जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 8, 2010

नारी र पुरुष एक रथका दुई पाङ्ग्रा

जगतको सृष्टि सँगै पृथ्बीमा सबै प्राणीहरुलाई एक अर्काको (जननी र मर्द) मायाको संगममा बाधी ईश्वरले उत्पति गर्नु भएको थियो त्यस मध्ये मानिस चेतनशील प्राणीमा पर्दछ भन्ने कुरा हामीलाई थाह नै छ ! परापुर्ब काल देखि नै हामीले नारी र पुरुष बीचको सम्बन्ध कथा र पुराणहरुमा सुन्दै पनि आईरहेकाछौ ! भनिन्छ'' नारी
''सृष्टि कि जननी हुन् तर अर्को अर्थमा भन्नु पर्दा नारी एउटा सौन्दर्य दिने फुल पनि हुन् ! त्यो फुललाई संरक्षण गर्ने अधिकार पुरुषमा निहित हुन्छ !जब हामी एउटा फुल रोप्छौ जल राखेर गोडमेल गर्दै संरक्षण गरेर हुर्काउछौ जब त्यसले कोपोला दिन थाल्दछ हामी त्यो बाट पाउने सन्तुष्ठीको प्रतिक्षामा रहन्छौं किनकि त्यो आफ्नो संरक्षण हो र मिहेनत हो र जिन्दगी भर बास्ना दिने फुल पनि हो जसले जीवनलाई सौन्दर्य प्रधान गरिरहन्छ ! फलस्वरूप फूल फुलेर बास्ना दिन सुरु गर्छ हामीमा गौरव उत्पन्न हुन्छ आत्मियता बढ्दछ त्यो फूलले दिएको सौन्दर्य र बास्नाको प्रसंशा गर्न थाल्छन् एउटा सुन्दर परिवारको बास्नादार फुल बन्न पुग्छिन तिनै हुन नारी ...!
जब हामी बाल्य अवस्थाबाट यौवनाबस्थामा प्रवेश गर्छौँ हाम्रा कल्पनाहरु अप्रत्यासित रुपमा बढ्न सुरु हुन्छन् र चाहे नारी हुन् या पुरुष यौवन अबस्थामा परिपक्का भईसके पछि नारी र पुरुष बिचको सम्बन्ध एउटा प्राकृतिक देन हुन् जान्छ ! त्यो घरमा एउटा फुल रोपिन्छ त्यही फूलको बोट तिनै नारी बन्न पुग्छिन् ! ति नारीले दिने सौन्दर्य र बास्नाहरु चाहे सुगन्ध होस् चाहे दुर्गन्ध त्यो घरको पुरुषमा निर्भर रहन्छ ! जुन घरमा नारीले आदर सम्मान र माया पाउछिन् त्यो घर स्वार्ग समान हुन्छ भन्दा अनुपयुक्त नहोला !

जब त्यो फूलको बोटबाट अरू हाँगाहरु पलाएर कोपिला हुन् थाल्छ अझ त्यसले दिने सौन्दर्यताको छुट्टै महत्व हुन्छ ! सन्तान जन्मन्छन् तिनको लालन पोषण र संरक्षण आमा जतिकै बाबुको पनि उत्तरदायित्व हुन आउँदछ ! त्यो उत्तरदायित्वलाई बहन गर्न सकेमा घरमा हरभरा फुल्दै रहेका सुन्दर बोटका फूलका कोपिलाहरुले दिन सुरु गरेको बास्नादार भूमिकाले जीवनलाई सुखी र खुशीमा परिणत गर्दै स्वर्गीय आनन्द प्रधान गरिरहेको हुन्छ ! त्यस्तो घरमा नारी र पुरुषको महत्वपूर्ण भूमिका खेलिएको हुन्छ !

अर्को सब्दमा भन्नु पर्दा नारी शान्ति धर्म, परम्परा र सस्कृतिका संरक्षक तथा संसारलाई नै अडाउने आधार पनि हुन् ! नारी बैदिक सनातन हिन्दु धर्मका अनुसार बैदिक मन्त्रका रचयिता र बिश्वलाई नै गौरबका साथ चहकिलो पार्ने सतन्यायका रक्षिका पनि हुन् ! सृष्टिलाई नै फुल झैँ सिगारेर जगत्कै आमा र शिक्षिकाको रुपमा परिचित पनि हुन् यस्ती हुन् नारी !तर आज हामी तिनै नारीलाई उपहास पनि गरिरहेकाछौं ! पुरुषको अधिपत्यमा नारीहरु निर्भर रहन्छन् भन्ने महत्वाकांक्षी प्रबल बनाउँदछौ ! भनिन्छ संसारमा जहाँ नारीको अस्तित्व र सम्मान हुन्छ त्यो घर, समाज र राष्ट्र नै स्वार्गको फुलबारी समान हुन्छ भन्ने कुरालाई हामी एकातिर बिर्शिरहेकाछौं भने अर्को तिर नारीमा ज्ञान र शिक्षा भए पुरुष सरह देश बिकाशमा समाहित हुने कार्य गर्दै संसारमा चम्किन सक्छन् भन्ने हाम्रा अगाडी प्रशस्तै उदाहरणहरु छन् तर पनि हाम्रो ध्यानाकर्षण त्यता पट्टि बिशेष नभएको देखिन्छ !

यसरी पुरुषहरु मात्रले पनि मान सम्मान र आधार दिएर नारी अस्तित्व रहन्छ भन्ने होईन ! नारीमा हुनु पर्ने सद गुण र सदबिचारहरु हुनु पनि त्यतिकै जरुरी हुन्छ ! जुन नारी आफ्नो कर्तब्य र उत्तरदायित्वलाई बहन गर्दै सुशील र संयम बन्दछिन त्यो स्थानमा पाउने शिक्षा, आधार र सेवा नै भबिस्यको मूलाधार बन्द छ तरआज हामीहरु नारी को हुन्? त्यसलाई नबुझी र नारीको आफ्ना गुणबान पक्षहरुलाई बिर्शिएर आफ्नो नैतिकता र सदाचारको उलङ्घन गर्न पनि पछि परेका छैनौ -

''हामी नक्कलले युरोप तिरका साह्रै भयौ निर्दयी, 
छाडा चन्चल तित्तका बतुरिदा निर्लज्ज अर्कै सरि''

कतै यस्तो हुनुपर्ने त होईन भन्ने हामी नेपाली नारीहरुमा पनि ठुला प्रश्न बाचक चिन्ह खडा भईरहेका छन् ! यसलाई मनन गर्नु हाम्रै जिम्बेवारी र कर्तब्य हो !

जसरी हामीलाई एउटा सुन्दर घर परिवार निर्माण गर्नको लागि नारी र पुरुष बिचको सुमधुर्यताको आबस्यकता पर्दछ त्यसै गरी समाज र राष्ट्रको उत्थान, समुन्नति र बिकासका लागि नारी र पुरुषको त्यति नै अपरिहार्य सहकार्य हुनु अति आबस्यक हुन्छ ! नारी बिनाको पुरुष र पुरुष बिनाको नारी संरक्षण बिनाको फुल सरह हुन जान्छ त्यसैले आ -आफ्नो ठाउँबाट आत्मा सम्मान गर्दै'''नारी र पुरुष एक रथका दुई पाङ्ग्रा'''' हुन् भन्ने कुरालाई नबिर्सौ तर नारी सृिष्टकि जननी हुन् र परिवार समाज र राष्ट्रलाई नै सिगार्ने फुल पनि हुन् त्यस्ता नारीहरुको अस्तित्व संरक्षण गर्दै शान्ति सुव्यबस्था, समाज र देश बिकासमा समहित गराऊ त्यही नै देसोन्नतिको मूल आधार हो र आजको अपरिहार्य आबस्यता पनि हो!!!
- सुमित्रा पौडेल

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete