जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, October 19, 2010

गाउँघारको सुनसान दसैँ

यस वर्षको दसैँ घर-आँगनमा भित्रिसकेको छ । यो सम्पूर्ण नेपालीको कुनै न कुनै आस्थासित गाँसिएको पर्व हो । सहरबजारमा दसँैको रौनक प्रत्येक वर्ष बढ्दै गएको देखिन्छ । सहरमा दसैँका नाममा आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने, अनावश्यक तडकभडक देखाउने र सकीनसकी होडबाजीमा उत्रनेजस्ता विसंगति जन्मिएका छन् । जसले गर्दा हुनेखाने र हुँदा खानेबीचको खाडल व्यापक फराकिलो हुँदै गएको छ ।
तर, गाउँघरमा मनाइने दसैँमा भने विगतको जस्तो रौनक देखिन्न । अहिले हाम्रा गाउँघर सुनसान छन् । कामको खोजीमा बिदेसिएका युवा उतै छन् । गाउँघरमा पहिलेजस्तो युवायुवती भेटिँदैनन् । जसले गर्दा आफ्ना छोराछोरीको पर्खाइमा रहेका बाबुआमा दसैँ आए पनि उदास छन् । बिदेसिएका बाबु फर्किने आशामा तिनका छोराछोरी बाटातिर आँखा ओछ्याइरहेका भेटिन्छन् । परदेश लागेका आफ्ना पति दसैँमा टुप्लुक्क आइपुग्ने झिनो आशामा दिन काटिरहेका छन् कैयौँ महिला । त्यसैले गाउँघरको दसैँ निकै सुनसान लाग्न थालेको छ ।
पहिले-पहिले दसैँ आउनुभन्दा केहीअघिदेखि नै गाउँघरमा दसैँको रौनक सुरु भइसक्थ्यो । दसैँका लागि गाउँभरका युवायुवती भेला भएर आ-आफ्ना गौँडा-तगारा, बिग्रेभत्केका सार्वजनिक धारा, पाटी, पौवा, बाटोघाटो आदिको मरम्मत र सरसफाइमा बडो उत्साहसाथ जुट्थे । एकप्रकारको छुट्टै जोस, जाँगर र उमंगले भरिएका युवायुवती आ-आफ्नो टोलका सामूहिक काममा बडो उत्साहले जुट्थे । तर, अहिले गाउँघरका ती गौँडा-तगारा, बाटोघाटो, सार्वजनिक पँधेरा टुहुरा बनेका छन् । अधिकांश यस्ता संरचना भत्किसकेका छन् । बाटोघाटो झाडीमा परिणत भइसकेका छन् । अधिकांश सार्वजनिक पँधेराबाट पानी झर्दैन । किनकि, यिनले कम्तीमा पनि वर्षको एकपटक मात्रै भए दसैँका नाममा सरसफाइ र मरम्मत-सुधार गर्ने जोसिला युवा हात र जाँगर देख्न नपाएको नै वर्षौं भइसक्यो ।

गाउँघरमा मनाइने दसैँको मुख्य आकर्षण भनेको चौतारामा हालिने लठारेपिङ र खुला चौरमा हालिने लिंगेपिङ पनि हुन् । लिंगेपिङ हाल्न बाँसको लिंगा काट्ने र बोक्ने काम कम्ती रमाइलो हुन्नथ्यो । तर, अहिले बाँसका मोटा-मोटा लिंगा बोक्न
बलियाबांगा युवाको गाउँघरमा खडेरी छ । लिंगेपिङका लागि लठारो बाट्ने वेलामा सानोतिनो मेला नै लाग्थ्यो । गाउँभरिका युवायुवती, बालबालिका सबैले घरघरबाट बाबियो संकलन गरी बेलुका एकै ठाउँमा भेला भएर हाँसखेल गर्दै लठारो बाट्थे । तर, अहिले पिङ बाट्नुपर्‍यो भने लठारोका तीनवटा पयो समात्ने युवाको समेत अभाव हुन थालेको छ । अझ अहिले त दसैँमा खसी-बोका काट्दा समातिदिने सहयोगी हातको समेत अभाव हुन थालेको छ ।
विजयादशमीपछि निधारभरि रातो टीका लगाएर बाटैभरि ताँती लाग्ने बटुवा पनि हिजोआज घट्दै गएका छन् । दसैँको टीकाटालोका लागि आफन्तकहाँ गएर भेटघाट गरी आत्मीय साइनो नवीकरण गर्ने पर्व पनि हो दसैँ । तर, हिजोआज त्यसरी आत्मीयता साटासाट गरी आपसी सम्बन्धलाई कसिलो पार्ने क्रम पनि पातलिँदै गएको आभास हुन थालेको छ । जसले गर्दा पारिवारिक पुनर्मिलनको चाडका रुपमा समेत चिनिने दसैँको रौनक पनि फिका हुँदै जान थालेको छ ।
अहिले कुनै पनि चाडपर्व विकृतिबाट मुक्त छैनन् । प्रत्येक पर्वमा कुनै न कुनै रूपमा विकृति भित्रिएकै छन् । यस्तोमा दसैँ पनि त्यसबाट अछुतो रहने त सम्भावनै छैन । चाडपर्वका नाममा भित्रिएको सबैभन्दा डरलाग्दो विकृति त अनावश्यक तडकभडक र फजुल खर्च नै हो । यसले समाजमा हुनेखाने र हुँदा खाने वर्गबीच डरलाग्दो वर्गीय विभेद खडा गरेको छ । जसले गर्दा यस्ता चाडपर्वको सांस्कृतिक महत्त्व नै खुम्चिएको छ । चाडपर्वलाई विकृतिबाट टाढै राखी यसका राम्रा र सकारात्मक पक्षलाई जोगाएर हार्दिकता साटासाट गर्दै मनाउनुपर्नेमा त्यसो हुन सकिरहेको छैन । बहुसांस्कृतिक मुलुक भएकाले हाम्रा प्रत्येक चाडपर्वका आ-आफ्नै अर्थ र विशेषता रहेका छन् । त्यसलाई जोगाएर आ-आफ्नो मौलिक सांस्कृतिक चिनारी जोगाउनु हाम्रै दायित्व हो । त्यसैले दसैँका नाममा भित्रिएका तमाम विकृति पन्छाएर यसको सांस्कृतिक गरिमा जोगाउनु आजको पहिलो आवश्यकता बनेको छ ।

Tuesday, October 12, 2010

इभर नचाहिने गुगलको कार!

न्युयोर्क, असोज २६- तपाँईको छेउको ड्राइभर सिटमा कोही नहुँदा कार गुड्यो भने के हुन्छ? गुगलले हालै विना चालक गुड्ने कारको परीक्षण गरेको छ। र, यो सफल भयो भने तपाँईले ड्राइवरविनाको कारको अनुभव लिन पाउनु हुनेछ। 'यो कार विना चालक स्टार्ट हुन्छ, गुड्छ र रोकिन्छ,' गुगलले ब्लगमार्फत सार्वजनिक गरेको छ। यो कारको छतमा राडर सेन्सर, लेजर सेन्सरसहित भिडियो क्यामरा जडान गरिएको छ जसले सडकमा रहेका अन्य सवारीको निगरानी गर्छ र गाडीलाई सहजै अगाडि बढाउन निर्देशन दिन्छ।
'यसले गाडी दुर्घटनालाई नियन्त्रण गर्नेमात्र होइन समय घटाउने र प्रदुषण समेत कम गर्छ,' गुगलको कार परियोजनाका नेतृत्व लिएका सेवस्टन थ्रोनले गुगलको ब्लगमा लेखेका छन्।

इन्जिनियरहरुलाई उदृत गर्दै न्युयोर्क टाइम्सले यो कार राजमार्गहरुमा दुर्घटनाबाट सुरक्षित रहनसक्ने लेखेको छ। पछाडिबाट आएका गाडी ठोक्कन सक्नेबारे पनि यसमा रहेका सेन्सरले काम गर्ने भएकाले दुर्घटनाको सभ्भावना कम हुने जनाइएको छ।
हरेक वर्ष १२ लाख मानिसहरु सडक दुर्घटनामा परेर मर्ने गरेका छन्। र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विश्वव्यापी चासो हो। 'हाम्रो प्रविधि यस्तो मृत्यु आधाभन्दा बढी घटाउने विश्वास छ,' ब्लगमा लेखिएको छ।

तर यो कार कहिले बजारमा आउने र यसको अन्य वास्तविकताबारे सार्वजनिक गरिएको छैन। - एजेन्सी

Friday, October 8, 2010

साथी

दुनियामा सबभन्दा महत्वपूर्ण सम्बन्ध भनेको साथी हो। यसले हरेक मानिसको जीवनमा ठुलो भुमिका खेल्ने गर्दछ। यसले हाम्रो जीवनलार्इ नै एक सार्थक रूप दिने गर्दछ। राम्रा नराम्रा साथीले मानिसको जीवनमा अहम भुमिका खेल्ने गर्दछ। मानिसले मानिसलार्इ मात्र नभर्इ जनावरहरूलार्इ पनि साथी बनाउने गरेको छ। कहिल्यै काही नसोचेको ठाँउमा नचिनेको मानिस पनि साथी बन्न पुग्छ।

हालै गरिएको एक शोधमा त्यस्ता मानिसहरू बढी खुशी देखिए जसका पूराना साथीहरू धेरै हुन्छन्। त्यसमाथी पनि १० जना भन्दा बढी नजिकका साथी हुनेहरू ५ जना साथीहूनेहरू भन्दा बढी खुशी देखिएका थिए। मानिसहरूलार्इ खुशी रहन पैसा, घर, गाडी राम्रो नत्रकरीले मात्र पुग्दैन। यस्ता खुशीहरू क्षनिक हुन्छन् तर एउटा असल साथीले लामो समय सम्म खुशी दिने गर्दछ। साथी बन्नका लागी धनी र गरिब, जातपात, देश, धर्म कसैले रोक्न सक्दैन।

एक असल साथी त्यो हुन् जसले तपार्इको हरेक समयमा साथ दिन्छ। उसले तपार्इको भावनालार्इ बुझेर त्यस अनुसार तपार्इलार्इ बाटो देखाउँदछ। राम्रो साथी कसरी पाउने, यसलार्इ कसरी खोज्ने, धेरै मानिहरू सोच्ने गर्दछन। तर असल साथी जो कोही पनि हुन सक्छ, यसलार्इ उमेर, लीगं, केहीले फरक पार्दैन।

तपार्इ पनि असल साथीको खोजीमा हनुहुन्छ भने आफ्नो वपर ध्यान दिने गर्नुहोला। कसलार्इ भेट्दा तपार्इलार्इ आनन्द आउछ, कसको कुराहरू तपार्इ सुन्न रूचाउनु हुन्छ,कसको कूराले तपार्इको दुखी मनमा पनि हाँसो ल्याउने गर्दछ। यसका लागी उक्त व्यक्ती तपार्इकै उमेर, जाती, भाषी हुनुपर्दछ भन्ने छैन। साथी जो पनि हुन सक्दछ।

कार्यालयमा तपार्इसंगै हुने कोह व्यक्ती तपार्इको साथी हुन सक्छ, बाटोमा सधै भेट्ने बुर्जुग तपार्इको साथी हुन सक्दछ, बसमा सधै भेट्ने अपरिचित तपार्इको साथी हुन सक्दछ। तर हरेक मानिसलार्इ लामो समय सम्म साथीका रूपमा जगेर्न एक अर्कामा बिश्वास हुन अति जरी छ। असल साथीले तपार्इको जीन्दगी नै बदल्न सक्छ। जब जीन्दगीमा सबै बिरानो लाग्न थाल्छ अनि त्यस्तो अवस्थामा सबै मानसुहरू साथी खोज्न थाल्छन्।

एक सच्चा मित्र हरेक समय तपार्इ संगै हुन्छ, तपार्यको हरेक दुख सुखलार्इ आफ्नो थान्दछ, तपार्इको जीवनलार्इ गती दिन्छ, तपार्इको हरेक कदममा संगै हुन्छ। मानिहरूलार्इ दुःख होस या सुख हरेक पल एक असल साथीको जरूरी हुन्छ।

Wednesday, October 6, 2010

चतरादेखि चढ्न पाइनेभो अमेरिकी जेटबोट

अमर खड्का, इटहरी, असोज २० - सुनसरीको चतराधामदेखि उत्तर तर्फ भोजपुर, उदयपुर र धनकुटाको सङ्गम स्थल त्रिवेणीसम्म मंगलवारदेखि जेटवोट सञ्चालनमा आएको छ। सुम्निमा जल यातायात प्रालिले ५ करोड रुपैयाँको लागतमा अमेरिकन कम्पनीको जेटवोट सञ्चालनमा ल्याएको हो। जेटवोटको प्रधानमन्त्री माधवकुमार नेपालले चढेर उद्घाटन गरे। एक पटकमा २० जना यात्रु बोक्न सक्ने क्षमताको जेटवोट सञ्चालनमा आएपछि झण्डै ८ घण्टाको पैदल दुरी १५ मिनेटमा आवतजावत गर्न सकिने भएको छ।
जेटवोट सञ्चालनले भोजपर, सङ्खुवासभा, खोटाङ र उदयपुरका बासिन्दा लाभान्वित हुने भएका छन्।

जेटवोट सञ्चालनले प्रसिद्ध धार्मिक स्थल वराहक्षेत्रमा पनि भक्तजन वढने अपेक्षा राखिएको छ। 'अहिले तत्काल एउटा जेटवोट सञ्चालनमा आएपनि बाँकी एउटा चाडै सञ्चालनमा ल्याएर सर्वसाधारणलाई थप सेवा दिइनेछौ,' सुम्निमा जल यातायातका प्रबन्ध निर्देशक इन्जिनियर बिनोद अर्यालले भने। उनका अनुसार भविष्यमा खोटाङ्को हलेसी सम्म जेटवोट सञ्चालन गर्ने योजना रहेको छ।

सुम्निमा जल यातायत प्रालिका अध्यक्ष प्रदिप नेपालले नाफामुखी भन्दा पनि सेवामुखी भावनाले जेटवोट सञ्चालनमा ल्याएको बताए।

यसैबीच, प्रधानमन्त्री नेपालले बराहक्षेत्रका जगतगुरु बालसन्त महाराजसँगको भेटमा सवै धर्मको रक्षा र सम्बद्धनको लागि धर्म निरपेक्ष राज्य घोषणा गरेकेा बताए। उनले सवैले सवै धर्मलाई सम्मान गर्नुपर्ने बताउँदै धर्म निरेपेक्ष राज्य घोषणा गर्दैमा आत्तिनुपर्ने अवस्था नरहेको बताए।
तस्बिर:चुमन बस्नेत