जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!
Showing posts with label प्ररेरक-प्रसंग. Show all posts
Showing posts with label प्ररेरक-प्रसंग. Show all posts

Sunday, January 30, 2011

अन्धो चील


एक भिखारीले इब्राहिम आदमसँग केही पैसा भीख माग्यो । इब्राहिमले भिखारीलाई भने, 'तिमी मसँग हिँड, म तिमीलाई खानपिनको राम्रो व्यवस्था गरिदिउँला ।'
इब्राहिमले उसलाई एउटा दोकानदारकहाँ लगे र दोकानदारलाई कुनै सानोतिनो काम दिन भने । त्यसपछि भिखारी स्वयम् रोजीरोटी गर्नसक्छ भन्ने उनको विश्वास थियो । दोकानदार इब्राहिमको खुब सम्मान गर्दथ्यो । त्यसैले उसले थप केही नसोधी भिखारीलाई रोजीरोटी दियो ।