जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, December 30, 2010

देखिने सबै सत्य हुँदैनन् जीवन दर्शन

विश्वधर्मसभामा भाग लिने क्रममा सिकागो पुगेका स्वामी विवेकानन्दको पोसाक देखेर एउटी महिला हाँसिन् । कारण सोद्धा उनले भनिन्-
''अन्तर्राष्ट्रियसभामा आउने प्रतिनिधिको पोसाक त यस्तो छ भने त्यस देशका अन्य नागरिकको अवस्था कस्तो होला भनेर हाँसो उठ्यो ।'' त्यसपछि स्वामीजीले विनम्रतापूर्वक भन्नुभएछ- ''सरी म्याडम हाम्रो मुलुकमा मानिसको योग्यताको मापन
सुचीकारको कार्यकक्षबाट हुँदैन ।'' उत्तर सुनेर उनी अवाक् भइछिन् र पश्चाताप गर्दै पूरा जीवन उनको अनुयायी भएर बिताइछिन् । निःसन्देह बाहिरी आवरण हेरेर मानिसको मूल्याङ्कन गर्न हुँदैन । हुनत लवाइ र खुवाइले पनि केही हदसम्म व्यक्तित्वको छनक नदिने होइन तर त्यसैबाट समग्र मूल्याङ्कन भने हुन सक्दैन । एक जना सज्जन कतै जान लागेका थिए कोट फाटेको देखेर पिएले सम्झाएछन्- 'हजुर ! कोट पुरानो छ फेर्ने कि ?' सज्जनले उत्तर दिएछन्- 'मलाई चिन्नेले यसै पनि चिनैकै छन् । नचिन्नेले नयाँ कोट लगाउँदैमा चिन्ने होइनन् क्यारे ।' कुरो कति सत्य हो त्यो त थाहा छैन तर महापुरुषहरू बढी देखिन चाहँदैनन् र जो बढी देखिन खोज्छन् उनीहरू महापुरुष हुन सक्दैनन् ।
व्यक्ति महान् त्यही हुन्छ जो आˆनो वास्ता नगरी अरूको हितमा जीवन बिताउन चाहन्छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यसलाई सुखको मूल आधार मान्नुभएको छ । व्यक्तित्वको सबालमा कहाँ जन्म्यो र कहाँ बसेको छ भन्ने कुराले त्यति महìव राख्दैन । यसका लागि त कसरी बसेको छ भन्ने कुरालाई नै केलाउनु पर्ने हुन्छ । ऋषिकुलमा जन्मेका रावणलाई कोही महापुरुष स्वीकार्न तत्पर देखिँदैनन् । दानवकुलका भए पनि प्रहृलादलाई महापुरुष मान्न सबै तँछाड मछाड गरिरहेका छन् । दुर्योधनजस्ता खल पात्र पनि कौरवकुलकै हुन् र भीष्मजस्ता भला पात्र पनि यसै कुलका हुन् । त्यस्तै कंशजस्ता खुनी पात्र पनि पौरव नै हुन् भने उग्रसेनजस्ता गुणी पात्र पनि पौरव नै हुन तर पनि भिन्नै छ गुणको गति भने कसको के लाग्छ र । जतिबेला संसारको सत्ता लोकहितको चिन्तनमा पूरा जीवन समर्पण गर्ने कौपिनधारी योगीहरूको हातमा थियो त्यतिबेला वसुधैव कुटुम्बकमको नारा घन्काएर द्यावाभूमि एउटै बनाउने प्रयास गरिएको थियो तर जब यसलाई भोगी प्रशासकहरूले हातमा लिए त्यसपछि भने भूमि मात्र होइन आकाशसमेत विभाजनको स्थितिमा पुगेको छ ।
अहिलेसम्म आफूले आफैँलाई घोषणा गरेर संसारको इतिहासमा कोही पनि ठूलो मानिस हुन सकेका छैनन् । ठूलो मानिस हुन अरूले ठूलो भनिदिनुपर्छ र अरूले ठूलो भनिदिन काम पनि त्यस्तै गर्न सक्नुपर्छ । दुई-चार जना आˆना आसेपासेलाई मन पर्ने काम गरेर सबैको दृष्टिमा ठूलो मानिस बन्ने चाहना देखियो भने त्यो दिवास्वप्न नै हुनेछ । हिरण्यकशिपुले आफूलाई त्रिलोक विजयी ठान्थे र आफूले आफैँलाई भगवान् घोषणा गरेका थिए तर अरूको त के कुरा उनकै छोरा प्रहृलादको समर्थन पाउन सकेनन् भने आफैँलाई सर्वेसर्वा ठान्ने दाजु रावणको अभियानमा भाइ विभीषणको र मामा कंशको अभियानमा भाञ्जा कृष्णको मात्र होइन उनकै बाबु उग्रसेनको समर्थन रहन सकेन । आफैँलाई सर्वेसर्वा ठानी अरूलाई कम आँकलन गरेकै कारण महारथी कर्णले आपत्तिकालमा सहोदर भाइ मात्र नभई मन्त्र दिने गुरु, जन्म दिने आमा र जन्मभूमिबाट समेत सहयोग पाउन सकेनन् । यी त भए पहिलेका कुरा अहिलेकै कुरा गर्ने हो भने पनि अरूलाई पन्छाउन खोज्दा कस्ताकस्ता मै हुँ भन्ने राजामहाराजाहरू आफैँ पन्छिन पुगेका छन् । एउटा भ्यागुतोले अरूको सामु ठूलो देखाउन पेट फुलाउन थालेछ । फुलाउँदा फुलाउँदा यति बढी फुलाएछ कि पेट फुटेर तत्कालै कालकवलित हुन पुगेछ । अहङ्कारको नतिजा जहाँ पनि त्यस्तै हुन्छ ।
समुद्र आफैमा अगाध हुन्छ ऊ कहिल्यै फुर्ति पनि गर्दैन र अनावश्यक तडकभडक पनि देखाउँदैन । वषर्ातमा जति पानी थपिए पनि उस्तै हुन्छ र हिउँदमा जति पानी सकिए पनि उस्तै रहन्छ । न थपिँदा मात्तिन्छ न सकिँदा आत्तिन्छ तर अलिकति पानी पर्नासाथ फुर्तिफार्ती गर्दै सुसाउने खहरेका भने हिउँदमा नामोनिसानै देखिन्न । जसको भित्र छ उसले बाहिर देखाउन्न जसको छैन उसले भने बढी नै देखाउने प्रयास गरिरहेको हुन्छ । जहिले पनि फलेको हाँगो झुकेकै हुन्छ । नफलेको हाँगो बरु टुट्न मन पराउँछ तैपनि झुक्न चाहँदैन । यसै पनि देखिने सबै सत्य हुँदैनन् । जुन देखिएको छैन त्यसैभित्र महान् सत्य लुकेको हुन्छ । हामी प्रायः हाँगालाई हेरेर रूखबारे धारणा बनाउने गर्छौं तर त्यसलाई धान्ने जराप्रति भने खासै ध्यान दिंदैनौँ । मुख्य गडबडी यहीँ नै भएको छ । निःसन्देह देखिएको संसार एउटा पाटो हो भने नदेखिएको संसार समग्र पाटो हो । देखिएको संसारको मात्र पछि लाग्दा अन्तै पुगेर दुःख पाउन सकिन्छ । तर विडम्बना त के भने अहिले हामी प्रायः त्यसै गरिरहेका छौँ । निश्चितरूपमा प्रतिस्पर्धा नराम्रो होइन । प्रगतिका लागि प्रतिस्पर्धा हुनै पर्दछ तर यसबाट अरूको बाटो अवरुद्ध हुन्छ कि त्यसतर्फ पनि ध्यान दिनु पर्दछ । अरूको बाटो छेक्न खोज्दा आˆनै बाटो छेकिन सक्छ । अरूलाई पञ्छाउन खोज्दा आफँै पञ्छिने दिन आउन सक्छ । प्रकृतिको राज्यमा देर हुन्छ अन्धेर हुँदैन । विस्तारै गए पुगिन्छ, हतार गरे भन्न सकिन्न । विचरी ती गौराङ्गनाले विवेकानन्दको बाहिरी रूपलाई मात्र देखिन् र त्यसैलाई हेरेर मूल्याङ्कन गर्न खोजिन् जसले गर्दा तत्कालै पश्चाताप गर्न पर्ने अवस्था आयो । तत्कालै पोल्छ र संशोधन वा पश्चाताप गर्न पर्छ भने त्यस्तो बोलीको के सार ? बोल्नपूर्व पनि ध्यान दिनै पर्दछ ।
- कमल रिजाल 

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete