जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, December 29, 2010

चारै सन्तान अपाङ्ग/पाँच बर्षकै उमेरदेखि डोरीले बाँधेर थुन्न थालियो : बाबुआमा

हाडे (उदयपुर) , मंसिर १७ - चार छोरा चारै अपाङ्ग हुँदा तीनका आमाबावुलाई कस्तो हुन्छ ? त्यतिमात्रै होइन बर्षौदेखि चारै छोरालाई डोरीले बाँधेर घरभित्रै थुनेर राख्नु पर्दा हुने पीडाको कल्पना पनि गर्न सकिंदैन ।

तर, त्रियुगा नगरपालीका- १३ चुहाडेका ४८ बर्षीय बिलटा दनुवार र उनकी पत्नी कमलाका छोरै छोरा अपाङ्ग छन् । सबैलाई गाइभैसी झै बाँधेर घर भित्रै थुनेर यि दम्पति ज्याला मजदुरी गर्न निस्कन्छन् ।

दनुवार दम्पतीका २२ बर्षीय भरत, १९ बर्षीय प्रमोद, १६ बर्षीय जयराम र १३ बर्षीय सिताराम गरी चार छोरा छन् । चारै जना बौद्धिक अपाङ्गता (सुष्तमनस्थिती) का छन् । माइलो प्रमोद समन्य बोल्छ, अरु तीन जनाले बोल्नपनि सक्दैनन् । सुस्तमनस्थिति भएकै कारण जन्मेको चार बर्षमै बाँधेर घर भित्र थुन्ने गरेका हुन् ।

जन्मेदेखि नै उनीहरु बोल्न नसक्ने अबस्थामा रहेको बाबु बिलटाले वताए । 'छोराहरु अपाङ्ग कमाई खाने खेती छैन, दैनिक ज्याला मजदुरी नगरी खाना पुग्दैन' उनले भने । ज्याला मजदुरी गर्न जाँदा दिनभरि छोराहरुलाई बाँधेर घरभित्रै थुनेर हिडनु परेको उनले वताए ।

डोरीले नबाँधे घरभित्रै तोडफोड गर्ने गरेको यनको भनाइ छ । 'घरभित्रै थुनेरमात्रै पुग्दैन' उनले भने 'छुटाछुट्टै बाध्नु पर्ने बाध्यता छ ।' बाँधेन भने घरबाट हिडने, अर्काको बिगार गरिदिने समस्या रहेको बिलटाले वताए ।

चार जना आफुहरुबीच पनि झगडा गर्ने, घर भत्काउने, घर छोडेर हिड्ने समस्या भएकाले थुनेरै राख्नु पर्ने समस्या भएको ६६ बर्षीया हजुरआमा साकुमाया दनुवारले वताइन् । 'दिनभरी घरमै बाँधेर राख्यो, बाँधेकै ठाउँमा खाना पानी राखिदियो खान मन लागेको खान्छन्, नखाको फालिदिन्छन' उनले भनिन् । थुनेको घर भित्रै दिसापिसाव गरे भने साँझमा बाबुआम घरमा आएपछि सफा गर्ने गरेको उनले वताइन ।

आर्थीक अवस्था कमजोर भएकोले छोराहरुलाई घर भित्रै थुनेर ज्याला मजदुरी गर्न जानु पर्ने बाध्यता रहेको आमा कमलाले वताइन् । उनले भनिने 'अन्य उपाय नभएपछि थुनेर राख्नु पर्ने बाध्यता भयो ।' अपाङ्ग चारै जानालाई बिहान खान खुवाएर घर भित्रै बाधेर थुन्ने गरेको उनले वताईन ।

छोराहरु अपाङ्ग भएपछि आफुले सकेसम्म औषधि गरेको बिलटाले वताए । उनले भने 'भएको गरगहना सुनचाँदी सवै बिक्री गरेर औषधि गरियो, औषधि गर्न काठमाडौंसम्म पुर्याइयो तर सकिएन ।' जति खर्च गरेपनि सन्चो नहुने भएपछि घरमै थुन्न बाध्य भएको उनले वताए । दनुवारको सम्पतीको नाममा १५ धुरमात्रै जग्गा छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete