जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, August 20, 2010

महिलालाई चुम्बन,पुरुषलाई यौन

काठमाडौ, भाद्र ५ - शारीरिक दृष्टिबाट पुरुष र महिलाका चाहना अनेक हुन्छन् । तर एक अध्ययनले धेरै महिलाको चाहना लामो चुम्बन र पुरुषको रुचि यौनकार्यमा हुने देखाएको छ । अध्ययनमा महिलाले पुरुषसँग चुम्बन राख्नमा प्राथमिकता दिने गरेको पाइएको छ ।


अमेरिकाको न्युयोर्कस्थित स्टेस युनिभर्सिटीका १ सय ४२ विद्यार्थीमा गरिएको अध्ययनमा पुरुषको रुचि भने चुम्बनको सट्टा यौनमा बढी केन्दि्रत छ । यो अध्ययनले अन्य लुकेका कुराहरू पनि बाहिर निकालेको छ । अनुसन्धानमा पुरुषले टङ किस रुचाउने तर महिलाले चुम्बनको समय आफ्नो साथीको दाँतको सम्पर्कद्वारा बढी आनन्द प्राप्त गर्ने उल्लेख छ ।

अनुसन्धानअनुसार आधाभन्दा बढी पुरुष महिलासँग बिनाचुम्बनसमेत यौनसम्पर्क गर्छन् । तर महिलामा १५ प्रतिशत मात्र यो प्रक्रिया पाइयो ।

प्रतिवेदनअनुसार चुम्बनका बेला विभिन्न प्रकारका मिल्दोजुल्दो प्रतिक्रियाको आदान-प्रदान हुन्छ । यस समयमा विभिन्न रासायनिक तत्त्वसमेत एकअर्कामा प्रवेश गर्ने र शरीरमा अनेक प्रकारका परिवर्तन आउँछन् । चुम्बनले व्यक्तिको शारीरिक र मानसिक स्थितिका बारेमा पनि जानकारी दिने अध्ययनले जनाएको छ ।

स्वस्थ रहन विवाह

पुरुष र महिलाको स्वास्थ्यका लागि विवाह हितकारी मानिएको छ । हालैको एक अध्ययनअनुसार विवाह र लामो समयसम्मको सम्बन्धले तनावसँग लड्ने क्षमतामा वृद्घ िहुन्छ ।

सिकागो विश्वविद्यालयका अनुसन्धानकर्ताको अध्ययनले विवाहित व्यक्तिलाई दबाबको सामना गर्न तनाव सम्बद्घ हार्मोनको स्राव कम हुने देखायो । तर एक्लै हुनेहरूमा भने स्राव बढी देखायो । शरीर तनावमा हुँदा 'कार्टिसोल' हार्मोनको सञ्चार हुन्छ । यसले व्यक्तिको तनावको मापन गर्छ ।

अध्ययन टोली प्रमुख प्राध्यापक दारियो माएस्टि्रपियरीका अनुसार बिहेको सम्बन्ध तनावको 'कार्टिसोल' हर्मोनसँग हुन्छ । उनका अनुसार अध्ययनले विवाहितभन्दा एक्लो व्यक्तिमा मनोवैज्ञानिक तनाव बढी हुने देखाएको छ ।

पत्नीमा निर्भर धोकेवाज

पत्नीको कमाइमा आर्थिक रूपले निर्भर रहने पतिले बढी धोका दिन सक्छन् । नयाँ अध्ययनले यस्तै खुलासा गरेको छ । तर पुरुषमा निर्भर रहेका महिलाको सम्बन्धमा परिणाम पूर्णरूपमा उल्टो छ । यो अनुसन्धानको निष्कर्ष पत्र हालै अटलान्टामा आयोजित अमेरिकन सोसियोलजिकल एसोसिएसनको वाषिर्क बैठकमा प्रस्तुत गरिएको थियो ।

यो अनुसन्धानमा आयमा असमानता र धोकेवाजीबीचको सम्बन्ध थाहा पाउने प्रयास गरिएको थियो । त्यसका अनुसार पुरुषहरू जब वित्तीय सहयोगका लागि साझेदारमा निर्भर रहन्छन् तब उनीहरू आफ्नो लैंगिक पहिचान स्थापित गर्ने मौका पर्खिरहेका हुन्छन् । परिणामस्वरुप यो धोकाको रूपमा सामुन्ने आउँछ । तर महिलाको आर्थिक निर्भरता यो परिणामको पूरै प्रतिकूल प्रभावको हुन्छ । महिलाहरु आफ्ना पुरुष साझेदारमा जति बढी निर्भर हुन्छन्, विवाहेतर सम्बन्धमा जाने आशंका त्यतिकै न्यून हुन्छ ।

No comments:

Post a Comment