जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, February 16, 2011

पत्नी कमाउने, पति पढ्ने

सरस्वती कार्की 

कोपनहेगन (डेनमार्क), फाल्गुन ४ - बिहानको ४ बज्दा दीक्षा शर्मालाई उठाउन मोबाइलको घन्टी बज्छ । आँखा मिच्दै खानेकुरा झोलामा कुम्ल्याएर उनी काममा निस्कन्छिन् । ५ बजे सुरु गरेको काम दीक्षाले ९ बजे सक्छिन् । कामबाटै अर्को काममा हुइँकिन उनी झोलामा बोकेको खानेकुराले पेट भर्छिन् । ११ बजे काम सुरु गरेर ३ बजे सक्छिन् । फेरि अर्को काममा पुग्छिन् । एकछिन आराम गरेर ५ बजे सुरु गर्ने काम राति ११ बजे फत्ते गर्छिन् ।
'डेढ वर्षदेखि मेरो दैनिकी यसैगरी बितेको छ,' राति चारदेखि पाँच
घन्टा सुत्ने गरेको बताउँदै उनी भन्छिन्, 'श्रीमान्लाई पढाउन यो हैरानी बेहोर्नुपरेको हो ।' लगातार कडा मेहनत गर्ने उनी महिनामा ३ लाख ७० हजार रुपैयाँभन्दा बढी कमाउँछिन् ।
अत्यन्तै महँगो कलेज शुल्क तिरेर श्रीमान्लाई पढाउन अधिकांश नेपाली महिला दिनरात नभनी काम गर्न बाध्य छन् । डेनमार्कमा भएका नेपालीमध्ये ९० प्रतिशत विद्यार्थी छन् । अधिकांश विद्यार्थी पुरुष छन् भने तिनका श्रीमती डिपेन्डेन्टमा आएका छन् ।
नेपालबाट ल्याएर कलेज शुल्क तिर्न नसक्नु, विद्यार्थी श्रीमान्लाई महिनामा ६० घन्टाभन्दा बढी काम गर्ने अनुमति नहुनु, डिपेन्डेन्टले जति पनि काम गर्न पाउनुलगायत कारण महिलाले कडा शारीरिक परिश्रम गर्नुपरेको हो ।
रञ्जना श्रेष्ठको अवस्था पनि उस्तै छ । हरेक बिहान १ बजे उठेर काममा जाने उनी विभिन्न ठाउँमा काम सकेर साँझ ६ बजे कोठा आइपुग्छिन् । 'भो कुरा नगरौं कस्तो होला राति १ बजे उठेर काममा जाँदा,' प्रतिप्रश्न गर्दै उनी पीडा पोख्छिन् । दैनिक राति चारदेखि पाँच घन्टा सुत्ने बानी परेकी उनी भन्छिन्, 'दिउँसो काममा १५/२० मिनेट उङ्न पाएँ भने दिउँसोको पनि निद्रा पुग्छ ।'
दुई वर्षदेखि झोलामा बोकेको खानेकुरा खाएर काम गर्नुपरेको बताउने उनी श्रीमान्को कलेज शुल्क संकलन गर्नुपरेका कारण कठिन संघर्ष गर्नुपरेको सुनाउँछिन् । विद्यार्थीले तहअनुसार प्रतिवर्ष ९ देखि १४ लाख रुपैयाँसम्म कलेज शुल्क बुझाउनुपर्छ । कलेज जाँदा लाग्ने यातायात खर्च र नास्ता गरी दैनिक २ देखि ३ हजार रुपैयाँ खर्च हुन्छ । महँगो घरभाडा, लाउने-खाने, यातायात, सञ्चार खर्च छुट्टै लाग्छ ।   
'मैले लगातार ३९ घन्टासम्म काम गरेकी छु,' जुनु केसीले थपिन्, 'कलेजलाई धेरै पैसा तिर्न नपर्ने भए कुनै पनि नेपाली महिलाले यति दुःख गर्न पर्दैनथ्यो ।' कामका लागि ६ बजे घरबाट निस्कने जुनु राति १२ बजे कोठा पुग्छिन् ।
समय अभावका कारण कतिपय महिला काममै नुहाउने उल्लेख गर्दै उनले मन्जन ब्रस झोलामै हुने बताइन् । हत्तपत्त काम नपाइने भएकाले पाएको काम जति कठिन भए पनि गर्न बाध्य हुनुपर्ने उनले बताइन् । 'बढी कामले गर्दा कहिलेकाहीँ ज्वरो आएको पनि थाहा पाउँदिनँ,' उनी पीडा पोख्छिन् ।  
श्रीमान्को बिदा भएको दिन श्रीमान् जान पाउने काममा श्रीमतीलाई सघाउन जान्छन् । अफिस तथा कम्पनीको प्रकृतिअनुसार नेपाली महिलाले प्रतिघन्टा २५ देखि १ सय ६० डेनिस क्रोनर कमाउँछन् । उनीहरूले महिनामा १ लाखदेखि ४ लाख रुपैयाँसम्म कमाउँछन्

No comments:

Post a Comment