जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, October 12, 2010

इभर नचाहिने गुगलको कार!

न्युयोर्क, असोज २६- तपाँईको छेउको ड्राइभर सिटमा कोही नहुँदा कार गुड्यो भने के हुन्छ? गुगलले हालै विना चालक गुड्ने कारको परीक्षण गरेको छ। र, यो सफल भयो भने तपाँईले ड्राइवरविनाको कारको अनुभव लिन पाउनु हुनेछ। 'यो कार विना चालक स्टार्ट हुन्छ, गुड्छ र रोकिन्छ,' गुगलले ब्लगमार्फत सार्वजनिक गरेको छ। यो कारको छतमा राडर सेन्सर, लेजर सेन्सरसहित भिडियो क्यामरा जडान गरिएको छ जसले सडकमा रहेका अन्य सवारीको निगरानी गर्छ र गाडीलाई सहजै अगाडि बढाउन निर्देशन दिन्छ।
'यसले गाडी दुर्घटनालाई नियन्त्रण गर्नेमात्र होइन समय घटाउने र प्रदुषण समेत कम गर्छ,' गुगलको कार परियोजनाका नेतृत्व लिएका सेवस्टन थ्रोनले गुगलको ब्लगमा लेखेका छन्।

इन्जिनियरहरुलाई उदृत गर्दै न्युयोर्क टाइम्सले यो कार राजमार्गहरुमा दुर्घटनाबाट सुरक्षित रहनसक्ने लेखेको छ। पछाडिबाट आएका गाडी ठोक्कन सक्नेबारे पनि यसमा रहेका सेन्सरले काम गर्ने भएकाले दुर्घटनाको सभ्भावना कम हुने जनाइएको छ।
हरेक वर्ष १२ लाख मानिसहरु सडक दुर्घटनामा परेर मर्ने गरेका छन्। र यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने विश्वव्यापी चासो हो। 'हाम्रो प्रविधि यस्तो मृत्यु आधाभन्दा बढी घटाउने विश्वास छ,' ब्लगमा लेखिएको छ।

तर यो कार कहिले बजारमा आउने र यसको अन्य वास्तविकताबारे सार्वजनिक गरिएको छैन। - एजेन्सी

No comments:

Post a Comment