जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, November 8, 2010

स्वस्थ यौन सम्पर्कले दाम्पत्य जीवन सुखद बनाउछ

स्वस्थ यौन संपर्क दाम्पत्य जीवनमा खुशीयाली ल्याउन महत्वपूर्ण भूभिका निर्वाह गर्दछ । यदि सेक्स सम्वन्ध आपसमा राम्रो छ भने व्यवहारिक सम्वन्धपनि राम्रो हुन्छ । तर स्वस्थ यौन सम्पर्कको अभावमा जीवनमा रुखोपन आउन सक्छ । साथै यहि नै दाम्पत्य जीवनमा तनावको मूख्य कारणपनि बन्न सक्छ । दाम्पत्य जीवनलाई सुखद बनाउनका निम्ति यहां केहि उपायहरु
प्रस्तुत गरिएको छ जस्ले सेक्सलाई अझ बढी रोचक र आनन्दमय बनाउन सहयोग पुग्दछ ।
यौन सहवास पूर्व शरीरलाई बुझ्नु जरुरी हुन्छ । किनकि सहवास शरीरको अनुकूलतामा नै
निर्भर रहन्छ । शरीरका सबै अंगहरु संवेदनशील हुदैनन् । संवेदनशील अंगहरुलाई सहलाउदा वा खेलाउदा वा चुम्नालेनै शरीरमा उत्तेजना र ईच्छा प्रवाहित हुन्छ । शरीरमा पुरा उर्जा दुई अंगहरुमा नै केन्द्रित रहेको हुन्छ । पहिलो नाभी अर्थात नाईटोको ठीक तल र अर्को मेरुदण्डको आखिरी भागमा । नाईटोको तलको भाग आन्तरिक शक्ति भनिन्छ जुन ईन्द्रियलाई उत्तेजनाको कलाको कारणबाट जानिन्छ भने मेरुदण्डको तल्लो भागलाई कुण्डलिनी योगका साधक सेक्स उर्जाको केन्द्र मान्दछन् । सहवासका समयमा यो अनुभव गर्न सकिन्छ ।
सेक्समा रक्तवहाव तीव्र बनाउन र शरीरको तापमान नियन्त्रणमा राख्न दिमाग अर्थात मष्तिस्कलाई उपयोग गर्नुपर्छ । सेक्सको चरम आनन्द लिन यी दुबै जरुरी छन् । यौन समागमका बेला रक्तप्रवाह तीब्र भएन भने उत्तेजना त्यत्तिको आउदैन र सेक्समा सन्तुष्टीपनि चाहेजति प्राप्त हुदैन । सेक्स मस्तिष्कबाट हुन्छ शरीर त एक माध्यम मात्र हो । यसैकारण अधिकांश दम्पति अवसर हुदाहुदैपनि मुड राम्रो भएन भनेर सेक्सलाई भोलिलाई टार्ने गर्छन् । सेक्सको मुड कहिले अचानक नै बन्छ भने कहिले घण्टौं समय बित्दापनि सेक्सको मुड हुदैन । यस्तो ती दम्पतिहरुमा नै हुन्छ जस्ले फोरप्लेको सहयोग लिदैनन् या उर्जा केन्द्रका वारेमा अनभिज्ञ रहन्छन् ।
शरीरको कुनचाहीं अंग जर्जाको केन्द्र हो भनेर थाहापाउन सजिलो छ । लोग्नेले पत्नीलाई ध्यानपूर्वक हेरोस जुन अंग आंखाको लागि राम्रो या मन पर्छ र यदि मनको लागि सकुन दिन्छ र शरीरमा एकप्रकारको तरंग प्रवाह गर्छ त्यहां हातले सहलाउनु वा सुमसुमाउन शुरु गर्नुपर्छ । यस कि्रयाले पत्नी कामोत्तेजित हुनेछिन र उनी स्वयंनै सेक्सका लागि पहल गर्न आरम्भ गर्नेछिन् । अंगहरुको पहिचान पतीपत्नी दुबैलाई हुनु जरुरी हुन्छ ।
सेक्सका तरीकाहरुलाई बुझेर र सौहार्दतापूर्वक गरिएको सेक्स सम्पर्कबाट सन्तुष्टी प्राप्त हुन्छ र प्रेमको भोकपनि सन्तुष्टी प्राप्त भएपछि नै समाप्त हुन्छ । यौन सहवास गर्दा गर्दै पनि कतिपय दम्पति अतृप्त नै रहेका हुन्छन् किनकि उनीहरुलाई सेक्स गर्ने तौरतरीका आउदैन । अधिकतम दम्पतिहरु लामो समयसम्म सेक्सको कि्रयालाई कि्रयाशील राख्न नसक्ने समस्याबाट ग्रसित हुन्छन् । यदि पतिलाई यो समस्या छ भने पत्नीलाई सेक्सबाट कुनै आनन्दानुभूति मिल्दैन । पटकपटक सहवास गर्दापनि पत्नी सेक्सबाट असन्तुष्टनै रहन्छिन र सुख अनुभव गर्नबाट वन्चित नै रहन्छिन् । यौनकि्रयामा पत्नीलाई पनि मज्जा (आनन्द) आउनु पर्छ । पतिलाई हरहालमा यसको ज्ञान रहनु आवश्यक हुन्छ । यौन सहवासबाट सर्वाधिक आनन्दलाई अनुभव गर्ने या महसूस गर्ने क्षमता प्रकृतिले पुरुषलाई नै दिएको छ । पतिलाई आनन्दको अनुभूति त्यतिबेला मिल्छ जब पत्नीलाई पनि आनन्द मिल्छ । अधिकांश पतिहरु पत्नीहरुको यस मर्मलाई बुझ्दैनन् र सेक्स केवल स्वयंको आनन्दका लागिमात्र गर्दछन् । पति जब स्व्ायं आफ्नो लागि यौन सम्वन्ध राख्छ या यस्तो मानसिकता राख्छ तब सेक्स दुखदायक हुन जान्छ । सेक्समा पत्नीको आनन्दको पनि मुल्य छ भन्ने पतिलाई ध्यानदिनु जरुरी हुन्छ । यसो भएमा पतिपत्नी दुबैलाई आनन्द मिल्दछ ।

  थप जानकारीको लगी भीत्र अउनुहोस

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? हामी, 3% ब्याज दर मा ऋण दिन तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क:
    adams.credi@gmail.com
    तुरुन्तै ठीक आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन।

    ReplyDelete