जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, August 31, 2010

भाग्यमानी जोडी

अमेरिकाका एक युवाले आफूसित बिहे गर्न स्वीकार गरेकी युवतीलाई उपहार स्वरुप एउटा चिठ्ठाको टिकट किनेर दिएका थिए । तर युवती यति भाग्यमानी निस्किइन्, उनलाई त्यो चिठ्ठाको टिकटले २ लाख ५० हजार डलर हात लगाइदियो ।


अमेरिकाको मिसोरीमा बसोबास गर्ने ३३ वर्षीय रबर्ट रसेलले ३० वर्षीया ट्रयासी रोजर्सलाई जुन दिन मगनी गरेका थिए, त्यस उपलक्ष्यमा उनले भावी श्रीमतीलाई एउटा चिठ्ठा किनेर उपहारस्वरुप दिएका थिए । उनीहरु दुवैले त्यो चिठ्ठा बिहेको दिन मात्र कोट्याउने भन्ने सल्लाह गरे । पछि बिहेको पहिलो रात आफ्नो बिहेलाई रोमाञ्चक बनाउन ती दुवैले मिलेर स्क्र्याच गर्दा २ लाख ५० हजार डलरको उपहार परिदियो ।

यता मिसोरी लोटरीले पनि उनीहरुको रकम परेको र तिनीहरुलाई यो रकम चाँडै प्रदान गरिने जानकारी दिएको छ ।

वैवाहिक बन्धनमा बाँधिनुअघि नै आफ्ना लागि लिएको घरको ऋण तिर्न उनीहरुले यो रकम उपयोग गर्ने नयाँ दुलाहा-दुलहीले जनाएका छन् । ूघरको ऋणले हाम्रो ज्यान नखाने भयोू, पति रबर्टले मुस्काउँदै पत्रकारहरुलाई जानकारी दिए ।

Monday, August 30, 2010

जताततै डिप्रेसन

रामकृष्ण शर्मा -नाम परविर्तन) आफ्नो व्यवसायमा सफल थिए। तर, केही वर्षयता उनी निराश र विरक्त हुनथाले। खानामा अरुचि हुने मात्रै होइन, निद्रा नलाग्ने, लागिहाले डरलाग्दा सपना देखिने र जहिले पनि सुतिरहन मन लागे पनि निद्रा नपुगेजस्तो हुन थाल्यो उनलाई। बिनाकारण मुटुको ढुकढुकी बढ्नेदेखि त्यसै डर लाग्ने र शरीर थाकेको/गलेको जस्तो महसुस हुनेसम्मको समस्या झेल्नुपर्‍यो शर्माले। टाउको भारी हुने, शरीर झमझमाउने, पोल्ने तथा बिनापरश्रिम पसिना आउने लक्षणले ग्रस्त हुन थाले उनी। सबैसँग रमाइलो गर्ने बानीका उनी एकाएक टोलाउने र सोचिरहने गर्न थाले। पहिलेका सामाजिक व्यक्ति विस्तारै एक्लै बस्न रुचाउँदै गए, जसले गर्दा उनी परविार तथा समाजबाट एक्लिँदै गए। उनमा अरूप्रति शंका एवं अविश्वास गर्ने स्वभाव पनि बढ्दै गयो र अरूले आफ्नो कुरा काटेको वा षड्यन्त्रका लागि पिछा गरेको आभास हुन थाल्यो। सामाजिक कार्यमा जान मन नलाग्ने भएपछि उनको मित्रमण्डली साँघुरँिदै गयो। घरभित्र पनि उनले अरूको वास्ता गर्न छाडे। उनमा झर्किने तथा सानो कुरालाई पनि तीलको ताड बनाउने बानी भयो। गीत सुन्ने, फिल्म हेर्ने, पुस्तक पढ्ने, भ्रमण गर्ने, जमघट गर्ने उनका रुचिहरू अरुचिमा परविर्तन भए। उनमा यौनसम्पर्क गर्ने इच्छा घट्यो भने यौन क्षमतामा शिथिलता आउने तथा बारम्बार दिक्क लागिरहने हुन थाल्यो। लगातारको बेचैनी, निराशा तथा एक्लोपनका कारण उनले रक्सी, चुरोट तथा लागूपदार्थ सेवन गर्न सुरु गरे।

शर्माले आफूलाई चारैतर्फबाट समस्याले घेरेको महसुस गर्न थाले। उनीभित्र यस्तो जीवन बाँच्नुभन्दा मर्नु बेश भन्ने भावना जागृत हुन थाल्यो। त्यसपछि उनी आत्महत्याको योजना बनाउन थाले। त्यसो त उनी उपचारका लागि अस्पताल, क्लिनिक, धामीझाँक्री आदि ठाउँमा नगएका पनि होइनन्। उनले रगत, एक्स-रे, अल्ट्रासाउन्ड, सीटीस्क्यान, एमआरआईलगायत सबै परीक्षण पनि गरे। तर, उनको रोग पत्ता लागेन। एक जना चिकित्सकले उनलाई मानसिक अस्पताल वा मानसिक रोग विशेषज्ञकहाँ जान सल्लाह दिए। त्यसपछि उनमा चिकित्सकप्रतिको विश्वास पनि समाप्त भयो। किनभने, उनको विचारमा आफूलाई मानसिक रोग लागेको होइन। "म बहुलाएको छु र मानसिक विशेषज्ञलाई देखाउने ?" उनी निकै आक्रोशित भए। अपमानित महसुस गरे।

रामकृष्ण त हाम्रो समाजका प्रतिनिधि पात्र मात्र हुन्। आजको आधुनिक एवं प्रतिस्पर्धी युगमा 'डिप्रेसन' -अवसाद) सर्वत्र फैलिएको समस्या हो। बिहानदेखि रातीसम्म प्रत्येक मान्छेले प्रत्यक्ष तथा अप्रत्यक्ष तनाव झेलिरहेको हुन्छ। आर्थिक समस्या, बेरोजगारीको समस्या, आवश्यकता र उपलब्धिबीचको दूरी, प्रतिस्पर्धा, महत्त्वाकांक्षा, प्रदूषण आदि दर्जनौँ तनावलाई सामान्यीकरण तथा व्यवस्थापन गर्न नसक्दा मान्छे डिप्रेसनको जालोमा फस्छ।

विश्वमा ३४ करोड मानिस डिप्रेसनको सिकार भएका छन्। गरबि तथा विकासोन्मुख राष्ट्रमा भन्दा विकसित राष्ट्रमा, गाउँभन्दा सहरमा, अशिक्षितभन्दा शिक्षित समूहमा तथा द्वन्द्वग्रस्त मुलुकहरूमा डिप्रेसनको मात्रा बढ्दो छ। अमेरकिाजस्तो विकसित राष्ट्रमा त वाषिर्क दुई करोडभन्दा बढी मानिस डिप्रेसनको सिकार भइरहेका छन्। युरोप, अस्ट्रेलिया, अपि
mका तथा एसियामा पनि डिप्रेसनको प्रभाव अत्यधिक रहेको छ। नेसनल इन्स्िटच्युट अफ मेन्टल हेल्थ अमेरकिाको तथ्यांक अनुसार, अमेरकिी प्रत्येक चार जना प्रौढहरूमध्ये एक जना डिप्रेसनले ग्रस्त छन्। त्यस्तै, दीर्घ डिप्रेसन भएकामध्ये १५ प्रतिशतले आत्महत्या गर्छन् भने महिलामा आत्महत्या यसको दुई गुणा बढी पाइएको छ। एक अध्ययन अनुसार, पाकिस्तानको सहरी क्षेत्रमा ४५.९ प्रतिशत, बंगलादेशको ग्रामीण क्षेत्रमा २९ प्रतिशत, भारतमा १५.१ देखि २५ प्रतिशत तथा नेपालमा ३० प्रतिशतमा कुनै न कुनै रूपको डिप्रेसन छ।

 
हाम्रै पाटनस्िथत मानसिक अस्पतालमा आउने बिरामीहरूमध्ये ३० देखि ४० प्रतिशत डिप्रेसनका बिरामी हुन्छन्। त्यस्तै, आम्दा नेपालले गरेको सर्वेक्षण अनुसार, २५ प्रतिशत भुटानी शरणार्थीहरू डिप्रेसनले ग्रस्त छन्। अर्को अध्ययन अनुसार, खाडी मुलुकमा काम गर्न जाने महिलाहरूमध्ये ५७ प्रतिशत डिप्रेसनका रोगी छन्।

 
लुकाउन खोजिने र प्रयोगशाला वा अन्य माध्यमबाट पत्ता नलाग्ने रोग भएकाले कति जनसंख्या डिप्रेसनबाट पीडित छ भन्ने खुट्याउनु गाह्रो छ। डिप्रेसनको बिरामीमा मानसिकभन्दा शारीरकि लक्ष्ाण देखिने भएकाले जनसंख्याको ठूलो हिस्सालाई तथ्यांकले समेट्न सकेको छैन। मानसिक रोग भन्नाले बौलाहपन बुझ्ने अल्पज्ञानका कारण मानिस यस रोगको पीडा लुकाउन बाध्य छन्। यसै कारणले पनि उनीहरूका रोगको निदान र उपचारबाट वञ्चित छन्। डिप्रेसनका अधिकांश बिरामीहरू आफूलाई मानसिक रोगी ठान्दैनन् र मानसिक रोग विशेषज्ञ वा मानसिक अस्पतालमा जान रुचाउँदैनन्। धामी, झाँक्री तथा जान्नेहरूको शरणमा पर्नु यसको मनोवैज्ञानिक पाटो हो।

 
डिप्रेसनले आशा, शक्ति र क्षमतालाई ध्वस्त पार्छ। जसले गर्दा प्रभावित व्यक्तिलाई असहाय, निराश, रसि, डर, ग्लानि तथा दिक्दारीले प्रताडित गर्छ। उसले जीवनमा आशाका कुनै किरणहरू पनि देख्दैन। उसलाई आफ्नो जीवन निरर्थक लाग्छ। डिप्रेसनको बादलले छोपेपछि नकारात्मक तथा निराशावादी सोचले पीडाबाट मुक्ति पाउन मानिसले आत्महत्यासम्मको बाटो रोज्छ। जब ऊ आफैँद्वारा सिर्जित समस्याको जालोभित्र फस्छ, त्यसपछि आत्महत्याबाहेक कुनै विकल्प देख्दैन। मनोविज्ञानका अनुसार, आत्महत्या गर्न खोज्ने अधिकांश मान्छेहरू मर्न चाहँदैनन्, केवल पीडाबाट मुक्ति चाहन्छन्।

 
डिप्रेसन अरू रोगजस्तै निको हुने रोग हो। तसर्थ, सम्बन्धित चिकित्सकको परामर्श अनुसार नियमित रूपमा औषधी सेवन गर्नुपर्छ। तर, डिप्रेसन औषधीले मात्र उन्मूलन हुने रोग होइन। यसका लागि सकारात्मक सोच र लामो समयसम्म औषधी उपचार गर्ने प्रतिबद्धता चाहिन्छ। डिप्रेसन मानवीय संवेदनासँग जोडिएको रोग भएकाले परविार, मित्रवर्ग तथा समाजबाट मनोवैज्ञानिक 'सपोर्ट' आवश्यक पर्छ। डिप्रेसनले व्यक्तिको शारीरकि, मानसिक तथा काम गर्ने क्ष्ामतामा समेत असर गर्ने भएकाले यसको परोक्ष असर परविार, समाज तथा राष्ट्रले नै बेहोर्नुपर्छ। त्यसैले, डिप्रेसनको असरलाई व्यक्तिगत, पारविारकि, सामाजिक तथा राष्ट्रिय अर्थतन्त्रसँग पनि जोड्ने गरन्िछ।

कारण अनेक
  • एक्लोपना
  • पारिवारिक तथा सामाजिक सहयोग/सुरक्षाको अभाव
  • तात्कालिक तनावयुक्त अनुभव
  • वंशाणुगत
  • वैवाहिक, प्रेमलगायत सम्बन्धमा समस्या
  • आर्थिक तनाव
  • बाल्यकालमा चोटपटक वा दुव्र्यसन
  • रक्सी, चुरोट तथा लागूपदार्थ दुव्र्यसन
  • बेरोजगारी वा अल्परोजगारी
  • स्वास्थ्य समस्या वा दीर्घरोग
  • असीमित महत्त्वाकांक्षा
  • औषधीको पाश्र्वप्रभाव
  • द्वन्द्व एवं अस्थिर परिवेश
 लक्षण

  
  • िनिरन्तर उदास, बेचैनी र संवेदनहीन मनस्थिति ।
  • िदैनिक क्रियाकलापमा अरुचि ।
  • िनकारात्मक तरिकाले कुरा गर्ने ।
  • सिाथी र परिवारसँग अलग हुने ।
  • िआलोचनात्मक मुडी हुने ।
  • सिुत्ने र खाने बानीमा परिवर्तन ।
  • िथाकेको, गलेको, शक्तिहीन हुने ।
  • पिटकपटक दुखेको, पोलेकोजस्ता धेरै समस्याहरू सुनाइरहने ।
  • िपढाइ तथा काममा ह्रासोन्मुख अवस्था ।
  • रिक्सी, चुरोट, लागूऔषध वा लागूपदार्थ खान सुरु गर्ने ।
  • अिात्मबल तथा अरूप्रतिको विश्वासमा कमी आदि ।

उपचार
  • ििडप्रेसनबाट छुट्कारा पाउन खानपिन तथा जीवनशैलीमा परिवर्तन एवं व्यवस्थापन गर्नु जरुरी छ ।
  •  
  • सिकारात्मक सोच र आशावादी दृष्टिकोण राख्ने ।
  •  
  • ििनयमित शारीरिक अभ्यास गर्ने ।
  •  
  • यिोगा, मेडिटेसन, गीतश्रवण, प्रवचन श्रवण आदि गर्ने ।
  •  
  • निकारात्मक चुनौतीको सामना गर्ने ।
  •  
  • अिाराम र मनोरञ्जनमा पर्याप्त ध्यान दिने ।
  •  
  • पिरिवार, साथी तथा समाजसँग घुलमिल भइरहने ।
  •  
  • सिकारात्मक र सहयोगी साथीहरूसँग समस्या राख्ने ।
  •  
  • अिाफूलाई व्यस्त राख्ने ।
दिैनिक आठ घन्टा सुत्ने ।
  •  
  • दिैनिक प्रातःभ्रमण तथा सौर्यकिरणमा बस्ने ।
  •  
  • तिनावको कारण खोजी त्यसबाट मुक्त हुने ।
  •  
  • बिढी प्रतिस्पर्धी तथा महत्त्वाकांक्षी नहुने ।
  • सिमयको तालिका अनुसार चल्ने, जसले गर्दा अनावश्यक धपेडी नहोस् ।
  •  
  • स्िवस्थ भोजन तालिका अनुसार सेवन गर्ने ।

