जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, February 13, 2011

पशुपतिक्षेत्रमा प्रेमसाट्ने जोडीलाई समेत कारवाही गरिने

पशुपति, सुन्दरीजल वा गोदाबरीका जंगलमा खिचिएका नेपाली ब्लु भिडियोहरु काठमाडौंका लागि अब नौलो रहेन । प्रेम साट्ने नाममा सार्वजनिक स्थलमा मात्र होइन, पशुपति क्षेत्रजस्ता पवित्रस्थलमा हुने यौनकृयाकलापका भिडियोहरु विद्यार्थी र अन्य युवायुवतीका मोबाइल मोबाइलमा भेटाउन सकिन्छ । पवित्र स्थललाई झण्डै झण्डै ब्लुफिल्मका सुटिंगस्थल जस्तै बनाइएको अवस्थामा अब भने पशुपति क्षेत्रमा यौन कृयाकलाप त कुरै छाडौं,  प्रेमसाटासाट गर्न नै प्रतिबन्ध लगाइएको छ । कसैले यस्तो कृयाकलाप गरेमा कारवाही नै हुनेछ । विशेष रिपोर्ट ।
भ्यालेन्टाइन डे नजिकिदै गर्दा प्रेम जोडिका लागि दुःखद समाचार आएको छ । यसै त काठमाडौमा प्रेम साटासाट गर्ने जोडिका लागि स्थान अभाव छ । घर नै घरले भरिएको
काठमाडौमा प्रेम जोडिका लागि उपयुक्त पार्क नहुँदा निकै सास्ती खेप्नु परेको छ ।
प्रेम जोडिहरुले माया साट्नका लागि कि त जंगल नै जानु पर्छ कि त रेष्टुरेण्ट नै । खास गरी प्रेम जोडिका लागि निकै प्रशिद्ध मानिएको पशुपति क्षेत्रमा यसपालीको भ्यालेन्टाइन डेमा युवा युवतीले प्रवेश नपाउने भएका छन् ।
करिव ३० लाख जनसंख्या भएको काठमाडौमा करिव आधा भन्दा बढी त युवा युवतीले नै भरिएको छ । यस्तो अवस्थामा उनीहरुले आफ्नो प्रेम साट्न निकै सास्ती खेप्नु परेको छ ।
कहिले अभिभावकले देख्ने डर कतै प्रहरीले गिरफ्तार गर्ने डर । यस्तो डरका बीचबाट युवा युवतीले आफ्नो प्रेम साट्न बाध्य छन् ।
हुँदा हुँदा पशुपति क्षेत्र विकास कोसले भ्यालेन्टाइन डे कै दिनबाट प्रेम जोडिलाई प्रवेश नदिने घोषणा गरेको छ । कोषले सोमबारदेखि आफ्नो क्षेत्रमा प्रेमालाप र असुहाउँदो गतिविधि गरेर बस्ने जोडीलाई जरिवाना गर्ने बताएको छ ।
कोषले भ्यालेन्टाइन डे मा पशुपति क्षेत्रमा दर्शनार्थी भन्दा बढी प्रेम जोडि ओइरिने गरेको बताएको छ ।
कोषले धार्मिक वातावरण र पशुपतिको गरिमा विपरीत गतिविधि गर्ने जोडीलाई कारबाही गर्नु पर्ने प्रर्ताव पारित गरेको छ । पशुपति क्षेत्रमा दिनको समयमा युवा जोडी साँझ परेपछि पेसेवर यौनकर्मी दुर्वेसनी र सस्तो यौनको खोजीमा आउने ग्राहकको समेत भीड बढेपछि कारबाही बाहेकको विकल्प नरहेको कोषको ठहर छ ।
हुन त पछिल्लो समयमा पशुपति क्षेत्र भित्र खुलेआम प्रेम साट्ने र अश्लिल गतिविधि निकै बढेको छ । यस्तो गतिविधिले पशुपति क्षेत्रको गरिमा माथि नै धावा बोलेको कोषको ठहर छ ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने जोडीलाई न्यूनतम दुई सयदेखि ५ सय रुपैयाँ जरिवाना गरिने र तत्कालै त्यहाँबाट धपाउने कोषले चेतावनी दिएको छ ।
कोषले पशुपतिको विश्व स्वरुप पन्द्रह शिवालय चार शिवालय किराँतेश्वर गुहेश्वरी पछाडिको जंगल र गौरीघाटमा जोडीमाथि निगरानी राख्न पशुपति क्षेत्रको निजी सुरक्षागार्ड र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी सम्मिलित चार÷चार जनाको दुई टोली गठन गरेर परिचालन गर्ने तयारी गरेको छ ।
सन्चार सेट युक्त यी दुई टोलीले चौबीसै घण्टा उक्त क्षेत्रमा खटिने कोषले जनाएको छ ।
कोषको यो निर्णयले प्रेम जोडीलाई तसा्रएको छ । अव पशुपति क्षेत्रमा प्रवेश गर्दा आफ्नी प्रमिकाको हात समाएर िहंड्न पनि जोखिम हुने भएको छ ।

No comments:

Post a Comment