जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, June 20, 2011

आज एसएलसी परीक्षाको परीक्षाफल

भक्तपुर, ६ असार/ परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैतमा लिएको प्रवेशिका अर्थात् एसएलसी परीक्षाको परीक्षाफल आज प्रकाशित गर्ने भएको छ ।परीक्षा नियन्त्रक सुर्यप्रसाद गौतमले परीक्षाफल प्रकाशित गर्न अन्तिम तयारीमा जुटेको बताउनुभयो । नतिजाको अन्तिम रुजु गर्ने कार्य हिजोबाटै सुरु भएको र आज बिहान पाँच बजेदेखि नै काम गरेको बताउँदै उहाँले आज मध्यान्ह १२ बजेसम्म
अन्तिम तयारी पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो । कुनै प्राविधिक बाधा नआए आजै तीन बजे बोर्ड बैठक बसेर साँझसम्म नतिजा र्सार्वजनिक गरिने बताइएको छ ।
आजै नतिजा र्सार्वजनिक गर्ने योजना अनुसार कार्यालयले सुरक्षाका लागि महानगरीय प्रहरी वृत्त थिमीसँग् सुरक्षाको माग गरेको छ । प्रहरीले दिउँसो तीन बजेदेखि सुरक्षा दिने जानकारी दिएको छ । यसवर्षो परीक्षामा मुलुकभरबाट चार लाख ९६ हजार २४३ जना परीक्षार्थी सहभागी भएका थिए । यसमा नियमिततर्फछात्र दुई लाख २९ हजार ७९१ र छात्रा दुई लाख ६ हजार ६२० जना छन् भने एक्जाम्टेडतर्फछात्र २५ हजार ८०५ र छात्रा ३४ हजार २७ जना छन् । परीक्षामा ८९ वटा खुला विद्यालयका आठ हजार १४० जना परीक्षार्थी सामेल छन् । खुला विद्यालयमा नियमिततर्फसात हजार ७९४ र एक्जाम्टेडतर्फ३४६ जना परीक्षार्थीमध्ये शिविरका लडाकू र विदेशी नागरिक पनि सहभागी छन् । कार्यालयका अनुसार जर्मनी, सोमालिया र दक्षिण कोरियाका तीनजना विदेशी विद्यार्थी परीक्षामा सहभागी छन् । उनीहरूका लागि अनिवार्य नेपालीको सट्टा इलेक्टिभ अङ्ग्रेजीको परीक्षा दिने व्यवस्था गरिएको थियो । परीक्षामा सबैभन्दा कम मनाङमा १२२ जना र बढी काठमाडौँमा ३२ हजार ८६० विद्यार्थी परीक्षामा सहभागी छन् । परीक्षाका लागि मुलुकभर कुल एक हजार ६७२ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । गत वर्षएसएलसी परीक्षामा तीन लाख ८५ हजार ११४ जना परीक्षार्थी सहभागी थिए ।

No comments:

Post a Comment