जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 29, 2010

साबधान facebook मा फस्दैछन् वयस्क दम्पती

फेस-बुक इन्टरनेटको दुनियामा बहुप्रचलित साचारमाध्यम हो भन्नेमा कसैको दुई मत छैन । सामाजिक सम्बन्ध विकासका लागि भन्ने लक्ष्यका साथ अगाडि आएको यस माध्यमले वास्तबमै अपूर्व योगदान दिइरहेको पनि छ । सर्वेक्षणले के देखाएको छ भने ६० वर्ष उमेर नाघेका व्यक्तिहरु पनि फेस-बुकका सदस्य छन् । यद्यपि जति बढी किशोर-किशोरी र युवा यस माध्यममा लागेका छन् त्यति वयस्कहरु छैनन् । खासगरी ४० नाघेका व्यक्तिहरुको सदस्य संख्या क्रमशः घट्दै गएको फेस-बुककै सर्वेक्षणले देखाएको छ । तर संख्या अनुपातिक रुपमा कम मात्र भएको हो तर वयस्कहरुको संख्या पनि करोडौंमा हुनुपर्छ ।
यस लेखकले फेस-बुक हेर्दै जादा स्कुल पढ्दाका पुराना साथीहरु पनि फेला पारेको छ । साथीका साथी र उनीहरुका पनि साथी खोज्दै जाने र कसैको नाम Search bar मा टाइप हानेर खोज्ने हो भने तस्वीरसहित ती व्यक्तिहरु देखिने भएका कारण यसको आकर्षण अद्वितीय बन्न पुगेको हो । किनभने यस प्रकारको सुविधा अन्यत्र कुनै इन्टरनेट माध्यममा पाइँदैन । त्यसैले यसले फुस्रदको समय फेस-बुकमा बिताउने गरेको छ ।
दशकौं नभेटेका पुराना साथीहरु हसिलो अनुहारमा परिवारसहित आफ्नै कम्प्युटरको पर्दामा प्रकट हुँदा रमाइलो लाग्नु अस्वाभाविक पनि होइन । जसलाई चाह्यो उसलाई मेसेजु पठाउन पनि मिल्ने भएका कारण स्वतन्त्रता र अवसर दुवैका दृष्टिकोणले यसको महिमा उच्च हुन पुगेको हो ।
लामा-लामा भिडियो चित्र र फोटो एल्बमहरु समावेश गर्न सकिने सुविधाका कारण प्राविधिक रुपले पनि यो निक्कै उचाइमा रहेको प्रष्ट हुन्छ । संसारमा प्राकृतिक नियम के छ भने जुन वस्तुका सकारात्मक गुणहरु बढी हुन्छन् त्यसका नकारात्मक विशेषता पनि कम हुँदैनन् । जस्तो हालैको एक पीडादायक घटना म यहाँ उल्लेख गर्न लागिरहेको छु । कुरा के भने क्यालिफोर्नियाको बर्कली नगरमा बस्ने मेरा एक साथी केही दिनयता निकै विरक्त देखिन्थे । अनिदा आँखाहरु टोलाइरहने बानी र कामबाट घर फर्किदा गरौं शरीर बनाउने उनको व्ववहार मलाई अनौठो लाग्यो । सानो परिवार सुखी परिवारका धनी उनी किन घरपरिवारप्रति विरक्त भएका हुन् भनेर मैले बुझ्न चाहेँ । कसैको व्यक्तिगत मामिलामा चियो-चर्चो गर्ने बानी त मेरो छैन तर एक नेपालीलाई परेको समस्या समाधानमा अर्को नेपालीले योगदान दिन मिल्ने अवस्था छ भने चुप लागेर बस्ने पनि मेरो स्वभाव होइन । त्यसैले मैले आफैंले काम गर्ने रेष्टुरामा उनलाई खाजा खाने निम्ता दिएँ ।
मित्रले विस्तारै आफ्नो व्यथाको पोको खोले । उनी श्रीमती सहितको सयन कक्ष छोडेर १०-१२ दिनदेखि बैठक कोठामा सुत्न थालेका रहेछन् । कारण अरु केही नभएर फेस-बुक नै देखियो । कुरा के परेछ भने करिब ६ महिना अघिदेखि श्रीमतीले स्कुल पढ्दाको पुरुष साथी फेस-बुकमा भेटिछन् । भेट्नु के थियो पहिलो प्रेम पुरानो सम्बन्ध ताजा भएर आइहाल्यो । लामो-लामो समयसम्म च्याट हुने र फोनमा पनि कुरा चल्ने अवस्था आयो । श्रीमतीको पुरुष साथी नेपालमै रहेकोले फोनमा वार्ता गर्न भने त्यति सहज थिएन । तापनि अमेरिकामा श्रीमतीको राम्रो जागिर भएको र नेपालमा आइ-कलको सुविधा रहेको कारण एक आपसको बोली सुनेरै किशोर अवस्थाको प्रेम ताजा बनाउन सकिन्थ्यो । तर समस्या के थियो भने दुवैका लागि बार्ता गर्ने अनुकूल वातावरण । घरमा छोराछोरी समेत भएका दुई परिवारका वयस्कहरु प्रणयमा गाँसिन नैतिक सङ्कट पर्नसक्थ्यो ।
अन्ततः सङ्कट पर्यो नै । कक्षा ८ मा पढ्दादेखि सुरु भएको प्रेम स्नातक गर्दासम्म निकै परिपक्क भैसकेको रहेछ । पिकनिक पार्क बजार भ्रमण यात्रा भोज साँस्कृतिक कार्यक्रम आदि पार गरिसकेको पहिलो प्रेम परिबन्दले विवाहमा परिणत हुन सकेको रहेनछ । श्रीमतीले आफ्ना दुई छोरा पाएर पनि आजसम्म पहिलो प्रेमीलाई नै बढी चाहेको उसले बुझियो । अन्ततः श्रीमान् श्रीमती एकै छत मुनि रहेर पनि बेग्लै कोठामा रात विताउन थाले ।
साथीको सबै कथा सुनेपछि मेरो ध्यान उनको उमेरमा गयो । ४० बसन्त काटिसकेका ती साथीले सम्बन्ध विच्छेद गरेभने आउने परिणामप्रति म गम्भीर भएँ । यस उमेरमा नेपालमा रहेको Boy Friend लाई माया गरेर उनकी श्रीमतीले के पाउने हुन् दुवै परिवारका छोराछोरीको मानसिकतामा कस्तो असर पर्ने हो भन्ने कुराप्रति म गम्भीर भएँ । मैले सोधें अब के गर्नुहुन्छ त मित्र मैले प्रश्न गरिरहदा आफ्ना विद्यालयका केटीसाथीहरु शर्मिला विजया रुपा रमिलाहरुलाई सम्झें । उनीहरुलाई कसले बढी प्रभाव पार्ने भनेर हामी केटाहरुमा एक प्रकारको प्रतिस्पर्धा हुन्थ्यो । उनीहरुमध्ये कसैले यो उमेरमा आएर मलाई आई लभ यू भनी भने नेपाली परिवेशलाई समेत ख्याल गर्दै मैले आई यम सरी भन्नैपर्छ । यो उमेरमा मैले यौनजन्य प्रेममा होइन समाजसेवा देशभक्ति लेखन कलाकारिता आदिमा केही गर्न सक्नुपर्छ । छोराछोरीलाई असल बाटो देखाउनु मेरो प्राथमिकतामा पर्नुपर्छ । मन परेकी केटी पाएँ भनेर यो उमेरमा बहकिदा दरबारमा आगो लाग्दा बाँसुरी बजाउने मुर्ख राजाको नक्कल हुन जान्छ ।
मैले साथीलाई यति भने मरुभूमिमा कुनै बनस्पतिको विरुवा उमिरयो भनेर चिन्तित हुनु पर्दैन किनभने त्यो ठूलो बृक्ष बन्नै सक्तैन । ठूलो वृक्ष बन्नका लागि चाहिने तत्व मरुभूमिमा हुदैन ।साथीलाई त मैले सुझाव दिएँ तर यसरी अन्य कति बयस्क जोडीलाई फेस-बुकले चुनौती दिइरहेको होला भनेर ऊ गएपछि पनि म गम्भीर बनि रहें ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete