जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, September 28, 2011

उमाविमा मोबाइल, मिनिस्कर्ट र मोटरसाइकल निषेध गरेपछि विद्यार्थीले मोबाइल र मोटरसाइकल आफन्तकोमा राखी शिक्षकका आँखा छल्न थाले

बुटवल, १२ असोज 
मोबाइल, मोटरसाइकल र मिनिस्कर्ट प्रयोगका कारण विद्यार्थीको पढाइमा बाधा पुगेको भन्दै बुटवलका उमावि सञ्चालकले कक्षा ११ र १२ का विद्यार्थीका लागि यी सेवा निधेष गर्ने भएको छ । सञ्चालकले यही शैक्षिक सत्रदेखि आप\mना सदस्य १७ उमाविमा मोबाइल, मोटरसाइकल र स्कर्ट निषेध गर्न प्रस्ताव गरेको छ । 
छात्रछात्रा क्लासमै मोबाइलमा गफिने, एकआपसमा एसएमएस आदानप्रदान गर्ने र अश्लील भिडियोसमेत पठाउने गरेको पाइएपछि कलेज सञ्चालकले मोबाइल प्रतिबन्ध गर्ने भएका हुन् । 'निकै हैरान भइयो, हात-हातमा मोबाइलले

गलत समूहको रगतले गर्दा एक महिलाको मृत्यु

भ्ाद्रपुर, ११ असोज । बिरामीलाई चाहिने रगतको सट्टा अर्कै समूहको रगत चढाएपछि उपचारका क्रममा एक महिलाको मृत्यु भएको छ । इलाम जिल्लाको दानाबारी-१ बस्ने २५ वर्षीया देउमाया लिम्बूको भद्रपुरस्थित ओमसाई पाथीभारा अस्पतालमा आज मृत्यु भएको हो । उनलाई ओ पोजिटिभु समूहको रगत चाहिएमा भूलवश एबी पोजिटिभको रगत चढाइएपछि उनको मृत्यु भएको पीडित पक्षले जनाएको छ । प्राप्त जानकारी अनुसार केही दिनअघि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनी

Tuesday, September 27, 2011

मायाको पीडा

माया छ भनेर नढाट मलाई
मैले त तिमीलाई चिनेकै छैन
सित्तैमा जोवन नाफल खेर
मलाई त तिम्रो चाहनै छैन
आंशुको मूल्य अरुलाई सोध
मैले त रुन जानेकै छैन
किन यो आपत बनाउछ्यौ मलाई

Monday, September 26, 2011

श्रीमतीलाई खुसी राख्ने केही टिप्स

तारिफ गर्नुहोस्
हरेक मान्छे प्रशंसाको भोको हुन्छ । आफ्ना सम्बन्धमा कसैले सुन्दर दुई शब्द मात्रै भनिदियो भने पनि ऊ साह्रै खुसी हुन्छ । प्रशंसा या तारिफको यही नियमलाई श्रीमती -या प्रेमिकाका) हकमा भरपूर प्रयोग गर्नुहोस् । हरेक कुरामा उनको तारिफ गर्नुहोस् । श्रीमतीको रूपको तारिफ गर्नुहोस् । फिगरको तारिफ गर्नुहोस् । उनले लगाएको लुगाको तारिफ गर्नुहोस् । उनको घर सजाउने कलाको तारिफ गर्नुहोस् । खाना पकाउने कलाको तारिफ गर्नुहोस् । तर, तारिफ गर्दा ध्यान दिनुहोला— तपाईं कतै झुटो या नपच्ने कुरा त बोलिरहनुभएको छैन ? आफ्नी श्रीमतीलाई ‘तिमी त ऐश्वर्या रायभन्दा पनि सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईं खुस्किनुभो । बरु, ‘मेरा लागि तिमी ऐश्वर्या रायजत्तिकै सुन्दर छ्यौ’ भन्नुभयो भने तपाईंको तारिफ सन्तुलित हुन

दुई छोरासहित आमा झुण्डिएको अवस्थामा

इटहरी,९ असोज/ सुनसरी भोक्राहाका एकै परिवारका दुई बालकसहित तीन जनाको आज बिहान झुण्डिएको अवस्थामा शव फेला परेको छ। घटना रहस्यमय भएकाले प्रहरीले छानबिन थालेको छ। भोक्राहा-१ का सदानन्द मेहताको दुई छोरा र श्रीमतीको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार सदानन्दका अढाई वर्षीय

Saturday, September 24, 2011

१८ यात्रुको शव विमानस्थलमा (यात्रुहरुको नामसहित)

