म दीपेन्द्र सरकारलाई मौसुफ सानै छँदादेखि चिन्थेँ । सरकारलाई नजिकबाट चिनेको २०३१ साल वैशाखदेखि हो । जब मैले राजप्रासाद सेवामा आवधिक शाही पाश्र्ववर्तीका रूपमा काम सुरु गरेको थिएँ । युवराजधिराज सरकारको जन्म १३ असार २०२८ मा भएको हो । त्यस हिसाबले त्यतिवेला सरकार तीन वर्ष पनि पुगिबक्सेको थिएन । दीपेन्द्र सरकार जन्मदै राजा हुन जन्मेको । तर, राजदरबारमा युवराजधिराज सरकारलाई राजाका रूपमा हुर्काउने कुनै परिपाटी या संस्कार मैले देखिनँ । मैले सुनेको थिएँ- युरोपमा राजतन्त्र भएका देशमा राजा बनाउन बच्चैदेखि त्यहीअनुसारको शिक्षा-दीक्षा र तालिम दिइन्छ । त्यसका लागि अनुभवी र दक्ष विशेषज्ञको टिम बनाएर उनीहरूको 'गाइडेन्स'मा भावी राजालाई हुर्काउने गरिएको हुन्छ । तर, म जतिवेला नेपालको राजदरबारभित्र प्रवेश गरेँ, त्यहाँ त्यस्तो केही देखिनँ । बरु मलाई त्यहाँको पारा देखेर अचम्म लागेको थियो ।
पञ्चायती शासनकाल भएकाले राजा वीरेन्द्र र रानी ऐश्वर्य दुवै देशको राजनीतिक, आर्थिक, प्रशासनिक तथा अन्य विविध काममा व्यस्त भइबक्सन्थ्यो । पञ्चायतकाल त्यसमा पनि राजाको सक्रिय नेतृत्व । त्यो भएर राजा वीरेन्द्र पूरै व्यस्त । रानी ऐश्वर्यले राजाको काममा सहयोग पुर्याउनुपर्ने । सामाजिक काममा मौसुफको उस्तै व्यस्तता । त्यसो भएर दीपेन्द्र सरकार शाही रनरको रेखदेखमा हुर्किबक्स्यो, जो सेनाका सिपाही हुन् । अनि नानीहरूले हेरे युवराजधिराजलाई । न शाही रनर धेरै पढेलेखेका हुन्थे, न नानीहरू नै । विशेष संस्कार पनि उनीहरूलाई हँुदैनथ्यो । उनीहरूको रेखदेख र हेरविचारमा युवराजधिराजको बाल्यकाल बित्यो । त्यसबाट दीपेन्द्र सरकारले के सिकिबक्स्यो होला ? एउटा सामान्य परिवारमा जन्मेको बच्चा आमाबुबाको माया, ममता र रेखदेखमा हुर्किन्छ । तर, सरकारले सानैदेखि आमाबुबाको माया कस्तो हुन्छ भन्ने महसुस गर्न पाइबक्सेन । आमाबुबाको सामिप्यबाट वञ्चित युवराजधिराज त्यतिवेला शाही रनर र नानीहरूबाट फुत्केर बाहिर निस्केपछि एडिसी अफिस आइबक्सन्थ्यो । त्यत्ति थियो सरकारको जाने, घुम्ने र खेल्ने ठाउँ । बाल्यावस्थामा कुनै किसिमको शिक्षा, दीक्षा र तालिम थिएन युवराजधिराजलाई । त्यो देख्दा अबको २१औँ शताब्दीमा नेपालले कस्तो राजा पाउने होला भन्ने कुरा मेरो मनमा आउने गथ्र्याे । म भर्खर दरबार गएको थिएँ, यो कुरा कसैलाई पनि भन्ने कुरा आएन फेरि राजदरबारको कुरा । मैले पूरा 'सिस्टम'बारे त्यत्ति धेरै अनुभव पनि पाएको थिइनँ ।
त्यो उमेरमा युवराजधिरालाई के कुरा सिकाउने ? अनि शाही रनरको ड्युटी के हो ? कामको कुनै बाँडफाँड थिएन । त्यतिवेला दीपेन्द्र सरकारको कस्तो बानी विकास भइरहेको थियो भने कुनै ठूलो मान्छेलाई एक मुक्का हान्ने अनि त्यो मान्छे भुइँमा लडेर छटपट गरेकोमा मज्जा लिने । फेरि सरकारले त्यसैलाई गालामा झापड हान्नुपर्ने, फेरि त्यो मान्छे भुइँमा लडेर रुनुपर्ने । अनि सरकार मजा लिएर हाँस्ने । सरकारमा बच्चा साथीलाई समेत झापड र मुक्का हानेर ढलाउनुपर्ने मानसिकता थियो । यसप्रकार सरकारमा 'इगो' र हठीपन बढ्दै गएको थियो । यसरी युवराजधिराजका सकारात्मक स्वभावमा विस्तार नहुने देखिरहेको थिएँ मैले । त्यही उमेरका बालबच्चाका बीचमा सम्पर्क र प्रतिस्पर्धामा राखेको भए पनि राम्रै हुन्थ्यो । तर, कहिल्यै त्यो सोचाइ दरबारमा भएन । भावी राजा त के, सामान्य मानिसको जस्तो स्वाभाविक व्यक्तित्व विकासको अवसर पनि युवराजधिराजलाई प्राप्त भएन ।
ग्याङफाइटका नायक
१० वर्षसम्म दीपेन्द्र सरकारको मानसिकता र व्यक्तित्व विकास जसरी भइरहेको थियो, त्यसबारे आफू सवारी ड्युटीमा भएको वेला मैले वीरेन्द्र सरकारलाई जाहेर पनि गरेको थिएँ । ठ्याक्कै त्यही कुरा पछि दीपेन्द्र सरकारले मसँग गुनासोका रूपमा व्यक्त गरिबक्सेको थियो । त्यसैकारण पछि गएर आमाबाबुसँग सरकारको सम्बन्ध टाढिँदै गएको थियो । मैले सरकारहरूको बीचमा विचार र दृष्टिकोण फरक-फरक हुँदै गएको देखिरहेको थिएँ । खासगरी बडामहारानी ऐश्वर्यसँग सरकारको सम्बन्ध धेरै टाढा हुँदै गएको थियो । आमाछोराको सम्बन्ध त नजिकको हुनुपर्ने हो, तर सरकारहरूबीच त्यसरी आत्मीय सम्बन्ध विस्तार भएन । त्यसमाथि सरकारहरू दुवैजना कडा दिमागको 'स्ट्रङ हेडेड' । मैले भनेकै हुनुपर्छ भन्ने स्वभाव विकास भएको थियो युवराजधिराज सरकारमा । त्यस्तै स्वभाव थियो बडामहारानी ऐश्र्वयको पनि । दुवैजना एक-अर्कासँग नझुक्ने र पटक्कै लचिलो नुहुने । आमाछोराबीच बच्चादेखि नै आत्मीयता, निकटता र माया-ममता परिणाम थियो यो । आमाछोराबीचको सम्बन्ध भित्री रूपमा 'प्राविधिक' मात्र रहन पुगेको थियो ।
मैले दीपेन्द्र सरकारको पूरै जीवन देखेको छु । मौसुफको व्यक्तित्व कसरी विकास हुँदै आयो, एकदमै नजिकबाट अनुभव र अध्ययन गरेको छु । सरकारको अस्वाभाविक उपद्रो, हठ, बदमासी, परपीडक स्वभाव, इगो, उपेक्षित भएको अनुभूति, मायाप्रेमको तृष्णा, महत्त्वाकांक्षा, नैराश्य, आवेग आदिलाई छर्लंग देखे-भोगेको छु । जतिवेला सरकार किन्डरगार्डेनमा होइबक्सन्थ्यो, हामीले सवारी चलाउनुपथ्र्याे स्कुलमा । दीपेन्द्र सरकार स्कुल जान नचाहने । ऐश्वर्य सरकारलाई जसरी भए पनि पठाउनैपर्ने । अनि दीपेन्द्र सरकार जान्न भनेर जिद्दि गर्ने, ऐश्र्वय सरकार जानैपर्छ भनेर चर्को स्वरमा हप्काइबक्सने । त्यसक्रममा मौसुफबाट दीपेन्द्र सरकारलाई गालामा झापड लगाएको पनि मैले कैयौँपटक देखेको छु । स्कुल सवारी होइबक्से पनि कहिलेकाहीँ त बीचबाटोमै 'मोटरबाट ओर्लन्छु' भनेर जिद्दि गर्ने । कस्तो छुकछुके भने एडिसीलाई हैरानै पारिबक्सन्थ्यो । सबै एडिसीहरू सरकारबाट टाढा भाग्न खोज्थे । दीपेन्द्र सरकार एडिसी अफिसमा नआए पनि हुन्थ्यो जस्तो हुन्थ्यो । आफूले भनेको नगर्ने एडिसीलाई सरकारले रुवाइबक्सन्थ्यो । तीमध्ये म प्रमुख थिएँ । त्यसैले कहिलेकाहीँ सरकारको लात र थप्पडसमेत मैले खाएको छु । म सरकारलाई गर्न हुने र नहुने कुरा सम्झाउँथँे, तर सरकारलाई पटक्कै मन पर्दैनथ्यो । त्यसैले सरकारले मेरो नाम 'डेन्जरस एडिसी' राखिबक्सेको थियो । नानीहरूसँग राम्रो व्यवहार नगर्ने । नानीहरूले मौका पायो कि शाही रनरहरूलाई बुझाइदिहाल्ने । शाही रनरले पनि नसकेपछि एडिसीहरूलाई बुझाउने । एडिसी अफिसमा आएर टेबलको सिसा फुटाइदिने । कलम भाँचिदिने । असामान्य उपद्रोसिवाय अरू केही नगर्ने स्वभाव थियो सरकारको ।

दीपेन्द्र सरकार लोअर केजीदेखि कक्षा ३ सम्म काठमाडौं त्रिपुरेश्वरस्थित कान्ति ईश्वरी शिशु विद्यालयमा अध्ययन गरिबक्स्यो । कक्षा ४ देखि सरकारलाई बूढानीलकण्ठ स्कुल भर्ना गरियो । सरकारको बोडर्स् गर्नुको पछाडि सरकारको त्यही उपद्रो र हठी स्वभाव कारण थियो भन्ने मलाई लाग्छ । किनभने दरबारमा सरकारले तलदेखि माथिसम्म सबैलाई हैरान पारिबक्सेको थियो । बूढानीलकण्ठ स्कुल सवारी भएपछि सरकारको उपद्रो घट्छ भनेको त झनै बढ्यो । युवराजधिराजको हिसाबले पनि सरकारले स्कुलमा अरू विद्यार्थीको तुलनामा अलिक ज्यादा नै स्वतन्त्रता र अवसर पाइबक्स्यो । सरकारका बदमासी बढे । त्यहीवेलादेखि नै रक्सी खान सुरु गरेको सूचना हामीले पाएका थियौँ । 'ग्याङफाइट'मा टिमलिडर नै भएर गएको भन्ने खबर आइरहन्थ्यो । एकपटक सरकारका सहपाठीको सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थीसँग झगडा परेछ । अनि सरकार बूढानीलकण्ठ स्कुलका विद्यार्थीको 'टिमलिडर' भएर खेतैखेत हिँडेर सिद्धार्थ वनस्थली स्कुलका विद्यार्थी कुट्न गइबक्सेछ । यसरी बूढानीलकण्ठ स्कुल गएपछि 'म अरूभन्दा ज्यादा नै तगडा छु' भनेर देखाउने र अरूलाई पिटेर ढाल्ने अवसर पाइबक्स्यो, जुन मनोविज्ञान सरकारमा सानो छँदादेखि नै प्रवल थियो । 'बडिबिल्डर', 'बक्सर' या 'कराते एक्सपर्ट'का रूपमा पनि सरकारले आफूलाई विकसित गरिबक्स्यो । सरकारको रुचिअनुसारकै सैनिक अधिकृत र प्रहरी अधिकृतलाई छानेर दरबारले प्रशिक्षक र एडिसीका रूपमा बूढानीलकण्ठ स्कुल पठाएको थियो । कहिलेकाहीँ छुट्टीका वेला राजदरबार सवारी हुँदा आफ्ना पाखुरा हामीलाई देखाउँदै 'ए, तिम्रो कति सानो पाखुरा, हेर त मेरो...' भनिबक्सन्थ्यो । बूढानीलकण्ठ स्कुलबाट बिदामा सवारी भएका वेला दीपेन्द्र सरकार एक दिन राति राजदरबारको उत्तर-पूर्वको पर्खालबाट हामफालेर बाहिर सवारी भएछ । सरकार हराएपछि राजदरबारमा निकै हल्लीखल्ली मच्चियो । सरकारलाई खोज्न एडिसी र सैनिक प्रहरीलाई निकै समस्या पर्यो । अनेक दौडधुपपछि बल्ल उनीहरूले युवराजधिराजलाई राजदरबार फर्काएका थिए । त्यसवेला सरकारका केही साथीलाई सैनिक प्रहरीले राजदरबारमा बोलाएर सोधपुछ पनि गरेको थियो । जेहोस् बूढानीलकण्ठ स्कुल गएपछि दीपेन्द्र सरकारको आमाबुबासँग झनै दूरी बढ्यो । सरकारहरूले खर्चमा नियन्त्रण गरिबक्सेको थियो । तर, युुवराजधिराजले अन्य कैयौँ स्रोत र उपायबाट खर्च जुटाउने गरिबक्सेको मैले थाहा पाएको थिएँ । युवराजधिराजले आफ्ना आमाबुबाले दिएको खर्चले नपुगेर अन्यत्रबाट खर्च जुटाउन थाल्नु भनेको वास्तवमै चित्रण गर्न नसकिने अवस्था हो । त्यस्तो अवस्थाबाट एउटा मान्छेको सही व्यक्तित्व विकास कसरी हुन सक्थ्यो ?
जापानी प्रेमिकाको भविष्यवाणी
इटन कलेजमै पढ्दा दीपेन्द्र सरकारको जापानी केटीसँग 'अर्को अफेयर' चलेको रहेछ । त्यहीँ अरू केटीसँग पनि अनेक हिसाबले सरकारको चक्कर चलेको थियो भन्ने कुरा पछिसम्म सुनिन्थ्यो । त्यो जापानी केटीसँग भने निकै गहिरो सम्बन्ध रहेको थाहा भयो । उसले पछि धेरैपटक नेपाल आएर दीपेन्द्र सरकारलाई भेटिरहेकी थिई । कहाँ-कहाँ के-के हुन्थ्यो, त्यो भने मलाई थाहा भएन । त्यतिवेला म वीरेन्द्र सरकारको एडिसी थिएँ । युवराजधिराजका अरू नै छुट्टै दुई एडिसी थिए । सरकारका सबै कार्यक्रम उनीहरूले मिलाउँथे । सरकारको त्यो जापानी केटीसँग विवाहकै विषयमा निकै लफडा परेछ । किनभने सरकारले उसलाई पनि विवाह गर्छु भनिबक्सेको रहेछ । आखिरी पटक-पटक नेपाल आएका वेला त्यो जापानी केटीलाई एअरपोर्ट पुर्याउन दीपेन्द्र सरकारले एडिसी सेनानी गजेन्द्र बोहरालाई पठाइबक्सेछ । एअरपोर्ट पुग्ने वेला गजेन्द्रसँग त्यो केटीले के भनिछ भने, 'योर क्राउन पि्रन्स इज म्याड । हि विल डाई ए डग्स डेथ ।' -तिम्रो युवराजधिराज पागल हो । उसको मृत्यु कुकुरको जस्तै हुनेछ ।) त्यसपछि त्यो जापानी केटी कहिल्यै नेपाल फर्केर आइन । सायद उसको बोली सत्य भयो ।
परपीडक दीपेन्द्र
बेलग्रेडमा मैले के देखेँ भने युवराजधिराज सरकार केटीहरूको मामिलामा ज्यादै कमजोरी देखाइबक्सन्थ्यो । सरकार वेलावेला मैले यसो गरेँ, उसो गरेँ भनेर विभिन्न प्रसंग सुनाइबक्सन्थ्यो । कुरा सुन्दा सरकार ज्यादै 'सेडिस्ट नेचर'को पनि लाग्यो मलाई । एकपटक सरकार होटलमा रातभरि डि्रङ्क्स गरेर बसिबक्स्यो । एकजना स्थानीय केटी पनि सँगै थिई । राति तीन बजे सरकार 'म यो केटीलाई तल छाडेर आउँछु' भनेर कोठाबाहिर सवारी भयो । सुन्दरप्रताप रानासहित अरू दुई एडिसी थिए । लिफ्ट चढ्ने वेला सरकारले 'तिमीहरू जानु पर्दैन' हुकुम भयो । सरकार त्यो केटीलाई लिएर लिफ्टभित्र छिरिबक्स्यो । मैले सुन्दरलाई भर्याङबाट तल पठाएँ । अर्को एडिसीलाई माथि नै राखेँ । सरकार लिफ्टमा साढे दुई घन्टा राज भई बिहान साढे पाँच बजे मात्र तल ओर्लिबक्स्यो । तल गएको एडिसी तलै र माथिको एडिसी माथि नै कुरेर बस्नुपरेको थियो । लिफ्ट बिगि्रएको हो कि भनेर कसैलाई खबर गर्ने कुरा पनि आएन । एकैपटक बिहान सरकार हाँस्दै सवारी भयो ।

त्रिभुवनले झैँ बिहे गर्ने दीपेन्द्रको योजना
सरकारले मसँग कतिसम्म कुरा खोलिबक्सेको थियो भने, 'यस्तै हो भने म ग्रयान्डफादरले गरेजस्तै विवाह गर्छु । नागार्जुन गएर कसैले थाहा नपाउने गरी विवाह गर्ने तयारी गर्दै छु । कानुनी रूपमा पनि बुझ्दै छु । वडा अध्यक्षसँग पनि कुरा गर्न लगाएको छु ।' राजदरबार काठमाडौं महानगरपालिकाको वडा नम्बर ३ मा पर्छ । सरकारले त्यही वडाबाट विवाह दर्ता प्रक्रिया मिलाउन लगाइबक्सेको रहेछ । वडा अध्यक्ष र आफ्ना नजिकका साथीभाइ बोलाएर नागार्जुन बंगलामा गएर 'सिभिल म्यारिज' गर्ने तयारीमा सरकार होइबक्सन्थ्यो । राजा त्रिभुवन बाहिर गएको मौकामा थियो रे ! यसरी दीपेन्द्र सरकारले १९ जेठको घटना हुनुभन्दा वर्ष दिनअगाडि नै देवयानीसँग विवाह गर्ने तयारी सुरु गरिबक्सेको थियो । सरकारले अरूसँग विवाह गर्ने कुनै सम्भावना नै थिएन ।
दीपेन्द्र सरकारसँग भेट भएको वेला अक्सर विवाहको विषयमै कुरा हुन्थ्यो । पहिले-पहिले देशको समसामयिक परिस्थितिबारे पनि कुरा हुन्थ्यो । तर, पछि गएर विवाहको तनाबका कारण अन्य विषयमा कुरा कम हुँदै गइरहेको थियो । दीपेन्द्र सरकारले देवयानीबाहेक अरू जसलाई चाहे पनि विवाह गराइदिन महाराजधिराज तथा बडामहारानी तयार होइबक्सन्थ्यो । तर, सरकार देवयानीबाहेक अरूसँग विवाह गर्दै नगर्ने अठोटमा पुगिबक्सेको थियो । त्यसवेला देवयानीसँग दीपेन्द्र सरकारको विवाह गराउन एउटा निकै ठूलो समूह नै सक्रिय रहेछ, जुन कुरा हामीले धेरै पछि मात्र थाहा पायौँ । देवयानीसँग विवाह गराउन परिवारका सदस्य मात्र होइन, देश-विदेशका विभिन्न समूह पनि योजनाबद्ध रूपमै क्रियाशील रहेछन् । देवयानी भारतको ग्वालियर