जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, September 21, 2010

पुरानो बेच्ने नयाँ किन्ने

बढ्दो सहरीकरणसँगै प्रयोग भइसकेका अर्थात् पुराना वस्तुसँग नया“, फेसनेबल र समयसापेक्ष वस्तु साट्ने सुविधा राजधानीमा बढ्दै गएको छ । राजधानीमा बसोबास गर्नेको संख्यामा उच्च वृद्धि भएसँगै जीवनशैलीमा पनि फरकपन ल्याउने र स्तरीय जीवन जिउने चाहनाले त्यस्तो व्यापारलाई अझ सहज बनाएको हो । जसबाट पुरानै सामान भए पनि किनेर नयाँपन महसुस गर्ने एउटा समुदाय सन्तुष्ट भएको छ भने बजारमा आएका सामान तुरुन्तै किन्न चाहने र त्यसका लागि पुरानो सामान बिक्री गर्न चाहने वर्ग उत्तिकै प्रफुल्ल छ ।
विशेषगरी सरकारी कर्मचारी, विभिन्न गैरसरकारी संस्था र निजी कम्पनीमा कार्यरत कर्मचारीहरू देशका विभिन्न भागमा सरुवा भइरहन्छन् । उनीहरूले काठमाडौं बस्ने क्रममा एउटा आधुनिक र सुविधा सम्पन्न घरमा हुने सोफा, डाइनिङ टेबल, दराज, ¥याक, टेबल, पलङलगायत जोडिसकेका हुन्छन् ।
काठमाडौंमै जीवन गुजार्ने योजनामा रहेका त्यस्ता कामकाजीको संख्या बढ्दो छ । तर, कार्यालयले सरुवा गरेको ठाउँमा जानुपर्ने उनीहरूको बाध्यता हो । यस्तो अवस्थामा काठमाडौं बस्दा किनेका सामान बिक्री गर्न पुराना सामान किन्ने पसलले राम्रो सहयोग पु¥याएका छन् ।
यस्तै प्रयोग भइसकेका घरायसी फर्निचर तथा अन्य सामान किन्ने–बेच्ने कार्य गर्छ, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रपछाडिको सेकेन्ड ह्यान्ड फर्निचर खरिद–बिक्री केन्द्रले । हाल यस्ता केन्द्रहरू राजधानीमा दर्जनौंको संख्यामा खुलिसकेका छन् ।
मुलुक द्वन्द्वको अवस्थामा रहँदा राजधानी केन्द्रीकृत भएका थुप्रै घरपरिवार फर्कने क्रम जारी छ । राजनीति संक्रमण या अन्य कारणले राजधानीमा अस्थायी बसोबास गर्नेका लागि फर्कने समयमा सामान किन्न–बेच्न यस्ता केन्द्रले सहज भएको छ ।
आफूसँग भएका पुराना मोडलका फर्निचर बिक्री गरी नया“ मोडलका किन्न चाहनेका लागि यस्ता केन्द्र बढी उपयोगी भएका छन् । यस्ता केन्द्रले पुराना फर्निचर किन्दा नगद दिने र नया“का लागि सम्पर्क गराइदिने गर्छन् ।
केही सेकेन्ड ह्यान्ड पसलले पुराना वस्तु बिनामर्मत जस्ताको जस्तै बिक्री गर्छन् भने केहीले मर्मत र रंगरोगन गरेर बिक्री गर्छन् । फर्निचरका ग्राहकहरू निम्न वर्ग, निम्नमध्यम वर्ग र उच्च मध्यमवर्गसमेत हुने भएकाले पुराना तथा नयाँ किनबेच गर्नेको तारतम्य मिलेको हो ।
राजधानीमा केही वर्ष बिताउन आएका उच्च मध्यमवर्गका व्यक्तिले यस्ता केन्द्रको सही उपयोग गरेका हुन्छन् । विशेषगरी गाउँबाट अध्ययनका लागि काठमाडौं आउने विद्यार्थीले यस्ता फर्निचर किन्छन् ।
फर्निचरमात्र होइन, घर–घरमा अत्यावश्यक बन्दै गएको टिभी, कम्प्युटर, घडी, मोटरसाइकलदेखि मोटरकारसम्म अहिले पुरानो दिएर केही रकम थप गरी नया“ लिन पाइन्छ । पुरानो सामानको मूल्य द्विपक्षीय सहमतिमा तय गरी बिक्री गरिन्छ भने नया“ फर्निचर, टिभी, गाडी किन्न उनीहरूले सहयोग गर्छन् ।
कुलेश्वरबाट सुरु भएको पुरानो टिभी लिएर नया“ टिभी दिने व्यवसाय अहिले राजधानीका सबैजसो क्षेत्रमा सुरु भइसकेको छ । यस्ता केन्द्रलाई नयाँ–पुरानो कारोबार गर्न भ्याइनभ्याई छ । यस्तो पसलमा बढीजसो मानिस १०–१५ वटा च्यानलमात्र आउने टिभी साट्न आउने गर्छन् । नया“ बहुच्यानल प्रविधिको टिभी आउनुअघि किनेका, श्यामस्वेत एवं पुरानो मोडलका टिभी भएका व्यक्तिले टिभी साँट्ने गर्छन् ।
पछिल्लो समयमा भित्तामा झुन्ड्याउने टिभी आउन थालेपछि परम्परागत टिभी सस्तै मूल्यमा भए पनि बिक्री गर्न आउनेको चाप बढेको व्यवसायीहरू बताउँछन् ।
पुरानो टिभीको अवस्था हेरेर मूल्य तोक्ने र नपुग रकम थप्न लगाएर एलसीडी टेलिभिजन दिने व्यवसायले धेरैलाई फाइदा पुगको छ ।
धेरै च्यानल र आकर्षक डिजाइनप्रति उपभोक्ता बढी इच्छुक भएकाले यस्ता पसल राम्रोसँग चलेका छन् । यस्ता पसलले तुलनात्मक रूपमा सस्तो टेलिभिजन किन्न चाहने ग्रामीण क्षेत्रका मानिससम्म यहाँका पुराना टिभी पठाउने गर्छन् ।
तेज एन्ड करन इन्टरप्राइजेज गाडी किनबेचमा नाम कमाएको त्यस्तै प्रकृतिको संस्था हो । यसले पुराना गाडी किन्छ र नया“ गाडी उपलब्ध गराउँछ । हिजोआज यसको सिको गर्दै राजधानीमा चार दर्जनभन्दा बढी रिकन्डिसन हाउस खुलेका छन् । त्रिपुरेश्वर, नक्साललगायत क्षेत्रमा यस्ता सोरुम बढी पाइन्छन् ।
यामाहा कम्पनीको नेपालका लागि अधिकृत बिक्रेता मोरङ अटो वक्र्सले समेत आफ्ना सबैभन्दा चल्ने नयाँ ब्रान्डका मोटरसाइकल बिक्री गर्नका लागि पुराना मोटरसाइकल किनिदिने गरेको छ । पुराना मोटरसाइकल किनबेच गर्न सबैजसो आधिकारिक विक्रेताले यो काम गर्दै आएका छन् ।
रेडियो, घडी मर्मत गर्ने प्रत्येक पसलले पुराना वस्तु खरिद गर्छन् । मर्मत–सम्भार गर्न आउनेबाट पार्टपुर्जाका लागि उनीहरूले बिग्रेका वस्तु किन्छन् ।
यसैगरी, केही समयअघिसम्म पुरानो कम्प्युटर किनबेचमा थुप्रै संस्था संलग्न थिए । तर, पछिल्लो समयमा यसको मूल्यदर चरम गतिमा घट्न थालेकाले यो व्यवसायमा भने मन्दी आएको छ । ६ महिनाअघि जति मूल्यमा पुरानो कम्प्युटर किन्यो, ६ महिनापछि झन्डै त्यति नै मूल्यमा नया“ पाइन थालेपछि यो व्यवसाय प्रभावित भएको हो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete