जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, December 26, 2010

इच्छा र अडान बीचको नेपाली राजनीती

हिन्दीमा एउटा उखान छ 'गधे पॆ दिल लगि तो परी क्या चिज है' नेपाली राजनिति पनि अहिले यहि उखानको वरीपरी घुमिरहेकोछ। नेपाली जनताले नेपाली राजनितिको उताव चढावमा धेरै परिवर्तनको आशा गरेर नेपालमा नयाँ व्यवस्थाको लागी आन्दोलन पनि गरे फलस्वरुप नेपालको दुइसय चालीस वर्षे इतीहास वोकेको राजतन्त्रको अन्त्य गरी गणतन्त्र नेपालको इतिहास सुरु गर्नलाई इतिहासकै ठुलो आन्दोलन पनि गरे । उता एकिकृत माओवादी पनी शसस्त्र युद्धलाइ छोडी शान्तिपुर्ण राजनितीमा आउन पनी
त्यही दोस्रो जनआन्दोलन लाइ कुर्नु पर् यो फलस्वरुप सविधानसभा पछि अहिले नेपाली राजनितिको सबैभन्दा ठुलोपार्टी बनाए उसलाइ नेपाली जनताले तर बिडम्बना नेपाली जनताले सविधान सभा पछि जुन कुराको अपेक्षा गरेका थिए त्यसको ठिक विपरीतको सजाय भोगी रहेका छन । नहोस पनि कसरी यदी द्धन्दरत दुईपक्ष या कसैलाई पनी शान्ति प्रकृयामा समावेश गराउँदा एक अर्काको इच्छा र अडान वुझनु जरुरी हुन्छ । कुनैपनी द्धन्दरत पक्षविच अडान र इच्छा को विचमा सहमती तथा जीत खोज्नु पर्दछ । हिजो शान्ति प्रकृया सुरु हुदा खेरी द्धन्दरत पक्ष विच अथबा त्यतीखेर को विद्रोही माओवादी तथा अन्य दलहरु विच सहबती हुदा हतपत मा निर्णय तथा सहमतीहरु भय र एकले अर्काको वारेमा वुझने तथा छलफल गर्नै समय नै पाएनान । जसको कारण सामान्य तथा आधारभूत कुराहरुमा नै छलफ सुरु हुना सकीरहेको छेना ।
द्धन्द जहिलेपनि इच्छा र अडान मै हुन्छ । अडान देखिन्छ भने इच्छा प्राय लुकाइन्छ अथवा देखिदैन हा हामी त्यही नेपाली राजनीती को चक्रब्युह मा फसीरहेका छौ । आफनो इच्छा हरु लुकाइरहेका छौ भनै अडान हरु वाहीर थुपार्दै हिडीरहेका छौ । कसको इच् के हो कसैलाई थाहा छैना फलस्वरुप हामी एक ले अर्का प्रती शंका गर्दे हिडीरहेका छौ । जब हामी द्धन्द समाधानका लागि अडानमा केन्द्रित समाधान तिर लाग्छौ त्यो द्धन्दको कहिले पनि दिगो समाधान मानिदैन फलस्वरुप त्यो द्धन्द फेरीफेरी बल्झिन्छ । हामी कहिले पनि इच्छामा केन्द्रित भएनौँ र सामान्यतया हाम्रो संस्कार नै वसी सक्यो अडान केन्द्रित समाधान खोज्ने अहिले त्यसकै नियति भोग्दैछौ । अडान केन्द्रित समाधानले तत्काल समस्याको समाधान त होला तर पछि त्यही समस्याले सताउछ । नेपालमा त्यहीनै भयो राजनीतिक दलहरु तत्कालको समाधानमा बढी केन्द्रित भए तर द्धन्दको दिर्घकालीन समाधान तिर कसैको ध्यान जान सकेन ।
त्यसैले हिजो नै छलफलवाट समाधान भैसक्नुपर्ने कुरा अहिले सम्म अल्झिएर बसेको छ । सत्ता केन्द्रित खेलवाट कोही माथी उम्कन सकेका छैनौ । विभिन्न सन्धि सम्झौताहरुलाई हामी आफैले अस्पष्ट त वनायौ नै ति सझौताको कार्यान्वयनमा सवैले आ-आफ्नै तरीकाले परीभाषीत गर्न पनि पछि परेनौ । हामीले द्धन्दका कारण खोजेर समाधान तिर त लागेनौँ तर सहमतीय सस्कारलाइ पनी विचमै तुहाइदियौँ र सुरुभयो नेपाली राजनितीको अङ्कगणीतिय खेल यो खेलमा को फाइदामा वा को घाटामा छन् त्यो हिसावकिताव का लागी त अर्का चुनाव नै कुर्नु पर्छ । तर समग्र
राष्टिय राजनितिमा भने राम्रा लक्षणहरु देखिएका छैनन् । पछिल्लो समयमा विकसित राजनितीक घटनाक्रमले नेपाली जनता ले अझ दःख पाउने निश्चित छ । जव सविधानसभाको म्याद थपियो झन अस्थीर नेपाली राजनीमा दलहरुको खिचातानी हेर्दा उनीहरु संविधान वनाउना केन्द्रित छेनान । पछिल्लो समयमा सवेभन्दा समस्या तिन ठुला राजनितीक दलहरुमा प्रष्ट देखिन्छ ।अहिले दलहरु ले सविधान लेख्न समस्या भनेकै उनीहरु को घोषण पत्र अनुसार संविधान वन्छ की वन्दैना भन्ने कुराले अडकाई रहेको छ । खासगरी तिन ठुला दल तथा मधेश वादी दल हरु आफनो पार्टीको घोषणा पत्र अनुसार संविधान वनाउना सकिन्छया सकिदैना भन्नेमा नै रहेको देखिन्छ । बरु समस्या हो अहिले इमन्दारीता को । किनकी दलहरु ले अहिले एक अर्का सँग स्पष्ट  छलफल गर्न जरुरी छ र भन्न जरुरी छ । हाम्रो पार्टीको घोषणा पत्र यो अनी हामीले वनाउन चाहेको संविधान यस्तो खाले भनेर यदी यी कुराहरुमा छलफल तथा समझदारी निर्माण भयो भने संविधान वनाउना समय नै लाग्दैन ।  त्यही इमान्दारीता अनी सत्यकुरा भन्न नचाहेर नै अहीले संवीभान निर्माण प्रकृया ओझेलमा परेको हो । यदी अझैपनी दलहरु ले आपुना सत्यकुराहरु छलफ लमा ल्याउना मानेनान भने त्यसले देशमा अझ ठुलो दुर्घटना निम्तिने मा कुनै संका छैना ।
- टीआर शाही सल्यान

No comments:

Post a Comment