जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, December 14, 2010

इन्टरनेट सेवाग्राहीको भीड

इलाम/ नेपाल टेलिकमले पि्रपेड मोबाइल सिमकार्डबाट इन्टरनेट सुविधा सञ्चालन गरेपछि त्यस्तो सेवा लिने बढेका छन् ।

टेलिकमले गत असोजमा निःशुल्क सेवा प्रदान गर्न थालेपछि हालसम्म २ हजार ५ सयले सेवा लिइसकेका छन् । एक सातायता मोबाइलमा इन्टरनेट सुविधा जडान गर्न आउनेको भीड बढेको बताइएको छ ।
अहिले कार्यालयमा दैनिक सयदेखि १ सय २० जनासम्म इन्टरनेट जडानका लागि आउने गरेको टेलिकम इलामले जनाएको छ । सुरुका दिनमा सिमकार्ड लिन कठिन भए पनि पछिल्ला दिनमा निम्नवर्गसम्मको पहुँचमा आउने गरी टेलिकमले सेवा दिन थालेको छ । टेलिकमको कात्तिक मसान्तसम्मको तथ्यांकअनुसार इलाम शाखाबाट २८ हजार ९ सय ८९ र फिक्कल शाखाबाट ४ हजार ५ सय ८० जिएसएम सिमकार्ड वितरण भएका छन् 

No comments:

Post a Comment