जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, February 21, 2011

छोरी बेच्ने बाबु कारागार चलान

ध्रुव दङ्गाल, सिन्धुपाल्चोक, फागुन ९- सिन्धुपाल्चोक जिल्ला अदालतले किशोरी छोरी बेचेको अभियोगमा उनका बाबुसहित तीन जनालाई थुनामा राख्‍ने आदेश दिएको छ। अदालतको आदेशपछि अभियुक्तहरु दुवाचौर–६ का युवतीका बाबु ६२ वर्षीय लोकबहादुर घले तथा सोही ठाउँका ईश्वर घले र रामकृष्ण घलेलाई सोमबारै जिल्ला कारागार चलान गरिएको छ। न्यायाधीश वीरबहादुर डाँगीको इजलासले यस्तो आदेश दिएको हो।तीन वर्ष भारतीय बेश्यालयमा नारकीय जीवन भोगेर गत माघमा स्वदेश फर्केपछि  १८ वर्षीया 'चौतारा–आई' (प्रहरीले दिएको उपनाम) ले आफ्नै बाबुलाई विपक्षी
बनाएर कानुनी लडाईं थालेकी हुन्। ०६४ मङ्सिरमा उनी बेचिएकी थिइन्। जागिरमा लगाइदिने भन्दै काठमाडौं पुर्‍याएर बाबु लोकबहादुरले उनलाई दलालको हातमा सुम्पेका थिए।


प्रहरी र सरकारी वकिलसँगको बयानमा लोकबहादुरले किशोरी छोरीलाई 'दलालको हातमा सुम्पेको' स्वीकारेपछि उनीसहितलाई मानव बेचविखन तथा ओसारपसारविरुद्धको मुद्दा चलाइएको थियो। कोठीबाट भागेर पीडित माघ १० गते प्रहरी सम्पर्कमा आएपछि उनीहरु पक्राउ परेका हुन्। सुरुमा ती युवतीले गाउँकै ईश्वर र रामकृष्णविरुद्ध किटानी जाहेरी दिएकी थिइन्। जाहेरीको भोलिपल्टै उनीहरु पक्राउ परेका थिए। तीनै जनासँग अनुसन्धान गर्ने क्रममा बाबुको समेत संलग्नता खुलेपछि १९ गते उनी पक्राउ परेका थिए।

प्रहरीका बयानमा लोकबहादुरले छोरीलाई आफैंले घरबाट काठमाडौं लगेर दुई जना दलालको जिम्मा लगाएको स्वीकारेका छन्। उनले नाम लिएका ती दुई दलाल मानव वेचविखनको आरोपमा प्रहरीले सर्वाधिक खोजी गरिरहेको 'मोस्ट वान्टेड' सूचीमा रहेका व्यक्तिसमेत रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। 'दलालाई बुझाएपछि भारतबाटै बेश्यालय सञ्चालिका आएर छोरीलाई लगिन्'- उनले बयानमा आरोप स्वीकारेका छन्।

No comments:

Post a Comment