जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, December 10, 2010

पेट्रोल भन्दा पानी महगो कस्तो अचम्म !!!

सुन्दा अचम्म लाग्न सक्छ, तर संसार म यस्ता पनि ठाउँ छन् जहाँ हामीले कल्पना गरे भन्दा अलग कुराहरु भैराखेको हुन्छ । गत june २९ 2008 मा म नेपाल को लेक्चर जागिर माया मारेर

(पहिले म संखुवा-सभा को बरुण बहुमुखी क्यम्पस मा पढाउँथे ) साउदी अरेबिया मा Quality Controller को काममा आइसके पछी दुनियाँको यो अनौठो मुलुक का वास्तविकता हरु सँग पारीचित हुने सौभाग्य प्राप्त भयो। हुनत मलाई सबै भन्दा मन नपर्ने देस त्यही थियो तर पनि नेपाली को बानी त्यही हो सित्तैमा पायो भने अलकत्र पनि खाने , मेरो पनि झन्डै झन्डै त्यस्तै हो , फ्री भिसा ,फ्री टिकेट अनी राम्रो अफिस्को जागिर भनेर पनि मनै नपरेको देस भए पनि आइयो । मलाई थाहा छ , अरुले मलाई राम्रो मानेका छैनन किनभने नेपाल मा Master in Business Studies (MBS) गरेर पनि बिदेशिको गुलामी गर्न त्यो पनि साउदी अरब जस्तो मरुभुमिमा,OK यो टपिक लाई यही छोडौ किनभने मैले आज तपाईंलाई जानकारी गराउन खोजेको कुरा अर्कै छ । तपाईं पनि जानी राखनुस् यहाँको केही वास्तविकता, मेरो वास्तविकता त तपाईंलाई थाहा भाईहाल्छ बिस्तारै-बिस्तारै किनभने म प्राय नयाँ-नयाँ र सबै खाल्को काम को बारेमा रुची रख्दछु।
१) पानी लिटर को लग्भग ३ रियल ( साउदी अरब को मुद्रा ), नेपाली लग्भग ६० रुपैया तर पेट्रोल लिटर को ४७ हलाला (नेपालमा पैसा भने जस्तो यहाँ हलाला भनिन्छ) , जुन लगभाग नेपाली ९ रुपैया बराबर हुन्छ । मलाई एउटा आबिस्कर को याद आयो , जापान मा आबिस्कर भएको पानी बाट चल्ने कार त यहाँ काम नलाग्ने भयो नि
२) यहाँ उँट (Camel) को धेरै प्रयोग हुने रहेछ ,
A) श्रीमती को रुपमा , ( जस्को विवाह गर्ने हैसियत हुँदैन उनिहरुले श्रीमती को रुपमा प्रयोग गर्ने गरेको यहाँ १० बर्ष भन्दा बढी बस्ने नेपाली दाजु हरुले बताउनु भए अनुसार ), कसरी भन्ने जिज्ञासा भएमा मलाई email गर्नु होला , मैले सुनेको वास्तविकता म भन्नेछु।
B) खानेकुरा को रुपमा ,मासु ( यहाँ उँट को मासु ज्यादै महगो हुन्छ )
C) यातायात को रुपमा , एक ठाउँ बाट अर्को ठाउँमा मालसामन लान तथा ल्याउन को लागि
३) यहाँ विवाह गर्ने योग्यता पुग्नु पर्छ नत्र बैकल्पिक उपायको खोजी गर्नु पर्ने रहेछ। योग्यता पुगेको हरुले जती श्रीमती ल्याए पनि सरकार ले वास्ता नगरने तर विवाह गर्ने हैसियत नहुने ले त कुमार नै बस्नु पर्ने। के हो त विवाह गर्ने योग्यता ?
A)बंगला यानकी घर त्यो पनि सुबिधा सम्पन्न
B) एउटा राम्रो कार त्यो पनि कम्तिमा
C) जती धेरै श्रीमती विवाह गर्न मन लाग्यो उती धेरै धनी हुनु पर्‍यो किनभने विवाह गर्न लाई केटी पक्षलाई उनिहरुले मगेजती पैसा दिन सक्नु पर्‍यो
D) यिनिहरु आफ्नो नाता भित्र नै विवाह गर्ने रहेछन । मतलब मान्नुस् एक ब्यक्तीले २ वटा श्रीमती विवाह गरेको छ भने पहिलो श्रीमती को छोरा ले दोश्रो श्रीमती को छोरी लाई विवाह गर्ने रहेछन । अन्य सम्बन्धको त कुरै नगरौ तपाईंले अनुमान गरी सक्नु भयो होला।
E) यहाँ त बुवाले छोरो अफिस गएको बेला बुहारी सँग यौन सम्बन्ध गर्न सक्ने (प्राय) भएकोले उनिहरु ले श्रीमती घर म एक्लै नछोडी बरु अफिस नै लिएर जाने गर्दा रहेछन ।
F) छोरी को महिनमारी (means) नहुन्जेल मात्र छोरा र छोरी एकसाथ राख्दछन , त्यस्पछी छोरा र छोरी को लागि अलग अलग बस्ने ब्यबस्था गर्दछन।
G) नेपालमा मात्र घुस खान्छन होला भनेको त यहाँ पनि घुस लिएर dublicate अकामा, (यहाँ एक ठाउँ बाट अर्को ठाउँ जान आउन तथा लामो समयसम्म बसोबास गर्न सरकार द्वारा बिदेशिको नाममा जारी गरिने परिचयपत्र लाई अकामा भनिन्छ),driving Licence तथा अन्य document बनाउने गिरोह नै हुने रहेछ ।
H) धर्म नै यहाँको कानुन रहेछ,कसैले धर्मको खिलाफ मा बोलेमा वा त्यस्तो कुनै व्यबहार गरेमा उस्लाई एक धार्मिक समारोह गरी सार्वजनिक रुपमा प्राय शुक्रबार (किनभने शुक्रबार यहाँ को साप्ताहिक बिदा को दिन पर्दछ)उस्ले गरेको अपराध सुनाएर काट्ने वा फाँसी दिने चलन रहेछ। याद राखनुस् यो निती प्राय नेपाल जस्ता अल्पबिकसित तथा गरीब राष्ट्रका नागरिक हरुको हकमा सत प्रतिशत लागु हुन्छ भने अमेरिका ,ब्रिटेन जस्ता बिकसित देशका नागरिक हरुलाई उनिहरुकै देशमा सुपुदर्गी गरिने रहेछ किनभने अरबी हरु अमेरिकन तथा ब्रिटिश हरु सँग डराउने रहेछन।
I) यहाँ त जे पनि उल्टो जस्तो कि पानी पनि जाडोमा मात्र पर्ने, गर्मी को त के कुर 55 डिग्री सेन्टिग्रेड सम्म त काम गर्नु पर्ने बाध्यता हुन्छ।
H) यहाँ House Driver को भिसा मा आउने जो कोहिले पनि अर्को पल्ट अन्य भिसामा आएर काम गर्ने अनुमती हुँदैन, त्यसकारण जो House Driver को भिसा मा आएको छ उस्ले आफ्नो देशमा अर्को Passport (प्रतिलिपी )बनाएर मात्र आउन सक्ने रहेछ किनकी House Driver को काम गरेको ब्यक्ती लाई बहिर Site मा काम गर्ने अनुमती नहुने रहेछ।
J) यहाँ मदिरा वा अल्कोहल जन्य पदार्थ को बिक्रिबितरण मा पूर्णतया रोक लगाएको हुन्छ, यदी कसैले गैरकानुनी रुपमा उत्पादन तथा बिक्रिबितरण गरेको पाएमा सजाय त्यही त हो नि,प्राणदन्ड ......
K) प्रायगरी साउदी हरुले आफ्नो घरमा काम गर्न को लागि indonesian ,kerala, Nepali महिला हरुलाई ल्याउने गर्दा रहेछन, उनिहरुको काम भनेको हामीले नेपालमा पाउन लाई स्वागत गर्दा चिया दिए गरे जस्तो साउदी को पाउना जो आए पनि उनिहरु को सुतने साथी बन्नु पर्ने। (मैले देखेको त हैन तर यहाँ धेरै बर्ष सम्म काम गर्ने नेपाली हरु ले साउदी मै काम गर्ने नेपाली चेलीबेटी हरु बाट सुनेको गुनासो को आधारमा भनेको )
L) सेक्स लाई जती नै दबाउन खोजे पनि सम्भव नहुने कुरा यहाँ बिभिन्न ठाउँ हरुमा गोप्य रुपमा सन्चालन भाईरहेका क्लब तथा बेस्यालय हरुले प्रमाणित गरेका छन। यहाँ फिलिपिनो ,केरला,इन्डोनेसिअन र नेपाली केटी हरु समेत यौन कर्मी को रुपमा पाइने कुरा त्यस्तो ठाउँ मा जाने ब्यक्तिहरु बाट थाहा भयो। उनिहरु को अनुसार साउदी रियल 150 देखी 200 सम्म ति यौन कर्मिहरु ले लिने गर्दा रहेछन। नेपाली हरु पनि कस्ता-कस्ता हुन्छन? महिनाको 450 रियल तलब खाएर पनि 150 रियल सम्म तरुनी को लागि उडाउने, यो चिज पनि गजब हुन्छ क्यारे.............

No comments:

Post a Comment