जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, December 4, 2010

अनाथकी आमा

इटहरीको निःसहाय बालबालिका सेवा आश्रमकी गीता गौतम सधैँ व्यस्त हुन्छिन् । उनी अहिले ३३ जना बालबालिकाको आमा हुन् । उमेरले ६० काटेकी उनको मातृत्वमा हुर्किएका एक सय ५० जना निःसहाय बालबालिका अहिले देश-विदेशमा नयाँ जीवन बिताइरहेका छन् ।
सहाराविहीन बालबालिकाको संरक्षणमा ३० वर्षदेखि आमा बन्दै आएकी अविवाहित गीता आफैँ अनाथ हुन् । धनकुटाबाट भारतको बम्बईमा काम गर्न गएका उनका बाबुको पानीजहाजमा दुर्घटना भएको थियो । बाबुको मृत्युपछि आमाको डाँकाको आक्रमणबाट मृत्यु भयो ।
पाँच वर्षकी हुँदा अनाथ बनेकी गीता बम्बईकै जलान्धरस्थित गान्धी मनित आश्रममा हुर्किएकी हुन् । सो आश्रमबाट कलाकार बनेर इन्डोनेसिया र श्रीलंका जाने अवसर पाएकी उनी ०३६ सालमा नेपाल आएकी हुन् । विभिन्न जिल्ला घुमेर इटहरीमा उनले ०३९ सालमा डेढ कठ्ठा जग्गा खरिद गरेकी थिइन् । त्यही जग्गामा आफ्नो कमाइमा ०४० सालमा एउटा छाप्रो हालेर अनाथाश्रम स्थापना गरेकी हुन् ।
०४४ सालमा आश्रम दर्ता गरेर करिब डेढ सय बालबालिकालाई हुर्काइसकेको बताउँदै गीताले भनिन्, 'धैरैले राम्रो पढेर काठमाडांै र भारतमा जागिर खाइरहेका छन् । तीनवटी छोरीले स्टाफ नर्स पास गरेका छन् ।' उनले आश्रममा हुर्किएका अनाथहरूको बिहेसमेत गरिदिएकी छिन् । '१२ वटी छोरी ५ छोराको विवाह पनि गरिदिएँ ।'
अनाथ बालबालिकाको सेवाका लागि गीतालाई जिल्लावासीले पनि सघाएका छन् । 'जिल्लावासीले जेजस्तो सक्छन्, त्यहीअनुसार सहयोग दिइरहेका छन्,' उनले भनिन्, 'पहिलेको जस्तो आश्रम सञ्चालन र बच्चा पढाउन समस्या छैन ।'
आफैँ अनाथ गीताले राष्ट्र नै आमा भएको बताइन् । 'आकाशलाई छानो मान्ने हामीलाई यही प्यारो छ,' अनाथ बालबालिकाको सेवा गर्नु नै जीवनको आनन्द रहेको ठान्ने उनले सुनाइन्, 'सबैभन्दा ठूलो आनन्द बच्चाहरूको पेट भर्नु, पढाउनु र ओभानोमा सुताउन पाउनु हो ।' समाज सेवालाई धर्म मानेकी उनी धनी र गरिबबीचको विभेद चिर्नुपर्ने बताउँछिन् । महिला पनि पुरुषसमान भएको गीताको भनाइ छ । तर, कागज र भाषणमा मात्र महिला समान हुन् भनेर नपुग्ने उनले बताइन् । 'व्यवहारमै पुरुषसरह राज्यको हरेक अंगमा महिला सहभागिता हुनुपर्छ,' उनले भनिन् । तर, महिला र पुरुष समान रूपमा एक भएर अगाडि बढ्ने हो भने मुलुकको विकास सम्भव हुने उनको तर्क छ । 'एकता भएपछि मात्र बल हुन्छ,' उनले थपिन् ।

Thursday, December 2, 2010

खगेन्द्र लिम्बु का रचना हरु

भीरैमा पलाएँ भीरैमा फुलुँ कि !  सुहाए मायाको शिरैमा फुलुँ कि !!छाँगामा सपना बगाई जाने !  गो'दुखेरै भए नि तीरैमा फुलुँ कि !!चिहानै नपुग्ने माटो नि बगी गो' ! कमल भएर क्षीरैमा फुलुँ कि !!कहिले आंधी त

सुनसरीमा एड्सबाट २९ को मृत्यु

इनरुवा, मंसिर १६ - सुनसरीमा  एचआईभी एड्सको कारण हाल सम्म २९ जनाको मृत्यु भएको छ ।
सरकारले एड्सबाट बच्नका लागि विभिन्न कार्यक्रम ल्याए पनि कार्यक्रमहरु प्रभावकारी हुन नसकेको कारण मृत्यु हुनेको संख्या बढदै गएको हो । सुनसरीमा हाल ६ सय ८३ जना  एचआईभी र एड्स पीडित रहेको जिल्ला स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ । जिल्लामा ३२ जना बालबालीकाहरु एचआईभी र एड्सबाट संक्रमीत रहेको तथ्यांकमा उल्लेख रहेको छ । विशेष गरी १५ देखी २४ वर्ष उमेर समूहका युवाहरुमा  एचआईभी एड्सको संक्रमण देखीएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Monday, November 29, 2010

साबधान facebook मा फस्दैछन् वयस्क दम्पती

फेस-बुक इन्टरनेटको दुनियामा बहुप्रचलित साचारमाध्यम हो भन्नेमा कसैको दुई मत छैन । सामाजिक सम्बन्ध विकासका लागि भन्ने लक्ष्यका साथ अगाडि आएको यस माध्यमले वास्तबमै अपूर्व योगदान दिइरहेको पनि छ । सर्वेक्षणले के देखाएको छ भने ६० वर्ष उमेर नाघेका व्यक्तिहरु पनि फेस-बुकका सदस्य छन् । यद्यपि जति बढी किशोर-किशोरी र युवा यस माध्यममा लागेका छन् त्यति वयस्कहरु छैनन् । खासगरी ४० नाघेका व्यक्तिहरुको सदस्य संख्या क्रमशः घट्दै गएको फेस-बुककै सर्वेक्षणले देखाएको छ । तर संख्या अनुपातिक रुपमा कम मात्र भएको हो तर वयस्कहरुको संख्या पनि करोडौंमा हुनुपर्छ ।
यस लेखकले फेस-बुक हेर्दै जादा स्कुल पढ्दाका पुराना साथीहरु पनि फेला पारेको छ । साथीका साथी र उनीहरुका पनि साथी खोज्दै जाने र कसैको नाम Search bar मा टाइप हानेर खोज्ने हो भने तस्वीरसहित ती व्यक्तिहरु देखिने भएका कारण यसको आकर्षण अद्वितीय बन्न पुगेको हो । किनभने यस प्रकारको सुविधा अन्यत्र कुनै इन्टरनेट माध्यममा पाइँदैन । त्यसैले यसले फुस्रदको समय फेस-बुकमा बिताउने गरेको छ ।
दशकौं नभेटेका पुराना साथीहरु हसिलो अनुहारमा परिवारसहित आफ्नै कम्प्युटरको पर्दामा प्रकट हुँदा रमाइलो लाग्नु अस्वाभाविक पनि होइन । जसलाई चाह्यो उसलाई मेसेजु पठाउन पनि मिल्ने भएका कारण स्वतन्त्रता र अवसर दुवैका दृष्टिकोणले यसको महिमा उच्च हुन पुगेको हो ।
लामा-लामा भिडियो चित्र र फोटो एल्बमहरु समावेश गर्न सकिने सुविधाका कारण प्राविधिक रुपले पनि यो निक्कै उचाइमा रहेको प्रष्ट हुन्छ । संसारमा प्राकृतिक नियम के छ भने जुन वस्तुका सकारात्मक गुणहरु बढी हुन्छन् त्यसका नकारात्मक विशेषता पनि कम हुँदैनन् । जस्तो हालैको एक पीडादायक घटना म यहाँ उल्लेख गर्न लागिरहेको छु । कुरा के भने क्यालिफोर्नियाको बर्कली नगरमा बस्ने मेरा एक साथी केही दिनयता निकै विरक्त देखिन्थे । अनिदा आँखाहरु टोलाइरहने बानी र कामबाट घर फर्किदा गरौं शरीर बनाउने उनको व्ववहार मलाई अनौठो लाग्यो । सानो परिवार सुखी परिवारका धनी उनी किन घरपरिवारप्रति विरक्त भएका हुन् भनेर मैले बुझ्न चाहेँ । कसैको व्यक्तिगत मामिलामा चियो-चर्चो गर्ने बानी त मेरो छैन तर एक नेपालीलाई परेको समस्या समाधानमा अर्को नेपालीले योगदान दिन मिल्ने अवस्था छ भने चुप लागेर बस्ने पनि मेरो स्वभाव होइन । त्यसैले मैले आफैंले काम गर्ने रेष्टुरामा उनलाई खाजा खाने निम्ता दिएँ ।
मित्रले विस्तारै आफ्नो व्यथाको पोको खोले । उनी श्रीमती सहितको सयन कक्ष छोडेर १०-१२ दिनदेखि बैठक कोठामा सुत्न थालेका रहेछन् । कारण अरु केही नभएर फेस-बुक नै देखियो । कुरा के परेछ भने करिब ६ महिना अघिदेखि श्रीमतीले स्कुल पढ्दाको पुरुष साथी फेस-बुकमा भेटिछन् । भेट्नु के थियो पहिलो प्रेम पुरानो सम्बन्ध ताजा भएर आइहाल्यो । लामो-लामो समयसम्म च्याट हुने र फोनमा पनि कुरा चल्ने अवस्था आयो । श्रीमतीको पुरुष साथी नेपालमै रहेकोले फोनमा वार्ता गर्न भने त्यति सहज थिएन । तापनि अमेरिकामा श्रीमतीको राम्रो जागिर भएको र नेपालमा आइ-कलको सुविधा रहेको कारण एक आपसको बोली सुनेरै किशोर अवस्थाको प्रेम ताजा बनाउन सकिन्थ्यो । तर समस्या के थियो भने दुवैका लागि बार्ता गर्ने अनुकूल वातावरण । घरमा छोराछोरी समेत भएका दुई परिवारका वयस्कहरु प्रणयमा गाँसिन नैतिक सङ्कट पर्नसक्थ्यो ।
अन्ततः सङ्कट पर्यो नै । कक्षा ८ मा पढ्दादेखि सुरु भएको प्रेम स्नातक गर्दासम्म निकै परिपक्क भैसकेको रहेछ । पिकनिक पार्क बजार भ्रमण यात्रा भोज साँस्कृतिक कार्यक्रम आदि पार गरिसकेको पहिलो प्रेम परिबन्दले विवाहमा परिणत हुन सकेको रहेनछ । श्रीमतीले आफ्ना दुई छोरा पाएर पनि आजसम्म पहिलो प्रेमीलाई नै बढी चाहेको उसले बुझियो । अन्ततः श्रीमान् श्रीमती एकै छत मुनि रहेर पनि बेग्लै कोठामा रात विताउन थाले ।
साथीको सबै कथा सुनेपछि मेरो ध्यान उनको उमेरमा गयो । ४० बसन्त काटिसकेका ती साथीले सम्बन्ध विच्छेद गरेभने आउने परिणामप्रति म गम्भीर भएँ । यस उमेरमा नेपालमा रहेको Boy Friend लाई माया गरेर उनकी श्रीमतीले के पाउने हुन् दुवै परिवारका छोराछोरीको मानसिकतामा कस्तो असर पर्ने हो भन्ने कुराप्रति म गम्भीर भएँ । मैले सोधें अब के गर्नुहुन्छ त मित्र मैले प्रश्न गरिरहदा आफ्ना विद्यालयका केटीसाथीहरु शर्मिला विजया रुपा रमिलाहरुलाई सम्झें । उनीहरुलाई कसले बढी प्रभाव पार्ने भनेर हामी केटाहरुमा एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो । उनीहरुमध्ये कसैले यो उमेरमा आएर मलाई आई लभ यू भनी भने नेपाली परिवेशलाई समेत ख्याल गर्दै मैले आई यम सरी भन्नैपर्छ । यो उमेरमा मैले यौनजन्य प्रेममा होइन समाजसेवा देशभक्ति लेखन कलाकारिता आदिमा केही गर्न सक्नुपर्छ । छोराछोरीलाई असल बाटो देखाउनु मेरो प्राथमिकतामा पर्नुपर्छ । मन परेकी केटी पाएँ भनेर यो उमेरमा बहकिदा दरबारमा आगो लाग्दा बाँसुरी बजाउने मुर्ख राजाको नक्कल हुन जान्छ ।
मैले साथीलाई यति भने मरुभूमिमा कुनै बनस्पतिको विरुवा उमिरयो भनेर चिन्तित हुनु पर्दैन किनभने त्यो ठूलो बृक्ष बन्नै सक्तैन । ठूलो वृक्ष बन्नका लागि चाहिने तत्व मरुभूमिमा हुदैन ।साथीलाई त मैले सुझाव दिएँ तर यसरी अन्य कति बयस्क जोडीलाई फेस-बुकले चुनौती दिइरहेको होला भनेर ऊ गएपछि पनि म गम्भीर बनि रहें ।

प्रेममा धोका दिन सिकाउने साइट

प्रेममा सबै कुरा जायज छ, धोका पनि । यो हामी भनिरहेका छैनौ, यो कुरा एउटा अनलाइट बताइरहेको छ। जुन साइटले विवाहित जोडीलाई आफ्नो साथीलाई धोका दिने सूत्रहरु सिकाइरहेको छ।इन्टरनेटमा डेटिङ्ग साइट त अनगिन्ती छन् तर अब यस्तो साइट पनि आएको छ कि जसले मानिसलाई आफ्नो साथीलाई धोका दिएर अन्य मानिससँग अफेयर सुरु गर्न प्रेरित गरिरहेको छ।
यस्तै एउटा साइट एशलेमैडिसिन डट कम संचालन गर्ने नोएल बिडरमैन दावी गर्छन् मेरो साइटमा ५० लाख पाठक रजिस्टर्ड छन् । उनले आफ्नो साइटको विज्ञापन गर्नका लागि भनेको छ, जिन्दगी छोटो छ, प्रेम गर । तर आफ्नो साथीलाई धोका दिनका लागि बिडरमैनको साइट मात्र छैन । यस्ता हजारौ वेभसाइट छन् जसले मानिसलाई आफ्नो जीवनसाथीलाई धोका दिन प्रेरित गरिरहेका छन् ।
पहिलापहिला विवाहपछि सम्बन्ध बन्ने गर्दथ्यो । श्रीमतिहरु शर्टको कलरमा लिपिस्टिक देखेर श्रीमानमाथि शंका गर्दथे । तर अब अफेयर इन्टरनेटमा सुरु हुन्छ, मानिसलाई आफ्नो साथीलाई धोका दिने पुरा स्वतन्त्रता छ।
कैयौ वेभसाइट जस्तो कि मिटटुची डट कम (meet2cheat.com.au), अफेयर क्लव डट कम (affairsclub.com), लेनलीहाउसवाइब्स डट कम (lonelyhousewives.com) आदि साइट त विशेष गरी धोका दिनका लागि नै निर्माण गरिएको हो ।वेभसाइटको माभ्यमबाट धोका दिने नयाँ चलन निकै प्रचलित हुँदै गएको छ। घरमा बोर भइरहेका महिलाहरु अब श्रीमान आउने प्रतिक्षा गर्दैनन् । इन्टरनेटमा नयाँ साथीको खोजी गर्दछन् । अस्ट्रेलिया र पश्चिमा मुलुकहरुमा त यो चलन आम भइसकेको छ। धन्य हाम्रो नेपालजस्तो मुलुकमा यस प्रकारको धोकाधमी सुरु भइसकेको छैन ।

मन्दिरमा प्रेमालाप

मन्दिर आफँैमा पवित्र शब्द हो। बिहानदेखि बेलुकासम्म मन्दिरमा भक्तजनहरूको भीड लाग्नुपर्ने हो। तर, हिजोआज काठमाडौँका सबैजसो मन्दिर परसिरमा भक्तजनहरूको होइन, प्रेमजोडीहरूको भीड लाग्ने गरेको छ। उदाहरणका रूपमा बत्तीसपुतलीको कुमारी मन्दिरलाई लिन सकिन्छ। यहाँ हरेक दिन असंख्य जोडीले प्रेमालाप गर्छन्। कोही ओठमा ओठ मिलाएर बसेका पाइन्छन् भने कोही मन्दिरछेउको बाँसघारीमा प्रेममा मग्न हुन्छन्। मन्दिरका पुजारीको आफ्नै व्यथा छ। शान्तिराम मिश्रको भनाइ पत्याउने हो भने सम्झाउन खोज्दा युगल जोडी उल्टै जाइलाग्छन रे! विभिन्न कलेजका पोसाकमै भेटिने यस्ता जोडीलाई राजधानीका रेस्टुराँहरूको महँगाइले पनि रन्काएको रहेछ। मन्दिरमा भेटिएका एक जोडीसँग कुरा गर्दा थाहा भयो कि रेस्टुराँमा पैसाको पनि नाश, त्यसमाथि चाहेजसरी गफ गर्न पनि नपाइने। यसरी ठाउँकुठाउँमा प्रेमदृश्य देखिन थालेपछि मन्दिरमा चाहिँ भक्तजनहरू घटेका रहेछन्।

Sunday, November 28, 2010

राजेशपायल र सविन वर्षकै उत्कृष्ट

सौरभ श्रेष्ठ/ एचकेनेपाल डट कम-
कान्तिपुर एफएमले हरेक वर्ष आफ्नो वाषिर्कोत्सवको अवसर पारी आयाजना गर्ने ‘म्यूजिक अनर’ को १२औं श्रृङ्खलामा आधुनिक गायनतर्फ राजेशपायल राई र पप गायनतर्फ सविन राईले अवार्ड हात पारेका छन्। कान्तिपुर एफएमले वर्षभरी सबैभन्दा बढी गीत बजेको आधारमा उक्त अवार्ड दिँदै आएको छ।
गायक पायलले उक्त अवार्ड गत वर्षपनि हात पारेका थिए भने सविनले पहिलो पल्ट अवार्ड हात पारेका हुन्। सविनले रंगमञ्चको रंगबाट सर्वोत्कृष्ट एल्बमको अवार्डसमेत हात पारेका थिए।
त्यस्तै आधुनिक गायिकामा अञ्जु पन्त, पप गायिकामा आस्था तामाङ मास्के, ब्याण्डमा १९७४ ए.डी., संगीतकर्म महेश खड्का र गीतकर्म कृष्णहरी बराल र दोहोरीमा रामजी खाँड ठकुरीले अवार्ड हात पारेका छन्।
शुक्रबार काठमाडौंको राष्ट्रिय नाचघरमा सम्पन्न समारोहमा लाइभ टाइम एचिभमेन्टद्वारा वरिष्ठ संगीतकार चन्द्रराज शर्मालाई २५ हजार नगदसहित सम्मानित गरिएको थियो।

Friday, November 26, 2010

युएईको जेलमा ५६ जना नेपाली

पैसा कमाएर आफ्नो घरपरिवारलाई सुखी र खुसी बनाउने मीठो सपना बोकेर खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५६ जना नेपाली विभिन्न आरोपमा त्यहाँका विभिन्न जेलमा कैदी जीवन बिताइरहेका छन्, जसमध्ये एक नेपालीलाई त्यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ ।

मृत्युदण्डको सजाय पाउने दार्चुलाका अमरबहादुर बम हुन् भने अन्य कैदी जीवन बिताउने नेपालीका बारेमा अहिलेसम्म घरमा आधिकारिक जानकारी नदिइएकाले उनीह रूको घर ठेगाना खुलाइएको छैन ।

सन् २००३ मा मृत्युदण्डको सजाय सुनाइएका बमका विषयमा भने उनका घर-परिवारका सबैलाई आधिकारिक जानकारी गराइएकाले अहिले उनको सजाय छुटका लागि  युएईस्थित सामाजिक संघसंस्था तथा दूतावास मिलेर अघि बढ्ने सुरमा छन् ।

एक भारतीय नागरिकको हत्या प्रकरणमा आरोपित बमले आफू निर्दोष भएको र उद्धारका लागि पहल गर्न नेपाली दूतावास अबुधाबीमा निवेदन दिएको बताइन्छ । उक्त निवेदनका आधारमा कानुनी प्रक्रियाका लागि पहल गर्न आवश्यक सहयोग गरिदिन नेपाली दूतावास अबुधाबीले परराष्ट्र मन्त्रालयमा पत्रसमेत पठाइसकेको तर अहिलेसम्म  परराष्ट्र मन्त्रालयबाट कुनै जवाफ नआएको दूतावास सूत्रको भनाइ छ ।

युएईका विभिन्न जेलमा रहेका नेपालीहरूका बारेमा बाहिर नखुलाइए पनि ५६ जना नेपाली जेल सजाय भोगिरहेको युएईका लागि राजदूत अर्जुनबहादुर थापाले जानकारी दिएका छन् । पर्यटकीय भिसामा जसरी हुन्छ विदेश जाने, जे-जस्तो परे पनि गरौंला भन्ने मनसाय लिएर युवाहरू बिदेसिएको देखिन्छ । वैदेशिक रोजगारीमा विशेष गरी  खाडी मुलुकहरूमा नेपालीहरू सजिलै पुग्न सक्छन् । थोरै लगानीमा धेरै कमाउने उद्देश्य लिएका कतिपय नेपालीले विदेश छिरेको दुई-चार वर्षमै घर परिवारभन्दा पनि  मोजमस्तीतिरै रम्न थालेको देखिन्छ । त्यस्तै छुट्टीका दिनहरूमा साथीहरूसँग बसी मदिरा सेवन गर्ने र स्थानीय डान्स बारहरूमा धाएकै कारण उनीहरू प्रहरीको फन्दामा  पनि पर्छन् ।

स्थानीय कानुनविपरीत मदिरा सेवन गरी बहिर हिँड्ने तथा अन्य गलत कामहरूमा संलग्न भएको आरोपमा ती ५६ जना नेपाली जेल सजाय भोग्न बाध्य भएको राजदूत  थापाले जानकारी दिए ।

Tuesday, November 23, 2010

पानी-आफैमा एक औषधी

हाम्रो दैनिक जिवनमा पानीको एकदमै महत्व छ यो कुरा सबै लाई थाहा भएकै कुरा हो। पानी लाई हामी धेरै किसिमले आफ्नो दैनिक जिवनमा प्रयोग गर्ने गर्दछौं। अहिले जापान जस्तो विकशित देशमा समेत पानीलाई विभिन्न रोगको उपचारमा प्रयोग गर्ने गरिन्छ र पानीले धेरै रोगहरु निको समेत पारेको छ। पानीलाई औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ भन्ने धेरैलाई थाहा नहुन पनि सक्दछ र थाहा भएमा पनि कसरी प्रयोग गर्ने भन्ने बारेमा धेरै लाई थाहा हुदैन। त्यसैले पानीलाई औषधीको रुपमा कसरी प्रयोग गर्न सकिन्छ यस बारे केही जानकारी तल दिईएको छ।

-बिहान उठने बित्तिकै दाँत नमाझिकन 600ml पानी पिउनु होस।

-त्यसपछी दाँत माझ्नुहोस र मुख सफा गर्नु होस अनि ४५ मिनेट सम्म खाली पेट बस्नु होस र त्यस समयमा पनी पनि नपिउनु होस।

-४५ मिनेट पछि सामान्य रुपमा खाना खान सकिन्छ।

-बिहानको खानाको १५ मिनेट पछी २ घन्टा सम्म अन्य खानेकुरा पनि नखानुहोस र थप पानी पनि नपिउनुहोस।

-धेरै बिरामी र अशक्त हरुले थोरै बाट पानीको मात्र बढाउन सकिन्छ।
यसरी नियमित पानी पिउने गरेमा निम्न समयमा निम्न रोगहरुलाई निकै नै फाईदा पुग्दछ।
1.. High Blood Pressure - 30 days
2.. Gastric - 10 days
3.. Diabetes - 30 days
4.. Constipation - 10 days
5.. Cancer - 180 days
6.. TB - 90 days
-तर Arthritis का बिरामीहरुले पहिलो पटक माथीको प्रक्रिया गर्दा पहिलो हप्ता ३ दिन मात्र गर्नु पर्दछ भने त्यस पछी सामान्य तरिकाले गर्न सकिन्छ।

-यस प्रक्रियाको कुनै side effect छैन र शुरु-शुरुमा अलि बढी पिसाब लागे पनि पछी यसले तपाइको स्वस्थ जिवन बनाउन यसले धेरै सहयोग पुर्याउँछ। यसरी जापान र चिनमा रोगीहरुको उपचार सफलता पूर्वक गर्ने गरीन्छ।

Saturday, November 13, 2010

भोकाएको पेट अघाएको जिन्दगी

थुइया s s s ! गुनासोहरुले भरिएको साला जिन्दगी ! कति गर्नु आफ्नो गुनासो आफै सँग ! हुने जे छ त्यहि हो तर गुनासो कहिले नी सकिदैन ! आत्म असन्तुष्टी या भलै आफ्नो चित चाही कहिले नी नबुझ्ने भन्या ! कहिले यस्तो भएन , उस्तो भएन ! आज यो छैन भोलि उ त्यो हुन्न ! सोच्दा नी रना चल्छ ! नसोची बसौ भन्दा पनि यो खाली मगज शैतानको बास भन्छन ! भेल आएको जस्तो कुरा पनि कति आउने कति !