राजघरानाकी नातेदार भएकाले भारतीय संस्थापन पक्ष तथा नीति निर्माण तहमा रहेका केही पदाधिकारीमा देवयानीलाई नेपालकी बडामहारानी बनाउन पाए राम्रो हुन्थ्यो भन्ने सोचाइ थियो । त्यस्तै देवयानीनिकट राणा परिवारका साथै युवराजधिराजका एडिसीहरूको पनि सरकारको विवाह देवयानीसँगै होस् भन्ने चाहना भएको देखिन्छ । स्वर्गीय त्रिभुवन सरकारका बडामहारानीहरू पनि भारतको हिमाञ्चलप्रदेशको राजपुत परिवारकै सदस्य होइबक्सन्थ्यो । त्यसपछि भने नेपालको राजपरिवारका कुनै पनि सदस्य र भारतीय नागरिकबीच विवाह भएको थिएन ।
कडा राजा बन्न चाहन्थे दीपेन्द्र
०४६ सालको राजनीतिक परिवर्तनपछि नेपालको अवस्थामा कुनै किसिमको सुधार आएन, जनताले खासै केही पाउन सकेनन् । 'महाराजधिराजले कडा कदम चाल्नुपर्यो' भनेर पछिल्ला वर्षहरूमा दरबारको एउटा खेमाबाट निरन्तर दबाब आइरहेको थियो । मेरो बुझाइमा दरबारको त्यो अनुदारवादी खेमाको प्रतिनिधित्व बडामहारानी, युवराजधिराज दीपेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रबाट हुन्थ्यो । यो खेमाले राजा महेन्द्रलाई आदर्श मान्थ्यो, राजा कडा हुनुपर्छ र दलहरूलाई पेलेरै जानुपर्छ भन्ने कठोर मान्यता राख्थ्यो । मुमा बडामहारानी रत्नलगायत राजपरिवारका अधिकांश सदस्य यस खेमामा होइबक्सन्थ्यो । तर, महाराजधिराज वीरेन्द्र 'प्रजातान्त्रिक तवरले नै अघि बढ्नुपर्छ, पार्टी तथा तिनका नेताहरूलाई सहयोग गर्नुपर्छ, सिकाउनुपर्छ, पार्टी प्रणालीलाई बलियो बनाउनुपर्छ' भन्ने मान्यतामा अडिग होइबक्सन्थ्यो । जति चर्को दबाब आउँदा पनि आफ्नो मान्यताबाट सरकार अलिकति पनि विचलित होइबक्सेन । यसरी अगाडि बढ्दा सरकारको 'लिडरसिप' फितलो भयो भन्ने पनि आरोप थियो । त्यही दृष्टिकोणबाट प्रभावित भएर युवराजधिराज सरकारबाट आफ्ना बुबालाई कमजोर नेताका रूपमा लिइबक्सन्थ्यो र 'म कडा नेता बन्छु' भन्ने सोचाइ राखिबक्सन्थ्यो । युवराजधिराजको अपरिपक्व, परपीडक एवं हठी स्वभावलाई 'दह्रो नेतृत्व'को गुणका रूपमा व्याख्या गरिदिनेहरूको दरबारभित्र र बाहिरसमेत बिल्कुलै कमी थिएन । दीपेन्द्र सरकारलाई 'हि इज अ गुड लिडर, स्ट्रङ लिडर, दीपेन्द्र सरकार स्ट्रङ किङ हुन सकिबक्सन्छ' भनेर केही मान्छेले बारबार उक्साउने गरेको हामीले नदेखेको, नसुनेका होइनौँ । यसप्रकार राजपरिवारभित्रको कलह र विवाह तथा कमीकमजोरीमा खेल्दै युवराजधिराज दीपेन्द्रको महत्त्वाकांक्षालाई उकासेर लामो तथा सुविचारित षड्यन्त्रअन्तर्गत देशी-विदेशी शक्तिले दरबार हत्याकाण्ड गराएको हो भन्ने मेरो निष्कर्ष रहेको छ ।

No comments:
Post a Comment