जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 25, 2011

प्रशान्त तामाङको जोडी बाँधियो

दार्जीलिङ निवासी नेपाली मूलका गायक तथा इन्डियन आइडल प्रशान्त तामाङको विवाह सम्पन्न भएको छ । यो वर्षको सफल चलचित्र ' गोर्खापल्टन'का नायक तामाङको नागाल्यान्ड, डिमापुर निवासी गीता थापा मगरसँग यही फागुन ४ गते धूमधामले लगनगाँठो कसिएको छ ।  तामाङको गीतासँग केही वर्षअघिदेखि नै प्रेमसम्बन्ध थियो । वैवाहिक कार्यक्रममा सहभागी हुन उनले अभिनय गरेका दुई चलचित्र 'गोर्खा  पल्टन' तथा 'अँगालो यो मायाको' का निर्माताहरू क्रमशः जितु वंशल तथा किशोर दुङ्माली नागाल्यान्ड पुगेका थिए । तामाङले केही  समयअघि नै नेपालमा रहेका शुभेच्छुकहरूका लागि प्रीतिभोज दिने कुरा बताएका थिए ।

No comments:

Post a Comment