जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

यौन शिक्षा

यौनको उमेरसँग प्रेम, यौन र धोकाको सम्बन्ध

उमेरको भिन्दाभिन्दै अवस्थामा यौनलाई लिएर हाम्रो व्यवहार परिवर्तन भइरहेको हुन्छ । यौन गुरु ट्रेसी काक्सले आफ्नो ‘बेस्ट सेलिङ बुक,’ ‘सेक्सटेसी,’ मा कुन उमेरका व्यक्तिको यौनलाई लिएर कस्तो प्राथमिकता रहन्छ भन्नेबारे चिरफार गरेका छन् । पुस्तकअनुसार उमेरको २० औं वर्षमा अधिकांश युवाहरू हरेक दुई घन्टामा यौनको सपनामा रुमलिरहेका हुन्छन् ।

यो उमेरका युवती भने यौनको कल्पना गर्दा परम्पराबाट टाढिएर सोच्ने गरेका छन् । उनीहरू युवतीसँग यौन क्रियाकलापको सपना देख्छन् वा फेरि युवती वा युवक दुवैसँग यस्तो सपना देख्ने गरेको पुस्तकमा उल्लेख छ । सन् २००६ मा २ हजार व्यक्तिमा गरिएको सर्वेक्षणअनुसार ७६ प्रतिशत महिला, महिलासँग यौनको समय चरम सन्तुष्टि (औरगेज्म) अनुभव गर्छन् जब कि पुरुषसँग यौनमा चरम सन्तुष्टिसम्म पुग्ने महिलाको प्रतिशतमात्र ५० थियो । २० वर्षको उमेरमा यौना आसनबारे युवक एवं युवती भने सबैभन्दा बढी प्रयोग गर्ने कुरासमेत पुस्तकमा जनाइएको छ ।
३० वर्षको उमेरमा करिब सबैले यौनलाई लिएर प्रयोग गर्ने गरेको दाबी गर्ने गरेका छन् । र, उनीहरू अलि खुकुलो वातावरणमा यौन सम्पर्क गरिसकेका हुन्छन् । जहाँ किशोरका लागि यौन क्रिया गर्नु नै प्रयोग हुन्छ त्यही तीन दशक नाघिसकेकाहरू सामान्य सार्वजनिकस्थलजस्तै समुद्रको किनार, अँध्यारोमा, कुनै पार्कको बेन्चमा यौनलाई बढी महत्त्व दिए । यो उमेरको व्यक्तिमा वाइल्ड सेक्सलाई लिएर उत्सुकतासमेत देखिएको पुस्तकमा उल्लेख छ । यस्तै यो उमेरको व्यक्तिमा सावर वा बाथटवमा नुहाउँदा यौन निकै प्रचलित रहेको समेत पुस्तकमा जनाइएको छ । महिलाले यो उमेरमै समलैंगिक पुरुषसँग राम्रो सम्बन्ध गाँस्छन् । स्ट्रेट सेक्सुअल प्रेफरेन्स भएकी महिला ‘गे’ केटोलाई रुचाउँछन् । जब कि ‘गे’ केटो स्ट्रेट केटीलाई रुचाउँछ । स्ट्रेटको यहाँ अर्थ भने विपरीत लिंगको व्यक्तिसँग सेक्सुअल प्रेफरेन्स राख्नु हो । ३० वर्ष उमेरको व्यक्तिलाई सामान्यतया सन्तान हुन्छन् त्यसैले उनीहरू यौनलाई लिएर अलि मन्द भइसकेका हुन्छन् ।
तर, हैरानीको कुरा के छ भने गर्भावस्थाको समय धेरैजसो दम्पती एक महिनामा चारदेखि पाँच पटकसम्म यौन सम्बन्ध राख्छन् । डा. काक्सका अनुसार ३० वर्ष उमेरभन्दा माथिका करिब ९० प्रतिशत महिलाहरू चरम सुख प्राप्त गर्छन् । जब कि ३० वर्षभन्दा कम उमेरको भने २३ प्रतिशत महिलामात्र चरम सुख अनुभव गर्न सक्छन् । पुस्तकका अनुसार यौनको समय ४० वर्षका पुरुषलाई लिंगोत्थान (इरेक्सन) समस्या आउन थाल्छ । यो उमेरका पुरुष आफ्ना साथीसँग धोकेबाजीसमेत गर्छन् । उनीहरू बढी अश्लील फिल्म हेर्छन् र सेक्स च्याट गर्छन् । यो उमेरका महिला यौनमा बढी आकषिर्त हुन्छन् र आफूभन्दा कम उमेरको पुरुषसँग बढी झुकाव राख्छन् । यो उमेरका व्यक्ति भने यौनलाई लिएर बढी चनाखो हुन्छन् ।
प्रेम, यौन र धोका
पुरुषमा सदैव गरिने शंका सही सावित भइरहेको छ । विशेषज्ञ चिकित्सक लुआन बि्रजेनदाइनका अनुसार पुरुष यौनमा अत्यधिक रमाउँछन् । उनीहरू आफ्नो भावना लुकाउँछन् र धोकेबाजीमा समेत लिप्त रहन्छन् । पुरुषमा पाइने हार्मोन टेस्टोस्टेरानको कारणले उनीहरू महिलाको स्तनतर्फ बढी नियाल्छन् । लुआनले महिलालाई सल्लाह दिएका छन् कि पुरुषलाई पुरुष नै रहन दिउँ र त्यसको मस्तिष्कसँग तालमेल बसाउने प्रयास नगरौं । लुआनले आफ्नो पुस्तक ‘मेल ब्रेन ए ब्रेक थ्रो अन्डर स्टान्डिङ अफ हाउ मेन एन्ड ब्वइज थिंकिङ,’ मा पुरुषको यौन प्रसंगबारे थुपै्र खुलासा गरेका छन् ।
पुरुष यौनबारे एकोहोरिने कुरासमेत पुस्तकमा उल्लेख छ । यौनको बारेमा सोच्ने पुरुषको मस्तिष्कको खण्ड महिलाको यौनबारे सोच्ने खण्डको दाँजोमा अढाई गुणा ठूलो हुन्छ । पुरुषहरू महिलाको स्तनतर्फ नियाल्छन् किन भने उनीहरू आफ्नो हार्मोनको कारणले स्वयंलाई रोक्न सक्दैनन् । यो पुस्तकमा पुरुषलाई बढीभन्दा बढी यौन साथी चाहिने कुरासमेत औंल्याइएको छ । पुस्तकअनुसार एउटा आम पुरुषलाई आफ्नो सम्पूर्ण जीवनकालमा औषत रूपमा १४ जना महिला यौन साथीको चाहना हुन्छ । महिलाको भने मात्र एक वा दुईकै चाहना हुन्छ । पुस्तकमा पुरुष यौनको बारेमा बढी झूटो हुनेसमेत उल्लेख गरिएको छ ।
महिलासँग झूटो बोल्न पुरुषलाई बढी असजिलो हुँदैन । यस्तै महिलाका लागि यौन सम्बन्धभन्दा पहिलो प्रक्रिया अर्थात् प्राकक्रीडा (फोर-प्ले) धेरै बढी महत्त्वपूर्ण हुन्छ । जब कि पुरुषका लागि यो सबैभन्दा पहिले गरिने तीन मिनेटको मात्र काम हो । डा. लुआनले भनेका छन् कि यसको मतलब यो होइन कि कुनै व्यक्तिले यदि बलात्कार गर्छ भने यो उसको संरचनाको कारणले हो ।

