जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, November 13, 2010

भोकाएको पेट अघाएको जिन्दगी

थुइया s s s ! गुनासोहरुले भरिएको साला जिन्दगी ! कति गर्नु आफ्नो गुनासो आफै सँग ! हुने जे छ त्यहि हो तर गुनासो कहिले नी सकिदैन ! आत्म असन्तुष्टी या भलै आफ्नो चित चाही कहिले नी नबुझ्ने भन्या ! कहिले यस्तो भएन , उस्तो भएन ! आज यो छैन भोलि उ त्यो हुन्न ! सोच्दा नी रना चल्छ ! नसोची बसौ भन्दा पनि यो खाली मगज शैतानको बास भन्छन ! भेल आएको जस्तो कुरा पनि कति आउने कति !

साइनटिस्ट हुन् नसके नी यस्तो माइन ठिस बनाएर सोची हेर्छु ! लाइफ पनि कस्तो ? कसरी जिउदा ठिक हुन्छ भनेर आफैले आफैलाई प्रयोग गर्न पनि नमिल्ने ! यदि प्रयोग नै गरि हाल्ने हो भने पनि , आफ्नो जीवनलाई एउटा प्रयोग देखि अर्को प्रयोगमा ल्याउन नै नमिल्ने ! किनभने एउटै प्रयोगले जिन्दगी पुरै वित्दो रहेछ ! अहिलेको जसरी जिविका नचल्ने  भन्न ठानेर  अर्कै तरिकाले जिउनु पर्ने भो भनि अब अर्को प्रयोग गरौ भन्दा पनि समय भन्दा आफ्नो उमेर (age) नै नहुने  ! यो उमेर पनि नोन स्टप बस जस्तो डाडा काटी हाल्ने भन्या !


मैले बेलामा राम्ररी पढ्न पाइन, राम्रो काम सिक्न पाइन, टन्न भने जस्तो गोजामा पैसा (फुर्सद) नी कहिल्यै भएन , सबै साथीहरु भने जस्तो विदेशा'मा मस्तीको जागिर खाएका छन् आफु भने …. जाबो / नाथे ………..! हेर आफु संगैको साथि मास्टरी भा'छ ! कत्रो जात्र छ विर्खेको -मुयासँग बाइकमा सरर ……. ! आफु भने खप्पर ….मा त केहि नलेखी आइएछ ! यसपटको सानो प्रोग्राम राखेको त्यो पनि भने जस्तो भएन … अर्को पाला कसो राम्रो नगरिएला ! आफुले खा'जागिर पनि कस्तो … बेलामा तलब पनि नआउने, बढुवा (पदोन्नती) पनि नहुने ! भन्न नी लाजै लाग्ने साथि सँग ! यस पाला त अफिसमा भनसुन गरेर घुम्ने मेचमा थ्याच बसौला ठानेको त …. त्यो पनि भएन ! साथी पनि कस्तो यार मेरो लागि त्यती पनि गरिदिएन ! आफन्त भनाउदा त नामै मात्रको ! नेता र सरकारको त कुरै नगरौ गरि साध्य छैन ! अनि कसरी घरमा खुशी होस् ,मन शान्त  होस् ,यस्तो भए पछी !
गुनासो पनि किन नहोस -यो जिन्दगीमा ! रहर एउटा ,पढ्ने अर्कै अनि काम गर्ने सोच्दै नसोचेको ! बा'ले पनि बाबु पढेर राम्रो मान्छे भएस, ठुलो मान्छे हुनु भन्नु' हुन्थ्यो – हस, भनियो ! साच्ची नै थाहा थिएन के हुन के पढ्ने भनेर ! बस ठुलो हुनु थियो, त्यो त उमेरले पुरा गर्दै गयो ! जति उमेर बढ्दै गयो उति ठुलो हुदै गए (उच्चाईमा) अनि राम्रो हुनु थियो, त्यसको लागि पनि  फेयरलभ्ली दलेकै हो , नंग पोलिस लाएर जुल्फी कोरेकै हो ! खै , केहि भएन त के गर्नु ! पढ्न पनि के के पढियो पढियो, अनि कलेज तिर गए'छी,  कमाइ गर्न नसकिएला भन्ने पिरले, सिपमुलक काम सिक्न तिर लागे ! त्यसैले कम्पुटरा … हाड्वेर / सफ्टवेर गरियो तर नी मुलुका'मा प्रगति भा'केहि होइन ! त्यस'छी परदेशमा लागियो अब यहा झाडु र वाइपर  लिएर सुइपर भा'छु ! साहुको ऋण तिरेर नी घर खर्च चलाएकै छु तर अझै पनि सन्तुष्टि छैन यो जिन्दगि देखि !

हेर ! यत्रो सुइपर बन्नु रैछ ! काहाको अप्सनल म्याथको अल्फा, ठिटा र विटा गर्दै कस, साइन , फाइन र बुझ्दै नबुझ्ने E=MC2 अनि  O2CH4 आदिको  समिकारण, मन्टेसक्युको शक्ति पृथकीकरण देखि माल्थासको सिदान्त  सबका सब बिथामा रटेको ! कुनै सम्बन्ध नै रहेनछ ! त्यत्रो पढाई खर्च अनि त्यत्रो कम्पुटर फि ! अनि त्यत्रो समय ! ……..भो कति नेगेटिभ कुरामात्र गर्न आएको यसो पोजिटिभ पो सोच्नु पर्छ भन्छन ! अनि मात्र जीवनमा केहि गर्न सकिन्छ रे ! तर हाता लाग्दो रहेछ -नेगेटिभ मात्र अनि अरु के कुरा गर्नु ! ठिकै छ -यो जीवनमा नेगेटिभ र पोजिटिभ दुवै कुरा हुनु पर्छ अनि पो जीवन फुल चार्ज हुन्छ नी ! यसरी चार्ज भए मात्र ट्युबलाइट बल्छ नी, होइन र ?

अहिले आएर जिन्दगी Adaption (एडाप्सन) मा चलाउनु परेको छ -विज्ञानमा भनिए झैँ ! चिसो ठाउमा बस्ने जनवारको रौ बाक्लो हुनु ! मरुभूमिमा सिउडी जस्तो झार उम्रनु ! चराहरुको नंग तिखो हुनु र मुख चुच्चो हुनु आदि ! हुन् पनि हो बाल्यकालमा एउटा रहर पालेर राखियो अनि उमेरमा अर्को शिप खेलाइयो अब अहिले काम गराई सोचाई देखि टाढाको भएको छ ! आफुले जे पढेको त्यो गर्न पाइएन ! आफुले जे सिप सिकेको हो त्यो सिपको काम नै पाइएन ! यो पनि एउटा गुनासो नै हो ! कति गर्नु यो गुनासो ! आफ्नो जिन्दगीको गुनासो आफै सँग ! ल्या ! कपडा भिजाएर राखेको थिए / कपडा धुनु थियो -भुसुकै विर्सेछु ! कहिल्यौ नी विर्सिन्न भन्यो जहिले नी भुसुकै हुने ! थुइया जिन्दगी ! गफै मात्र दिन आउने -काम त ! कुनै न कुनै बाहानामा टरी हाल्छ नी ! आजलाइ सुत्न नी ढिला / अबेर भो लौ ! अब त्यो कपडा पनि भोलि धुऔला ……..!!!

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete