जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, December 30, 2010

के तपाईं हाँस्नुहुन्न ?

- मुन पौडेल
यदि तपाईँ हाँस्नु हुन्न भने त्यसका हजार कारणहरू हुन सक्छन् । नहाँस्नु एउटा महारोग हो र सम्भवतः चिकित्साशास्त्रमा पनि यसको कुनै ओखती छैनर् ।र् इश्वरले मानिसलाई एउटा अदभूत वरदान छ जुन वरदान मेरो घरपालुवा टिजे अर्थात् टमी जुनियरलाई प्राप्त छैन । म टमी जुनियरलाई दूधभात खान दिन्छु, सुम्सुम्याउँछु, माया गर्छु पनि बजिया प्रसन्नताले हाँस्दैन । पुच्छर मात्र हल्लाउँछ । म त्यसको थुतुनो समातेर मुख च्यातेर दाँतसमेत देखाइदिन्छु तैपनि बजिया हाँस्दैन । बिचरा हाँस्न चाहन्छ तरर् इश्वरले, प्रकृतिले जनावरहरूलाई हाँस्ने शक्ति नै दिएको छैन ।
तपाईँहरूलाई थाहा छ, तपाईंहरू भित्र के छ - तपाईँहरू भित्र शक्ति र स्रोत छ । तपाईँहरू भित्र विद्युत् प्राधिकरण छ, खानेपानी संस्थान छ र आयल निगम पनि छ तर सबै निःशुल्क । हाँस्नुस् मजाले हाँस्नुस्,
धक फुकाई हाँस्नुस्, लाज नमानी हाँस्नुस् । यो यस्तो बत्ती हो जसलाई जति बाले पनि, जति ओटा बाले पनि बिल बढ्दैन र यसलाई साँचेर राखेर पनि बचत हुँदैन । म खुसुक्क भन्छु तपाईँलाई, अरूले नसुन्ने गरी, तपाईंहरूलाई बिजुली चोरेको जस्तो हाँसो चोर्नुपर्ने कुनै आवश्यकता छैन । मनलागी खर्च गर्नुस् अनि हर्ेर्नुस्, तपाईँको जिन्दगी कसरी प्रज्वलित हुन्छ । पितवस्त्रधारी बाबा, खासगरी टिभी बाबाघरको रेकर्डर्ेेप्रवचन सुन्नै पर्दैन, तपाईंको आत्मा त्यत्तिकै हलुको भएर आनन्दित भएर आउँछ ।
खानेपानीको धाराबाट कहिले पानी आउँछ, कहिले आउँदैन, आयो भने पनि ढलको फोहरसहित आउँछ, आयल निगमको तेल पनि त्यस्तै प्रदूषित र दर्ुलभ भएको छ तर मान्छेभित्र जुन विशुद्ध पानी र तेलको उर्जा छ त्यो हाँसोरूपी उज्यालोको रूपमा प्रकट हुन्छ । यसलाई समात्नुस् । हाँसो त्यसै फुस्स निस्किँदैन । कुनै कारण उपस्थित हुनुपर्छ वा तपाईँसँग कुनै अकारणमा पनि हाँस्न सक्ने मति वा संस्कार पलाएको हुुनर्ुपर्छ । मरूदेसँग बिजुलीको स्वीचजस्तो कुनै स्वीच हुँदैन जसलाई प्याट्ट थिच्ने बित्तिकै फुत्त मुसुक्क हाँसो बाहिर निस्कोस् । जिन्दगीम्ाा हरेक चिज सिक्नर्ुपर्छ । हाँस्न पनि सिक्नर्ुपर्छ । हाँस्ने मति र प्रवृत्ति आफूमा उत्पन्न गर्न सक्नर्ुपर्छ र त्यसको लागि मन र बुद्धिले झयाल ढोकालाई सदा र्सवदा खुला राख्नर्ुपर्छ ।
जिन्दगीका हर पलहरूलाई जाँच्दै हाँसो निस्किन क्षणलाई झििरप्प समातेर मज्जाले हाँस्नर्ुपर्छ र यस क्रममा हाँस्न अभ्यास गर्दै जानर्ुपर्छ । कतिलाई प्रार्श्चर्य पनि लाग्ला, हाँस्न पनि अभ्यास गर्नुपर्छ भन्ने सुन्दर तर यो सत्य हो । मन र शरीरलाई आनन्दित र प्रफुल्लित पार्न, स्वस्थ र स्वच्छ पार्न भोजन, वस्त्र, कामकाज जस्तो हाँसो अत्यन्त आवश्यक छ र यसको लागि अभ्यास गर्नु जरुरी छ ।
मानिसमा राक्षसी प्रवृत्ति बढ्दो छ । ठग्ने, ढाँट्ने, होच्याउने र झगडा गर्ने निहुँ खोजिरहेको हुन्छ मान्छे । मान्छे के कुरो भेट्टाउँ र हाँसु भन्ने खोजीमा रहँदैन जबकि मान्छेले हाँस्ने निहुँ र बहाना खोज्दै हिँड्नुपर्ने हो । जीवनको सङ्र्घष्ामा व्यस्त दिनचर्यामा मानिसहरू रोजीरोटीकै समस्यामा मेसिनजस्तो दौडिरहँदा हुन्छन् र यस्तो दौडादौड र व्यस्तामा हाँसो चोर्न सक्नर्ुपर्छ । एउटा गुथुल्ले बच्चाले थुतुनोसम्मै आउने गरी सिंगान चुहाइरहेको छ भने, एउटा सानो बच्चाले धुन्तुरी देखाउँदै दगुरिरहेको छ भने आनन्दले मस्तले हाँस्नुस् । हाँस्न कञ्जुसी नगर्नुसु्, लोभ नगर्नुस् । यो तपाईँले सञ्चित धन होइन जो खर्च गर्‍यो भने सिद्धिन्छ । कुनै राम्रो कुरा देख्नुहुन्छ भने मज्जाले हाँस्नुस् । कसैले राम्रो कुरा गरेको छ भने प्रशंसा गर्नुस्, हौसला बढाउनुस् र खुलेर हाँस्नोस् । हाँस्नाले तपाईँलाई नै फाइदा छ, तपाईंले शत्रुलाई छैन तर यदि तपाईँ हाँस्नुहुन्न भने चाहिँ आफ्नो शत्रु आफ्नैभित्र उमारिरहनु भएको छ । हाँस्दा वातावरणमा फूलहरू फुल्न थाल्छन्, बास्ना चल्न थाल्छ । हुप्प परेर, गमक्क परेर, ठुस्स परेर बस्नुभएको छ भने वातावरण पनि नरमाइलो र ओसिलो भएर आउँछ । हामी स्कुलमा पढ्दा हाम्रा एकजना गुणी हेडसर हुनुहुन्थ्यो । उहाँको अनुशासन र डर कति थियो भने उहाँ आफ्नो कोठाबाट निस्केर चौरतिर फर्केर - "ए विद्यार्थी भनेर गर्जिने बित्तिकै विद्यार्थीहरू भागाभाग गरेर कक्षारूपी दुलोभित्र छिर्थे । उहाँको सबै चिज हामीलाई मन पथ्र्यो तर एउटै चिज मन पर्दैनथ्यो त्यो हो उहाँको नहाँस्ने बानी ।
अधिकांश विद्यार्थीले उहाँको रौद्र रूप बाहेक हाँसेको कहिल्यै देख्न पाउँदैनथे । आकल झुकल कतै बूढालाई कसैले हाँसेको देख्यो भने पूरै स्कुल हल्लीखल्ली मच्चिन्थ्यो - हेड सर हाँस्नु भो भनेर । कलेजमा पनि एउटा सर कक्षामा पढाउन आउँथे पढाउँथे तर हाँसो नफुस्काइकन हिँड्थे । उनी सेल्सम्यानसिप पढाउँथे । एक दिन महिला सेल्सम्यान/सेल्स पर्सनले सामान बेच्दा के गर्नु पर्छ र उपभोक्ता ग्राहकमाथि कस्तो प्रभाव पर्छ भनेर बयान गर्दा सरले साह्रै गाह्रो मानेर आफ्नो करोड रूपियाँको मुश्किल के फुत्काएका थिए, पूरा कक्षा दड्ढदासभएर जोडजोडले हाँस्न थाल्यो । हाँस्ने कुरामा 'महिलाहरू' अगाडि नै हुन्छन् । मलाई लाग्दैन संविधानमा महिलाहरूले तेत्तिस प्रतिशत हाँस्ने अधिकार सुरक्षित गर्नुपर्ला ।
यो जमात त कुकुरको पुच्छर घुमुरकिएको देख्दा पनि मरमरी हाँस्छ तर पनि कसैलाई नहाँसेको र मुख छोपेको देख्नु भो भने पक्कै दाँत उबडखाण्डे होला भन्ठानुस् । तर ए सुन्दर महिलाहरू, दाँत, नाकजस्ता चिज त भगवान्ले एक पटक जे दिए दिए, त्यो जस्तो भए पनि हाँसोलाई नरोक्नुस् । हाँसो त स्वर्गीय चिज हो यसलाई बग्न दिनोस् । नहाँस्ने कुनै कारण हुन सक्दैन । मान्छे भएपछि हाँसो फुल्छ फुल्छ तर तपाईँ तैपनि हाँस्नु हुन्न भने त्यसको पछाडि हजार कारण हुन सक्छन् भनेर मान्नै पर्‍यो । होइन र - त्यसैले यहाँलाई अनुरोध छ, नहाँस्ने कुनै कारण उपस्थित हुन नदिनोस् ।
यस क्रममा आफैँमाथि समेत हाँस्ने बानी विकास गर्नुस्, जिन्दगी रमाइलो हुन्छ । अब एउटा आर्श्चर्य र रहस्यको कुरा तपाईँहरूलाई सुटुक्क भन्दैछु ।एउटा पाठशालाका पण्डितजीले आफ्ना छात्राहरूलाई भन्टा कहिल्यै नखानु भन्ने उपदेश दिन्थे अरे र आफू भने मस्तले खान्थे । त्यही ताल यो पङ्क्तिकारको छ । पङ्क्तिकारका वरिपरिका त्यति साह्रो घुलमिल नभएका मान्छेहरू भन्छन् अरे, पङ्क्तिकारको बारेमा अब यो पङ्क्तिकार स्वयं नहाँस्नुको पछाडिका हजार कारणहरू पत्ता लगाउने कोशिसमा छ । कृपया यो पङ्क्तिकारलाई पनि मद्दत गर्नुस् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete