जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, September 22, 2010

को बढी महत्त्वपूर्ण, आमा वा पत्नी ?

'भेडा भेडासित, बाख्रा बाख्रासित' भनेझैँ मन र विचार मिलेका व्यक्तिहरू नै आपसमा साथी बन्छन् । यसको अर्थ यो होइन कि, हरेक साथी समान चरित्र र सोचाइका होऊन् । कोही बहिर्मुखी चरित्रका हुन्छन्, कोही तुलनात्मक रूपमा अन्तर्मुखी । कतिपय साथीसँगको सम्बन्ध भावनाप्रधान हुन्छ, कतिसँग विचारसामीप्य हुन्छ । लगभग वर्षदिनअघि विचारप्रधान सम्बन्ध भएका एकजना साथीसँग मेरो गम्भीर

ढुंगा हानी मृत्युदण्ड दिने देशमा ...

केही दिनअगाडि उत्तरी अफगानिस्तानमा एक महिला र एक पुरुषलाई अवैध सम्बन्ध राखेको आरोपमा त्यहाँको एक विद्रोही समूहले ढुंगा हानेर मार्ने निर्णय सुनायो । कानुन र सरकारको कुनै उपस्थिति नभएको अफगानिस्तानमा कुनै अतिवादी समूहको मनोमानी निर्णय नै कानुन हुने गरेको छ । अन्ततः त्यस जोडीलाई भीडले ढुंगा हानेर मार्‍यो ।

त्यस समाचारको विषयमा अफगानिस्तानको सलाम वान्तादार रेडियोका खेलकुद रिपोर्टर इब्राहिम मोहम्मदलाई मैले इमेलमार्फत सोधेँ, 'तिमीलाई यो समाचार कस्तो लाग्यो ? तिम्रो देशका लागि लज्जाको विषय होइन यो ? तिम्रो देशमा मानवताको यो हदसम्म उल्लंघन हुँदा पनि तिमी पत्रकारहरू के हेरेर बसेका छौ ? यस्तो मध्ययुगीन बर्बरताविरुद्ध तिमीहरूले केही बोल्नु पर्दैन ?' एकसाथ दर्जन बढी प्रश्नले मैले उनलाई 'हमला' गरेकी थिएँ । सोचेकी थिएँ- उनले मर्माहत भएर जवाफ दिनेछन्, 'जे भयो, त्यसका लागि म अत्यन्त लज्जित छु ।' तर, उनको जवाफ हलुका र अचम्मित पार्नेखालको थियो । 'मैले यो समाचार सुनेको छु । उनीहरूले विनाप्रमाण सजाय दिए । पूर्ण प्रमाण भयो भने इस्लामले त्यस्तो सजायलाई जायज मानेको छ,' इब्राहिमले भने ।
त्यसपछि अर्का दिन मैले उनलाई अनलाइनमा 'समातेँ' र सुरु गरेँ, त्यही स्टोनिङ टु डेथ (ढुंगा हानेर हत्या)को प्रसंग ।
'शारीरिक सम्बन्ध राखेको सजाय मृत्यु हुन सक्छ ? इस्लामले त्यस्तो भनेको छ र ? इस्लामको कुरा छोड, मलाई तिम्रो विचार भन,' मैले सोधेँ ।
'इस्लामको विचार नै मेरो विचार हो । म त्यसविरुद्ध गएँ भने मैले कहिल्यै माफी पाउँदिनँ,' इब्राहिमले भने, 'तिमी यो कुरामा दुःखी नबन । यस्ता कुरा हाम्रा लागि सामान्य हुन्,' उनले भने ।
इब्राहिमका अनुसार तालिवानी प्रभाव र पकड भएका ठाउँमा यस्ता आरोप सजिलै लाग्छन् र आरोपितको इहलीला सजिलै समाप्त पारिन्छ । उनी भन्छन्, 'इस्लामले मागेको प्रमाण नपुर्‍याई सजाय तोकिन्छ भने त्यो गलत हो । तर, अपराध प्रमाणित भएमा त्यसलाई गलत भन्न मिल्दैन । इस्लामले यसप्रकारको सजायलाई अनुमति दिएको छ । समाजमा सुव्यवस्था कायम गर्नका लागि पनि यस्ता कुरा जरुरी हुन्छन् ।' इब्राहिमले भनेको सुव्यवस्था कस्तो व्यवस्था हो, मैले पटक्कै भेउ पाइन ।
अफगानिस्तानमा बर्सेनि धेरैलाई अनैतिक सम्बन्ध राखेको आरोपमा ढुंगा हानेर मारिन्छ । नैतिक र अनैतिक सम्बन्ध तोक्ने र छुट्टयाउने र सजायको घोषणा गर्ने काम मुला या इमामले गर्छन्, अल्लाहका नाउँमा । धर्मभीरु र तथाकथित नैतिकतामा विश्वास गर्ने भीडले आरोपितका काम तमाम गरिदिन्छन् । खुलामैदानको बीचमा निरीह महिला/पुरुषमाथि ढुंगा हानिन्छ, उनीहरूको मृत्यु नहुन्जेलसम्म । भीडको हुंकारमा ती असहाय प्राणीका चित्कार दबिन्छन् । र, ढुंगाको थुप्रोबीच रगताम्य लास लम्पसार परेपछि यो पीडक कर्मकाण्ड सकिन्छ ।
०००
अर्का दिन फेरि हामी अनलाइनमा थियौँ ।
इब्राहिमले मलाई सोधे, 'नाजायज शारीरिक सम्बन्ध राख्नेलाई तिम्रो देशमा चाहिँ के गरिन्छ नि ?'
'जे गर्छ कानुनले गर्छ,' मैले भनेँ, 'तिम्रो देशमा जस्तो धार्मिक नेता या भीडले हाम्रो देशमा कसैको भाग्यको फैसाला गर्न पाउँदैन । यौन-सम्बन्धलाई जायज र नाजायज भनेर तोक्ने हाम्रा केही आधार हुन्छन् । कानुनी र सामाजिक आधार । तिम्रो देशमा जस्तो जथाभावी हुँदैन हाम्रोमा ।'
'ओ माई गड !' ऊ चकित भयो, 'समाजका मान्छेले केही गर्दैनन् ? यसरी त समाजमा विकृति बढ्दैन र ?'
'केको विकृति नि ? हाम्रो देशमा मानवअधिकारको राम्रो सम्मान गरिन्छ । यौन व्यक्तिगत अधिकारको कुरा हो ।' मैले उसलाई संकेत गर्न खोजेँ कि हामी सभ्य देशका बासिन्दा हौँ ।
'त्यस्तो पनि कहीँ व्यक्तिगत अधिकार हुन्छ ?' उसले भन्यो, 'त्यसले अर्का व्यक्तिको अधिकार खोस्छ । हाम्रो इस्लाममा संसारकै विशिष्ट न्यायको कुरा छ ।'
'दुई जवान केटा-केटीको सम्बन्धलाई देख्न नसक्ने तिमीहरू ! तिमीहरूको न्यायको परिभाषा विचित्र छ । मानवअधिकारको न्यूनतम सम्मान पनि गर्दैनौ तिमीहरू,' म एकदम आक्रोशित थिएँ ।

'संसारमा अरू कैयौं विषय छन्,' उनी पनि रन्किए, 'दिनहुँ बम पड्काएर मान्छे मारिनुमा मानवअधिकारको हनन देख्दैनौ तिमी ?' आफ्नो देशमाथि सोभियत युनियन र अमेरिकाले गरेको हस्तक्षेपमाथि विश्व समुदायले आँखा चिम्लिएको ठानेका छन् सायद उनले ।

म जवाफ दिने अवस्थामा थिइनँ । रिसले रन्किएकी थिएँ । केही नबोली 'साइनआउट' गरेँ ।
०००
इब्राहिम दुई वर्षअगाडि मेरो फेसबुक साथी बनेका हुन् । दक्षिण एसियामा अमेरिकाको आतंकवादविरोधी अभियान -वार अन टेरोर)को सिकार बनेको अफगानिस्तानको नागरिक हो ऊ ।
मलाई अफगानिस्तानमा ढुंगा हानेर मार्ने चलन र खोकनाको तालमा टोकी-टोकी पाठी मार्ने चलन उस्तै-उस्तै लाग्छ ।
मैले इब्राहिमलाई उहिल्यै सोधेको थिएँ, 'तिम्लाई महिलालाई ढुंगा हान्ने ठाउँ थाहा छ ?'
उसले मजाक शैलीमा उत्तर दिएको थियो, 'हा...हा..हा किन थाहा नहुनु ? गलत सम्बन्ध राख्नेलाई मार्ने ठाउँ हो । यस्तो ठाउँ फराकिलो चौर हुने गर्छ ।' मेरा लागि जुन कुरो भयानक थियो, उनका लागि सामान्य थियो । उनको र मेरो पृष्ठभूमि नितान्त फरक भएर पनि होला । उनी जुन वातावरणमा हुर्के, त्यसको असर उनमा देखिनु नौलो कुरा होइन ।
०००
सन् १९८५मा जन्मेका थिए इब्राहिम । उनको पुर्ख्यौली घर निन्ग्राहर प्रान्तमा पर्छ । जिल्ला हो- मोमानन्दारा । त्यतिवेला अफगानिस्तानमा सोभियत युनियनको पूर्ण सहयोगमा कम्युनिस्ट शासन थियो । तर, उनको परिवारलाई कम्युनिस्ट सासनमा जीविकोपार्जन गर्न गाह्रो थियो । उनीहरूले पाकिस्तानको पेसावरमा रहेको नासिर बाघ शरणार्थी शिविरमा अन्य नातेदारसँगै शरण लिए । त्यही शरणार्थीका लागि चलाइएको स्कुलमा पढे उनी । त्यसबाहेक उनी कुरान पनि पढ्दै थिए । १६ वर्ष नपुग्दै इब्राहिमलाई कुरान कण्ठस्थ थियो । 'त्यसैले मैले भनेको इस्लाम विश्वमै उत्कृष्ट छ, किनभने मलाई त्यसको हरेक वाक्य थाहा छ ।' इब्राहिमले मेलमा आफ्नो 'प्रोफाइल'मा लेखेका थिए ।

पाकिस्तान शरण लिन गएकाले उनको परिवारले आफगानिस्तानमा चलिरहेको हिंसाको सिकार हुनु परेन । तालिवानी शासनको हप्की खान पनि परेन । तर, आर्थिक अभावमा भने बाँच्नु पर्‍यो । उनका बुबा काम गर्थे, तर घरमा पैसा ल्याउँदैनथे । त्यसैले इब्राहिमले सानोतिनो काम गर्न थाले घर चलाउन । उनका अब्बा कहिलेकाहीँ आउँथे रित्तोहात । पछि थाहा भयो- उनले कमाएको जति सबै कान्छी आमाकहाँ पुग्दोरहेछ ।
इब्राहिमका चार दिदीबहिनी र चार दाजुभाइ छन् । अर्की आमापट्ट िथप चार बहिनी । सन् २००१ मा तालिवानलाई अमेरिकाले फालेपछि उनका बाबु काबुल र्फके । त्यहाँ उनी संयुक्त राष्ट्रसंघीय मानवअधिकारको उच्चायोगमा काम गर्ने आफ्ना मित्रसँग पैसा सापटी माग्न गएका थिए । ती साथीले पैसा सापटी दिएनन्, पैसा आउने बाटो देखाए । उनलाई आफ्नै कार्यालयमा गार्डको काम दिए । 'हाम्रा बाले काम पाएपछि हामीलाई बोलाएनन् । सानीआमा र उनका छोरीहरूलाई मात्रै बोलाए,' इब्राहिमले भने ।
अब्बाको तलब मासिक चार सय अमेरिकी डलर थियो । तर, त्यसले इब्राहिम र उनका दाजुभाइका लागि कुनै अर्थ राख्दैनथ्यो । त्यतिवेलासम्म आफ्नो स्कुलको खर्च जुटाउन उनी आफँै काम गर्थे । उनका अब्बाले एक वर्षपछि भने सबैलाई काबुल बोलाए । राजधानी भएकाले उनको परिवारलाई विद्रोही समूहको डर थिएन । बरु पीर थियो त आफन्त नहुनुको । 'हामी अन्जान थियाँै । हाम्रा नातेदार थिएनन्,' इब्राहिमले भने । उनी कक्षा ११ मा पढ्न चाहन्थे, तर साम्सद टिभीमा काम पाए । उनको अब्बाको साथीको सहायक भए उनी । त्यहीँबाट उनको पत्रकारिता सुरु भयो ।
इब्राहिम अफगानिस्तानमा तालिवानले छोडेयताको पहिलो खेल उद्घोषक हुन् । त्योबाहेक उनी अंग्रेजी सिनेमा पनि अनुवाद गर्छन् ।
०००
इब्राहिम २६ वर्षका भए । यतिवेलासम्म कति केटीलाई प्रेम प्रस्ताव राखे उनले ?
'हाहा प्रस्ताव ? बिहे त नहेरी गरेको । प्रस्ताव राख्ने ? हाम्रो यहाँ त्यस्तो चलनै छैन । हामीलाई प्रस्ताव राख्न पाउने अनुमति छैन,' उनले सुनाए, 'मनमनै भने धेरैलाई मन पराएँ । तर, कसैलाई भनिनँ ।'
'यति धेरै कुरा किन सोधेको तिमीले,' इब्राहिमले मलाई सोधे ।
'अखबारमा छाप्न,' मैले भनेँ ।
'नछाप्नु, मलाई तालिवानले मार्छन् फेरि,' उनले भने ।
'खेल पत्रकारलाई केही गर्दैनन् रे नि त !' मैले भनेँ ।

Tuesday, September 21, 2010

प्रेमिका सेक्सी, पत्नी सुन्दर

काठमाडौ, आश्विन २ - सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ ।
<div class="fullpost"<
काठमाडौ, आश्विन २ - सुन्दर अनुहार र उपयुक्त फिगरमा पुरुषहरू भुतुक्क हुन्छन् । तर प्रेमिका र पत्नी छान्ने सन्दर्भमा पुरुषको रुचि बेग्लाबेग्लै हुन्छ ।
'इभोल्युसन एन्ड ह्युमन बिहेभियर' जर्नलमा छापिएको प्रतिवेदनमा अनुसन्धानकर्ताहरूले के भनेका छन् भने पुरुष कुनै युवतीसँग डेटिङ गर्दा उसको अनुहारको सुन्दरता नभई शरीरको बनावटलाई महत्त्व दिन्छन् । उनहिरू पर्फ]{ट फिगर भएका केटीसँग डेटिङ गर्न रुचाउँछन् ।
तर जब कुरा बिहेको हुन्छ, पुरुषको रुचि बदलिन्छ । उनीहरू सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्न रुचाउँछन् । बिहे गर्न भने पुरुषहरू युवतीको फिगरलाई बढी महत्त्व दिँदैनन् । अनुसन्धानकर्ताहरूका अनुसार यौन सन्दर्भका लागि मात्रै हो भने पुरुषहरूका लागि ३६, २४ र ३६ इन्च फिगरवाला शरीरले धेरै महत्त्व राख्छ । घर बसाउने मामिलामा भने यस्तो फिगरको कुरो बिर्सन्छन् । अनुसन्धाताहरू के भन्छन् भने सुन्दर अनुहार भएका युवतीसँग बिहे गर्नाले पुरुषको प्रजनन क्षमतामा वृद्घ िहुन्छ । यसले स्वस्थ परिवारको विकास हुन्छ र सम्बन्ध बलियो हुन्छ ।
यौनले बढ्छ एकाग्रता
नियमित स्वस्थ सेक्सका अनेक लाभ हुन्छन् । यसले तनावमा कमी आउनुको साथै शरीर स्वस्थ रहन्छ, रोग प्रतिरोधक क्षमतामा असर पर्छ । नियमित र आनन्ददायक यौनसम्बन्धले मस्तिष्कसमेत विकसित हुने नयाँ अनुसन्धानले सावित गरेको छ । यसले मस्तिष्कमा नयाँ कोष बन्छन् र व्यक्ति विशेषको एकाग्रतामा वृद्घ िहुन्छ ।
लाइभ साइन्सको समाचारअनुसार पि्रस्टन विश्वविद्यालयका वैज्ञानिकहरूले यो विषयमा एउटा अनुसन्धान गरे । उक्त अनुसन्धानको मुख्य विषय 'के आनन्ददायक क्षणले हाम्रो मस्तिष्कमा सकारात्मक असर पुर्‍याउन सक्छ ?' भन्ने थियो ।
यसका लागि वैज्ञानिकहरूले केही मुसामा प्रयोग गरे । उनीहरूले भाले मुसाका दुई समूह बनाए । एउटा समूहको भाले मुसाका लागि उनीहरूले प्रतिदन यौनका लागि तयार पोथी मुसा उपलब्ध गराए । अर्को समूहका मुसाका लागि यो मौका हरेक दुई सातामा एकपटक दिइयो । यसरी एक समूहको मुसालाई प्रतिदिन यौनको आनन्द उठाउने मौका पाए भने अर्को समूहको मुसाले यो मौका पाएन ।
यसपछि वैज्ञानिकहरूले दुवै समूहका मुसाका शरीरमा ग्लुकोकोरिकोइडस्को मात्रा परीक्षण गरे । ग्लुकोकोरिकोइडस्मा तनाव उत्पन्न गर्ने हार्मोन
हुन्छ । दुवै समूहका मुसामा यसको मात्रा पाइए पनि पहिलो समूहका मुसामा भने यसको मात्रा कम देखियो । अर्कोतर्फ नियमित रूपमा यौनको आनन्द उठाइरहेको मुसाको मस्तिष्कको कोष बढी विकसित भए र उनीहरूको बीच सम्पर्क सूत्र पनि बढी विकसित भए । यी मुसाहरू अन्य मुसाको दाँजोमा कम बेचैनी अनुभव गरे, उनीहरूको मस्तिष्क बढी क्षमतावान् देखियो ।
यसको परीक्षणका लागि वैज्ञानिहरूले खानाको खोजीका लागि दुवै मुसाले गर्ने व्यवहारलाई नियाले । वैज्ञानिकहरूले नियमित यौनको आनन्द उठाइराख्ने मुसाले जटिलभन्दा जटिल परिस्थितिमा समेत खानाको खोजी गरेको पाए जब कि अन्य मुसाले भने यसो गर्न सकेनन् । यो अनुसन्धानले नियमित यौनबाट मुसाको व्यवहार र मस्तिष्कमा सकारात्मक असर पार्छ भन्ने तथ्य हात पार्‍यो । वैज्ञानिकहरूका अनुसार बायोलोजिकल रूपमा मानवको शरीरमा समेत यस प्रकारको परिवर्तन हुने गर्छ ।
<div class="fullpost"<

Smarika: फेसबुकमा पनि ‘तटस्थता’ को सुविधा

काठमाडौँ, असोज ५ (नागरिक)- सामाजिक सञ्जालको लोकप्रिय साइट फेसबुकमा कसैले तपाईँलाई साथी बन्न निम्तो दिँदा त्यसलाई स्वीकार गर्ने कि नगर्ने दोधारमा हुनुहुन्छ? त्यसो हो भने तपाईँको समस्या अब समाधान हुनेछ। फेसबुकले अब तटस्थ बस्न अर्थात् ‘अहिले हैन पछि सोचौँला’ को विकल्प पनि दिएको छ।

यसअघि कसैले साथी बन्ने निम्तो दिँदा तपाईँसित दुई वटा विकल्प मात्र हुन्थे- कि स्वीकार गर्ने, कि अस्वीकार गरी इग्नोर गर्ने। अस्वीकार गर्ने विकल्प रोज्नुभएको हो भने तपाईँले त्यो मान्छेसँग जीवन भरका लागि फेसबुक सम्पर्क बन्द हुनपुग्थ्यो।
कसैकसैलाई अहिले स्वीकार गर्न मन नलागे त्यस्ता अनुरोधहरुलाई जवाफ नदिई यत्तिकै राख्‍न त सकिन्थ्यो, तर त्यसो गर्दा तपाईँको ‘साथी आमन्त्रण’ ट्याबमा त्यस्ता आमन्त्रणहरु सँधैका लागि स्टोर भएर बस्थे।

पुरानो बेच्ने नयाँ किन्ने

बढ्दो सहरीकरणसँगै प्रयोग भइसकेका अर्थात् पुराना वस्तुसँग नया“, फेसनेबल र समयसापेक्ष वस्तु साट्ने सुविधा राजधानीमा बढ्दै गएको छ । राजधानीमा बसोबास गर्नेको संख्यामा उच्च वृद्धि भएसँगै जीवनशैलीमा पनि फरकपन ल्याउने र स्तरीय जीवन जिउने चाहनाले त्यस्तो व्यापारलाई अझ सहज बनाएको हो । जसबाट पुरानै सामान भए पनि किनेर नयाँपन महसुस गर्ने एउटा समुदाय सन्तुष्ट भएको छ भने बजारमा आएका सामान तुरुन्तै किन्न चाहने र त्यसका लागि पुरानो सामान बिक्री गर्न चाहने वर्ग उत्तिकै प्रफुल्ल छ ।
विशेषगरी सरकारी कर्मचारी, विभिन्न गैरसरकारी संस्था र निजी कम्पनीमा कार्यरत कर्मचारीहरू देशका विभिन्न भागमा सरुवा भइरहन्छन् । उनीहरूले काठमाडौं बस्ने क्रममा एउटा आधुनिक र सुविधा सम्पन्न घरमा हुने सोफा, डाइनिङ टेबल, दराज, ¥याक, टेबल, पलङलगायत जोडिसकेका हुन्छन् ।
काठमाडौंमै जीवन गुजार्ने योजनामा रहेका त्यस्ता कामकाजीको संख्या बढ्दो छ । तर, कार्यालयले सरुवा गरेको ठाउँमा जानुपर्ने उनीहरूको बाध्यता हो । यस्तो अवस्थामा काठमाडौं बस्दा किनेका सामान बिक्री गर्न पुराना सामान किन्ने पसलले राम्रो सहयोग पु¥याएका छन् ।
यस्तै प्रयोग भइसकेका घरायसी फर्निचर तथा अन्य सामान किन्ने–बेच्ने कार्य गर्छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछाडिको सेकेन्ड ह्यान्ड फर्निचर खरिद–बिक्री केन्द्रले । हाल यस्ता केन्द्रहरू राजधानीमा दर्जनौंको संख्यामा खुलिसकेका छन् ।
मुलुक द्वन्द्वको अवस्थामा रहँदा राजधानी केन्द्रीकृत भएका थुप्रै घरपरिवार फर्कने क्रम जारी छ । राजनीति संक्रमण या अन्य कारणले राजधानीमा अस्थायी बसोबास गर्नेका लागि फर्कने समयमा सामान किन्न–बेच्न यस्ता केन्द्रले सहज भएको छ ।
आफूसँग भएका पुराना मोडलका फर्निचर बिक्री गरी नया“ मोडलका किन्न चाहनेका लागि यस्ता केन्द्र बढी उपयोगी भएका छन् । यस्ता केन्द्रले पुराना फर्निचर किन्दा नगद दिने र नया“का लागि सम्पर्क गराइदिने गर्छन् ।
केही सेकेन्ड ह्यान्ड पसलले पुराना वस्तु बिनामर्मत जस्ताको जस्तै बिक्री गर्छन् भने केहीले मर्मत र रंगरोगन गरेर बिक्री गर्छन् । फर्निचरका ग्राहकहरू निम्न वर्ग, निम्नमध्यम वर्ग र उच्च मध्यमवर्गसमेत हुने भएकाले पुराना तथा नयाँ किनबेच गर्नेको तारतम्य मिलेको हो ।
राजधानीमा केही वर्ष बिताउन आएका उच्च मध्यमवर्गका व्यक्तिले यस्ता केन्द्रको सही उपयोग गरेका हुन्छन् । विशेषगरी गाउँबाट अध्ययनका लागि काठमाडौं आउने विद्यार्थीले यस्ता फर्निचर किन्छन् ।
फर्निचरमात्र होइन, घर–घरमा अत्यावश्यक बन्दै गएको टिभी, कम्प्युटर, घडी, मोटरसाइकलदेखि मोटरकारसम्म अहिले पुरानो दिएर केही रकम थप गरी नया“ लिन पाइन्छ । पुरानो सामानको मूल्य द्विपक्षीय सहमतिमा तय गरी बिक्री गरिन्छ भने नया“ फर्निचर, टिभी, गाडी किन्न उनीहरूले सहयोग गर्छन् ।
कुलेश्वरबाट सुरु भएको पुरानो टिभी लिएर नया“ टिभी दिने व्यवसाय अहिले राजधानीका सबैजसो क्षेत्रमा सुरु भइसकेको छ । यस्ता केन्द्रलाई नयाँ–पुरानो कारोबार गर्न भ्याइनभ्याई छ । यस्तो पसलमा बढीजसो मानिस १०–१५ वटा च्यानलमात्र आउने टिभी साट्न आउने गर्छन् । नया“ बहुच्यानल प्रविधिको टिभी आउनुअघि किनेका, श्यामस्वेत एवं पुरानो मोडलका टिभी भएका व्यक्तिले टिभी साँट्ने गर्छन् ।
पछिल्लो समयमा भित्तामा झुन्ड्याउने टिभी आउन थालेपछि परम्परागत टिभी सस्तै मूल्यमा भए पनि बिक्री गर्न आउनेको चाप बढेको व्यवसायीहरू बताउँछन् ।
पुरानो टिभीको अवस्था हेरेर मूल्य तोक्ने र नपुग रकम थप्न लगाएर एलसीडी टेलिभिजन दिने व्यवसायले धेरैलाई फाइदा पुगको छ ।
धेरै च्यानल र आकर्षक डिजाइनप्रति उपभोक्ता बढी इच्छुक भएकाले यस्ता पसल राम्रोसँग चलेका छन् । यस्ता पसलले तुलनात्मक रूपमा सस्तो टेलिभिजन किन्न चाहने ग्रामीण क्षेत्रका मानिससम्म यहाँका पुराना टिभी पठाउने गर्छन् ।
तेज एन्ड करन इन्टरप्राइजेज गाडी किनबेचमा नाम कमाएको त्यस्तै प्रकृतिको संस्था हो । यसले पुराना गाडी किन्छ र नया“ गाडी उपलब्ध गराउँछ । हिजोआज यसको सिको गर्दै राजधानीमा चार दर्जनभन्दा बढी रिकन्डिसन हाउस खुलेका छन् । त्रिपुरेश्वर, नक्साललगायत क्षेत्रमा यस्ता सोरुम बढी पाइन्छन् ।
यामाहा कम्पनीको नेपालका लागि अधिकृत बिक्रेता मोरङ अटो वक्र्सले समेत आफ्ना सबैभन्दा चल्ने नयाँ ब्रान्डका मोटरसाइकल बिक्री गर्नका लागि पुराना मोटरसाइकल किनिदिने गरेको छ । पुराना मोटरसाइकल किनबेच गर्न सबैजसो आधिकारिक विक्रेताले यो काम गर्दै आएका छन् ।
रेडियो, घडी मर्मत गर्ने प्रत्येक पसलले पुराना वस्तु खरिद गर्छन् । मर्मत–सम्भार गर्न आउनेबाट पार्टपुर्जाका लागि उनीहरूले बिग्रेका वस्तु किन्छन् ।
यसैगरी, केही समयअघिसम्म पुरानो कम्प्युटर किनबेचमा थुप्रै संस्था संलग्न थिए । तर, पछिल्लो समयमा यसको मूल्यदर चरम गतिमा घट्न थालेकाले यो व्यवसायमा भने मन्दी आएको छ । ६ महिनाअघि जति मूल्यमा पुरानो कम्प्युटर किन्यो, ६ महिनापछि झन्डै त्यति नै मूल्यमा नया“ पाइन थालेपछि यो व्यवसाय प्रभावित भएको हो ।

Monday, September 20, 2010

सफल वैवाहिक जीवनको रहस्य

सफल वैवाहिक जीवनको रहस्य के होला ? जीवनको परिभाषाजस्तै यसको पनि एउटै उत्तर छैन । सफल वैवाहिक जीवनको पछाडि सबैको आ-आफ्ना रहस्य लुकेका हुन्छन् । कोही वैवाहिक जीवन सफल बनाउन श्रीमान्-श्रीमतीको विचार मिल्नुपर्ने बताउँछन् भने कोही दुवै एउटै व्यवसायको हुनुपर्छ भन्छन् । कोही भने श्रीमान्-श्रीमती फरक व्यवसायको हुुनुपर्छ भन्ने मत राख्छन् ।
एक अनुसन्धानले वैवाहिक जीवन सफल बनाउन श्रीमान्-श्रीमती सँगै मिलेर भाँडा माझ्नुपर्ने तथ्य पत्ता लगाएको छ । एकजना बाहिर कमाउने र अर्कोले घर सम्हाल्ने दम्पतीभन्दा घरको काम मिलेर गर्ने श्रीमान्-श्रीमती बढी खुसी हुने अनुसन्धानमा उल्लेख छ । अनुसन्धानमा उल्लेख भएअनुसार घर सफा गर्नेदेखि बच्चा हेर्नेजस्ता घरायसी काममा श्रीमान् वा श्रीमतीले एक्लैले ६० प्रतिशतभन्दा बढी काम गर्न नहुने उल्लेख छ ।
त्यस्तै, पैसा कमाउन श्रीमान् र घरको काम गर्ने जिम्मा श्रीमतीको भए जोडीको वैवाहिक जीवन सुखद हुँदैन । यस्तो परम्परागत वैवाहिक सम्बन्धमा श्रीमान्लाई बढी दबाब हुने, यसैगरी श्रीमती पनि आर्थिक सहयोग गर्न नसक्दा सधँै असन्तुष्ट रहने अनुसन्धानले पत्ता लगाएको छ । नकमाउने श्रीमती सधैँ आफूलाई कमजोर ठान्ने गरेको पनि अनुसन्धानमा उल्लेख छ । उनी सधैँ विधुवा भएमा वा सम्बन्धविच्छेद भएको खण्डमा के गर्ने भनेर चिन्तित रहने गरेको पनि अनुसन्धानमा उल्लेख छ ।
यसैगरी, घरमा मुख्य आर्थिक जिम्मेवारी महिलाको काँधमा भएको श्रीमान्-श्रीमतीमा समस्या आउने अनुसन्धानमा उल्लेख छ । यस्तो सम्बन्धमा श्रीमान् सधैँ दुःखी र अस्वस्थ हुन्छन् भने श्रीमती सधैँ तनाव महसुस गर्छन् । क्यानडाको वेस्टर्न ओन्टारियोका प्राफेसरहरूले यो अनुसन्धान गरेका हुन् । ००६ मा बि्रटिस इकोनोमी र सोसल रिसर्च काउन्सिलले गरेको अनुसन्धानमा महिलाले घरायसी काममा परम्परागत श्रम विभाजन मन नपराउने उल्लेख छ । अधिकांश महिला पूर्ण गृहणी बन्न नचाहने अनुसन्धानले पत्ता लगाएको छ ।
क्यानेडी अनुसन्धानकर्ताले अध्ययनको क्रममा राष्ट्रिय सर्भेको विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताले ५० हजार मानिसका जीवनको बारेमा प्रश्न सोधेका थिए । घरायसी काममा उनीहरूको सहभागिताका बारेमा पनि प्रश्न सोधिएको थियो । अनुसन्धानकर्ताले अनुभव गरेको सुखको आधारमा खुसीको मापन गरिएको थियो । सहभागीको व्यक्तिगत स्थितिलाई पनि अनुसन्धानमा आधार मानिएको थियो ।
दुवै कमाउने र घरायसी काम बराबर रूपले बाँड्ने श्रीमान्-श्रीमती खुसी रहने अनुसन्धानले पत्ता लगाएको छ । अनुसन्धानका अनुसार धर्ममा धेरै आस्था राख्ने प्रायः परिवारले परम्परागत भूमिका निर्वाह गरेका छन् । यस्तो परिवारमा श्रीमान्ले कमाउने जिम्मेवारी लिएका हुन्छन् भने श्रीमतीले घरको काम गर्छन् ।
यसैगरी, परिवारमा श्रीमती मुख्य रूपमा कमाउने तथा घरायसी काम उनले नै गर्नु परेमा उनको सन्तुष्टि न्यून हुन्छ । घरसहित बाहिरको काम गर्नु परेमा श्रीमान्ले पनि बढी तनाव महसुस गर्ने अनुसन्धानमा भनिएको छ । अनुसन्धानको निष्कर्ष छ- बाँडेर काम गरेमा श्रीमान्- श्रीमती दुवै सुखी रहन्छन् । उनीहरूले जीवनबाट सुन्तुष्टि पूर्ण रूपमा लिन पाउँछन् । अनुसन्धानले कार्यालय, सन्तान हुर्काउँदा समान अवसरको महत्त्व र घरधन्दामा पुरुषको सहभागिताको आवश्यकतालाई दर्शाएको मुख्य अनुसन्धानकर्ता रड बियोजोतले बताएका छन् । 'बालबच्चा हेर्ने सुविधा पर्याप्त हुनुपर्छ । यसैगरी बालबच्चा हेर्नका लागि अभिभावकले समान रूपमा बिदा पाउने व्यवस्था गरिनुपर्छ,' बियोजोतले भने ।

Sunday, September 19, 2010

राजधानीको सडकमा सफा बस

काठमाडौं, असोज २ (नागरिक) - ब्याट्रीबाट चल्ने सफा ट्याम्पो चढिरहेका नेपालीले अब चाँडै सफाबस पनि चढ्न पाउने भएका छन्। राजधानीमा ६ सय ५० वटा ट्याम्पो सञ्चालन गर्दै आएको नेभी समूहले सार्वजनिक यातायातका रूपमा चलाउन सकिने दुई खालका सफाबस बजारमा ल्याएको छ। समूहअन्तर्गतको नेभी ट्रेडलिंकले चीनको गोन्जाउ लगक्युङ इलेक्ट्रिक कार कोअपरेसनले उत्पादन गरेका सफाबस र कार आयात गरी बिक्री सुरु गरेको हो। 'बढ्दो प्रदूषण कम गर्न हामीले वातावरणमैत्री बस र कार ल्याएका छौं,' ट्रेडलिंकका अध्यक्ष विजयमान शेरचनले भने।
कम्पनीले सफा-१ र सफा-२ ब्रान्डमा १४ सिटे बस र बिजुली-१ र बिजुली-२ नाममा कारहरू ल्याएको छ। राजधानीको बालुवाटारमा शुक्रबारदेखि सोरुम सञ्चालनमा ल्याएको नेभीले एक वर्षमा १ सय ५० भन्दा बढी बस र कार बिक्री गर्ने लक्ष्य राखेको छ। सफाबसलाई यातायात व्यवस्था विभागले सार्वजनिक यातायतका रूपमा सञ्चालन गर्ने अनुमति दिइसकेको अध्यक्ष शेरचनले बताए।
'हामीले रोडओर्दिनेस टेस्ट पास गरिसकेका छौ,' उनले भने, 'व्यवसायीले बस किनेर रूटमा चलाउन सक्नुहुनेछ।' कम्पनीका अनुसार शुक्रबारसम्म ८ वटा कार बिक्री भइसकेका छन्। त्यसमध्ये ६ वटा बिजुली-२ र २ वटा बिजुली-१ कार छन्। बस भने बिक्री भएको छैन। दोलखाका यातायात व्यवसायीले सफा-२ बस किन्न सम्पर्क गरेको शेरचनले जानकारी दिए।
यी गाडीको ब्याट्री एकपटक चार्ज गरेपछि १ सय ६० किलोमिटरसम्म चलाउन सकिन्छ। प्रतिघन्टा ६५ देखि १ सय ५ किलोमिटर प्रतिघन्टाको गतिमा गाडी कुदाउन सकिने कम्पनीको दाबी छ।
ह्याचब्याग सेडान समूहका फुलअप्सन कार बजारमा ल्याएको नेभीले यी कारमा मेन्टेनफ्रि ब्याट्री जडान भएको जनाएको छ। बसमा भने एसिड हाल्नुपर्ने ब्याट्री जडान गरिएको छ। एक वर्ष वारेन्टी भएका गाडीमा जडित ब्याट्री चार्ज गर्न ८ देखि १० घन्टा लाग्छ। पुरा चार्ज गर्न १८ युनिट विद्युत खपत हुन्छ।
नेभीले सर्भिस सेन्टर र स्पयेर पार्टस्को व्यवस्था गरेर सफा गाडी बजारमा ल्याएको जनाएको छ। सोरुम उद्घाटन गर्दै वातावरणमन्त्री ठाकुर शर्माले वातावरण संरक्षणका लागि सरकारले यस्ता गाडीलाई प्रोत्साहन गर्ने बताए। पर्यटन सचिव किशोर थापाले पर्यटन तथा नागरिक उड्डयन क्षेत्रमा यस्ता सवारी प्रयोग गर्न सकिने बताए। विमानस्थल, होटल र सरकारी अधिकारीले यस्ता वातावरणमैत्री गाडी प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।

Friday, September 17, 2010

के हामी साचो माया गर्न जान्दैनौ त ?