  • अिाफ्नो शरीर र मनलाई माया गर्ने, स्याहार गर्ने ।
  •  
  • डिप्रेसनका बिरामीका प्रमुख तीन असन्तुष्टिहरू

 
जसले पनि चिन्ता नगर्नु, मनको बाघले खाएको भन्छन्, चिन्ता वा तनाव कसैले रहर गरेर भित्र्याएको हुँदैन र आजदेखि चिन्ता, तनाव छोड्छु भनेर छोडिने पनि होइन । तसर्थ, डिप्रेसनका बिरामीलाई उपदेश दिनुको साटो उसको चिन्ता वा तनाव समाधानको पहल गर्नुपर्छ ।

 
डिप्रेसनका बिरामीभित्र भावनाहरू प्रशस्त हुन्छन् । उनीहरू सुरुदेखि हालसम्मको सबै कुरा डाक्टरलाई सुनाउन चाहन्छन् । व्यस्तताका कारण वा रोग पत्ता लगाइसकेकाले डाक्टरलाई सबै कुरा सुन्न जरुरी नहुन सक्छ तर बिरामीको मनोविज्ञानका लागि डाक्टर-बिरामीबीच प्रशस्त अन्तरक्रिया हुनु जरुरी छ ।

डिप्रेसन निको गर्ने औषधीले केही समय निद्रा बढी लाग्ने, मुख सुक्ने, झुम्म पार्न सक्छ । ती पाश्र्वप्रभावहरू केही सातामै हराउँछन् । तसर्थ, पूरा निको नहुन्जेल चिकित्सकको परामर्शलाई अक्षरशः पालना गर्नुपर्छ

Saturday, August 28, 2010

जिन्दगी ... ?

- डा. खगेन्द्र लुइटेल

जिन्दगी एउटा अपरिभाषेय वस्तु ... । संसारका ठूलाठूला दार्शनिकहरूले पनि उहिलेदेखि अहिलेसम्म अनेक तरिकाले अथ्र्याउन प्रयत्न गर्दा पनि राम्ररी नअर्थिएको वस्तु । जिन्दगीलाई कसैले धर्मसँग त कसैले कर्मसँग जोडेर अथ्र्याए, कसैले राजनीतिसँग त कसैले अर्थनीतिसँग अनि कसैले भोकसँग त कसैले भोगसँग जोडेर अथ्र्याए पनि पूर्ण अर्थ दिन नसकिएको वस्तु । अनेकले अनेक ढङ्गले अथ्र्याउन खोजेको तैपनि राम्ररी नअर्थिएको अनि जति अथ्र्याउन खोजे पनि चुरो भेट्टाउन नसकी टुप्पो समाउँदा फेद फुत्किने र फेद समाउँदा टुप्पो फुत्किने अद्भुत वस्तु । जिन्दगीको न सुरू थाहा हुन्छ, न त अन्त्य नै । बीचका यसो झल्याकझुलुक मात्र हुन् थाहा हुने भनेका । त्यही झल्याकझुलुकका बीचबाट अर्थ खोज्न प्रयत्न गरिएको तर खास अर्थ फेला नपारिएको रहस्यमय वस्तु ... ।

जिन्दगी कहिले उकालिन्छ त कहिले ओरालिन्छ, स्थिर हुन नसक्नु यसको नियति हो । जिन्दगी स्थिर हुुनु भनेको यसको समाप्ति हो तैपनि त्यो भएरै छोड्छ । अनेक प्रकारका मायामोहमा फस्दाफस्दै अनि लोभलालचमा जकडिएर मेरोमेरो भन्दाभन्दै पत्तै नपाई सुइँकिन्छ जिन्दगी । कहिले, कहाँ र कसरी भन्ने जानकारीविनै टक्क रोकिन्छ जिन्दगी । बस् ... टक्क ।

'केलाई टाउको दुखाउनु हो दुई दिने जिन्दगीमा' भन्दै यसलाई मोजमस्तीको पर्याय मान्ने एकथरी भोगवादी छन् भने छोटो जिन्दगीलाई चिन्तनशील र कर्मशील बनाउनु पर्छ भन्ने अर्काथरी कर्मवादी छन् । भोगवाद र कर्मवादका बीचबाट गति प्रदान गर्नु नै सार्थक जिन्दगी हो भन्नेहरू पनि छन् । जिन्दगीमा बाँच्नका लागि अनेक सङ्घर्ष गर्नुपर्ने भएकाले कसैले भन्छन् सङ्घर्ष हो जिन्दगी । यी सबै थरीका आ-आˆनै खाले तर्क भए पनि तिनको तार्किक निष्कर्ष भने अझै फेला पार्न नसकिएको वस्तु हो जिन्दगी ।

असीमित इच्छा-आकङ्क्षाको भण्डार हो जिन्दगी । जिन्दगीका इच्छा-आकाङ्क्षा पूरा गर्न एक जुनी त चौरासी लाखै जुनीमा पनि असम्भव के छ । त्यसमा पनि कतिपय चाहिँ सपनामा मात्र पूरा हुने विपनामा त ज्यादै कम । कम पनि यति कम कि ती पूरा हुनेको प्रतिशत कुनै पनि गणितबाट निस्कँदैन किनभने गणितमा पनि अहिलेसम्म त्यति सानो सङ्ख्याको प्रतिशत निकाल्ने सूत्र बनेकै छैन । हो, यस्तै नबनेका सूत्रबाट अर्थ खोजिने वस्तु हो जिन्दगी ... ।

जिन्दगीको यात्रा कहिले र कहाँबाट थालियो भन्ने कुरा पनि राम्ररी ज्ञात छैन । सबै अन्दाजैअन्दाजमा दौडिँदा छन् । कोही भन्छन् ब्रहृमाजीले बनाए जिन्दगी । यसैलाई ठीक मान्ने हो भने पनि ती ब्रहृमाजीलाई चाहिँ कसले बनायो भन्ने प्रश्न तेर्सिन्छ । कोही भन्छन् विकासवादको परिणाम हो जिन्दगी । तिनका मतमा केहीबाट केही विकास हुँदै अर्थात् पुच्छर छोड्दै र पुच्छर जोड्दै अघि बढेको वस्तु हो जिन्दगी । ल भैगो जतासुकैबाट जसरीसुकै आओस् सत्य के हो भने अनेक रूपरङ्गमा जिन्दगी आयो, बस् आइरहेछ ... आइरहेछ निरन्तर । जिन्दगीलाई आध्यात्मिक चिन्तनसँग वा भौतिक चिन्तनसँग जतातिर जोडे पनि अझैसम्म चुरो फेला पार्न नसकिएको वस्तु हो जिन्दगी । जिन्दगी छउञ्जेल यस्तै अवस्था रहलाजस्तो छ मेरो पनि ।

मुख र पेटको सङ्गम हो जिन्दगी । यी दुईविनाको जिन्दगी हुँदैहुँदैन । जिन्दगी नै पिच्छे फरकफरक खालका मुख र पेट हुन्छन् । यी दुईको घनिष्ठ सम्बन्ध छ । अनेक मुखैमुख भएको जिन्दगीका मुखभन्दा ठूला पेट हुन्छन् । कसैका पेट डाम्रा छन् । तिनमा एक मुठी पर्न पनि कठिन छ । कसैका पेट चाम्रा छन् र ती यति ठूला छन् कि मुठी, माना, पाथी, मुरीको के कुरा टनटनले पनि टनाटन हुँदैनन् । सिङ्गो राष्ट्र नै निल्दा पनि त्यस्ता जिन्दगीका पेट भरिँदैनन् । यसैले तिनका दृष्टिमा दुनियाँलाई ठगेर भेटेजति हसुर्नु मात्रै हो त जिन्दगी ... ? जिन्दगीमा मुख र पेटपछि मात्र आउँछ मन र मस्तिष्क ।

रोजगारीको खोजीमा भौँतारिने बेरोजगारको ताँती हो जिन्दगी । बिचरा जिन्दगीलाई चलाउन जिन्दगीभर भौँतारिइरहन्छ जिन्दगी अनवरत रूपमा पत्रिकाका पानामा जागिरका विज्ञापन खोज्दै । त्यो पनि पहिले नै भागबन्डीय सम्झौता, सहमति र सहकार्य गरिसकेपछि औपचारिकताका लागि गरिने जागिरको विज्ञापन जस्तो बनेको छ जिन्दगी । त्यसखाले विज्ञापनमा पनि सीमित पदमा असीमित आवेदन गर्ने जिन्दगीहरूको ताँती नै लाग्छ । के थाहा बिचरा ती जिन्दगीलाई पहिले नै पदपजनी गरिसकेको कुरा ... ।

जागिर प्रवेशमा पनि यति वर्षको अनुभवी भन्ने विज्ञापनले झन् धुरूक्क पारिरहेछ जिन्दगीलाई । बिचरा विना सोर्सफोर्स कतै प्रवेशै नपाएकाले केको अनुभव बटुल्नु नि ...? उसलाई जिन्दगीमा केवल भोकको अनुभव छ मात्र भोकको । उसले भोगको अनुभव गर्नै पाएको छैन । भोगको अनुभवै नभएकालाई भोग गर्ने ठाउँ पनि कतै छैन । कतिपय जिन्दगी यस्तैयस्तैमा भौँतारिएर भोगको अनुभव गर्नै नपाई खत्तम भइरहेछ बिहावारीतिरका विज्ञापनमा भने अनुभवको कुरा गर्न नथालिएकाले धन्न अहिलेसम्म कसैको भेद खुलेको छैन । यस्ता विज्ञापनमा पनि अनुभवका कुरा आउन थालेपछि सबका जिन्दगीको भेद खुल्दै जानेछ । यस्तैयस्ता विज्ञापनैविज्ञापनको सँगालो हो जिन्दगी । बस् विज्ञापनको सँगालो ... ।

एक प्रकारले अहिलेको फेसन सोजस्तै हो जिन्दगी । त्यो पनि लाएर देखाउने हैन नलाएरै देखाउने फेसन सोजस्तै । एकथरी लाउने नभएर नलाई देखाउँछन् भने अर्काथरी लाउने धेर भएर नलाई देखाउँछन् । अझ भनौँ एकथरी विवश भएर देखाउँछन् अर्काथरी बश भएर देखाउँछन् । आएको पनि नाङ्गै र जाने पनि नाङ्गै भन्ने अर्काथरी धसिङ्गरे पनि छन् । देखाउन मिल्ने र नमिल्नेको भेद नगरी देखाउनु पनि एकप्रकारको जिन्दगी नै बनेको छ यतिखेर ... ।

जिन्दगी अनेक थोक प्रदर्शन गर्ने विज्ञापन पनि हो । पत्रिकाको एउटै पानामा छापिएका श्रद्धाञ्जलि र बधाई दुवैका विज्ञापनजस्तै । झट्ट हेर्दा कुन के हो भन्ने थाहा नहुने, गहिरिएरै हेर्नुपर्ने विज्ञापनजस्तो । तिनमा पनि कहिलेकाहीँ यताको फोटो उता पर्‍यो भने बित्याँस । कतिपटक चिनेका अनुहार देख्दा म पनि विस्मित र हषिर्त दुवै भएको छु तर वास्तविकता ठीक उल्टो भएको छ श्रद्धाञ्जलि भनेको बधाई र बधाई भनेको श्रद्धाञ्जलि हुने गरेको छ । यसरी यताको उता र उताको यता हुनु पनि जिन्दगी । यी दुवै जिन्दगीकै विज्ञापन हुन् । एउटा भएका जिन्दगीको अनि अर्काे गएका जिन्दगीको विज्ञापन भनेर चित्त बुझाउनुको विकल्प छैन । कतै उत्तर पाउने ठाउँ भए पो प्रश्न गर्नु । हो, यस्तै यथार्थ बुझ्न नपाउने र बुझ्ने ठाउँ कतै नहुने वस्तुको नाम हो जिन्दगी ... ।

जिन्दगी चोरी पनि हो अनि जिन्दगी फोरी पनि हो । यसले अवसरअनुसार अनेकथोक चोरीफोरी गर्छ । यसमा धन चोरीको मात्र कुरा होइन तन र मन चोरीको समेत कुरा आउँछ । धन चोरीदेखि मन चोरीसम्म अनि निँद चोरीदेखि पिँध चोरीसम्म जिन्दगीमा भइरहन्छ । चोर्नु अपराध भने पनि चोर्नेक्रम जिन्दगीमा कहिल्यै रोकिँदैन । गुलाफी गाला, चाउरिएको छाला, धारिलो भाला अनि काउछाको माला पनि जिन्दगी । यस्तैयस्ता विपर्यासको सँगालो हो जिन्दगी ।

गान्धी हो जिन्दगी, माक्र्स पनि जिन्दगी । बुद्ध हो जिन्दगी, कृष्ण पनि जिन्दगी । हिटलर हो जिन्दगी, गोर्भाचोभ पनि जिन्दगी, सद्दाम पनि जिन्दगी, लादेन पनि जिन्दगी । रामदेव पनि जिन्दगी, कामदेव पनि जिन्दगी । ओसो पनि जिन्दगी, चोसो पनि जिन्दगी । छेपारो हो जिन्दगी अनि सर्प, छुचुन्द्रो र ब्वाँसो पनि जिन्दगी । मानव हो जिन्दगी, दानव पनि जिन्दगी । नर पनि जिन्दगी, नारी पनि जिन्दगी । अपहरण र फिरौती पनि जिन्दगी, अपहरित र तिरौती पनि जिन्दगी । निर्माण पनि जिन्दगी, विनिर्माण पनि जिन्दगी । गाड्नु पनि जिन्दगी, उखेल्नु पनि जिन्दगी । भूकम्प हो जिन्दगी, ज्वालामुखी पनि जिन्दगी । नदी हो जिन्दगी, मरूभूमि पनि जिन्दगी । हिमाल हो जिन्दगी अनि समुद्र पनि जिन्दगी । सालाखालामा दुष्ट र इष्ट दुवैको सङ्गम हो जिन्दगी ।

आस्तिक पनि जिन्दगी, नास्तिक पनि जिन्दगी । देखावटी नास्तिक र लुकावटी आस्तिक पनि जिन्दगी । सदाचारी हो जिन्दगी अनि भ्रष्टाचारी पनि हो जिन्दगी । दरबार र महल पनि जिन्दगी, सडक र पेटी पनि जिन्दगी ... ।

मालिक पनि जिन्दगी, हलिगोठालो पनि जिन्दगी । कारिन्दा हो जिन्दगी, हाकिम, नेता र मन्त्री पनि जिन्दगी । कसैका लागि घूस हो जिन्दगी, कसैका लागि भुस हो जिन्दगी । नहुनेका लागि निसार हो जिन्दगी, हुनेका लागि अपार हो जिन्दगी । रोगी नै रोगीले भरिएको अस्पताल हो जिन्दगी अनि रोगभित्र जताततै पैसैपैसा देख्ने डाक्टर हो जिन्दगी । जनता हो जिन्दगी अनि तिनलाई चुस्ने जुको हो जिन्दगी । यसैले एकजना कविले लेखेजस्तै 'यो जिन्दगी खै के जिन्दगी ।' वास्तवमा ती कवि त के तिनलाई जन्माउनेले पनि नबुझेरै जिन्दगी जिए । केहीलाई धरतीमा ल्याए, आफू गए । यसैले जिन्दगी एउटा यात्रा हो, यो आउने-जानेक्रम निरन्तर रहन्छ । यात्री फेरिने मात्र हो । न यात्रा फेरिन्छ, न त रोकिन्छ नै ।

जिन्दगीका प्रकार पनि अनेक छन् । प्राथमिक जिन्दगी-वस्त्रहीन जिन्दगी । माध्यमिक जिन्दगी - पातपतिङ्गरधारक जिन्दगी । आधुनिक जिन्दगी-वस्त्रधारक जिन्दगी । अनि उत्तरआधुनिक जिन्दगी- छोपछापे जिन्दगी । सुरुमा वस्त्रै नभएर वस्त्रहीन हुनपुगेको जिन्दगी समूह बढ्दै जाँदा अलिअलि लाजसरम बढ्दै गई खासखास संवेदनशील अङ्ग छोप्न प्रकृतिकै वस्तु उपयोग गरियो । अलिक पछि वस्त्र निर्माण गरी पूरै ढाकियो तर अहिले लाजसरम हटिसकेकाले सबथोक देखाउन थालिएको छ । यी सब युगअनुसार बाँचेका जिन्दगीकै अनेक प्रकार हुन् ।

कोही भन्छन् जिन्दगी आˆनो लागि मात्र होइन अर्काका लागि पनि हो जिन्दगी । त्यो पनि उमेरअनुसार फरक पर्दै जाने । बाल्यकालमा बाबुआमाका लागि, युवाकालमा प्रेमीप्रेमिका हुँदै श्रीमान्श्रीमतीका लागि अनि वृद्धकालमा आˆनै लागि ... । ढाट्ने भए बेग्लै कुरा । यथार्थवादी भएर नढाँटी भन्ने हो भने जिन्दगी अरू कसैका लागि होइन आˆनै लागि हो फगत् आˆनै लागि मात्र तर आदर्श मिसाएर भन्ने हो भने जिन्दगी आˆना लागि मात्र होइन अरूका लागि पनि हो ।सपनामा लड्डु खानु पनि जिन्दगी, बिपनामा भड्डु निल्नु पनि जिन्दग्ाी । एकछाके हुनु पनि जिन्दगी । दिनले नपुगेर रातभर हसुर्नु पनि जिन्दगी । एक कौडी नहुनु पनि जिन्दगी । अगणित डलरमाथि सुत्नु पनि जिन्दगी । सम्पत्तिको तराजुमा जोखिने पनि जिन्दगी अनि बालुवाका कणमा पोखिने पनि जिन्दगी । थोरै मुस्कान अनि धेरै छुस्कान पनि जिन्दगी । हाँसो हो जिन्दगी, रोदन हो जिन्दगी । यसरी जसलाई जे मन लाग्यो त्यही भन्ने हो भने आखिर के हो त जिन्दगी ? यी सबथोक हो जिन्दगी अन्ततः कुनै पनि होइन जिन्दगी । यही हो र होइन बीचको अल्झो हो जिन्दगी । अन्ततः जिन्दगी भनेको जिन्दगी नै हो ।

ज-जसले जेसुकै भनुन् म त भन्छु- गाँस, बास, कपास हो जिन्दगी अनि शिक्षा र स्वास्थ्य पनि हो जिन्दगी । मानवअधिकार हो जिन्दगी अनि स्वतन्त्रता हो जिन्दगी तर अर्काको अधिकार र स्वतन्त्रताको सम्मान गर्दै आˆनो अधिकार र स्वतन्त्रताको उपभोग गर्नु मात्र हो जिन्दगी । जिन्दगीभर जिउनु नै जिन्दगी हो भनेर चित्त बुझाउनु पर्ने अनेक विकल्पका बीचमा विकल्परहित वस्तु हो जिन्दगी । सानो गोरेटोमा ठेलमठेल गर्दागर्दै पत्तै नपाई बिसाउनु पर्ने वस्तु हो जिन्दगी । सदैव राजमार्ग बनाउन तम्सिँदातम्सिँदै गोरेटोसम्म खन्न नपाई समाप्त हुने जिन्दगी । ईष्र्या हो जिन्दगी, तृष्णा हो जिन्दगी । अर्काको दुःखमा खुसी हुने र सुखमा दुःखी हुने प्रवृत्ति हो जिन्दगी । आशा हो जिन्दगी अनि निराशा हो जिन्दगी । जीजिविषा र निजीभिसाको द्वन्द्व हो जिन्दगी ।

जन्मसँगै मृत्युको घन्ट बजाइएको मृत्यु अवश्यम्भावी हो जिन्दगी । बेलाबेला मुड बिगि्रएका बेला निरर्थक ठानिए पनि खासमा सार्थक हो जिन्दगी । अझ भनौँ निरर्थकताका बीचमा सार्थक बनाउनु पर्ने वस्तु हो जिन्दगी । निस्सार र विसङ्गतिपूर्ण भने पनि सारपूर्ण र सङ्गत तुल्याएर जिउनै पर्ने वस्तु हो जिन्दगी । केही होइन भने पनि अन्ततः परिवेशअनुरूप युगसापेक्ष ढङ्गले अथ्र्याइने धेरै थोक हो जिन्दगी । काम, माम, दाम र नाम हो जिन्दगी । यी सबै जुटाउन अत्यन्त कठिन भएकाले कठिनै कठिनको चौघेरामा उभिएको वस्तु हो जिन्दगी । अझ छोटोमा भनौँ भने सोचेजस्तो नहुने र भोगे जस्तो मात्र हुने वस्तुको नाम हो जिन्दगी ...

Wednesday, August 25, 2010

विमान दुर्घटनामा १४ को मृत्यु

काठमाडौँ, भदौ ८ गते । अग्नि एयरको डोर्नियर विमान मङ्गलबार बिहान मकवानपुरको शिखरपुर-२ बस्तीपुरमा दुर्घटना हुँदा चालक दलका तीन सदस्यसहित १४ जनाको निधन भएको छ ।




त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ७.०४ बजे सोलुखुम्बुको लुक्लातर्फ उडेको ९ एन एएचई डी-२२८ विमान खराब मौसमका कारण लुक्लामा अवतरण हुन नसकेपछि काठमाडौँतर्फ र्फकेको थियो । सोही क्रममा ७.२६ मा सम्पर्क विच्छेद भएको र ८.०५ बजे दुर्घटनाग्रस्त भएको बताइएको छ । दुर्घटनास्थल हेटौँडाबाट ३५ किमि उत्तरपूर्वमा रहेको छ ।



सो विमानमा मुख्य चालक लक्ष्मणप्रकाश शाह -लक्की), सहचालक सोफिया सिंह र परिचारिका साहरा शेर्पाको निधन भएको छ । गोरखाका प्रकाश अमगाइर्ं, धादिङगका ईश्वर रिजाल, पूरा नाम र ठेगाना नखुलेका पी. शेर्पा, ए. राई र पी भोटे गरी पाँच नेपाली यात्रु तथा वाई हायासी -जापान), टी जेरेमी -बेलायत), आई शेखेट्स -अमेरिका), आई कार्डाेसो -अमेरिका), एच फिन्च -अमेरिका) र के फल्लोन -अमेरिका) गरी छ विदेशी रहेको अग्नि एयरले जनाएको छ ।

उन्नाईस सिट क्षमताको उक्त विमानमा दुई स्वदेशी र एक विदेशी यात्रु भने टिकट लिएर पनि विमानमा सवार थिएनन् ।



दुर्घटनाग्रस्त विमानका अवशेष र यात्रुको शवका टुक्रा त्यस क्षेत्रमा छरिएको उद्धारकर्ताहरूले जनाएका छन् । १४ वटै शव फिस्टेल एयरको हेलिकोप्टरबाट मङ्गलबार अपराहृन काठमाडौँ ल्याइयो भने साँझ शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्‍याएको छ ।

बस्तीपुरको बकिया ठाकुर प्राथमिक विद्यालयको चौर नजिक सो दुर्घटना भएको थियो । विमानको अगाडिको भाग सिधै जमिनमा बजारिएकाले १० मिटर गहिरो खाल्डो परेको सेना र प्रहरीको उद्धार टोलीले जानकारी दिएको छ ।

दुर्घटना भएलगत्तै स्थानीयबासिन्दाले प्रशासन र सञ्चारकर्मीलाई जानकारी गराए पनि प्रतिकूल मौसमका कारण उद्धारकर्ताहरू पुग्न भने ढिलो भएको थियो । सुरक्षाकर्मीहरूको टोली घटनास्थल पुग्नुअगावै स्थानीय बासिन्दाले घटनास्थलको सुरक्षा गर्नुका साथै पाँचवटा शव सङ्कलन गरिसकेको बताइएको छ ।

उद्धारका लागि इलाका प्रहरी कार्यालय फापरबारी, हात्तीसुँढे प्रहरी कार्यालय र फापरबारीमा रहेको नेपाली सेनाको टोली विहान ११ बजेतिर घटनास्थल पुगेको थियो । यसैबेला फिस्टेल एयरको हेलिकोप्टर पनि घटनास्थलमा अवतरण गरेको बताइएको छ । नेपाली सेनाको हेलिकोप्टर पनि विशेषज्ञहरूको टोलीसहित घटनास्थलमा अवतरण गरेको थियो ।

विमान दुर्घटना खराब मौसम वा प्राविधिक कमजोरीका कारण भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । चालकले ल्यान्डिङ्ग गर्न पाँच/सात मिनेट लाग्छ भनेको केही मिनेटमै विमान दुर्घटना हुनु आफैँमा रहस्यमय भएको सम्बद्ध अधिकारीहरू बताउँछन् ।

बिहान गाउँमा आगोको मुस्लोसहित विस्फोटनको आवाज आएपछि बस्ती नजिकै विमान दुर्घटना भएको पाइएको स्थानीयबासिन्दाले जनाएका छन् । स्थानीयबासीले पूर्वतर्फबाट आएको विमान दुर्घटनास्थलमाथि आकाशमा केहीबेर घुमेर खसेको जनाएका छन् ।

विमान दुर्घटनास्थल वस्ती नजिक रहेको भए पनि वस्तीमा केही क्षति नपुर्‍याएको स्थानीयबासी रामबहादुर गोलेले जानकारी दिनुभएको छ ।

शवहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याउँदा प्रधानमन्त्री माधवकुमार नेपाल श्रद्धाञ्जलि दिन मङ्गलबार त्यहाँ पुग्नुभएको थियो ।


जाँचबुझ आयोग गठन पर्यटन तथा नागरिक उड्डयनमन्त्री सरदसिंह भण्डारीले हवाई दुर्घटनाको जाँचका लागि सरकारले गैरसैनिक हवाई उडान -दुर्घटना जाँच) नियम अनुसार ६५ दिनभित्र प्रतिवेदन पेस गर्ने गरी एरोनटिकल इन्जिनियर एवं एयर विशेषज्ञ कुमारप्रसाद उपाध्याय चालिसेको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँचबुझ आयोग गठन गरेको जानकारी दिनुभयो ।

आयोगमा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपनिर्देशक राजन पोखरेल, सीता एयरका क्याप्टेन राजेन्द्रमान शाक्य र बुद्ध एयरका इन्जिनियर शारदाभक्त राजभण्डारी सदस्य तोकिनुभएको छ भने पर्यटन मन्त्रालयका उपसचिव सुरेश आचार्य सदस्य-सचिव रहनुभएको छ ।

यसैबीच, अमेरिकी दूतावासले मङ्गलबार विज्ञप्ति जारी गरी अग्नि एयरको विमान दुर्घटनाका कारण ज्यान गुमाएकाहरूका परिवारप्रति समवेदना व्यक्त गरेको छ । विज्ञप्तिमा दुर्घटनामा परी मृत्यु भएका अमेरिकी नागरिकहरूका आफन्तजनहरूसित सम्पर्क गर्ने कार्य भइरहेको दूतावासले जनाइएको छ ।

Monday, August 23, 2010

लाज ठूलो कि रोग

'म सँग हिँड्ने भए हिँड् नत्र घर आउनु पर्दैन ।' अन्दाजी ४० वर्षको मानिसले करिब ३३ वर्षकी महिलालाई हातमा समातेर तानेको हेर्नेको भिड नै लाग्यो जिल्ला अस्पताल
स्याङजामा । केही महिला कराए, 'उपचार पनि गर्न नदिएर मार्न आँटेको ।' ती महिलाहरूको प्रश्नमा लोग्नेमानिस बोले, 'मेरा खेताला तिमीहरूले तिर्दिन्छौ ?' उनले त्यसपछि लगातार कराए, 'अझै १० र १२ वटा खेताला तिर्नु छ, काम कसले गर्दिन्छ ।'

उनी आङ खस्ने रोग भएकी श्रीमतीलाई अप्रेसन गर्न नदिन अस्पतालमै लिन आएका रहेछन् । कारण अप्रेसनपछि उनका घरमा काम गर्ने मानिस हुँदैनन् । उनलाई रोगले कैयौं वर्षसम्म थलिएकी श्रीमतीको भन्दा बढी पीर खेताला तिर्नको थियो । अस्पतालमा उपचारमा आएका सबै महिलाले मात्र होइन डाक्टरले पनि सम्झाए । कसैको केही नलागेपछि महिलाहरूले श्रीमतीलाई अप्रेसन गर्न नदिए कालो मोसो लगाएर बजार डुलाउँछौं भनेर धम्कीको भाषै प्रयोग गरे । त्यसपछि ती महिलाको अप्रेसन त भयो तर उनले घरमा कस्तो स्याहार पाइन् होला शंका छ । आफ्नै श्रीमतीको उपचार गर्नका लागि अरूले कालो मोसो लगाउने धम्की दिनुपर्छ भने हामी कुन अवस्थामा छौ ? स्याङजा पुतलीबजारकै यी बासिन्दाको त यो हविगत छ भने अनकन्टार ग्रामीण भेगका बासिन्दाको अवस्था के होला जो अस्पतालको पहुँचभन्दा निकै टाढा छन् ।

जिल्ला अस्पतालमा निःशुल्क उपचार गर्न पाउँदा समेत सबैले श्रीमान्लाई धम्क्याउनुपर्‍यो भने नदेखिएका अरू समस्या त कति छन् कति तर सबभन्दा बढी देखिएकै समस्या हो लाज । कोही उपचार नपाएर थलिएका छन् त कोही रोग लुकाएर । जिल्ला अस्पतालमा चलेको एउटै शिविरमा १ सय ४७ जनाले अप्रेसन गरे । तीमध्ये अधिकांशका श्रीमान् धनाढ्य र छोराछोरी नाम चलेका बुद्धिजीवी थिए । तिनीहरूले आफूलाई कम्तीमा ३ वर्षदेखि १५ वर्षसम्म पुरानो रोग भएको बताए । उनीहरूले बढी लाजको कारण घरमा नभनेको बताए । छोराछोरीलाई त परै जाओस् यी महिलाको समस्या स्वयं आफ्नै श्रीमान्लाई पत्तो थिएन । यसकारण के बुझ्न सकिन्छ भने आफ्नी श्रीमतीको समस्याप्रति श्रीमान् नै हेलचेक््रयाइँ गर्छन् या चासै राख्दैनन् । दोष श्रीमान्को मात्र होइन श्रीमती पनि यसमा सचेत छैनन् ।

अप्रेसन गर्न आएकामध्ये पनि नजिक शिविर भएका कारण घरका मानिसलाई नभनी जान पाएकाले रोग भएको खुलासा भएको थियो । अप्रेसन गरेर बेडमा सुतेपछि मात्र आफन्तले चाल पाएका थिए । शिविरमा आउने ९५ प्रतिशतले लाजको कारण रोग लुकाएर पहिला उपचार नगराएको बताए । १५ वर्षदेखि रोग लागे पनि लाजका कारण अहिलेसम्म भन्न नसकेको अर्जुनचौपारीकी भागिरथी जिसीले बताइन् । उनले भनिन्, 'कोसँग भन्नु यस्तो कुरा लाज हुन्छ ।' जिल्लामै शिविर चलेको थाहा पाएपछि एकछिन बजार जान्छु भनेर आएकी' उनले अप्रेसन गर्ने पक्का भएपछि घरमा खबर गरेकी थिइन् ।

आर्थिक अभाव, अप्रेसन गर्ने अस्पताल टाढा भएका कारण पनि महिलाले यो सुविधा पाएका छैनन् । विनायक अस्पतालका सर्जन डाक्टर धमेन्द्र सिंह भन्छन्, 'बढीले त लाज मानेर रोग लुकाएका छन्, त्यसैले कति त आङ खस्ने समस्या बढेर क्यान्सर भएको पत्ता लागेको छ ।' डाक्टर सिंहका अनुसार नेपालमा १५ लाख महिलाले आङ खसेर अप्रेसन गरेका छन् । यसमा अझै उपचार गराउन नआउनेको संख्या बढी रहेको सिंहको अनुमान छ ।

पहाडी जिल्लामा उकालोओरालोमा ठूलो भारी बोकेर हिँड्नुपर्ने, सानै उमेरमा विवाह हुने र सुत्केरीमा काम गर्ने कारण पनि यो समस्या बढी भएको जिल्ला अस्पतालका प्रमुख डाक्टर तारानाथ शर्माले बताए । उनले भने, 'योबाहेक आर्थिक कारण पनि प्रमुख हो ।' आर्थिक अवस्था कमजोर हुँदा अप्रेसनपछि भिटामिन बढी खानुपर्ने, गाह्रो काम गर्न नहुने र अप्रेसन गर्ने रकम नहँुदा धेरैले उपचार गर्न पाएका छैनन् । यी समस्या त छँदै छन् तर लाजकै कारण उपचार नगर्ने र आफ्ना श्रीमतीको रोगप्रति हेलचेक्य्राइ गर्ने संस्कार हामीले कहिलेसम्म हुर्काइराख्ने ?

समुद्रमा डुबेर एक नेपालीको मृत्यु

एक नेपाली युवाको पौडी खेल्ने क्रममा समुद्रमा डुवेर मृत्यु भएको छ । मग्याम चिसापानी- ३, स्याङ्गजाका तीर्थर् श्रेष्ठको गत ५ अगष्टको राती १२ बजे मिस्साइदको सामुन्द्रीक तटमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो।



साथीहरूसंग पौडी खेल्न गएका २२ बर्षीय श्रेष्ठ एकाएक हराएपछि उनको बचाउको लागि साथीहरूले प्रहरीलाई खबर गरेका थिए । २० मिनेटमा भित्रमै हवाई जहाजबाट प्रहरीको उद्दार टोली त्यहाँ आएको भएपनि उनको अकाल मृत्यु टार्न नसकिएको सहकर्मीहरुले बताए । गोताखोरहरूले समुद्रबाट निकाल्दासम्म बाँच्ने आशा रहेको बताइएता पनि पानीमा धेरैबेर डुविसकेकोले उनको मृत्यु भएको हो । अस्पताल पुर्‍याइएको लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।



२२ बर्षीय श्रेष्ठको घरमा आमा/बुवा, दाई/भाउजु र भाईहरु छन् । उनको शव हाल हमाद मेडिकल कर्पोरेशनको शवगृहमा रहेको छ । विगत अढाई बर्ष देखि कतारमा रहँदै आएका श्रेष्ठ केहि महिनादेखि भागेर काम गर्दै आएको हुनाले उनको शव पठाउन कठिन भएकोले सहकर्मीहरूले चन्दा संकलन गरेका छन् । आर्थिक सहयोगको लागि उनी काम गरेको कम्पनीमा सम्पर्क गर्दा कुनै सहयोग नगर्ने बताएपछि नेपालीहरुबाट नै आर्थिक सहयोग संकलन गरी शव पठाउने तयारी गर्दै गरेको सहयोगीहरुले बताए ।

Saturday, August 21, 2010

भयो रमितै रमिता

साउन ३० गते, आइतबार बिहानका अखबारहरूमा प्रकाशित एउटा खबरले नेपालको मोडलिङ क्षेत्रमा सनसनी मच्चायो । यसैपनि बेइज्जतिको भुमरीमा घुमिरहेको मोडलिङ क्षेत्रलाई त्यो खबरले बदनामीकै खाडलमा जाक्न खोजेको पाइयो । खबर पढेर मोडलिङसँग आबद्ध कतिपयलाई चिनेजानेकाहरूले लोप्पा ख्वाउन मात्र बाँकी राखे । वास्तवमै त्यो खबर मोडलिङ पेसामा आबद्ध सम्पूर्ण संघ, संस्था तथा व्यक्तिहरूलाई झकझकाउने किसिमकै थियो । मोडल रूपमा केही चर्चा बटुलेकी रमिता भण्डारी तथा उनकी साथी मोडललाई विदेशमा केटी बेचेको आरोपमा प्रहरीले पक्राउ गरेको समाचारले मोडलिङ पेशामा आबद्ध एजेन्सी तथा व्यक्तिहरू चकित भए ।

शनिबार ललितपुरको इमाडोलबाट ती दुई युवतीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूम्ााथि एउटी अर्की महिलाले झुक्याएर विदेशमा लगेर नांगो नाच नचाइने रेस्टुराँमा पुर्‍याइएको आरोप लगाएकी छिन् । ती महिला हुन्, काठमाडौंकी अनिता नकर्मी । जनसेवा प्रहरीका प्रहरी निरिक्षक अवदेश विष्टका अनुसार कुटपिट र असुलीको आरोपमा अनिताले प्रहरीमा लिखित जाहेरी दिएपछि रमिता तथा अर्की मोडललाई सोधपुछका लागि बोलाइएपछि उनीहरूको बयान तथा अनिता र रमिताबीचको विवादले मुद्दाको स्वरूप फेरियो । त्यसपछि अनुसन्धानका लागि अवदेशले उक्त मुद्दालाई जिल्ला प्रहरी कार्यालय, हनुमानढोका पठाइदिएको बताए । रमिताकी साथी तथा अर्की मोडल भने उक्त घटनामा निर्दोष देखिएकीले उनलाई छाडिएको छ भने सिंगापुर बस्दै आएका रमिताको साथी रबल श्रेष्ठलाई भने अनुसन्धानकै लागि प्रहरी नियन्त्रणमा राखिएको छ ।

Friday, August 20, 2010

महिलालाई चुम्बन,पुरुषलाई यौन

काठमाडौ, भाद्र ५ - शारीरिक दृष्टिबाट पुरुष र महिलाका चाहना अनेक हुन्छन् । तर एक अध्ययनले धेरै महिलाको चाहना लामो चुम्बन र पुरुषको रुचि यौनकार्यमा हुने देखाएको छ । अध्ययनमा महिलाले पुरुषसँग चुम्बन राख्नमा प्राथमिकता दिने गरेको पाइएको छ ।


अमेरिकाको न्युयोर्कस्थित स्टेस युनिभर्सिटीका १ सय ४२ विद्यार्थीमा गरिएको अध्ययनमा पुरुषको रुचि भने चुम्बनको सट्टा यौनमा बढी केन्दि्रत छ । यो अध्ययनले अन्य लुकेका कुराहरू पनि बाहिर निकालेको छ । अनुसन्धानमा पुरुषले टङ किस रुचाउने तर महिलाले चुम्बनको समय आफ्नो साथीको दाँतको सम्पर्कद्वारा बढी आनन्द प्राप्त गर्ने उल्लेख छ ।

अनुसन्धानअनुसार आधाभन्दा बढी पुरुष महिलासँग बिनाचुम्बनसमेत यौनसम्पर्क गर्छन् । तर महिलामा १५ प्रतिशत मात्र यो प्रक्रिया पाइयो ।

प्रतिवेदनअनुसार चुम्बनका बेला विभिन्न प्रकारका मिल्दोजुल्दो प्रतिक्रियाको आदान-प्रदान हुन्छ । यस समयमा विभिन्न रासायनिक तत्त्वसमेत एकअर्कामा प्रवेश गर्ने र शरीरमा अनेक प्रकारका परिवर्तन आउँछन् । चुम्बनले व्यक्तिको शारीरिक र मानसिक स्थितिका बारेमा पनि जानकारी दिने अध्ययनले जनाएको छ ।

स्वस्थ रहन विवाह

पुरुष र महिलाको स्वास्थ्यका लागि विवाह हितकारी मानिएको छ । हालैको एक अध्ययनअनुसार विवाह र लामो समयसम्मको सम्बन्धले तनावसँग लड्ने क्षमतामा वृद्घ िहुन्छ ।

सिकागो विश्वविद्यालयका अनुसन्धानकर्ताको अध्ययनले विवाहित व्यक्तिलाई दबाबको सामना गर्न तनाव सम्बद्घ हार्मोनको स्राव कम हुने देखायो । तर एक्लै हुनेहरूमा भने स्राव बढी देखायो । शरीर तनावमा हुँदा 'कार्टिसोल' हार्मोनको सञ्चार हुन्छ । यसले व्यक्तिको तनावको मापन गर्छ ।

अध्ययन टोली प्रमुख प्राध्यापक दारियो माएस्टि्रपियरीका अनुसार बिहेको सम्बन्ध तनावको 'कार्टिसोल' हर्मोनसँग हुन्छ । उनका अनुसार अध्ययनले विवाहितभन्दा एक्लो व्यक्तिमा मनोवैज्ञानिक तनाव बढी हुने देखाएको छ ।

पत्नीमा निर्भर धोकेवाज

पत्नीको कमाइमा आर्थिक रूपले निर्भर रहने पतिले बढी धोका दिन सक्छन् । नयाँ अध्ययनले यस्तै खुलासा गरेको छ । तर पुरुषमा निर्भर रहेका महिलाको सम्बन्धमा परिणाम पूर्णरूपमा उल्टो छ । यो अनुसन्धानको निष्कर्ष पत्र हालै अटलान्टामा आयोजित अमेरिकन सोसियोलजिकल एसोसिएसनको वाषिर्क बैठकमा प्रस्तुत गरिएको थियो ।

यो अनुसन्धानमा आयमा असमानता र धोकेवाजीबीचको सम्बन्ध थाहा पाउने प्रयास गरिएको थियो । त्यसका अनुसार पुरुषहरू जब वित्तीय सहयोगका लागि साझेदारमा निर्भर रहन्छन् तब उनीहरू आफ्नो लैंगिक पहिचान स्थापित गर्ने मौका पर्खिरहेका हुन्छन् । परिणामस्वरुप यो धोकाको रूपमा सामुन्ने आउँछ । तर महिलाको आर्थिक निर्भरता यो परिणामको पूरै प्रतिकूल प्रभावको हुन्छ । महिलाहरु आफ्ना पुरुष साझेदारमा जति बढी निर्भर हुन्छन्, विवाहेतर सम्बन्धमा जाने आशंका त्यतिकै न्यून हुन्छ ।

Thursday, August 19, 2010

संसारकै होचो हुने आशामा...

चीनको दक्षिण पश्चिम एउटा गाउँका ४० वषर्ीय एक व्यक्तिले आफू संसारकै होचो व्यक्ति हुने आशा गरेका छन् । हुआङ केकुआन नामक ती व्यक्ति २ फुट ६ इन्च अग्ला रहेका छन् ।



यसअघि सबैभन्दा होचो मानिएका हे पिङपिङको गएको मार्चमा २१ वर्षो उमेरमा देहावशान भएपछि उनी आफू सबैभन्दा होचा हुनसक्ने बताएका छन् ।







पेशाले पर्ूव जादूगर यी व्यक्तिको सरदर उचाई तीन वर्षो बालबालिकाहरुको जत्रो मात्र छ ।



गाउँमा उनी "छोटा दाइ"का उपनामले प्रख्यात छन् । अझै अविवाहित उनी आफ्नी आमासँग बसिरहेका छन् ।



आमाले भनिन्- "जन्मेको एक महिनादेखि उसले बढ्नै बिर्सियो । यो बच्चा अरुभन्दा ढिलै बढ्ला भनेर त्यतिबेला उति ध्यान पनि दिएनौँ । तीन वर्षो भइसक्दा पनि उसलाई एक वर्षउमेरदेखिको लुगा नै ठीक्क हुन्थ्यो । त्यतिबेलै थाहा भयो, अब ऊ बढ्नेवाला छैन ।"

Tuesday, August 17, 2010