जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, March 26, 2013

मलेसियामा नेपाली कामदारमाथि आक्रमण, मारिएको पुष्टि भइसकेको छैन

काठमाडौं, चैत १२ (नागरिक) - मलेसियामा काम गर्न गएका नेपालीमाथि स्थानीय गुण्डाहरुले आक्रमण गरेका छन्। त्यहाँको जुहारस्थित आसिर बुडानमा रहेको होस्टलको ब्लक नं‌ २० मा रहेका नेपालीमाथि आक्रमण भएको हो। 'नेपालीमाथि सामुहिकरुपमा आक्रमण भएको थाहा भएको छ तर कति मारिए खुलेको छैन,'
वैदेशिक रोजगार व्यावसायी संघका अध्यक्ष बलबहादुर तामाङले भने।


स्थानीय गुण्डाले आक्रमण गरेको भएपनि  के कारण झगडा भएको हो खुलेको छैन।

मलेसियाका लागि कार्यवाहक राजदूत लेखनाथ भट्टराईले एभिन्युजल टेलिभिजनलाई दिएको टेलिफोन अन्तर्वार्तामा मारिएको भन्ने कुरा पुष्टि नभएको बताएका छन्। दूतावासका कर्मचारीले दुई जना घाइतेलाई अस्पतालमा भेटेको तर उनीहरु बोल्न सक्ने अवस्थामा नरहेको भट्टराईले जानकारी दिए। मृत्युबारे हल्ला सुनेपनि अहिलेसम्म मरेको पुष्टि हुन नसकेको उनको दावी छ। त्यहाँको प्रहरी प्रशासनबाट पुष्टि भइनसकेको र दूतावासका कर्मचारीले नदेखि पुष्टि हुन नसक्ने उनले बताए।

केही मिडियाले ६ जनाको मृत्यु भएको जनाएका छन्। तर, मर्नेको संख्या त्यो भन्दा धेरै रहेको पनि केही मिडियाको दावी छ। मलेसियाका अनलाइनहरुले घटनाबारे खासै समाचार दिएका छैनन्।
नेपाली बसेको ब्लकको छतबाट खसालेर उनीहरुलाई मारिएको बताइएको छ। 'यो केसले नेपालीहरु सुरक्षित छैनन् भन्ने देखाएको छ। अब सरकार लागेन भने समस्या जटिल हुनसक्छ,' तामाङले भने। उनका अनुसार घाइतेमध्ये १८ जना अस्पतालमा उपचाररत छन्।

No comments:

Post a Comment