जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 3, 2011

अलिकती हासौ

 

मोटु र डाक्टर

एकजना असाध्धै मोटो मानिस दुब्लाउने सल्लाह लिन डाक्टर कहाँ गएछ।
मोटे: मेरो शरिर असाध्धै मोटो भयो, मलाई दुब्लाउने  उपाय दीनुपर्यो !
डाक्टर: दुब्लाउन त सजिलो छ नी ! बेलुकामा २टा रोटी खाने बानी गर्नुहोस त एक सालमै तपाई चाहेजस्तो दुब्लो हुनुहुनेछ ।

मोटे: साँची डाक्टरसाप, त्यो रोटी चाँही खाना अघी खानी के खाना पछी ?

डिस्काउनको जमाना छ

पहिलो : म अझै पनि भन्दै छु मसँग माफि माग नत्र तेरो ३० ओटै दाँत झारिदिन्छु ।
पहिलोको साथि : ३० ओटा किन ३२ भन्न ।
पहिलो : आजकाल डिस्काउनको जमाना छ त्यसैले २ ओटा डिस्काउन दिएको ।
 आठ बच्चा

एक आइमाइको आठ बच्चा रैछन | सबैको नाम राम रैछ| यो देखेर एउटा मान्छेलाइ अचम्म लागेछ र उसले सोधेछ : "तपाइलाई आफ्नो बच्चाहरु लाइ बोलाउन गाह्रो हुदैन? सबैको नाम एउटै छ । "
आइमाई: " हुदैन, म नाम सगै थर पनि जोडेर बोलाउछु नि त ! " 

सरकारसँग कम्पिटिसन

जेलर : तँ किन जेल आउनु परेको ?
चोर :  सरकारसँग कम्पिटिसन भको थियो तेसैले ।
जेलर : कस्तो कम्पिटिसन ?
चोर : नोट छाप्ने कम्पिटिसन ।
 
 बिजुलि किन चम्किन्छ?

शिक्षक : राम तिमि भन त पानि परेको बेलामा किन बिजुलि चम्किन्छ  ?
राम :  भगवानले कतै सुख्खा रहयो कि भनेर हेरेको होलानि सर ।

उखान - English to नेपालि

खाई न पाई छालाको टोपी लाई
Eating getting nothing, wearing leather cap

घाँटी हेरी हाड निल्नु
Throat see and eat bones

एक कान दुई कान मैदान
One ear two ear, playground

अछ्यु खाए बछ्यु खाए , झुसे बारुलो
Hornet ate bachhyu ate, hairy wasp

काग कराउदै गर्छ पिना सुक्दै गर्छ
Crow crying, pina drying

पति - पत्नि गन्थन

पत्.नि: "जब तिमी लोकल पिउँछै त मलाई मैया भन्छैा ! जब तिमी स्कच पिउँछै त मलाई डार्लिंग भन्छैा ! आज के पीएर आयैा ? "
पति: "चुप लाग - आज म पुरा होश मा छु चुड़ेल" 
 दिमागमा आगो

श्रीमती: तिमी मलाई धेरै रिस नउठाउ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा: ए, तेही भएर होला, आज बिहानैदेखि गुईँठा बालेको गन्ध आएको ।

कञ्जुस

तिनजना साथि मध्ये एकजना  धेरै लोभि  रहेछ ! पिक्निक जने कुराकानिको क्रममा-
पहिलो : म फलफुल मिठाई ल्याउछु ।
दोस्रो : म समोसा र चाउमिन ल्याउछु ।
त्यसपछि दुवैजनाले कञ्जुसलाई सोधेछन तँ के ल्याउछस त?
तेस्रो(लोभि) :  म भाई-बहिनिहरु ल्याउँछु।

रामको भक्त हनुमान

एक दिन हनुमान एउटा गाउँमा गुम्दै जाँदा म श्री रामको भक्त हनुमान हुँ भन्दा मानिस हरुले नपत्याए पछि उनले आफ्नो छाति चिरेर राम सिताको तस्विर देखाउन लाग्दा राम फुत्त बाहिर आएर हनुमानको गालामा एक झापड हिर्काएछन् ।
हनुमान : प्रभु मैले के विराएँ ?
राम : तँलाई जाहाँ पायो त्यहाँ जतिखेर पायो तेतिखेर छाति चिरेर देखाउनु पर्छ ?
हनुमान : किनर प्रभु ?
राम : भित्र सिता कपडा फेर्दै छिन ।

मिठो बोल्नु - 

एउटा बच्चालाई स्कुल जाने बेलामा बाबुले भनेछन । 
बाबु: तिम्रो आज स्कुलामा पहिलो दिन हो । त्यसैले सर हरुसँग मिठो मिठो मात्र बोल्नु ल । 
छोरा: हुन्छ
सर : बाबु तिम्रो नाम के हो ?
बालक : रसवरि
सर : अनि तिम्रो बुवा आमाको नाम के हो ?
बालक : बुवाको नाम लड्डु आमाको नाम जेरि |
सर : अनि तमि काहाँ बस्छौ त ?
बालक : मा मिठाईको बट्टामा ।

No comments:

Post a Comment