जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, September 14, 2010

युवापुस्ता विदेशिँदैःगाउँ बस्ती रित्तिँदै


सुमनराज पन्त र जनकराज सापकोटा
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएका बाग्लुङ धुल्लु वास्बास्कोटका अर्जुन पौडेल र वासुदेव पौडेल विद्यार्थी भिसामा साइप्रस जाने तयारीमा थिए तर पढ्नेभन्दा पनि रोजगारीको नै निहीत उद्देश्यसहित । दुवैले पशुपति क्याम्पस, काठमाडौँबाट अर्थशास्त्रमा स्नातक गरे पनि मुलुकमा रोजगारीको सम्भावना नदेखेपछि उनीहरू विदेशिँदैछन् । साइप्रस यात्राको लागि दुवैले नौ-नौ लाख खर्च गरेका थिए ।
पौडेलद्वय आम नेपाली बेरोजगार युवाहरूको प्रतिनिधि पात्र मात्रै हुन् । स्वदेशमा आफ्नो चाहना र सीपको उपयोग नहुने स्थितिका कारण विदेशिनेको लर्को दैनिक हजारौँको छ । नत्र रोजगारीको केन्द्र मानिएका मुलुकहरूको हवाइजहाजको टिकटका लागि पालो पर्खिनुपर्ने, अन्तर्राष्ट्रिय अध्ययनको लागि भनेर सयौं कन्सल्टेन्सीहरू खुल्ने नै थिएनन् । टोफल र आईएलटिएस सिक्ने अनि राहदानी बनाउनेहरूको भीड देख्दा लाग्छ अबको केही वर्षभित्र नेपाल युवाविहीन हुनेछ ।
नेपालमा बेरोजगारीको दर निकै कहालिलाग्दो छ । सरकारी तथ्याङ्कअनुसार मात्रै पनि हामीकहाँ बेरोजगारीको दर ४२ प्रतिशत छ । सीआईएले दुई वर्षअगाडि गरेको सर्वेक्षणअनुसार नेपालमा बेरोजगारी समस्याको दर ४७ प्रतिशत पुगेको थियो । खासगरी केन्द्रीकृत शासन प्रणाली र अवसरको असमान वितरण यसका मुख्य कारण हुन् ।
युवा वर्गलाई विदेशमा अध्ययन र रोजगारी उपलब्ध गराउने नाउँमा केही यता राजधानीलगायत मुलुकका विभिन्न स्थानमा थुप्रै विद्यालय, कन्सल्टेन्सी र म्यानपावर एजेन्सीहरू खुलेका छन् । आन्तरिक राजस्व विभागका अनुसार यस्ता कन्सल्टेन्सीको सङ्ख्या काठमाडौँमा मात्रै दुई हजार दुई सय ८१ पुगेको छ । तीमध्ये सात सय त यस वर्ष मात्रै खुलेका हुन् ।
त्यसैगरी वाषिर्क दुई सयका दरले वैदेशिक रोजगारदाता कम्पनी -म्यानपावर) पनि बढिरहेका छन् । अहिले ती कम्पनीको सङ्ख्या एक हजार नाघिसकेको बताइन्छ । विभागबाहेक आन्तरिक सङ्गठन र श्रम मन्त्रालयमा पनि यस्ता संस्था दर्ता हुने भएकाले त्यो सङ्ख्या अझ बढी छ । एनईसीएसँग्ा आबद्ध भएका ८५ शैक्षिक परामर्शदाता र इक्यानसँग आबद्ध १५९ शैक्षिक परामर्शदाताबाट बर्सेनि हजारौँ युवा विद्यार्थी भिसामा विदेशिने गरेका छन् । साथै, देशभरिका ७५४ म्यानपावरहरू मार्फत नेपालीहरू कामका लागि विदेशिने गरेका छन् । श्रम विभाग र वैदेशिक रोजगार व्यवसायी महासङ्घका अनुसार अहिलै दैनिक सरदर ६०० जना नेपाली काम गर्न विदेश जाने गर्दछन् । रोजगारीमा विदेश जानेहरूको हुलमा युवा पुस्ताको बाहुल्य छ । श्रम विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०६४/०६५ मा मात्रै दुई लाख पाँच हजार ३३ जना नेपालीहरू श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन् । जसमा सीप र दक्षता बेच्नभन्दा पनि निम्नस्तरको मजदुरी गर्न जानेहरूको लर्को धेरै छ । उनीहरू घरेलु कामदार, भवन निर्माणजस्ता कामका लागि विदेशिने गरेका छन् ।
वि.सं. २०५८ को जनगणनाअनुसार नेपालको जनसङ्ख्यामध्ये झण्डै अर्थात् एक करोड तीन लाख आर्थिक रूपमा श्रम बजारमा सक्रिय छन् । जुन तथ्याङ्क आर्थिक भुमण्डलीकरणको तीव्रता आइरहेको परिवेशमा चिन्ताजनक हो ।
निराश युवापुस्ता
अन्तरिम संविधान २०६३ को 'राज्यको निर्देशक सिद्धान्त'मा युवाको भूमिकालाई महìव दिँदै युवाशक्ति परिचालन गर्ने भनिएको छ तर अन्तरिम संविधानमा उल्लेख गरिएको कुरालाई पालना गर्नेतर्फ भने राजनीतिक दलहरूले न साझा कार्यक्रम सार्वजनिक गर्न सकेका छन् न दलहरूले युवाका समस्या र सम्भावनालाई सम्बोधन गर्ने विशेष नीत निर्माण गर्ने सोच नै राखेको देखिन्छ । राजनीतिक दलका नेताहरू युवालाई राजनीतिको केन्द्रमा स्थापित गर्ने सन्र्दभमा अमूर्त कुराबाहेक केही गर्दैनन् । अन्तरिम संविधान ०६३ को मौलिक हकअन्तर्गत धारा १८ को उपधारा १ मा प्रत्येक नागरिकलाई कानुनमा व्यवस्था भएबमोजिम रोजगारीको हक हुनेछ तर रोजगारीको हक नेपालको सन्दर्भमा कानुनमा देखाउने आधारबाहेक केही बन्न सकेको छैन ।
बेरोजगार विरुद्धको सहकार्य अभियानका अध्यक्ष सुशील ढुङ्गाना राज्यले युवा जोस र क्षमतालाई पहिचान गर्नै नसकेको बताउँछन्- "नयाँ नेपालको भाषण गर्नेले अब पनि युवालाई निराश बनाए प्रत्युत्पादक नतिजा आउनेछ" उनको भनाइ छ ।
त्यसो त उनको भनाइलाई विभिन्न अध्ययनले पनि पुष्टि गरेको छ । विश्व बैङ्कले हालै गरेको एक अध्ययनमा युवालाई सम्बोधन गर्न नसक्दा विश्वव्यापीरूपमा नै आर्थिक र सामाजिक विकासका प्रक्रिया अवरुद्ध हुन पुगेको उल्लेख गरिएको छ । युवा उपेक्षाको अवस्था कायमै रहने हो भने त्यसले आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा असर पुर्‍याउनेसमेत अध्ययनमा भनिएको छ । जुन सन्दर्भबाट नेपाल पनि अलग छैन ।
बेरोजगारीकै कारण युवाहरू मानसिक रोग तथा कुलतबाट ग्रसित हुने क्रम बढेको छ । विश्व बैङ्कले बेरोजगारीको कारण युवाहरू डिप्रेसन र कुलतको शिकार बनेको कुरालाई पनि औँल्याएको छ । अध्ययनअनुसार नेपालमा १५ देखि २४ वर्ष उमेर समूहका झण्डै आधाजसोले धूमपान गर्छन् । 'खाली दिमाग सैतानको घर' भन्ने उखान यस मामलामा चरितार्थ भएको छ ।
दसौं योजनाले योजना अवधिमा १० लाख मानिसलाई थप रोजगारीको अवसर जुटाउने, अर्धबेरोजगारीलाई २२ दशमलव तीन प्रतिशतमा झार्ने तथा पूर्ण बेरोजगारीलाई चार दशमलव एक प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएको छ तर यो योजनाले कति नतिजा ल्यायो भन्नेबारे योजना आयोगले सार्वजनिक गरिसकेको छैन ।
नेपाल बेरोजगार सङ्गठनका अध्यक्ष सञ्जय सत्यालका अनुसार राजनीतिक हस्तक्ष्ेापका कारण अधिकंाश नेपाली युवा बेरोजगारीको शिकार हुनुपरेको छ । योग्यताको मापदण्डका आधार तयार हुन नसक्नु, रोजगारीका नयाँ आधारहरू सिर्जना हुन नसक्नुका कारण युवापुस्ता निराश भएको उनको भनाइ छ । जनप्रशासनमा स्नातकोत्तर एवं प|mेन्च र जर्मन भाषाका जानकारसमेत रहेका उनी स्वयं बेरोजगार रहेको बताउँछन् । स्वस्थ प्रतिस्पर्धाको अभावमा बेरोजगार युवाको सङ्ख्या बढेको बताउने उनी भन्छन्- "रोजगार प्राप्तिका निम्ति आफन्त र नातेदार नभई यो मुलुकमा नचल्ने भइसकेको छ ।" बढ्दो बेरोजगारी र ऊर्जाशिल युवापुस्ताको बढ्दो विदेश पलायनको यो कहालीलाग्दो पृष्ठभूमिमा युवालाई राज्यले युग सुहाउँदो शिक्षा, प्रशिक्षण र रोजगारीको अवसर उपलब्ध गराएको खण्डमा मात्र यो समस्याले यथोचित निकास पाउने छ र नयाँ नेपाल निर्माणको नारा सार्थक बन्नसक्छ ।
केही तथ्य
नेपालको कुल जनसङ्ख्याको पुरुषमध्ये ५० प्रतिशत स्वदेशभित्र छन् भने ३४ प्रतिशत भारतमा र १७ प्रतिशत अन्य देशमा छन् । ५० प्रतिशत पुरुष युवा र ८५ प्रतिशत महिला युवा कृषि पेशामा छन् । त्यस्तै, १२ प्रतिशत पुरुष युवा र सात प्रतिशत महिला युवा बजारीकरण पेशामा छन् । १३ प्रतिशत पुरुष युुवा र चार प्रतिशत महिला युवा सीपयुक्त छन् । ४५ प्रतिशत पुरुष युवा र १८ प्रतिशत महिला युवा विदेशमा छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete