जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, December 15, 2010

के हो साइवर प्रेम ?

धेरै मानिसहरु साइवर डेटिङ अर्थात साइवर प्रेममा निकै आनन्दित महशुस गर्दछन् । जब एउटा प्रेमी एउटी प्रेमिकालाई च्याट रुममा भेट्दछ । तिनीहरु एक अर्कामा हराउन पुग्दछन् र हरेक कुराकानी र भेटघाटहरुमा उनीहरु यति नजिक हुन्छन् कि आफ्ना साइबर पे्रमी प्रमिकालाई ‘गुड नाइट’ नभनी सुत्न सक्दैनन् ।

किन साइवर प्रेम वास्तविक जीवनको रोमान्स भन्दा फरक छ त ? साइवर प्रेम अभिभावक तथा साथीहरु जस्ता प्रत्यक्ष भेटिएका व्यक्तिको प्रेम होइन तर यो अनुराग हो जुन विपरित लिंगीसँग जोडिएको हुन्छ । सायद एउटा र्सार्थक भिन्नता यो छ कि यसमा संचारको ठूलो भूमिका हुन्छ । जहाँ भावपूर्ण शब्दहरुका प्रभाव विशाल हुन्छ ।
वास्तविक जिवनका प्रेमी प्रेमिका जस्तै साइवर प्रेमी प्रेमिका पनि नियमित डेटिङ गर्दछन् । वास्तविक जिवनका डेटिङहरुमा हामी कपाल मिलाउँछौ । सुहाउने र राम्रो देखिने कपडाहरु लगाउँछौ र श्रंगार गर्दछौ । तर, अनलाइन डेटिङमा उनीहरु आफ्ना चेतना, कल्पनाशिलता तथा व्यत्तित्वलाई चम्काउने गर्दछन् ।
साइवर प्रेमका बारेमा अनेक तर्क वितर्क रहेका छन् । एक थरी तर्क छ- ‘शारीरिक आकर्षक, निकटता र उपस्थिति विना केवल वौद्धिक तहमा साचो प्रेम विकसित हुन सक्दैन ।’ अर्को थरी तर्क छ- ‘यदि कुनै महिला पुरुषहरु पहिल्यै विचार र भावनाको विनिमयबाट प्रेम गर्दछन् भने के त्यसमा शारीरिक उपस्थितिको कुनै भूमिका रहन्छ र ?
धेरै मानिसहरु भन्दछन् कि साइवर प्रेम, प्रेमको प्रकृति विपरित छ । किनकी साइवर प्रेमले मानिसको दृष्टि, चेतना, मुहारको भाव, तथा शारीरिक भाषाको भूमिकालाई बन्चित गर्दछ । तर अर्को पाटोबाट यसलाई हेर्ने हो भने इन्टरनेट सम्बन्ध भावनात्मक सम्बन्धमा उक्लन्छ जुन शारीरिक आकर्षक भन्दा उच्च हुन्छ ।
आखिर साइवर प्रेमका बारेमा जे जस्ता धारणा भएता पनि वास्तविक विश्वका ति मानिसहरु जोसँग पैसा र दुरिको समस्याले भेट्न संभव छैन, उनीहरुसँग भेट्न र प्रेम गर्ने अवसर प्रदान गरेको छ । त्यसैले साइवर प्रेमलाई इन्टरनेटको चमत्कार नै मान्नु पर्छ । तर इन्टरनेटमा जति सजिलै प्रेम प्राप्त हुन्छ । त्यति नै सजिलै त्यो टाढा पनि हुन सक्छ । तर यसको मतलब साइवर प्रेम र साइवर डेटिङ गर्न हुन्न भन्ने होइन । यदि प्रेम विउ हो भने इन्टरनेट केवल हावा हो, त्रि्रो मुटु पानी हो भने, जिवन भुमि हो । जहाँ साइवर प्रेम हुकन्छ ।

No comments:

Post a Comment