जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, September 14, 2010

राजधानीमा पेट्रोल अभाव

२९ भाद्र, काठमाण्डौ । नेपाल आयल निगमले राजधानीको आवश्यकताअनुसार पेट्रोल आयात गर्न नसक्दा केही दिनदेखि राजधानीमा पेट्रोलको अभाव भएको छ ।
भारतीय आयल निगमले युरो तेस्रो मापदण्डको पेट्रोल आयात गर्नका लागि एकसाताअघि भारतको रक्सौलमा रहेको पेट्रोल टयाङ्क सफा गर्न थालेकाले पेट्रोल आउन नसकेकाले अभाव सिर्जना भएको हो ।
नेपाल आयल निगमका निर्देशक एवम् प्रवक्ता मुकुन्दप्रसाद ढुङ्गेलले एकसातादेखि रक्सौलबाट पेट्रोल नआएको भए पनि निगमले १८ लाख ७० हजार लिटर पेट्रोल मौज्दात राखेको र त्यो पाँच दिनमा सकिएकाले राजधानीमा केही अभाव हुन गएको बताउनुभयो ।
उहाँले शुक्रबार रक्सौलमा रहेको पेट्रोल टयाङ्क सफा गर्ने कार्य सम्पन्न भएको भए पनि शनिबार इद, आइतबार विदाको दिन परेकाले हिजोबाट पेट्रोल आउन थालेकाल बिहीबारबाट सामान्य अवस्था रहने बताउनुभयो ।
उहाँले दैनिक राजधानीमा करिब तीन लाख लिटर पेट्रोलको खपत हुने भए पनि अभावको समयमा उपभोक्ताले मौज्दात राख्ने भएकाले पनि केही समस्या भएको बताउनुभयो । रासस

No comments:

Post a Comment