जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, December 2, 2010

खगेन्द्र लिम्बु का रचना हरु

भीरैमा पलाएँ भीरैमा फुलुँ कि !  सुहाए मायाको शिरैमा फुलुँ कि !!छाँगामा सपना बगाई जाने !  गो'दुखेरै भए नि तीरैमा फुलुँ कि !!चिहानै नपुग्ने माटो नि बगी गो' ! कमल भएर क्षीरैमा फुलुँ कि !!कहिले आंधी
कहिले सुनामी !  क्याक्टस फुले झैं पीरैमा फुलुँ कि !!
----------------------------

एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी !
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी !!
राखे पनि झिके पनि पोल्छ भत्भती !  
बुढेस कालमा बल्ल बुझें माया एकरत्ती !!
बहुरंगी मनमा रुमाल बुन्छु बेस्सरी !
एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी !!
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी !
फूल हो कि काँडा प्यारो रोजें सिउँडी !!
सपनीको रसरंग खोजें बिउँझी !
तिता-मीठा झझल्कोलाई गुन्छु बेस्सरी !!एक्लै बसी रुने मन भो' ,रुन्छु बेस्सरी !
बगाउँदो हो आँसुले नै थुन्छु बेस्सरी !!
----------
ढाकरले किचिएरै आधी बैंस झर्यो !
बाँकी बैंस लेक-बेंसी मै कहाँ पर्यो-पर्यो !!गाई-वस्तुको पछी-पछी भाग्य खोज्दै हिंडें !
खेताला पर्म खेल्दै जीवन रोज्दै हिंडें !!
lघाम-झरी छेल्दा-छेल्दै आधी बैंस झर्यो !
 बाँकी बैंस भोकै-नांगै कहाँ पर्यो-पर्यो !!सालै पिच्छे सपना पहिरो भई बग्यो
lपसिनाको भेल बगाएँ, कर्मले नै ठग्यो
lलाठे मन सम्हाल्दैमा आधी बैंस झर्यो
lबाँकी बैंस मङ्सिर कुर्दै कहाँ पर्यो-पर्यो !
मायाको थपनी माग्छु फेरी
बिस्तारै जीवनको उकालो लाग्छु फेरी
बिस्तारै बोटैमा काटेर फाल्यौ,
फुल्न नपाउँदै चम्पाको हाँगा हुँ जाग्छु फेरी बिस्तारै हुण्डरी चलेर भष्म मनै उडायो
कर्मले छानो झैँ छाप्छु फेरी बिस्तारै शिसा झैँ फुटेर भाग्य सबै छरियो
प्रेमले बटुल्दै राख्छु फेरी बिस्तारै
-----

No comments:

Post a Comment