 

अब भियाग्राको पनि काम छैन

के तपाईं आˆनो यौन क्षमता बढाउने प्रयोजनका लागि भियाग्रा प्रयोग गर्नु हुन्छ ? भियाग्राका प्रयोग तपाईंका हकमा कत्तिको प्रभावकारी सिद्ध भएको छ ? तपाईंका हकमा भियाग्रा प्रभावकारी भइरहेको छ वा छैन भन्ने कुराको अनुभूति तपाईं आफैँले गर्ने कुरा हो तर केही समयको अध्ययनपछि एकजना विश्वविख्यात यौन विशेषज्ञले भने भियाग्राले पनि यसका आधा भन्दा बढी प्रयोगकर्ताहरूमा यौन क्षमता बढाउन नसकेको तथ्यको खुलासा गरेका छन् ।
प्रख्यात बेलायती यौन स्वास्थ्य विशेषज्ञ डा. जेफेरी हृवाकेटले पछिल्ला वर्षहरूमा यौन क्षमता बढाउने भनेर चर्को विज्ञापन गरिएको भियाग्रा यसका आधाभन्दा बढी प्रयोगकर्ताहरूका हकमा प्रभावहीन सावित भएको दाबी गरेका छन् । उनका अनुसार मानिसमा यौन हार्मोन टेस्टेस्टेरोनको कमीका कारण यौन क्षमतामा ह्रास आउने गर्दछ । जबकी भियाग्राले टेस्टेस्टेरोन बढाउन कुनै मद्दत नै गर्दैन । त्यसैले यौन क्षमता बढाउन भियाग्राको प्रयोगको विज्ञापन वास्तविक अर्थमा भ्रम मात्र हो । 'हृयुमन फर्टिलिटी' नामक स्वास्थ्य म्यागेजिनमा प्रकाशित
डा. हृयाकेटको यो अध्ययन निस्कर्ष मुताविक हालका वर्षमा पुरुषमा यौन क्षमताको कमी आम समस्या बनिसकेको छ । खासगरी ४० वर्ष पूरा भइसकेपछिका ४० देखि ४३ प्रतिशत पुरुष कमजोर यौन क्षमताको समस्याले ग्रस्त छन् । त्यसैले डा. हृयाकेटले पुरुषहरू जो यौन क्षमताको ह्रासोन्मुख स्थितिले चिन्तित छन् उनीहरूलाई यौन हार्मोन बढाउने थेरापी प्रयोग गर्नसमेत सल्लाह दिएका छन् ।
यौन सम्पर्कका लागि बिहीबार नै रोज्नुहोस्
आˆनो जीवन साथीसँग यौन सम्पर्क स्थापित गर्नका लागि कुन बार सबैभन्दा राम्रो होला ? यस्तो प्रश्नको जवाफमा तपाईंले स्वभाविकरूपमा भन्नु हुनेछ कि- अनुकूल वातवारण भएमा सबै बार उत्तिकै राम्रा हुनेछन् तर हालैको एक अध्ययनले भने यो प्रश्नको छुट्टै खाले जवाफ पहिल्याएको छ ।
बेलायतस्थित लन्डन स्कुल अफ इकोनोमिक्सले निकै लामो समय खर्चिएर गरेको एक अध्ययनअनुसार विपरीत लिङ्गसँगको यौन सम्पर्कका लागि बिहीबार सबैभन्दा उपयुक्त बार हो । राजधानी लन्डनमै रहने-बस्ने हजारभन्दा बढी महिला र पुरुषबीच गरिएको सो अध्ययनअनुसार अरू बारहरूको तुलनामा बिहीबार पुरुष तथा महिला दुबैको सेक्स हार्मोन पाँच गुणाले बढेको हुन्छ । यो अवस्थामा हुने यौन सम्बन्ध अधिक भन्दा अधिक आनन्ददायक र रोमाञ्चक हुन्छ । ''त्यसो त हप्ता प्रत्येक दिनहरू कुनै न कुनै खास सन्दर्भका लागि महत्त्वपूर्ण हुन्छन्, बिहीबार चाहिँ यौन सम्पर्क स्थापनाका लागि महत्त्वपूर्ण हुन्छ । यस दिनको यौन सम्बन्धको आनन्द नै बेग्लै हुन्छ" अध्ययन प्रतिवेदनको निष्कर्षमा भनिएको छ ।
अध्ययनअनुसार आइतबार बाहिरको खाना खानु आनन्ददायक हुने सोमबार मुटुको समस्याको खतरा रहने, मङ्गलबार सार्थक र परिणाममुखी कामका लागि उपयुक्त हुने बुधबार प्रेमका लागि उत्तम, बिहीबार यौन सम्पर्कका लागि, शुक्रबार धूमपानलगायतका गलत आदत त्याग्न उपयुक्त हुने र शनिबारलाई बच्चा जन्माउन सबैभन्दा उत्तमबारका रूपमा लिन सकिन्छ ।

के हो चरम सुख ?

चरम सुख अर्थात् सम्भोगका बेला अनुभूति हुने आल्हादकारी तृप्ति ! पुरुष र स्त्रीमा चरम सुख अर्थात् अर्गाज्म प्राप्त हुने समय र तरिका फरक हुन सक्छ । पुरुषलाई वीर्य स्खलन हुने/हुने समयमा अर्गाज्म अनुभूति हुन्छ । अर्थात् जुन समयमा सम्भोगको गति तीव्रतम् हुन्छ र समय-शून्यताको अनुभूति हुन्छ, त्यसबेला यो अद्भूत घटना घट्छ । त्यतिखेर वीर्यपात हुन्छ । करिब आठ/दस सेकेन्ड, वीर्यपात भयोभयो भन्ने क्षणदेखि वीर्यका छिर्का निक्लँदासम्मको यो अवर्णनीय अवधिलाई अर्गाज्म भनिन्छ ।
त्यतिखेर प्रजनन् अंगको छेउछाउका मांसपेसी फुक्ने र खुम्चने गर्छन् । कामोत्तेजनाको ज्वार शरीरको करिब हरेक भागमा एक समान गतिले सञ्चार हुन्छ । मुटु तेज गतिले ढुकढुक गर्छ । रक्तचाप बढ्छ र शरीरका हरेक भागमा रगत दू्रतगतिले दौडन्छ । जनेन्दि्रयमा त रक्तसञ्चारको बाढी नै पस्छ । उत्तेजना बढ्न थालेदेखि नै पुरुषको लिंग र स्त्रीको भगनासिका, योनि ओष्ठ, योनिका भित्ताहरू र स्तनका मुन्टाहरूमा रक्तसञ्चार अत्यधिक हुन्छ । साथै, स्नायुहरूमा तनाव सिर्जना हुन्छ । यो तनावबाट अचानक अर्गाज्मका बेला मुक्ति हुन्छ ।

स्त्रीहरूमा अर्गाज्म केही फरक ढंगले अनुभूति हुन्छ । कामोत्तेजित हुन थालेपछि सुरुमा उनीहरूको योनिप्रदेश तन्तुहरूद्वारा निष्सृत चिप्लो पदार्थले भिज्छ र मुलायम बन्छ । स्तनका मुन्टाहरू उत्तेजनाले तीखा हुन्छन् । योनि ओष्ठ केही मात्रामा फुक्छन् । र, पुरुषमा जस्तै स्त्रीमा रक्तचाप बढ्छ, त्वचा रक्तसञ्चारको आधिक्यले रक्तिम आभायुक्त बन्छ ।

विस्तारै श्वासको गति बढ्न थाल्छ । मांसपेसीमा तनाव बढ्दै जान्छ । अनुहार रगत चुहुएलाभै+m रातो हुनपुग्छ । जब अर्गाज्म करिब आउँछ तब योनिप्रदेशका मांसपेसीमा संकुचन आउन थाल्छ र असीम आनन्दको अनुभूति हुन्छ । यो आनन्दानुभूति रहँदासम्म त्यहाँका मांसपेसीहरूमा खुम्चने र फुक्ने प्रक्रिया जारी रहन्छ । यो संकुचन चार/पाँचदेखि बाह्र/पन्ध्रपटक दोहोरिन्छ । स्त्रीहरू एउटै सम्भोगमा पटकपटक अर्गाज्ममा पुग्न सक्छन् । हालै अमेरिकी यौन अनुसन्धाताहरूले स्त्री मल्टिपल अर्गाज्ममा पुग्न सक्ने प्रक्रियाको गहन खोजअनुसन्धान गरेका छन् । पर्याप्त अनुसन्धान हुन नसके पनि तन्त्रशास्त्रले यही कुरा धेरै पहिलादेखि भन्दै आएको थियो ।

स्त्रीहरूले यसलाई पूर्णताको अनुभूति, चरम सन्तुष्टि, शरीरभरि आनन्दको कम्पन भन्दछन् । यतिखेर पुरुष र स्त्री एक-आपसमा पूर्णतः विलीन हुन्छन् । आफ्नो शरीरको ज्ञानसमेत रहँदैन । रक्तचाप र श्वासको गति तीव्र हुन्छ, शरीरका अन्य भागमा पनि संकुचन हुन्छ । तर, स्त्री-पुरुष दुवै यो कुराप्रति बेखबर हुन्छन् । स्त्री अर्गाज्ममा पुगेको बखत आभार प्रकट गर्न स्वतस्फूर्त रूपमा पुरुषलाई कसिलो र लामो चुम्बन गर्छन् । त्यस्तो चुम्बन पाउने पुरुषले आफूलाई भाग्यमानी सम्झन्छन् । यो सम्भोग सफल भएको प्रमाण हो ।
सामान्य सम्भोगमा अर्गाज्मको अवधि पाँच/सात सेकेन्डदेखि बीस/पच्चीस सेकेन्डसम्म हुन्छ । यही अवधि तान्त्रिक सम्भोगका बेला पाँच/सात मिनेटदेखि डेढ-दुई घन्टासम्म लम्बिन सक्छ ।