यो माया भन्ने कुरा पनि अचम्मको छ | कोहि कसैलाई यसले जिबन दिएको छ भए कतिको जिबन ( प्राण) लिएको पनि हामीले देख्दै आएका छौ | कहिले कहिँ वरपरी घटेको कुराहरु देखेर लाग्छ यो माया प्रेम भन्ने कुरा नै देखावटी मात्र हो, सबै नक्कली | कोहि प्रेम, माया नपाएर खोजीमा भौतारिएका छन् त कोहि पैसा नै ठुलो कुरा हो भन्दै आफुले पाएको माया लतार्दै पैसाको पछि दगुर्दै छन् | म त देखेर नै अचम्मित भएको छु | कसैले श्रीमानले विदेश बाट दुख गरेर कमाएको धन अरु केटा संग मोज गरेर सकाउदै छन् त कोहिको विदेशिएको श्रीमान हराएर उतै घरजम गरेर बसेकोमा चिन्तित छन् र अझै पनि उसकै यादमा तड्पी बसेका छन् |

केहि दिन अघि मेरो साथीले भन्दै थियो | उसको हालको प्रेमिकासंग खटपट पर्यो रे | अब उ संग कुरा नगर्ने रे | "अब अर्को कोहि खोज्नु पर्ला |" उ भन्दै थियो | "दुइ दिनको जिन्दगि हो अहिले नगरेको मोज कहिले गर्ने त | हेर, हिजो आज त पैसा पनि उनीहरुले नै खर्च गर्छन आफ्नो त धेरै खर्च पनि हुन्न, काम भएन भने मिसकल गर्यो उतै बाट कल आउछ | "

म यहि सोचाइमा अल्झे कि हिजो आज माया भन्ने कुरा किन यति सस्तो भएको छ ? किन मान्छेको साचो प्रेम मान्छेलाई गर्न छाडेको ? किन ? हामीले किन पैसालाइ मात्र प्रेम गर्न जान्यौ, किन माया पिरती भन्दा नजिकको भयो पैसा ?

कलेज पढ्दाको कुराहरु याद आयो, कलेजको साथीले त्यो बेलामा भनेको थियो, यार यो केटि मलाई सारै मन परेको छ तर साली ले फुटेको आखाले पनि हेरिन यार, हेर्न मा तेस्लाई नफसाई कहाँ छोड्छु र | नभन्दै केहि दिन पछि नै उ उसलाई राम्रो साथी बनाउन सफल भयो तर उनीहरुको सम्बन्ध धेरै टिकेन ५-६ महिना पछी नै टुंगियो, आज उनीहरु एक अर्काको नाम सुन्न चाहन्नन् अस्ति भेट्दा भन्दै थियो, अब तेस्को काम सकियो |

हामी हिरो हिरोनी बनेर देखाउन चाहान्छौ, न कि साचो प्रेम गर्न जान्दछौ," उसलाई दुख परोस, उ एक्लो होस् सहयोग गर्ने कोहि माध्यम नहोस, तेती बेला मैले सहयोग गर्न पाए त क्या मज्जा हुन्थ्यो " हाम्रो सोचाई नै हिरो हिरोनी बन्ने छ, जहाँ यस्तो सोचाई हुन्छ त्यहाँ कसरि साचो माया हुन्छ त ? साचो माया गर्नेहरुले त आफ्नो प्रेमी प्रेमिकालाइ दुख नै नपरोस भनेर सोच्नु पर्ने हो नि होइन त ? तर यहाँ अहिले गरिने माया त अर्कै हुदो रहेछ | साचो मन ले माया गर्ने यता कमै पाइदो रहेछन | साचो माया गर्ने हो देखावटी माया होइन भने किन उसको दुखको कल्पना गर्ने त, किन उसको पिडा देख्न रुचाउने त ... माया गर्ने ले त अरुको भाग दुख पनि आफुले लिने प्रयत्न गरेका हुन्छन तर यो कस्तो माया रहेछ खाली प्यास मेटाउन मात्र अरुलाई प्रयोग गर्ने ?

के माया चुइगम हो ? चपायो चपायो रस आउन छाडेपछि थुकिदियो | मैले यहाँ प्रेमी- प्रेमिका बीच हुने हिजो आज को लव स्टोरीको मात्र कुरा गरेको होइन, यहाँ समग्र मान्छको बारेमा कुरा गरेको हो |
किन मान्छे आफ्नो मात्र बारेमा सोच्छ ? अरुको बारेमा ख्यालै गर्दैन | अरुलाई मारेर आफु बाच्न चाहन्छ किन आफु मरेर बचाउन खोज्दैन ? जसले अरुलाई मारेर आफु बाच्न खोज्छ उसले कसरि प्रेम गरेको हुन्छ ?

एउटा बटुवा बाटोमा अलपत्र परेको छ, रात परेको ले उसलाई बास चाहिएको छ, तर हामी आज यस्तो भएका छौ कि हामीलाई हाम्रो मात्र मतलब छ उसको बारेमा के मतलब कहाबाट आएको होला, के खायो होला, रात भरि कहाँ सुत्छ होला |
खै त तेहा मानवता खै त प्रेम ?

आफु अर्काको पैसामा मोज गरिरहेको हुन्छ | तर अरुले मनोरंजन गर्न खोज्यो भने किन चाहियो, किन गर्नु पर्यो भन्ने सब्द आउछ उसकै मुखबाट | अब कहाँ देखियो त प्रेम ? अरुलाई दुख दिएर आफु हास्न चाहने हामीले के साचो प्रेम गर्न जानेका छौ र ....?