जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, September 13, 2010

तिजमा सोनुको दुःख


काठमाडौं/ महिलाहरूले तिजमा व्रत बसेर श्रीमान्को दीर्घायुको कामना गरिरहेकै वेला नायिका तथा निर्मात्री सोनु थारूले भने आफ्नी छोरीका लागि व्रत बसेकी छिन् ।

श्रीमान् टाढिएपछि केही साताअघि मात्र जन्मिएकी छोरी प्राञ्जेलका लागि तिजमा व्रत बसेको सोनुले बताइन् । छोरीकै कारण देखाएर श्रीमान् केही महिनादेखि उनीसँग टाढिएका थिए । त्यसैले गर्भावस्थामा समेत उनले श्रीमान् र घरको साथ पाइनन् ।

'डेलिभरीको समयमा मैले हरेक पल उहाँलाई सम्भिएँ,' सोनुले गुनासो पोखिन्, '६ दिन म अस्पतालमा भर्ना हुनुपर्‍यो, कस्तो छ भनेरसम्म सोध्नुभएन । यतिसम्म निठुरी हुनुहुन्छ होला भन्ने सोचेकीसम्म थिइनँ ।' सोनुले ॐ अस्पतालमा छोरीलाई जन्म दिएकी हुन् ।

प्रेमले बारम्बार गर्भ तुहाउन दबाब दिएको र आफूले छोरी जन्माएरै छाड्ने अठोट लिएपछि श्रीमान् टाढिएको सोनुले बताइन् । 'यतिसम्म कि बच्चा आफ्नो नभएर अरू कसैको भएको आरोपसमेत लगाए,' सोनुले भनिन्, 'उहाँले आफ्नो परिवारको दबाबमा यस्तो निर्णय गर्नुभएको हो, छोरीकै मायाले भने पनि उहाँ चाँडै र्फकने आशा लिएकी छु ।'

थारू समुदायमा परिचित अनुहार प्रेम चौधरी र सोनुले चार वर्षअघि प्रेम-विवाह गरेका हुन् । विवाहपछि उनीहरूले आफ्नै प्रोडक्सनमा दरार, यी कैसन नाता र डगर नामक थारू भाषाको फिल्म निर्माण गरेका थिए । र, यी सबै फिल्मका प्रमुख पात्र पनि प्रेम र सोनु नै हुन् । सोनुले थारू चलचित्रका अलावा केही नेपाली फिल्म र आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा पनि मोडलिङ गरेकी छिन् । सोनुद्वारा अभिनीत पछिल्लो चलचित्र प्रेमके जाल प्रर्दशनको तयारीमा छ, जसमा उनका श्रीमान् प्रेमले पनि अभिनय गरेका छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete