धस्थलमा मृत घोषित गरिए । तर अन्त्येष्टिका लागि गाड्न लाग्दा उनी प्रत्येकपटक ब्युँते । उनले कुल ५५ वर्ष फ्रान्सिसी सेनामा सेवा गरे । सन् १७०४ मा जन्मिएका उनी छैटौँ पटक साँच्चै मरे । त्यस बखत उनको उमेर ७५ वर्ष थियो ।

------------------------------------------------------------------------------------------------------------
१.पुच्छरले खाने बाँदरः माकुरो बाँदर नमक एउटा नऔठो बाँदर हुन्छ । यसका हातका बुढीऔला हुँदैनन् । जसका कारण यसले अन्य बाँदरहरुले जस्तो गरि आफ्नो खाना हात द्धारा मखमा पुर्‍याउन         सक्दैन ।
तर प्रकृतिले त्यसको पनि विकल्प दिएको छ, यस अनौँठो बाँदरलाई । यसले आफ्नो खाना पुच्छरले समाएर हातले जस्तै गरी मुख सम्म पुर्‍याउदछ ।

२.बालिकाको दुस्साहसबाट आमालाई जीवनदानः बालबालिका वास्तवमा स्वच्छ र यति भोलाभाला हुन्छन् कि कहिलेकाहीँ उनको अन्जान दुस्साहस पनि कसैको प्राणदाता बन्न जान्छ ।
यस्तै एउटी भोलिभाली दुस्साहसी बालिका थिई बेन्डिज, फ्रान्सकी जोयडी-बोन कैम्पस । उनलाई त्याहाँको    क्रान्तिकारी न्यायिक परषदको सम्मुख गीत गाउन लगाईयो । सो परिषदले उनकी आमालाई एक राजभक्त जर्नेलकी श्रीमती हुनाका कारण मृत्युदण्डको सजाय सुनाइएको थियो ।
उनै अबोध बालिकाले गाएकी  थिई-‘सम्राट अमर रहुन्, क्रान्तिकारीको   नाश होस’ यद्यपि यसको भाव क्रान्तिकारी विरोधि थियो तथापि बच्चीको दुस्साहस देखेर न्यायाधीशहरु यनि खुसी भए कि उनकी आमालाई स्वन्त्र गरिदिए । सो महिला तत्पश्चात् ५२ वर्ष अझै जिवित रही ।

३.बास्तविक मानवअ·जडित मूर्तिः
स्पेनको बरगोसको क्याथेड्रलमा जेसस क्राइस्टको एउटा मूर्ति बनाइएको छ ।यसमा वास्तविक मानविक रौँ, भौँ, दाह्री र हातखुट्टाका नङ मूर्तिको यथास्थानमा लगाइएको छ । ती सबै अङ्ग एक अज्ञात मूर्तिकारका हुन् ।

४.सम्पूर्ण मसलाको एउटै रुखः
एउटा वनस्पति जसको नाम नै यसको गुणको आधारमा ‘All spice' अर्थात ‘सम्पूर्ण मसला’ राखिएको छ ।  किनकि यसको फलमा ल्वाङ, जाइदाना र दालचिनीको एकमुष्ट स्वाद र सुगन्ध पाउन सकिन्छ । 
------------------------------------------------------------------------------------------------------------------------------------------------------
 १ अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो ।
२ पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ ।
३ हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।
४ शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ । साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ ।
५ मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन ।
६ "जाइजेन्टेक्स" नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।
७ गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ ।
८ भालु घाइटे भयो भने मानिसको बच्चा जस्तै रुन्छ ।
९ जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ १८ फिट सम्म अग्लो हुन्छ ।
१० एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ
--------------------------------------------------------------------

1 समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन ।
२ कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो ।
३ परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन ।
४ अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ ।
५ एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ ।
६ एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ ।
७ लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ ।
८ एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ ।
९ बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन ।
१० आफ्नो आहार खादा रुने जनावर गोही हो ।
--------------------------------------------------------------
मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ ।
२ खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब प्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन ।
३ अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ ।
४ संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ ।
५ एक ब्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग ६१००० लिटर पानी पिउछ ।
६ जहिले पनि एकै स्थानमा दिसा गर्ने जनावर गैंडा हो ।
७ एक पटक उडेपछि सर्वाधिक लामो समयसम्म उडिरहने पंछी "सुटी टन" हो । यो पंछी ३ देखि ४ बर्षसम्म निरन्तर उडिरहन्छ ।
८ आफ्नो गर्भधारण टाउकोमा गर्ने जिव उडुस हो ।
९ ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।
१० सौर्यपरिवारका सबै ग्रहहरु पश्चिम बाट पूर्वतिर घुम्दछन तर शुक्र ग्रह जो पूर्व बाट पश्चिम दिशातिर घुम्दछ ।
जनावर सम्बन्धी केही रोचक तथ्यहरु
१) एउटा बयस्क बिरालो प्रति घण्टा २० किलोमिटर (१२ माइल्स) डौडिन सक्छ ।
२) चितुवा ७६ किलिमिटर (४६ माइल्स) प्रति घण्टा डौडिन सक्छ । अहिले सम्म मानिस मात्र ३० किलोमिटर (१८ माइल्स) प्रति घण्टा डौडेको रेकर्ड छ ।
३) चितुवाले बाघ वा शेर जस्तो गर्जिदैन , उ बिरालो जस्तो म्याउँ गर्छ ।
४) छेपारोको जिब्रो उसको शरीरको लम्बाइ भन्दा २ गुणा लामो हुन्छ ।
५) चिम्पान्जी ऐनाको अगाडि बसेर आफ्नो नक्कल गर्न सक्छ तर बाँदरले सक्दैन ।
६) एउटा मुसा पानी बिना उँट भन्दा धेरै दिन बाँच्न सक्छ ।
७) हिप्पोपोटामस नामक जलगैडाले पानी भित्र आफ्नो बच्चा जन्माउने गर्छ ।
८) एउटा गाईले आफ्नो जीवन भर लगभग २००००० गिलास दुध दिने गर्छ ।
९) डल्फिन आफ्नो एउटा आँखा खोलेर सुत्ने गर्छ ।
१०) ब्लु व्हेलको आवाज १८८ डेशिवल सम्मको रेकर्ड