सुशील भट्टराई, काठमाडौँ, असोज ८- त्रिभुवन विमानस्थलबाट  माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको एउटा जहाज उपत्यका प्रवेश गर्ने क्रममा ललितपुरको विशङ्खुनारायण गाविस र लामाटार गाविसबीचको सीमा कोटडाँडामा आज बिहान दुर्घटना हुँदा त्यसमा सवार सबै १९ जनाको मृत्यु  भएको छ। दुर्घटनास्थलबाट ३६ वर्षीय निराजन कर्माचार्यको जीवितै उद्धार गरिएको थियो तर उनको पनि मृत्यु भएको छ।   बीएन्डबी अस्पतालका चिकित्सकले उनलाई उपचारका लागि ल्याउँदा ल्याउँदै बाटैमा मृत्यु भएको बताएका छन्।

दुर्घटनास्थल गोदावरी पार्क जाने बाटोबाट २ किलोमिटर पूर्व र

'विपत्तिमाथि विपत्ति थपियो'

रोशन साँवा, इलाम, असोज ७ - जमुना– ८ का खुशमान दियालीलाई परिवारका लागि दुई छाक जुटाउनै हम्मे छ। त्यसमाथि श्रीमती मुना रक्तस्रावबाट लामो समयदेखि पीडित छिन्। श्रीमतीलाई जिल्ला अस्पतालमा उपचार गराइरहेका बेला भूकम्प आयो। 'घरले भूकम्प थामेन, भताभुंग भयो,' खुशमानले भने।
राम्ररी बिसेक नहुँदै खुशमान श्रीमतीसहित गाउँ फर्किएर यतिबेला ओत लाग्ने अस्थायी टहरा बनाउन जुटेका छन्। 'दुई–चार दिनका लागि आफन्तको घरमा आश्रय लिएको छु। लामो समय आफन्तको घरमा बस्न

Friday, September 23, 2011

स्याटेलाइट पृथ्वीमा खस्दैछ, कहाँ गएर बज्रने हो कसैलाई थाहा छैन

मान्छेले अन्तरिक्षमा छाडेका अनगिन्ती स्याटेलाइटहरु कै कारण हामीले टेलिभिजन, मोबाइल, इन्टरनेट, मौसम भविष्यवाणी आदि अनेक फाइदा लिन पाइरहेका छौँ। तर सँधै फाइदै मात्र त हुँदैन है। त्यसरी छाडेका स्याटेलाइटको पनि मिति पुग्छ। कति त उतैतिर ‘फोहर’ का रुपमा रहेका हुन्छन्। तर बस जत्रो आकारको एउटा स्याटेलाइट भने भोलि शुक्रबार पृथ्वीमा खस्दैछ। पृथ्वीको कुन भागमा यो आएर बज्रन्छ भन्ने चाहिँ वैज्ञानिकहरुलाई नि थाहा छैन। अमेरिकामा नि बज्रन सक्छ, अफ्रिकामा नि। प्रशान्त महासागरमा नि बज्रन सक्छ, सगरमाथामा नि। न्युयोर्कमा बज्रन नि सक्छ, न्युरोडमा नि सक्छ। पृथ्वीको जुनसुकै भागमा यो बज्रने संभावना छ। ठ्याक्कै यहाँ निर खस्छ भनेर भविष्यवाणी गर्ने क्षमता वैज्ञानिकहरुमा छैन। अहिलेका लागि उनीहरुले नेपाली

Tuesday, September 20, 2011

पूर्वप्रेमी भन्दै वर्षमा ६५ हजार कल

प्रेमीप्रेमिकाले एक आपसमा माया साट्नको दिनमा ४-५ पटक फोन गर्नु सामान्य हो । तर लभ छुटेपछि भने फोनको त कुरै छाडौँ भेटहुँदा पनि नबोली हिड्ने चलन हुन्छ कसैको । कहिलेकाहीँ दुखेसो पोख्न वा औपचारिकता पूरा गर्न पूर्व प्रेमी प्रेमिकालाई कल गर्नुलाई अनौठो मान्नु हुँदैन । रकतिपयले आफुलाई धोका

Sunday, September 18, 2011

भूकम्पबाट देशभर क्षति, कहाँ के भयो ?

काठमाडौँ, असोज १- आइतबार साँझ आएको भूकम्पका क्रममा काठमाडौँमा भागदौड गर्ने क्रममा ३२ जना घाइते भएका छन्। गृह मन्त्रालयलाई हालसम्मको प्राप्त क्षतिको विवरणअनुसार विभिन्न स्थानका गरी छ वटा घर भत्किएको र तीनवटा चर्किएका छन्।
धनकुटा जिल्ला भेंडेटारमा पहिरो गई सडक यातायात अवरोध हुन गएको मन्त्रालयले जनाएको छ।
भूकम्पको धक्काबाट प्रभावित सर्वसाधारणलाई उद्धार तथा राहतको तत्कालै व्यवस्था गर्न तथा उच्च सतर्कता अपनाउन मन्त्रालयले सबै सुरक्षा निकाय र जिल्ला दैवीप्रकोप उद्धार समितिलाई आवश्यक निर्देशन