जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, December 27, 2010

सुचना तथा प्रविधि मेला पुस २१ गते देखि काठमाण्डौमा सुरु हुने

सहदेव चौधरी ,काठमाण्डौ, ११ पुस । आइसिटी इन्फो ट्रेड २०११ ब्रान्डिङ एक्सपो आउउदो पुस २१ गते देखि २५ गते सम्म सुचना तथा प्रविधि मेला सुरु हुने भएको छ ।
सुचना तथा प्रविधि मेलामा यस अघि आयोजना गरिएका मेलाहरुभन्दा  फरक र वैज्ञानिकका साथै विश्वमै पछिल्लो संस्करणमा देखा परेका नयाँ टेक्नोलोजीका सामानहरुको  बारेमा सर्वसाधारणलाइ जानकारी दिने उद्देश्यले इन्फो ट्रेडको आयोजना गर्न लागिएको हो ।
प्रदर्शनीमा पुराना सामानहरु सस्तो रकम तिरेर नयाँ लिन पाउने एक्सचेन्ज अफर सस्तोमा सोलार  फोटो ग्राफी मेसिनहरु उपलब्ध गराइने कम्प्युटर मोबाइल तथा पछिल्लो समयमा भित्रिएको डिजिटल टेलिभिजनहरु सस्तोमा उपलब्ध गराउने आइसिटी एशोशिएशनका उपाध्यक्ष भेषराज पौडेले  जानकारी दिनुभयो ।
कार्यत्रममा नि शुल्क प्रवेशका लागि एशोशिएशनको वेवसाइट www.ict.org.np मा लग अन गरी आफ्नो नाम दर्ता गर्न सक्ने आइसिटीका कोर्डिनेटर सीएन उपाध्यायले बताउनुभयो ।  मेला स्टर भरि नै इन्टरनेट वाइफाइ  सीसीटीभिको व्यवस्था मिलाइएको छ भने ब्रान्ड प्रोमोशनका लागि प्रदर्शनकर्ताले आफ्नो डेमो गेर्न सक्ने स्थानको आयोजकले प्रबन्ध समेत मिलाइएको हुनेछ ।
यसपटकको इन्फोट्रेड २०११ कार्यत्रमको मुख्य प्रदर्शनी हलमा ४० वटा ब्रान्डिङ कम्पनीहका  स्टलहरुमा करीब ८० भन्दा बढी ब्रान्डका सामानहरुको प्रदर्शनी तथा बिक्रि वितरण हुनेछ । ब्रान्डेड कम्प्युटर ल्यापटप मोबाइल टेलिभिजन लगायत सुचना प्रविधिसँग सम्बन्धित सामाग्रीहरुको प्रदर्शनी गरिने छ । अन्तराष्ट्रिय कम्पनीहरुमा AKKORD, ALTEC  LANISING, AOC, APPLE, ASUS , BALEYO , BAELKIN, BENQ, BLACKBERRY, BROTHER, CHIMEI, MONITOR, CREATIVE, DELL,DELTA, DIGOCOM , DYNAMIC,EDIFIER,EDIMAX, FOX CONN, FUJITSU,GENIUS,GENUS, G-FIVE MOBILE, HASEE LAPTOP, HP HUNDAI, iHOME, INKTECH, INTEX, ITALK, JDKEE, JUNIPER, KARBONN, KASPER SKY, KING MAX, LG LINX, MCAFEE, MAIPU,MAT RIX, M-AUDIO, MISTSUBISHI ELECTRIC, MOTOROLA, NAMASTE, NEC, NOKIA, PC INFO, PC MAG, PHILIPHS, PINNACLE, PRISM, PROLINK PROSCAND, QUICKHEAL, RICOH, ROLAND, SAMSUNG, SILICION POWER, SMARTCELL , SONY ERICSSON , SPPED, SPICE STROTINUM, SU-KAM  ENVERTER, Tech- COM, TOSHIBA, TP- LINK, VERBATIM, VEVOX, UMAX , UTI, XMI, XTREAMER, का साथै इन्फोट्रेडमा सुचना तथा सन्चार प्रविधि अन्थर्गत मल्टिमिडियाका पछिल्लला संस्करणहरु पनि प्रदर्शनीमा राखिने भएका छन ।
मेलालाइ आकर्षित गर्नका लागि यस पटक भने उत्कृष्ट स्टल उत्कृष्ट अफिसियल पार्टनर उत्कृष्ट मेडिया रिपोर्टर लगायतका पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

No comments:

Post a Comment