जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, December 27, 2010

क्षेत्रीय गतिविध [दार्जीलिङ]

सिक्किमका पूर्व मन्त्री लाचुङ्‌पा कालेबुङमा भने-अस्तित्वको निम्ति मिलेरै लड्‌नुपर्छ
कालेबुङ, 30 सितम्बर। सिक्किम राज्यका पूर्व पर्यावरण मन्त्री थुकचुक लाचुङ्‌पा कुमुदिनी परिवारद्वारा आयोजित दशौं अन्तर विद्यालय क्रस कन्ट्री एण्ड एथलेटिक मिटमा अंशग्रहण गर्न कालेबुङ आइपुगे। तिनलाई पत्रकारहरूले दार्जीलिङमा भइरहेको आन्दोलन सन्दर्भमा सिक्किमको दृष्टिकोणबारे प्रश्न गर्दा तिनले भने, बहुसङ्‌ख्यक कुनै पनि समुदायले संवैधानिकरूपमा गर्ने मागलाई दुत्कार्न सकिन्न। दार्जीलिङबाट भइरहेको आन्दोलनलाई
सिक्किमको पनि समर्थन छ। दार्जीलिङ पहाडको माग संवैधानिक र न्यायसङ्गत नै छ। सिक्किम विधानसभाबाट गोर्खाल्यण्डको प्रस्ताव पारित गरिने भनेर चलेको कुराले अहिलेसम्म साकाररूप लिन नसक्नको कारण के हुनसक्छ भन्ने प्रश्न गर्दा तिनले यस विषयमा आफू बोल्न नसक्ने बताए। तिनले भने, म सरकार होइन, यसकारण यसको उत्तर म दिन सक्दिनॅं। सरकारले नै दिनसक्छ। तिनको कार्यकालमा पनि गोर्खाल्याण्डको मुद्दालाई विधानसभामा नउठेको कारणबारे प्रश्न गर्दा तिनले त्यसबेला यस्तो कुनै कुरा नभएको अनि आफूहरूले यस मागलाई पूर्ण समर्थन गरेको जनाए। तिनले यस मुद्दामाथि आफ्नो दृष्टिकोण स्पष्ट पार्दै भने, यदि भविष्यको निम्ति आन्दोलन गरिएको हो भने, यदि अस्तित्वको निम्ति आन्दोलन गरिएको हो भने मलाई लाग्छ सबै मिलेर नै आन्दोलन गर्नुपर्छ। आफूले पनि कालेबुङको कुमुदिनीबाट नै शिक्षा लिएको अनि कालेबुङसित आत्मीय सम्बन्ध रहेको जनाउँदै तिनले बितेका दिनहरू सम्झिए। भने, मैले पनि मेला ग्राउण्डमा फूटबल खेलेको हुँ, नाचेको हुँ। म्याराथन पनि कुदेको हुँ। आज त्यही स्कूल पढ्‌नेहरूले यसरी अन्तर विद्यालय कार्यक्रम राखेको पाउँदा कुमुदिनीले राम्रै विद्यार्थीहरू जन्माएको रहेछ भन्ने प्रमाण दिएको जस्तो लागेको छ। तिनले कुमुदिनी परिवारसित मिलेर कालेबुङमा एक सांस्कृतिक-साङ्गीतिक कार्यक्रम आयोजन गर्ने सल्लाह भइरहेको पनि पत्रकारहरूलाई जनाएका छन्‌। अन्तर विद्यालयस्तरमा भएको म्याराथन पूरुषवर्गको दौडमा एसयुएमआइका प्रवल छेत्री अनि पुरण राई क्रमैले पहिलो दोस्रो बनेका थिए भने तेस्रो भने अलगढा स्कूलका सरज मगर बनेका थिए। महिलावर्गमा भने जनता जुनियर स्कूलका सङ्गीता राई अनि सविता राई पहिलो र दोस्रो क्रमैले बनेकी थिइन्‌ भने तेस्रो अलगढा स्कूलका अञ्जु तामङ बनेकी थिइन्‌। विभिन्न किलोमिटरको दौड, हाइजम्प, लङ्‌जम्प, छेलो हनाइ तथा अन्य खेलहरू पनि समावेश रहेको थियो।
# खेलाडी जन्माउने मिरिक आले खेल मैदानको अवस्था चिन्तनीय
मिरिक, 18 अगस्त। जिल्ला, राज्य तथा राष्ट्रिय स्तरका खेलाडीहरू जन्माउने मिरिकको प्रसिद्ध आले खेल मैदानको विस्तारीकरण र स्टेडियमको निम्ति गुरुयोजना तयार पार्न आवश्यक देखिएको छ। क्षेत्रका ग्रामीण बस्ती क्षेत्रका अधिकांश युवा खेलाडीको निम्ति व्यवस्थित खेल मैदान मानिएको आले खेल मैदानमा प्रत्येक वर्ष नै विभिन्न प्रकारका खेलकूद, स्वर्णकप फूटबल प्रतियोगिता, लीग म्याचको आयोजना गरिन्छ। यहॉं खेलकूदको निम्ति परिवेश अनुकूल रहे तापनि खेलाडीहरू तथा खेलप्रेमीले चाहे जस्तो मैदानको उचित व्यवस्था हुनसकेको छैन। स्थानीय खेलप्रेमीहरू आले खेल मैदानलाई स्टेडियमको रूप दिनसके राम्रो हुने विचार पोख्छन्‌। यदि यहॉं स्टेडियम बनिए, क्षेत्रका सम्पूर्ण खेलप्रेमीले आ-आफ्नो खेलमा रुचिका साथ अग्रसर हुने अवसर पाउनेछन्‌। तर वर्षौंअघिदेखि देखिँदैआएको उक्त मैदानको अवस्था आज पनि त्यस्तै छ। प्रत्येक खेल प्रतियोगिताको साथ खेल प्रेमीको घुइँचो लाग्ने मैदान परिसर खुल्ला भएकोले मौनिसहरू खुल्ला ठाउँ तथा सडक किनारमा उभिएर खेलको आनन्द उठाउने गर्छन्‌। 12 ए राजमार्गको किनारमा मैदान अवस्थित रहेकोले खेल अवधि कुनै पनि दुर्घटना हुनसक्ने सम्भावना बढी देखिएको छ। राज्य स्तरीयदेखि राष्ट्रिय खेलाडी जन्माउने आले मैदानको विस्तारीकरणप्रति कसैको चासो नहुनु चिन्ताको विषय बन्नगएक
# खरसाङमा अभागोलीको श्रद्धाञ्जलि सभा स्थगित
समय संवाददाता- खरसाङ, 9 अगस्त। अखिल भारतीय गोर्खालीगद्वारा भोलि 10 अगस्तको दिन खरसाङमा आयोजन गर्ने तय गरेको अभागोलीका दिवङ्गत नेता मदन तामाङप्रतिको श्रद्धाञ्जलि सभा स्थगित गरिएको अनि केही दिन भित्रनै यो कार्यक्रम आयोजन गर्ने निधो गरिएको जानकारी प्राप्त भएको छ। यता आज गोजमुमो नेताहरूको सम्पत्तिको सीबीआई जॉंच गरिनुपर्नेसहित प्रस्तावित सेटअपको विरोध गर्दै खरसाङ क्षेत्रमा अखिल भारतीय गोर्खालीग (अभागोली) द्वारा व्यापक रूपमा टॉंसिएको पोस्टर केही अज्ञात व्यक्तिहरूद्वारा केही क्षणमा नै च्यात्ने कार्य गरिएको जानकारी पाइएको छ। यस सन्दर्भमा अभागोलीद्वारा खरसाङ थानामा एक प्राथमिकी दर्ता गरिएको थाहा लागेको छ।
# आज 12 घण्टाव्यापी खरसाङ बन्द
खरसाङ, 9 अगस्त। गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो) को आह्वानमा चलिरहेको असहयोग आन्दोलनको अवधिमा कर नबुझाउने दार्जीलिङ पहाडी क्षेत्रका गाडीहरूमाथि कार्वाही गर्ने अभिप्रायमा पुलिसद्वारा थालिएको गाडी जॉंच अभियानको विरोधमा भोलि मङ्गलबार 10 अगस्तको दिन जनमुक्ति चालक महासङ्‌घद्वारा डाकिएको 12 घण्टाव्यापी खरसाङ बन्द यथावत्‌ रहने तर दार्जीलिङ र कालेबुङमा भोलि 12 घण्टाव्यापी चक्काजाम कार्यक्रम केही कारणवश नहुने तय भएको जानकारी महासङ्‌घका सचिव सुवास प्रधानले दिएका छन्‌। सचिव प्रधानले महासङ्‌घका सभापति तिलक गुरुङको परामर्शमा महासङ्‌घद्वारा नो निर्णय लिइएको बताए अनि खरसाङमा भोलि डाकिएको बन्दावधिमा सम्पूर्ण सरकारी कार्यालय, व्यापारिक अनि शैक्षिक संस्थानसहित वाहनहरूको आवागमन पूर्णरूपमा बन्द रहने जानकारी दिए। तिनले आवस्यक सेवाहरूलाई बन्दबाट मुक्त राखिएको अवगत पनि गराए। हाम्रो उद्देश्य बन्द डाकेर कसैलाई ठेस पुऱ्याउनु नरहेको तर गाडीको कर नबुझाउने धेरैजसो खरसाङ क्षेत्रका गाडीहरूविरुद्ध पुलिसले कार्वाही गर्न थालेकोले यो पदक्षेप ग्रहण गरिएको बताए अनि यदि आउँदो दिनहरूमा चालकहरूमा कुनै प्रकारको प्रशासनिक चाप सृष्टि गरिएको सम्पूर्ण पहाड नै अचल बनाइदिने चेतावनी पनि दिए।

No comments:

Post a Comment