जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, December 28, 2010

निर्वस्त्र विरोध प्रदर्शन

विरोध प्रदर्शन गर्ने विभिन्न तरिका छन् । चर्काे स्वरमा नारा लगाएर, जुलुस निकालेर, टायर बालेर, जक्काजाम, बन्द-हडताल गरेर, पुत्ला जलाएर, सरकारी साधन तथा सार्वजनिक सम्पत्ति तोडफोड गरेर विरोध प्रदर्शन गर्ने शैली दक्ष्ािण एसियामा प्रचलित छ ।

तर, पश्चिमी मुलुकमा भने विरोध प्रदर्शनका भिन्न शैली अपनाइँदै छ । सरकारले लागू असंगत नीतिको विरोध गर्दै उनीहरू शरीरमा पेन्ट गर्छन्, कपाल रंगीबिरंगी बनाउँछन् । सरकार र यसको क्रियाकलापप्रति असाध्यै रिस उठेको छ भने जनता निर्वस्त्र भएर पनि विरोध प्रदर्शन गर्न पछि पर्दैनन् ।

९ फेब्रुअरी, सन् २००३ इराक युद्धमा अस्ट्रेलियाली सहभागिताको विरोध गर्दै अस्ट्रेलियाली महिला निर्वस्त्र भएका थिए । निर्वस्त्र भएर विरोध प्रदर्शन गर्ने सात सय ५० महिला ८० वषर्ीया वृद्धादेखि १६ वर्षे किशोरीसम्म थिए । उनीहरूले सबै लुगा खोलेर चार सय ३५ मिटर अग्लो बायरन बे टाउन नजिकै 'हामी युद्ध चाहँदैनाँै' भन्ने ब्यानर टाँसेर विरोध प्रदर्शन गरेका थिए । अमेरिकाको नेतृत्वमा भएको इराक युद्धमा अस्ट्रेलियाली सैनिक पठाएकोमा आफ्नो असहमति रहेको सन्देश प्रधानमन्त्री जोन हवार्डसमक्ष पुर्‍याउन आफूहरूले नांगै प्रदर्शन गरेको उनीहरूले बताएका छन् ।
युद्धमा अमेरिका वा बि्रटेनको सहयोगका लागि आफ्नो सैनिक पठाउनुलाई युद्धमा अस्ट्रेलिया पनि सहभागी भएको रूपमा हेरेका थिए, जनताले । इराक युद्धको विरोध गर्दै अमेरिका, बि्रटेनमा समेत विरोध प्रदर्शन भएका थिए ।
इराकमा युद्धको शंखघोष गर्ने अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसको विरोधमा न्युयोर्कको सेन्टल पार्कमा ३० महिलाले निर्वस्त्र भएर प्रदर्शन गरेका थिए ।
कठ्यांगि्रने जाडोको बाबजुत ती महिलाले बुस प्रशासनको नीति र इराकविरुद्धको सम्भावित युद्धको विरोध गर्दै सबै कपडा फुकालेर विरोध प्रदर्शन गरे ।
यसैगरी, चुनाव परिणाम घोषणा नभएको भन्दै नाइजेरियामा पनि निर्वस्त्र विरोध प्रदर्शन भएको थियो । नाइजेरियाको इकिती राज्यमा भएको चुनावको परिणाम सार्वजनिक नगरेको विरोधमा १६ क्ष्ाेत्रका महिलाले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका थिए । उनीहरूले सडकको बीचभागमा अर्धनग्न भएर 'इकिती वुमन फर पिस' नारा लगाउँदै विरोध प्रदर्शन गरे । उनीहरू सडकजामसमेत गरेका थिए ।
तलब नदिएको विरोध गर्दै पनि मानिसले नांगै भएर विरोध प्रदर्शन गरेका छन् । मार्च २०१० मा स्पेनका एयरहोस्टेजले विरोध प्रदर्शन गर्ने नयाँ तरिका निकाले । ९ महिनासम्म तलब नपाएपछि एयरहोस्टेजहरू एकै ठाउँमा जम्मा भएर नांगै विरोध प्रदर्शन गरे । उनीहरूले क्यालेन्डरका लागि पनि नग्न पोज दिए । उडान उड्नुअघि उनीहरूले नग्न भएर प्रदर्शन गरेका हुन् । यसैगरी, क्यालेन्डरका लागि एयरलाइन्सको क्याबिनबाहिर नांगै भएर पोज दिएका हुन् । एयरहोस्टेजको यो विरोध शैलीको स्पेनी मिडियामा खुबै आलोचना गरिएको थियो । तर, उनीहरूले आफूले केबल तलब पाउने अधिकारका लागि नग्न भएको बताए ।
कोही पशु अधिकारका लागि पनि निर्वस्त्र भएका छन् । बार्सिलोनामा २४ जनवरी, २००७ मा एक सय २० कार्यकर्ताले पशु अधिकारको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । प्रदर्शनमा सहभागी एक इन्डो क्यानेडियन महिला अनिता सिंहले सबै कपडा फुकालिन् । भुवादार कपडा बनाउनका लागि जनावरको हत्या गरिनेविरुद्ध उनले कपडा फुकालेर विरोध प्रदर्शन गरेकी बताएकी छिन् । बार्सिलोनामा यसअघि पनि जनवार हकअधिकारको माग गर्दै सिंहले निर्वस्त्र भएर विरोध प्रदर्शन गरेकी थिइन् ।
आफूले पाउँदै गरेको टिप्समा प्रतिबन्ध लागेको विरोधमा पनि नग्न प्रदर्शन भएको छ । प|mान्सको राजधानी पेरिसमा १६ डिसेम्बर २००८ मा टिप्समा प्रतिबन्ध भएको विरोधमा २० महिला तथा पुरुषले सबै कपडा खोलेर, कतिपयले अर्धनग्न भएर विरोध प्रदर्शन गरेका थिए । पेरिसमा पेन्टिङ बनाइसकेपछि पेन्टरले मोडललाई टिपस्वरूप केही पैसा दिने परम्परागत चलनमा प्रतिबन्ध लगाइएको थियो । सरकारले लगाएको प्रतिबन्धविरुद्ध मोडलहरूले डिसेम्बरको रगत जम्ने चिसोमा नांगै भएर विरोध प्रदर्शन गरेका थिए ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete