जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, November 26, 2010

युएईको जेलमा ५६ जना नेपाली

पैसा कमाएर आफ्नो घरपरिवारलाई सुखी र खुसी बनाउने मीठो सपना बोकेर खाडी मुलुक संयुक्त अरब इमिरेट्स (युएई) पुगेका ५६ जना नेपाली विभिन्न आरोपमा त्यहाँका विभिन्न जेलमा कैदी जीवन बिताइरहेका छन्, जसमध्ये एक नेपालीलाई त्यहाँको अदालतले हत्याको अभियोगमा मृत्युदण्डको सजाय सुनाएको छ ।

मृत्युदण्डको सजाय पाउने दार्चुलाका अमरबहादुर बम हुन् भने अन्य कैदी जीवन बिताउने नेपालीका बारेमा अहिलेसम्म घरमा आधिकारिक जानकारी नदिइएकाले उनीह रूको घर ठेगाना खुलाइएको छैन ।

सन् २००३ मा मृत्युदण्डको सजाय सुनाइएका बमका विषयमा भने उनका घर-परिवारका सबैलाई आधिकारिक जानकारी गराइएकाले अहिले उनको सजाय छुटका लागि  युएईस्थित सामाजिक संघसंस्था तथा दूतावास मिलेर अघि बढ्ने सुरमा छन् ।

एक भारतीय नागरिकको हत्या प्रकरणमा आरोपित बमले आफू निर्दोष भएको र उद्धारका लागि पहल गर्न नेपाली दूतावास अबुधाबीमा निवेदन दिएको बताइन्छ । उक्त निवेदनका आधारमा कानुनी प्रक्रियाका लागि पहल गर्न आवश्यक सहयोग गरिदिन नेपाली दूतावास अबुधाबीले परराष्ट्र मन्त्रालयमा पत्रसमेत पठाइसकेको तर अहिलेसम्म  परराष्ट्र मन्त्रालयबाट कुनै जवाफ नआएको दूतावास सूत्रको भनाइ छ ।

युएईका विभिन्न जेलमा रहेका नेपालीहरूका बारेमा बाहिर नखुलाइए पनि ५६ जना नेपाली जेल सजाय भोगिरहेको युएईका लागि राजदूत अर्जुनबहादुर थापाले जानकारी दिएका छन् । पर्यटकीय भिसामा जसरी हुन्छ विदेश जाने, जे-जस्तो परे पनि गरौंला भन्ने मनसाय लिएर युवाहरू बिदेसिएको देखिन्छ । वैदेशिक रोजगारीमा विशेष गरी  खाडी मुलुकहरूमा नेपालीहरू सजिलै पुग्न सक्छन् । थोरै लगानीमा धेरै कमाउने उद्देश्य लिएका कतिपय नेपालीले विदेश छिरेको दुई-चार वर्षमै घर परिवारभन्दा पनि  मोजमस्तीतिरै रम्न थालेको देखिन्छ । त्यस्तै छुट्टीका दिनहरूमा साथीहरूसँग बसी मदिरा सेवन गर्ने र स्थानीय डान्स बारहरूमा धाएकै कारण उनीहरू प्रहरीको फन्दामा  पनि पर्छन् ।

स्थानीय कानुनविपरीत मदिरा सेवन गरी बहिर हिँड्ने तथा अन्य गलत कामहरूमा संलग्न भएको आरोपमा ती ५६ जना नेपाली जेल सजाय भोग्न बाध्य भएको राजदूत  थापाले जानकारी दिए ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete