जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 1, 2010

विदेश जानेको संख्या ५२ प्रतिशतले बढ्यो

काठमाडौं, कात्तिक १५ (नागरिक)- स्वदेशमा रोजगारीको अवसर नभएपछि वैदेशिक रोजगारीमा जानेको संख्या बढेको छ। चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या ५२ प्रतिशतले बढेको हो।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार तीन महिनामा विदेश काम गर्न ७८ हजार ६ सय ८ जना गएका छन्। गतवर्ष सोही अवधिमा ५६ हजार ६ सय ८१ जना गएका थिए। यो अवधिमा विदेश जाने महिला र पुरुषको संख्या ६२ दशमलब ८३ र ११ दशमलब ६५ प्रतिशतले बढेको छ।

विश्व आर्थिक मन्दीका कारण दुई वर्षअघि वैदेशिक रोजगार प्रभावित भएको थियो। तर, पछिल्लो समयमा मन्दीमा आएको सुधारसँगै नेपाली जाने रोजगार गन्तब्यमा सुधार आएको छ। व्यवसायीका अनुसार मन्दीमा सुधार आएपछि कामदारको माग पनि बढेको छ। वैदेशिक रोजगारीमा सबैभन्दा बढी मलेसियामा गएका छन्। यो अवधिमा मलेसिया
जाने कामदार संख्या दोब्बर भएको छ। मलेसियाले बंगलादेशी कामदारलाई रोक लगाएका कारण नेपाली कामदारको माग बढेको हो। मलेसियाले एकवर्ष अघि कामदारबाट लिदै आएको लेभी हटाएकाले यसतर्फ थप आर्कषण बढेको व्यवसायी बताउँछन्।

विभागका अनुसार यो अवधिमा ३३ हजार २ सय ३९ जना नेपाली कामका लागि मलेसिया गएका छन्। गतवर्षको सोही अवधिमा १४ हजार ८२ जना गएका थिए। नेपालीका लागि चौथो ठूलो रोजगार गन्तब्य युनाईटेड अरब इमिरेट्स(युएई) मा ९ हजार १ सय ५२ गएका छन्। गतवर्षको सोही अवधिमा ८ हजार ९ जना कामदार युएई गएका थिए।
नेपालीका लागि अर्को आर्कषक गन्तब्य मानिएको कतार र साउदी अरब जाने नेपाली कामदारको संख्या घटेको छ। यो अवधिमा कतार ५ हजार १ सय ७१ र साउदी अरबमा १५ हजार १ सय ४९ जना गएका छन्। गतवर्ष यही अवधिमा कतारमा १२ हजार ५ सय ३६ र साउदीमा १५ हजार ९ सय ३१ जना नेपाली गएका थिए।
असोजमा वैदेशिक रोजगारीमा जानेको संख्यामा भने कमी आएको छ। यो महिनामा २३ हजार ५ सय ४८ जना नेपाली रोजगार गन्तब्य मुलुकमा गएका छन्। गतवर्षको सोही अवधिमा २५ हजार ३ सय ७५ जना कामदार विदेशिएका थिए। रोजगार गन्तब्य मुलुक कतार, मलेसिया र साउदी अरबमा रमदान परेकाले कामदारको संख्या घटेको हो।
रमदानको समयमा भिसा लगायत प्रक्रिया बन्द भएकाले कामदार जान पाएका थिएनन्। कतार र मलेसियामा यो अवधिमा ५ हजार १ सय ७१ र ९ हजार ७ सय ३० जना कामदार विदेशिएका छन्। गतवर्षको सोही अवधिमा ५ हजार र १० हजार ७ सय १४ कामदार विदेशिएका छन्। साउदी अरब जाने कामदारको संख्यामा समेत कमी आएको छ। साउदी अरबमा ३ हजार ७ सय ६३ जना मात्र विदेशिएका छन्। गतवर्षको सोही अवधिमा ४ हजार ९ सय ९७ जना नेपाली कामका लागि विदेशिएका छन्।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete