जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, October 2, 2011

वेश्या

म वेश्या हुँ, यसो भन्दा मलाई कुनै हिच्चकिचाहट हुँदैन। जब म एकान्तिक हुन्छु, तब विगतका अभिव्यञ्जनाहरुले मेरो घाँटी निमोठ्न थाल्दछन्। प्रश्रव वेदनामा छटपटाइरहेकी स्त्रीझैँ म छट्पटाउन थाल्छु, आफ्नै विगतप्रति। मैले यौनजस्तो नितान्त प्राकृतिक र जैविक तत्वलाई बेचेँ, यौवनलाई पैसासँग साटेँ।
जीवनको यो प्रहरसम्म आइपुग्दा मात्र मैले थाहा पाएँ, कुनै पनि सम्बन्ध कालजयी हुने रैन’छ। सबै सम्बन्ध फिक्का र स्वार्थले लतपोतिएका हुदाँरहेछन्। जीवन सधैँ अस्तव्यस्त, दिनचर्या सबै केरमेर। सधैँको उही दौडधुप, भागमभागमाझ यौटा यान्त्रिक जीवन व्यतीत गरिरहेकी छु म। जीवनमा भाग्य,