जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, March 15, 2013

एक लिटर तेलबाट १ सय ११ किलोमिटर कुदने कार

एक लिटर तेलबाट कति किलोमिटर गाडी गुड्ला ? बढ्दो इन्धनको मूल्य र भारतमा भर पर्नु पर्ने नेपालका लागि यो प्रश्न अर्थपूर्ण छ ।


जर्मन कम्पनी भक्सवागनले हालै निर्माण गरेको एक्स एल १ गाडी एक लिटर डिजेलबाट १ सय ११ किलोमिटर गुड्छ । यो कारमा दुई जना बस्न सकिन्छ । यो हाइब्रिड कारमा २७ हर्सपावर इन्जिनका साथमा दुई सिलिण्डरको डिजेल इन्जिन पनि छ । यसको क्षमता ४७ बीएचपी
छ ।

यो गाडीमा सात गियरको ड्युअल क्लज गियर बक्स छ । धेरै भन्दा धेरै माइलेज पाउनका लागि यो कारलाई एइरोडानामिक डिजाइन गरिएको छ । बीबीसीका अनुसार यो विश्वको सबैभन्दा एइरोडानामिक कार पनि हो, यसलाई कार्बन फाइबरबाट बनाइएको छ । जसका कारण कारको तौल मात्र ८ सय किलो छ ।

भक्सवागनले यस्ता २ सय ५० थान कार आफ्ना जर्मन उपभोक्तालाई दिने योजना बनाएको छ । यो कार विक्रि गर्नुका सट्टा उपभोक्तालाई प्रयोग गर्न मात्र दिइनेछ ।

�एजेन्सीको सहयोगमा

No comments:

Post a Comment