मल्टिपल अर्गाज्म भनेको एकै सम्भोगमा एकपटक कामोत्तेजनाको शिखरमा पुगेर अर्गाज्मको चरम सुखानुभूति गरिसकेपछि शान्त हुनु र पुनः कामोत्तेजना बढेर अर्गाज्म अनुभूति गर्नु अथवा फेरि यो क्रम दोहोरिइरहनु हो । सबै अर्गाज्म एकै स्तरका नभए पनि शान्त चित्तबाट उठेर उत्तेजनाको शिखरमा पुग्नु, अर्गाज्म अनुभूति गर्नु, चित्त फेरि शान्त हुनु, फेरि बिस्तारै उत्तेजना बढ्न थाल्नु, उत्तेजनाको शिखरमा पुगेका बेला फेरि अर्गाज्म अनुभूति गर्नु, फेरि चित्त शान्त हुनु, यो प्रक्रिया नै मल्टिपल अर्गाज्म हो ।

तर, पुरुष एकै सम्भोगमा मल्टिपल अर्गाज्ममा कहिल्यै पुग्न सक्दैन । कारण- अर्गाज्ममा पुग्न वीर्यपात प्रथम सर्त हो । वीर्यपात एक सम्भोगमा एकैपटक हुन्छ । त्यसपछि लिंग उत्तेजनामा आउन कम्तीमा दस/पन्ध्र मिनेट लाग्छ ।
पुरुष एकै रातमा पाँच/सातपटक सम्भोग गरेर हरेकपटक अर्गाज्ममा पुग्न सक्छ । तर, यसलाई मल्टिपल अर्गाज्म भनिँदैन । स्त्रीहरू भने जिस्पट वा भगनासिकामा बारम्बार दबाब अथवा घर्षणद्वारा पटकपटक छिटोछिटो उत्तेजित र स्खलित हुन सक्छन् । पश्चिमाजगत्का नामुद यौनविद् डा. किन्से र मास्टर्स एन्ड जोनसन्सको खोजअनुसन्धान र प्रयोगद्वारा दशकौं पहिला स्त्रीहरूले मल्टिपल अर्गाज्म अनुभूति गर्न सक्ने सिद्ध भइसकेको छ ।
श्रोतः नयां पत्रिका

 

चरम सुख र महिला शरीर

अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन्। श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ। चरम सुखको  अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन्। सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै  रहन्छ। धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ। सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र धारणाह रूको सञ्जालमा फस्न पुग्छन्। पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन। तिनमा बिस्तारै प्रारम्भ  हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ।



यो कुरा आश्चर्यजनक लाग्न सक्छ तर वास्तविकता के हो भने कैयन् महिलालाई वैवाहिक जीवनको लामो समयपछि पनि चरम सुखका बारेमा समुचित र सही जानकारी  हुँदैन । अधिकांश पुरुष पनि महिला सन्तुष्टि र अनुभवका बारेमा जान्ने-बुभmने प्रयास गर्दैनन् । दुविधा तथा लाजका कारण अधिकांश महिला यो अनुभवबाट वञ्चित रहेको  पाइन्छ । उनीहरू पढ्छन्, सोंच्छन् तर के हुन्छ, कसरी हुन्छ भन्ने बुझ्दैनन् किनभने यसलाई अभिव्यक्त गरेर बुझाउन सकिँदैन, अनुभव र अनुभूतिबाट मात्र महसुस गर्न  सकिन्छ । ६ वर्ष पहिले विवाह बन्धनमा बाँधिएका ३० वषर्ीया सीमा र ३५ वषर्ीय समिर डाक्टरकहाँ जाँदा समिरमा केही शारीरिक कमी भएको र आफ्नो वैवाहिक जीवन  सन्तुष्टदायक नभएको गुनासो सीमालाई थियो । सम्पूर्ण टेस्ट र एक-दुई सेसनपश्चात् समिरको प्रेम र क्षमतामा कुमै कमी नभएको कुरा पुष्टि भयो । शारीरिक सम्बन्धको  सम्पूर्ण कुरा सामान्य देखियो । त्यसपछि भने सीमाको संकोचमा कमी आयो । उनी खुलेर कुरा गर्न थालिन् । कुराकानीका बखत उनले भनिन्- उनको नजिकको आफन्तले  बताएअनुसार चरम सुख तब प्राप्त हुन्छ जब सर्बिकसमा भएको युट्रसको टिपमा टप प्राप्त हुन्छ । ६ वर्षको अनुभवमा जुन सुखद् अनुभूति सीमालाई भैरहेको थियो,  त्यसलाई इन्जोय गर्नुको साटो उनी त्यो काल्पनिक आनन्दको प्रतीक्षा गरिरहेकी थिइन् जुन निराधार थियो । वास्तविकता के हो भने योनीको एक तिहाइ भाग मात्र संवे दनशील हुन्छ । यसैगरी लिंगको आकारका सम्बन्धमा पनि कैयन् भ्रान्ति छन् । संवेदनशीलता योनीको एक तिहाइ भागमा नै हुने भएकाले सेक्स पोजिसनमा सामान्यभन्दा  छोटो आकारको लिंगले पनि चरम सुख प्रदान गर्न सक्छ ।

हाम्रो सामाजिक परिवेशमा महिलाहरूमाथि सानो उमेरमै उनको इज्जत काँच सरह भएको, सेक्स नराम्रो हो, पाप हो जस्ता भावना थुपारिन्छ । सही जानकारी सही  ढंगबाट प्राप्त नहुनाले उनीहरू सहवासलाई लिएर एक किसिमको अपराधबोध, ग्लानी वा हीनताको भावना पाल्छन् र यौवनावस्थासम्म आइपुग्दा पनि यो हीनता यथावत्  रहन्छ । त्यतिबेला शरीरमा बढ्ने हार्मोन्सले आफ्नो प्रभाव देखाउन थाल्छ र पूरा शरीर स्पर्शलाई लिएर अत्यधिक संवेदनशील हुन्छ । जहाँ एकातिर स्पर्शको कामना बढ्दै  जान्छ, त्यहीं अर्कातिर पुरुषको सामिप्यबाट मनमा डर उत्पन्न हुन्छ ।

रहस्यमय अनुभूति

अधिकांश नवयुवक विवाहपश्चात् शारीरिक सुख प्राप्तिको मानसिकता राख्छन् । श्रीमतीलाई सुखको आभास प्रारम्भ हुनुपूर्व नै सबै कुरा सकिएको हुन्छ । चरम सुखको  अनुभूति जीवनको आन्तरिक र रहस्यमय पक्ष भएकाले यस विषयमा उनले अरूसँग सोध्न पनि सक्दैनन् । सोध्ने स्थिति भए पनि उत्तर आइहाल्छ भन्ने अवस्था पनि कमै  रहन्छ । धैर्यता अँगाल्ने, प्रतीक्षा गर्ने, सबैसँग सबै कुरा ठीक भैहाल्छ भन्ने सल्लाह र परामर्श बढी पाइन्छ । सही जानकारीको अभावमा उनीहरू गलत मान्यता र  धारणाहरूको सञ्जालमा फस्न पुग्छन् । पुरुषले के कुरा बुझ्नुपर्छ भने आन्तरिक सम्बन्धमा महिलाको अनुभव पुरुषको जस्तै प्रारम्भ भएर तुरुन्तै सकिँदैन । तिनमा बिस्तारै  प्रारम्भ हुने र लामो समयसम्म प्रेमको आदान-प्रदान भैरहोस् भन्ने चाहना हुन्छ । जति स्वतन्त्रतापूर्वक पुरुषले आफ्नो शरीरका माध्यमबाट प्रेम प्रदर्शन गर्छ त्यति नै  उसलाई प्राप्त होस् भन्ने चाहना उनमा रहन्छ तर उनले त्यो अवसर प्राप्त गर्दैनन् । यही कारणले गर्दा अधिकांश महिलाको जीवनमा चरम सुखको अनुभव जहिले पनि  रहस्यमय रहन्छ । अधिकांश पति-पत्नी यस विषयमा कुराकानी पनि गर्दैनन् ।

कैयन् व्यक्तिमा चरम सुखका सम्बन्धमा अनेकन भ्रान्ति पाइन्छ । चलचित्रको पात्र वा पोर्नो चलचित्रका दृश्य वा सस्ता खालका किताब, पत्रपत्रिकामा विकृत रूपमा प्रस्तुत  गरिएको जानकारी यसको कारण हुन्छ । विवाहित संगिनीद्वारा प्रभाव जमाउन बढाई-चढाई गरी व्यक्त गरिएका अनुभवका कारण पनि मनमा डर जन्मन्छ— के उनी आफू  पनि संयम गुमाउँछिन् ? के उनी पनि आउट अफ कन्ट्रोल हुन पुग्छिन् ? के उनीबाट आवाज निस्कन्छ ? के उनलाई पनि अद्भूत आनन्द महसुस हुन्छ ? यी भयका  कारण कैयन् महिला आफ्ना उत्तेजनात्मक अनुभव रोकेर राख्न बाध्य हुन्छन् । पतिका सामु आफ्नो इमेज खराब नहोस् भन्ने डर महिलामा हुन्छ तर वास्तविकता के हो  भने यदि श्रीमती आफ्नो मनबाट डर निकाल्न सक्षम भए श्रीमान्बाट पनि सहयोग प्राप्त हुन्छ र जुन चरम सुख मात्र १५ देखि २० प्रतिशतको उचाइमा अनुभव भएको  थियो त्यो शतप्रतिशत हुन पुग्छ । कैयन् अवस्थामा महिला स्वयं आफूलाई के कुराले उत्तेजित गर्छ भन्ने कुरा बुझ्न सक्दैनन् । अतः आफ्नो उत्तेजनाको विन्दु थाहा  पाउनुपर्छ र त्यसलाई श्रीमान्समक्ष व्यक्त गर्नुपर्छ । यसबाट फोरप्लेमा सहजता एवं सुविधा प्राप्त हुन्छ ।

सही जानकारी आवश्यक

कैयन् अवस्थामा श्रीमान्-श्रीमती दुवैलाई एकैपटक चरम सुखको अनुभूति हुँदैन तर यसले धेरै फरक भने पार्दैन । महिलालाई एकभन्दा बढीपटक चरम सुखको अनुभव  हुन्छ । यस विषयमा महिला सजग हुनुपर्छ र यसलाई सुखद् अनुभव गर्नुपर्छ । मातृत्वको सुख प्राप्त भैसकेपछि महिलामा सहवासप्रति रुचि हुँदैन भन्ने कुरा पनि गलत हो ।  वास्तवमा शिशुको जन्मपश्चात् चरम सुखको इच्छा अझ बढ्छ किनभने गर्भावस्थापछि योनीमा रहेको नर्व एन्डिङ बढी संवेदनशील हुन्छ । महिला आफूले जे अनुभव गछिर् न् त्यसका सम्बन्धमा उनलाई ज्ञान हुनुपर्छ र यसका बारेमा जान्नु आवश्यक छ । कुन रूपमा र कसरी आफू 'अन' हुन्छ र कुन रूपमा हुँदैन, जानेर आफ्नो सुखलाई  बढाउनुपर्छ । स्वयंसित प्रेम गर्नु र आत्मस्वीकृति वैवाहिक जीवनको महत्त्वपूर्ण पक्ष हो । यौन सम्बन्धमा आफ्नो सुखप्रति धेर-थोर स्वार्थी हुनु नराम्रो होइन । वैवाहिक  जीवनको प्रारम्भिक समयमा नवयुवाहरू श्रीमतीलाई आफ्नो यौनसुखको साधन मान्छन् तर समय वित्दै जाँदा तिनमा जिम्मेबारीको अनुभूति बढ्छ र उनीहरू आफ्नी  श्रीमतीको सन्तुष्टिलाई लिएर अघि बढ्ने प्रयास पनि गर्छन् ।

यदि पुरुष थोरै समझदारी, संयम र अलि बढी प्रयास गर्न तत्पर रहे जीवनसंगिनी उनलाई प्रेम सम्बन्धको त्यो उचाइसम्म पुर्‍याउने क्षमता राख्छिन् जुन आम पुरुषले  कल्पनासमेत गर्न सक्दैनन् । यद्यपि पुरुष आफ्नो अधीनता र स्वार्थबाट बाहिर निस्कनुपर्छ । आजको शिक्षित एवं समझदार पुस्ताले राम्रैसँग बुझ्नुपर्छ कि जति अधिकार,  सुखको चाहना एवं आवश्यकता श्रीमान्लाई हुन्छ, त्यति श्रीमतीलाई पनि हुन्छ । हरेकले आफ्नोभन्दा दोस्रो पक्षको सन्तुष्टि र आनन्दलाई प्राथमिकता दिए, खुलेर कुराकानी  गरे, दोस्रो पक्षको संकोच कम हुन्छ र दुवैले सुखद् रूपमा यौन जीवनलाई इन्जोय गर्न सक्छन् । महिलाले यौनसँग जोडिएका आफ्ना चाहनालाई श्रीमान्सँग अभिव्यक्त  गर्नुपर्छ । यदि कुनै समस्या छ जसको समाधान स्वयंबाट भएको छैन, हुँदैन भने विशेषज्ञको राय लिन पछिपर्नु, लजाउनु वा हिचकिचाउनु हुँदैन ।


यौन जीवनमा पहिलो चुम्बनको महत्व
आपना श्रीमती वा प्रेमीको पहिलो चुम्बनलाई अधिकांश महिलाले आपmनो जीवनको महत्वपूर्ण पक्षको रुपमा लिन्छन् । सम्भवतः यसकै आधारमा आपसी ससम्बन्धले हुर्कनेमौलाउने तथा अघि बढ्ने अवसर पाउाछ । त्यसैले पहिलो चुम्बनको अर्थ र महत्व उित्तकै रहन्छ । प्रेम सम्बन्धका लागि आवश्यक वातावरण - एकान्त पहिलो चुम्बनका लागि प्रेमिका वा पत्नी एकान्त स्थानमा हुनु पहिलो आवश्यकता हो । जीवनको पहिलो चुम्बन जीवनभर मीठो सम्झनाका रुपमा रहने भएकाले त्यहाा दुई जना बाहेक अरु उपस्थित हुनु हुादैन । यदि कुनै रेस्टुराा, क्लब वा अन्य त्यस्तै भीाड भएको स्थानमा हुनुहुन्छ र तपााईलाई लाग्छ तपााईकी पि्रयतमा तपााईसित एकान्तमा अन्तरंग क्षण बिताउन चाहन्छिन् भने उनलाई कतै एकान्त स्थानमा लग्नु उत्तम हुन्छ । सम्भवतः पहिलो चुम्बनको तयारी यसैबाट हुन सक्छ । राम्रो स्वास पहिलो चुम्बनको अवसरलाई आपmनो स्वासको दुर्गन्धका कारण होस् वा रक्सी, चुरोट आदिको सेवन वा बढी चिल्लो, पिरोका साथै प्याज, लसुन खाएका कारण नगुमाउनुहोस् । पहिलो चुम्बनको अवसरमा उल्लेखित कुरा सेवन नगर्नु नै उपर्युक्त हुन्छ । आपmनो साथमा कुनै राम्रो खालको चुइङ्गम वा माउथ प|mेसनर राख्नुहोस् । सही सम्बन्धको चिनारी पहिलो चुम्बनका लागि उचित समय पहिचान गर्न जरुरी छ । रोमान्टिक कुराकानीका व|mम्मा यदि अचानक कुराकानी बन्द हुन्छ, तपााईको आाखा तपााईकी पि्रयतमाको आाखासित जुध्न पुग्छ । आाखाको भाकाबाट चाहना प्रस्फुटित हुन थाल्छ र दुबैको आाखाले एकअर्कालाई एकनासले हेरीरहन्छ तथा नजरबाट दुबैमा आकर्षण एवं सम्वोहन उत्पन्न हुन्छ भने त्यस्तो समय पहिलो चुम्बनको लागि उचित समय हो तर पहल तपााईबाटै हुनुपर्छ । अनुमति माग्ने चुम्बनका लागि अनुमति माग्नु मूर्खता हो । महिलाको नजरमा यसो गर्नु कायरता हो र तपााईको आत्मा विश्वासको कमी हो । त्यसैले सही समयका आधारमा चुम्बनका लागि पहल गर्नुहोस् तर हतार गर्नु भने बुद्धिमानी होईन । चुम्बनका लागि उनी तयार छिन् अर्थात उनमा चाह छ छैन बुझ्नु जरुरी छ । यो कुरा शारीरिक हाउभाउबाट बुझ्न सकिन्छ । यदि उनको शरीर तपााईतिर झुकेको छ, तपााईको शरीरमै टाासिएको छ, तपााईको शरीरलाई छोएर विशेषः तपााईको छाती, गाला, चिउाडो, कान छोएर उनी मुस्कुराइरहेकी छिन्, उनी आपmनो ओाठ विस्तारै टोक्दैछिन् वा आपmनो कपाल चलाईरहेकी छिन् भने धेरै हदसम्म चुम्बनका लागि तपााईलाई इसारा गरिरहेकी हुन सक्छिन् । सहजता अागाल्ने पहिलो चुम्बनका बखत धैर्य अपनाउनुहोस् । त्यो क्षणलाई सकेसम्म लम्बाउने प्रयत्न गर्नुहोस् । समय स्लो मोशनमा गुज्रीरहेको जस्तो अनुभूति गराउनुहोस् । हतार गर्दा आपmनो छवि बिग्रन सक्छ र त्यो रोमान्टिक क्षण बिथोलिने सम्भावना रहन्छ । आफू पनि सहज रहनुहोस् र आपmनी पि्रयतमालाई पनि सहजता महसुस गराउनुहोस् । स्पर्शलाई प्राथमिकता दिने चुम्बनका बखत शारीरिक स्पर्शको महत्व उित्तकै हुन्छ । यसले अनुभूतिलाई अझ रोमान्टिक बनाउाछ नै साथै चुम्बनको उन्मादलाई पनि बढाउाछ । चुम्बन गर्नु पूर्व आपmनी पि्रयतमाको शरीरलाई विस्तारै छुनुहोस् । आपmनो हातलाई उनको हिपमा राख्नुहोस् वा कम्मरलाई बााध्नुहोस् र विस्तारै आफूतिर तान्नुहोस् । त्यसपछि आपmना हातका औंलाको सहाराले उनको केशलाई चलाउनुहोस् र विस्तारै उनको मुहारलाई आपmनो दुवै हत्केलामा थामेर आफू नजिक ल्याउादै मन्द गतिले उनको गालालाई चुम्दै ओठतर्फ आपmनो चुम्बनको मार्ग प्रशस्त गर्नुहोस् । चुम्बनका व|mममा आपmनी पि्रयतमाको शरीरलाई सुम्सुम्याउने वि|mयालाई निरन्तरता दिनुहोस् । आाखा बन्द गर्ने चुम्बनका व|mममा आपmनो आाखा बन्द गर्नुपर्छ । आाखा खोलेरै चुम्बन गरिएको कुरा यदि पि्रयतमाले चाल पाए तपााई चुम्बनमा पूर्णरुपले समर्पित नभएको अनुभव उनलाई हुनसक्छ । यसले आत्माविश्वासको कमी, सुरक्षा भावको कमी आदिको अर्थ पनि लाग्न सक्छ । चुम्बनको आनन्द उठाउन आाखा बन्द गर्नु नै राम्रो हुन्छ । यसो गर्नाले एकअर्काप्रति विश्वास, समर्पण र चाहना अझ बढ्न सक्छ । यौन संसर्गका बखतको चुम्बन र पहिलो चुम्बन फरकफरक भएकाले यसमा पर्याप्त सावधानी अपनाउनुपर्छ । फस्ट किसका बखत आपmनी पि्रयतमा सुतीरहेकी छिन् र उनलाई डिस्टर्भ नगरी चुम्बन गर्दै हुनुहुन्छ भन्ने अनुभव तपााईले गर्न सके फस्ट किस अविष्मरणीय बन्न सक्छ । त्यसैले ओठले उनको ओठलाई हल्का दबाब मात्र दिनुपर्छ । उनमा रोमाञ्चकता जगाउने प्रयास मन्द गतिमा हुनुपर्छ नकि अलार्म घडीको जस्तो अप्रत्यासित र जोसिलो । आपmनो ओठको साथै जिब्रोलाई पनि नियन्त्रण राख्नु आवश्यक हुन्छ । समग्रमा धैर्यता, नियन्त्रण एवं मन्द गतिमा रोमाञ्चकता जगाउादै आनन्दको सरोबरमा आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन पहिलो चुम्बनलाई आधार बनाउने प्रयास पुरुषबाटै हुनुपर्छ ।

आपत्कालीन गर्भ रोक्ने उपाय
डा सुमनराज ताम्राकार
स्त्री तथा प्रसूति रोग विशेषज्ञ



लात्कार वा असावधानीका कारण वा गर्भनिरोधका साधन असफल भई अनिच्छिावश गर्भधारण हुने सम्भावना देखिएमा तुरुन्तै औषधि प्रयोग गरेर गरिने गर्भनिरोधलाई आपत्कालीन गर्भनिरोध भनिन्छ । यो औषधिको प्रचलन आएपछि अनिच्छिावश गर्भधारण हुन लागेको शंका लागेमा तुरुन्तै गर्भनिरोधको उपाय अपनाउन सजिलो भएको छ ।
विवाहको तरखरमा रहेका, भर्खरै विवाह गरी हनिमुन अवधि नसिध्याएका, विवाहको केही समयपछिसम्म बच्चा पाउन नचाहेका नवदम्पती मात्र होइन बच्चा पाई छिट्टै अर्को बच्चा पाउन नचाहेका दम्पतीहरुले समेत आपत्कालीन गर्भनिरोधका विधिहरुबारे धेरै चासो राखेको पाइएको छ । कतिपयले त आफूले सावधानी अपनाउँदाअपनाउँदै पनि गल्ती हुन गएको कारण बताएर झट्टै केही उपाय सुझाउन हारगुहार गर्ने गरेको पनि पाइन्छ । कतिपय व्यक्तिहरुचाहिँ असुरक्षित यौनसर्म्पर्कको ७२ घण्टापछि मात्र सल्लाह लिन आउने गरेको पाइन्छ । ७२ घण्टापछि यस्तो औषधि प्रयोग गर्नुको कुनै अर्थ हुँदैन । आपत्कालीन गर्भनिरोधका लागि उपयुक्त समय र्घर्किसकेपछि मात्र सल्लाह लिन आउनेहरुलाई सुरक्षित गर्भपतनको बाटो देखाइदिनुसिबाय अर्को विकल्प हुँदैन ।
दम्पतीको आपसी सल्लाहमा कानुनी तवरले नेपालमा १२ हप्तासम्मको गर्भपतन गराउन सकिने भए पनि यसबाट पर्न जाने आर्थिक भार, मानसिक तनाव एवम् सफा ठाउँमा गर्भपतन नगराएको खण्डमा पाठेघरको भित्री तह पाक्ने, संक्रमण हुन सक्ने कारणले गर्दा सुरक्षित तरिकाले यौनसर्म्पर्क राख्नु नै बुद्धिमानी हुन्छ । यसका लागि नवविवाहित दम्पतीले सुरक्षित महिनावारी चक्रको सही प्रयोग, कन्डम वा कमल चक्कीजस्ता अस्थायी साधनहरुको उचित प्रयोग गर्नुपर्दछ ।र्
गर्भ रहने क्रममा डिम्ब निष्कासन, यौनसर्म्पर्क, वर्ीय स्खलन, डिम्ब निषेचन तथा डिम्बरोपणको तारतम्य मिल्नर्ुपर्दछ । त्यसो त प्राकृतिक र चिकित्सकीय नै भए पनि थुप्रै खालका गर्भनिरोधका उपायहरु हुँदाहुँदै पनि र्सतर्कता नअपनाएर, परिवार नियोजनका साधन बेलैमा उपलब्ध नभएर वा फेल खाएर, यसको प्रयोगमा आलस्यता गरेर तथा गर्भ रहन सक्नेरनसक्ने महिनावारीको सुरक्षित चक्र -यसबारे साधनाको २०६५ वैशाखको पूर्ण्ाांक १७० मा विस्तृत रुपमा उल्लेख गरिसकिएको छ० बारे ठोस ज्ञान नभएर पनि अनिच्छित गर्भ रहने गरेको पाइएको छ । कन्डम फुट्नु, नियमित रुपमा पिल्स चक्की खान बिर्सिनु तथा बलात्कार -बलजफती करणी० जस्तो असुरक्षित यौनसर्म्पर्क हुनु अनिच्छित गर्भ रहने केही उदाहरणहरु हुन् । अविवाहित केटीलाई बलजफती करणी गरी गर्भ रहने सम्भावना भएमा स्थिति झन् तनावपूर्ण हुन्छ ।
यौनजीवन लम्ब्याउन चाहने, यौनसुख अझै लिन चाहने दम्पतीहरुले गर्भको अनिच्छा हुँदाहँदै पनि सजगता अपनाएनन् भने गर्भ रहने शंका हुन्छ । यसै कुरालाई लिएर दम्पतीबीच चिन्ता र मनमुटाव हुन सक्छ ।
यी उल्लिखित परिस्थितिहरुको परिणामस्वरुप गर्भ रहन नदिनको लागि गरिने उपायहरु ९परिवार नियोजनका साधनहरुको प्रयोग० लाई आकस्मिक परिवार नियोजन -आपत्कालीन गर्भनिरोध० विधि अर्थात् मेडिकल भाषामा र्ँइमर्जेन्सी कन्ट्रासेप्सनभनिन्छ

जति बढी घरेलु काम त्यति नै बढी सेक्स
अमेरिकामा गराइएको एक अध्ययनअनुसार घरमा अधिका काम गर्ने दम्पत्ति सेक्स पनि बढी गर्दछन्। अध्ययनकर्ताहरुकाअनुसार जुन श्रीमान श्रीमति घरको सरसफाई स्वयम् गर्दछन् यसप्रकारको काम नगर्ने दम्पत्तिको तुलनामा १५ पटक बढी सेक्स गर्दछन्।
यो रहस्य पत्ता लगाउन अध्ययनका क्रममा सात हजार दम्पत्तिसँग इन्टरभ्यु लिइएको थियो । उनीहरुसँग घरको काम गर्ने बाँनी र यौन जीवनका बारेमा प्रश्न गरिएको थियो।
यसबाट घरमा बढी काम गर्ने पुरुष या महिला बढी यौन आनन्द प्राप्त गर्ने रहस्य पत्ता लागेको हो । अध्ययनकर्ताहरुकाअनुसार अन्य काममा बढी व्यस्त रहने दम्पत्ति सेक्स्युअल रिलेसनशीपलाई लिएर सम्झौता गर्न तयार रहने गर्दछन्।
यो सर्भे अमेरिकाका सबै उमेर समूहका विवाहित जोडीहरुमा गरिएको हो । सर्भेका क्रममा उनीहरुसँग गत महिना कति पटक यस प्रकारको सम्बन्ध कायम गरियो र घरको काम गर्न कति समय विताइयो भन्ने विषयमा प्रश्न सोधिएको थियो । यसमा आफ्नो व्यवसायिक काममा विताएको समयलाई पनि ध्यानमा राखिएको थियो।
सर्भेबाट वर्षमा औषत ८३ पटक सेक्स गर्ने दम्पत्तिमा श्रीमतिले सातामा ४२ घण्टा र श्रीमानले २३.४ घण्टा घरको काममा समय लगाएका थिए । एउटा विषयमा श्रीमतिले सातामा १६ घण्टा र श्रीमानले मात्र २ घण्टा घरको काममा लगाएका थिए ।
यो जोडी दम्पत्तिले वर्षमा ३६ पटक सेक्स गरेका थिए । केही विषयमा श्रीमतिले सातामा ६८ घण्टा र श्रीमानले ४५ घण्टा काम गरेका थिए । उनीहरुले औष १५ पटक बढी सेक्स गरेका थिए ।

हप्ताको ३ पटक सेक्स, सफल जिवनको रहस्य
हप्ताको तिन पटक गरीने सेक्स सफल दाम्पत्य जिवनको लागी फलदायी हुने निष्कर्ष एक अनुशन्धानले निकालेको छ। एक नयाँ अनुशन्धान बाट बाहिर आएको एक तथ्य अनुसार श्रीमान र श्रीमती बिचको दुरी घटाउन र एक अर्कामा विश्वाश कायम गर्न हप्ताको ३ पटक गरीने सेक्सले महत्वपूर्ण भुमिका खेल्दछ। यसको साथै पती वा पत्नीलाई दिनको ३ देखी ४ पटक सम्म गरीने किस र कम्तीमा दिनको एक पटक एक ले अर्कालाई ँआई लभ युभन्ने गरेमा वैवाहिक जिवन सुखी बन्दछ। यस बाहेक आफ्नो पार्टनरलाई दैनिक तिन पटक सम्म अँगालो हालेमा र महिनामा २-३ पाक सँगै दुवै जना रोमान्टिक तरिकाले बाहिर खाना खान गएमा वैवाहिक जिवन निकै सफल हुने दावी अनुशन्धान कर्ताहरुको छ।यो सर्भेमा कम्तीमा तिन महिना देखी विवाह गरेर सँगै बसेका ३१-३२ वर्ष सम्मका विवाहित जोडीहरु लाई उनीहरुको वैवाहिक जिवन र उनी हरुको सुखी वैवाहिक जिवनको बारेमा सोधिएको थियो।