जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, September 20, 2010

सफल वैवाहिक जीवनको रहस्य

सफल वैवाहिक जीवनको रहस्य के होला ? जीवनको परिभाषाजस्तै यसको पनि एउटै उत्तर छैन । सफल वैवाहिक जीवनको पछाडि सबैको आ-आफ्ना रहस्य लुकेका हुन्छन् । कोही वैवाहिक जीवन सफल बनाउन श्रीमान्-श्रीमतीको विचार मिल्नुपर्ने बताउँछन् भने कोही दुवै एउटै व्यवसायको हुनुपर्छ भन्छन् । कोही भने श्रीमान्-श्रीमती फरक व्यवसायको हुुनुपर्छ भन्ने मत राख्छन् ।
एक अनुसन्धानले वैवाहिक जीवन सफल बनाउन श्रीमान्-श्रीमती सँगै मिलेर भाँडा माझ्नुपर्ने तथ्य पत्ता लगाएको छ । एकजना बाहिर कमाउने र अर्कोले घर सम्हाल्ने दम्पतीभन्दा घरको काम मिलेर गर्ने श्रीमान्-श्रीमती बढी खुसी हुने अनुसन्धानमा उल्लेख छ । अनुसन्धानमा उल्लेख भएअनुसार घर सफा गर्नेदेखि बच्चा हेर्नेजस्ता घरायसी काममा श्रीमान् वा श्रीमतीले एक्लैले ६० प्रतिशतभन्दा बढी काम गर्न नहुने उल्लेख छ ।
त्यस्तै, पैसा कमाउन श्रीमान् र घरको काम गर्ने जिम्मा श्रीमतीको भए जोडीको वैवाहिक जीवन सुखद हुँदैन । यस्तो परम्परागत वैवाहिक सम्बन्धमा श्रीमान्लाई बढी दबाब हुने, यसैगरी श्रीमती पनि आर्थिक सहयोग गर्न नसक्दा सधँै असन्तुष्ट रहने अनुसन्धानले पत्ता लगाएको छ । नकमाउने श्रीमती सधैँ आफूलाई कमजोर ठान्ने गरेको पनि अनुसन्धानमा उल्लेख छ । उनी सधैँ विधुवा भएमा वा सम्बन्धविच्छेद भएको खण्डमा के गर्ने भनेर चिन्तित रहने गरेको पनि अनुसन्धानमा उल्लेख छ ।
यसैगरी, घरमा मुख्य आर्थिक जिम्मेवारी महिलाको काँधमा भएको श्रीमान्-श्रीमतीमा समस्या आउने अनुसन्धानमा उल्लेख छ । यस्तो सम्बन्धमा श्रीमान् सधैँ दुःखी र अस्वस्थ हुन्छन् भने श्रीमती सधैँ तनाव महसुस गर्छन् । क्यानडाको वेस्टर्न ओन्टारियोका प्राफेसरहरूले यो अनुसन्धान गरेका हुन् । ००६ मा बि्रटिस इकोनोमी र सोसल रिसर्च काउन्सिलले गरेको अनुसन्धानमा महिलाले घरायसी काममा परम्परागत श्रम विभाजन मन नपराउने उल्लेख छ । अधिकांश महिला पूर्ण गृहणी बन्न नचाहने अनुसन्धानले पत्ता लगाएको छ ।
क्यानेडी अनुसन्धानकर्ताले अध्ययनको क्रममा राष्ट्रिय सर्भेको विश्लेषण गरेका थिए । अनुसन्धानकर्ताले ५० हजार मानिसका जीवनको बारेमा प्रश्न सोधेका थिए । घरायसी काममा उनीहरूको सहभागिताका बारेमा पनि प्रश्न सोधिएको थियो । अनुसन्धानकर्ताले अनुभव गरेको सुखको आधारमा खुसीको मापन गरिएको थियो । सहभागीको व्यक्तिगत स्थितिलाई पनि अनुसन्धानमा आधार मानिएको थियो ।
दुवै कमाउने र घरायसी काम बराबर रूपले बाँड्ने श्रीमान्-श्रीमती खुसी रहने अनुसन्धानले पत्ता लगाएको छ । अनुसन्धानका अनुसार धर्ममा धेरै आस्था राख्ने प्रायः परिवारले परम्परागत भूमिका निर्वाह गरेका छन् । यस्तो परिवारमा श्रीमान्ले कमाउने जिम्मेवारी लिएका हुन्छन् भने श्रीमतीले घरको काम गर्छन् ।
यसैगरी, परिवारमा श्रीमती मुख्य रूपमा कमाउने तथा घरायसी काम उनले नै गर्नु परेमा उनको सन्तुष्टि न्यून हुन्छ । घरसहित बाहिरको काम गर्नु परेमा श्रीमान्ले पनि बढी तनाव महसुस गर्ने अनुसन्धानमा भनिएको छ । अनुसन्धानको निष्कर्ष छ- बाँडेर काम गरेमा श्रीमान्- श्रीमती दुवै सुखी रहन्छन् । उनीहरूले जीवनबाट सुन्तुष्टि पूर्ण रूपमा लिन पाउँछन् । अनुसन्धानले कार्यालय, सन्तान हुर्काउँदा समान अवसरको महत्त्व र घरधन्दामा पुरुषको सहभागिताको आवश्यकतालाई दर्शाएको मुख्य अनुसन्धानकर्ता रड बियोजोतले बताएका छन् । 'बालबच्चा हेर्ने सुविधा पर्याप्त हुनुपर्छ । यसैगरी बालबच्चा हेर्नका लागि अभिभावकले समान रूपमा बिदा पाउने व्यवस्था गरिनुपर्छ,' बियोजोतले भने ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete