जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, December 30, 2010

उन्नतिका सात कारण

श्रद्धालु भएर रहनु - हाम्रा साधना शास्त्र, सद्ग्रन्थहरूमा 'श्रद्धाहीनं' नलभते ज्ञानं भनिएको छ । मानव जीवन श्रद्धा र विश्वासकै आधारमा सञ्चालित छ । श्रद्धा-विश्वासबाट सबै कुरा प्राप्त गर्न सकिन्छ । श्रद्धाविना कुनै फल प्राप्त हुँदैन । गीतामा भगवान्ले श्रद्धा र ज्ञान नभएको व्यक्ति नष्ट हुन्छ भन्नुभएको छ । श्रद्धालु व्यक्ति जस्तो सुकै पीडित र व्यथित अवस्थामा पनि लक्ष्य प्राप्तिको निमित्त प्रयास गरिरहन सक्दछ । श्रद्धाबाट विश्वास, विश्वासबाट कर्ममा उत्साह र उत्साहबाट सफलता प्राप्त हुन्छ ।


पाप कर्म -दुष्कर्म) नगनु- जीवनमा उन्नति र सुखको चाहना गर्नेले पाप कर्म भुलेर पनि गर्नुहुँदैन । पाप भन्नु नै दुःख हो । दुःख उत्पन्न गराउने दुष्कर्म वा खराब कामबाट सदा सचेत बन्नु ठूलो बुद्धिमानी हो । ज्ञानीहरू जुन कर्मबाट दुःख र दोष उत्पन्न हुन्छ तिनबाट सदैव टाढा रहेर शुभ कर्म मात्र गर्दछन् । खराब काम त्यही हो जसबाट हाम्रो मन अशुभ वा अन्य -अनावश्यक) विचारमा लाग्दछ । त्यस्तै, असल काम त्यही हो जसबाट हाम्रो मन शुभ र सत्यतर्फ लाग्दछ । धम्मपथमा मानिसले यस्तो मात्र कर्म गर्नुपर्छ जसको परिणाम भोग गर्दा प्रसन्नता र सुख प्राप्त हुन्छ र त्यस्तो कर्म गर्नुहुँदैन जसको परिणाम भोग गर्दा दुःख र पछुतो हुन्छ भनिएको छ ।

विद्या संचय गर्नु- विद्या वा ज्ञान नै सबै उन्नति र सुखको मुहान हो । विद्याविना ज्ञान र ज्ञानविना सफलता सम्भव हुँदैन । त्यसैले 'विद्या धन सर्व धनं प्रधानम्' भनिएको छ । जीवनमा सफलता र उन्नतिको आकाङ्क्षा राख्नेले विद्याध्ययनमा ध्यान पुर्‍याउन अति जरुरी छ । नित्य स्वाध्यायमा रुचि जगाई अध्ययनशील र जिज्ञासु स्वभाव निर्माण गर्नुपर्छ । यसैबाट नयाँ ज्ञान र उन्नतिको द्वार खुल्दछ ।

प्रज्ञावान् हुनु- नीति शास्त्र भन्दछ-जसरी आँखा नहुनेले ऐना राखेर पनि उसले आˆनो रूप देख्दैन त्यसैगरी प्रज्ञाहीन मनुष्यलाई शास्त्रले पनि उपकार गर्न सक्दैन । अर्थात् त्यसबाट उसले कुनै फल प्राप्त गर्न सक्दैन । यस उक्तिबाट के स्पष्ट हुन्छ भने प्रज्ञाहीन व्यक्ति जीबन्नोतिका लागि सधैँ असक्षम हुन्छ । जीबन्नोति र सफलताका निमित्त सही मार्गदर्शन र प्रेरणा प्राप्त गर्न प्रज्ञावान् हुन अत्यावश्यक छ । हाम्रा इन्दि्रय तथा अङ्गहरू प्रज्ञा वा ज्ञानद्वारा सञ्चालित छन् । समस्त बौद्धिक कार्य प्रज्ञाद्वारा सम्पन्न गरिन्छ । प्रज्ञा वा ज्ञानाग्निमै समस्त दुर्भाव भष्म भई जीवन शान्त, सुन्दर र मधुर बन्दछ ।

सत्कर्ममा उत्साही बन्नु - पापको थुप्रो नै दुःखको कारण हो । पुण्यकर्म गरेपछि फेरि फेरि गर्नुपर्छ । उत्साह बढाउनुपर्छ । पुण्यको राश नै सुखको कारण हो । उपरोक्त भनाइबाट पुण्य वा सत्कर्मको महìव छर्लड्ढ हुन्छ । सत्कर्मबाट मनुष्यले पुण्य सञ्चय गर्दछ । जानेर होस् वा
अन्जानमा गरिएको सत्कर्मको परिणाम सुखदायी नै हुन्छ । सत्कर्ममा निरन्तर लाग्नाले आनन्द र उन्नति प्राप्त हुन्छ । कर्म उत्साही र आनन्दित भएर गर्नुपर्छ किनभने निरुत्साही र शोकाकुल व्यक्तिको सबै काम बिग्रन्छ । उत्साहविना संसारमा कुनै काम बन्दैन र उत्साहविनाको प्राप्ति महìवपूर्ण हुँदैन । त्यस्तै, उत्साही व्यक्तिको निमित्त संसारमा कुनै पनि वस्तु दुर्लभ छैन ।

सत्सड्ढत गर्नु - सत्सड्ढ नै उन्नति र ज्ञानको मार्ग हो । त्यसैले महात्माहरूले सत्सड्ढ अर्थात् सत्सड्ढतमा विशेष जोड दिएका छन् । सत्को अर्थ असल वा उच्च र सड्ढको अर्थ टाँसिनु, सम्पर्क वा सड्ढत गर्नु भन्ने हुन्छ । कुनै पनि व्यक्ति जस्तो तìव वा व्यक्तिको सड्ढत गर्दछ त्यस्तै बन्दछ । कोइला आफै तातो बनेको होइन, आगोको सड्ढतले आगो बनेको हो । साना खहरे खोलानाला, नदी नाला पनि ठूलो नदीको सम्पर्कमा जानाले समुद्रसम्म पुग्न सक्षम हुन्छन् । तसर्थ सड्ढत सधैँ ठूलाबडा अर्थात् ज्ञानी सज्जनहरूको नै गर्नुपर्छ भनेर सत्शास्त्रहरूमा निर्देशन गरिएको छ ।

जाग्रत वा जागा भएर रहनु - भनिन्छ, जसरी घरका मानिसहरू उठिरहेको समयमा चोर पस्न सक्दैन त्यसैरी नै सधैँ जागा वा जाग्रत रहृयौँ भने मनमा खराब विचारहरू आएर हाम्रा सद्भावहरूलाई हरण गरेर लैजान सक्दैनन् । यसरी मानव जीवनमा सद्भाव, शान्ति र समुन्नतिको आकाङ्क्षा राख्नेले सदा आफूलाई जागो वा जाग्रत तुल्याई होसियारी तथा सावधानीपूर्वक कर्म गर्नु अपरिहार्य छ । मानिसले होस नराखी कर्म गर्दा नै कतिपय विपत्ति विनाश निम्त्याउने गर्दछ । दृढ विश्वासका साथ निरन्तर आत्म जागृत गराई लागि परेमा नै ज्ञान-बुद्धि खुली चैतन्य अवस्थाको अनुभूति लिनुको साथै जीवनको वास्तविक उन्नतितर्फ अग्रसर बन्न सकिन्छ ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete