जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, June 20, 2011

चुटकिला

उटा परेवा कारमा ठोक्किएर बेहोस भएछ । एकजना मान्छेले आफ्नो घर लगेर पिँजडाभित्र राखिदिएछ ।
परेवालाई होश आएपछी यताउता हेरेछ अनि आफुलाई पिँजडाभित्र बन्द देखेर भनेछ्
“आब्बुइ ! जेल मा पो परेछु, त्यो कारवाला मर्‍यो कि क्या हो ?”
-------------------------------------------------

गर्लफ्रेंडको किसमा मस्त


एक युवाले आफ्नी प्रेमिका लाई फूल गिफ्ट दिए ।  खुशीले उनकी प्रेमिकाले आफ्ना प्रेमिको किस खाईन् ।
एत्तिकैमा प्रेमी तुरुन्तै बाहिर जान खोजे । प्रेमिकाले एक्कासी सोधिन् : किन,के भयो रिसाउनु भएको त हैन  ?
युवक : होईन
प्रेमिका: अनी किन बाहिर जान लाग्नु भएको त ?
युवक :अझै अली धेरै फुल तिमीलाई ल्याइ दिन ।
---------------------------------------------------------
लोग्ने स्वास्नीको झगडा
झगडाका बीच श्रीमान बोल्योः विवाहको पहिलो वर्ष तिमी मलाई चन्द्रमुखी लाग्यौ, दोस्रो वर्ष सुर्यमुखी अब त तिमी एकदम ज्वालामुखी लागिरहेकी छौ ।
श्रीमतिले तत्काल जवाफ दिइन्ः र, तिमी पहिलो वर्ष मलाई प्राणनाथ लाग्यौ, दोस्रो वर्ष मात्र नाथ र अब त एकदम अनाथ लागिरहेका छौ । बुझ्यौ ?
 --------------------------------------------------------
शिक्षकले २ बिद्यार्थीलाइ एकै प्रस्न सोधेछन -"ल भन त बाबु हो, काँक्रोको बोलमा टोमाटो फल्यो भने के हुन्छ ?"

निखिलले भनेछ- "सर, टोमाटोलाई काँक्रो भन्नु पर्ने हुन्छ ! "
रबिनले निखिलको कुरा काट्दै भनेछ-"त्यसो हैन, त्यसो हैन टोमाटोको बोट चाहिं टोमाटो फलाउने कि काँक्रो फलाउने भनेर कन्फ्युस हुन्छ सर !" 
---------------------------------------------








No comments:

Post a Comment