जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, December 22, 2010

विवाह जीवनको सुन्दर पल हो

काठमाडौ, मंसिर २३ - नम्रता श्रेष्ठ नेपाली फिल्म इन्डस्ट्रीमा सबैको लागि एउटा चर्चित र हट नाम भएको छ । उनको बारेमा यो इन्डस्ट्रीमा कमै चर्चा नहुने गर्छ । म्युजिक भिडियो, विज्ञापन हुँदै ठूलो पर्दाको फिल्मसम्म पुगेकी नायिका नम्रता श्रेष्ठ भिडियो स्क्यान्डलका कारण बढी नै चर्चामा रहिन् । थोरै समयमै 
सफलता कमाएकी यी नायिकाले डेव्यु गरेको फिल्म सानो संसारले धेरै सफलता हासिल गरेको थियो । यही सफलताले गर्दा यी नायिका निकै व्यस्त पनि बन्दै गइरहेकी थिइन् । कम बोल्ने र आफ्नो काम इमानदारीका साथ गर्ने भएकाले सबै दर्शन र निर्माता/निर्देशकले उनलाई मन पराउँथे । नेपाली फिल्म इन्डस्ट्रीमा उदाइसकेकी यी नायिकाको केही समयअघि आएको एउटा विवादास्पद भिडियो स्क्यान्डलले यिनको छविमा नकारात्मक असर पार्‍यो । त्यही भिडियोका कारण यिनले फिल्म क्षेत्रबाट केही समय टाढा
रहनुपर्‍यो । जसले गर्दा उनको करियरमा ठूलो नोक्सान हुन गयो । यति हुँदाहुँदै पनि उनी अहिले यो क्षेत्रमा लगनशील भएर डटेर लागिरहेकी छन् । उनको यो संघर्षलाई सबैले सकारात्मक रुपमा लिएका छन् । अहिले उनी थुप्रै सिर्जनशील काममा सक्रिय रहेको देखिन्छ । उनी अहिले फिल्म क्षेत्रमा एउटा सकारात्मक सोचका साथ अगाडि आएकी छन् । यिनै नायिका नम्रता श्रेष्ठसँग गरिएको केही भलाकुसारी यहाँ प्रस्तुत छ-

तपाईं यो क्षेत्रमा कसरी आउनुभयो ?
एसएलसी दिएपछि अफरहरू आइरहेको थियो तर त्यतिबेला म होस्टेलमा बस्ने भएकोले गरिनँ, पछि प्लसटु सकेपछिको खाली समयमा म्युजिक भिडियो खेल्ने अफर, अनि विज्ञापन खेल्ने पनि अफर आयो त्यसपछि यही क्षेत्रमा नै रमाइलो लाग्न थाल्यो अनि यसैलाई निरन्तरता दिएँ ।
अहिले केमा व्यस्त हुनुहुन्छ ?
भर्खर मिस यु भन्ने फिल्म सकाएर बसेकी छु । म ब्याक टु ब्याक फिल्म गर्दिनँ । अहिले हाम्रो कलाकार दाइ कुमार कान्छाको उपचारका लागि फन्ड रेजिङ कन्सर्ट गर्दै छु १८ डिसेम्बरमा गार्डेन अफ डि्रममा त्यसमै व्यस्त छु । एउटा कलाकार भएको नाताले गोपाल भुटानी दाइका लागि केही गर्न सकिनँ तर कुमार कान्छा दाइलाई सहयोग गर्ने मन छ ।
भगवान्प्रति कत्तिको आस्था छ ?
भगवान्प्रति आस्था छ । म सधैंं भगवान्लाई सम्झने गर्छु । म सानो छँदा आमाले मलाई सधैं भन्नुहुथ्यो, भगवान् हाम्रो आत्मामा हुन्छ । हामीले सधैं सम्भिmनुपर्छ ।
भगवान्सँग केही माग्न पाउनुभयो भने के माग्नुहुन्छ ?
खासै केही छैन । यस्तो राम्रो र सपोर्टिभ परिवार पाएकी छु अरू के चाहियो र ? तर कहिलेकाहीं कति धेरै काम गर्न मन लागेको हुन्छ समय नै पुग्दैन त्यति बेलाचाहिं म दुइटा भएको भए नि हुन्थ्यो जस्तो लाग्छ । त्यसैले भगवान्सँग अर्को पनि एउटा मजस्तै नम्रता बनाइदिनु भन्ने जसले मैले गर्न नभ्याएको कामहरू गर्न सकोस् ।
तपाईको जीवनको एउटा कालो पाटो भिडियो स्क्यान्डलको बारेमा के भन्नुहुन्छ ?
म खास त्यसबारेमा केही भन्न चाहन्नँ, मैले अहिलेसम्म कुनै पनि अन्तर्वार्तामा त्यसबारेमा केही नबोल्दा त मिडियाले नम्रताले यो भन्यो त्यो भन्यो भनेर लेख्छन् । त्यसैले अहिलेसम्म यस विषयमा मैले कसैलाई केही भनेको छैन र अहिले पनि केही भन्न चाहन्नँ ।
त्यो घटनालाई तपाई आफ्नो जीवनमा कसरी सम्झनुहुन्छ ?
त्यो मेरो अतीत हो, बितिसकेको कुरालाई म सम्भिmन चाहन्नँ । जीवनमा अझ धेरै अगाडि जान बाँकी छ, अतीतलाई सम्झेर समय खेर फाल्नु छैन मलाई ।
भिडियो बाहिर ल्याउने व्यक्ति को हो चिन्नुभयो ?
त्यो मलाई थाहा छैन । त्यसबारेमा मलाई कसैलाई पनि केही भन्नु छैन ।
यहाँसम्म आइपुग्दा जीवन के हो जस्तो लाग्छ ?
मलाई जीवन समुद्रजस्तो लाग्छ । जसरी बाहिरबाट हेरेर मात्र समुद्रको गहिराइ अनुमान गर्न सकिन्न, पछि जति भित्र गयो उति गहिरो हुँदैं जान्छ, त्यसको अन्त्य भेट्नै गाह्रो हुन्छ । जीवन पनि त्यस्तै हो यसलाई जति बुझ्दै गयो उति नै रहस्यमय बन्दै जान्छ । जीवनका कुनै पनि कुराहरू आफैंले नभोगी के हो भनेर थाहा नै हुँदैंन ।
भविष्यको योजना के छ ?
यही फिल्म क्षेत्रमा नै बसेर केही गर्छु भन्ने छ । साथामा मेरो आफ्नो रेस्टुरेन्टको साइड बिजनेस छ, त्यसलाई पनि अपग्रेड गर्दै लैजान्छु ।
नेपालमै बस्नुहुन्छ कि विदेशतिर जाने योजना छ ?
अहिले त त्यस्तो केही योजना
छैन । तर भविष्यमा कोर्सको सिलसिलामा अथवा पढाइको सिलसिलामा केही समयका लागि जान सक्छु । किनभने मैले अभिनयको कोर्स अहिलेसम्म कहीं पनि लिएको छैन पछि त्यस्तै राम्रो रोलको अफर आयो र मलाई अभिनयको कोर्स लिनुपर्छ भन्ने फिल भयो भने म कोर्सका लागि बाहिर जान सक्छु । तर उतै बस्ने गरेर जान्नँ, म नेपालमा नै बसेर केही गर्न चाहन्छु ।
विवाहको बारेमा के भन्नुहुन्छ ?
त्यो अहिले मेरो दिमागमा नै छैन ।
विवाह गर्नुहुन्छ कि हुँदैन ?
विवाह त अवश्य गर्छु, किनभने विवाह भनेको जीवनको एउटा सुन्दर क्षण हो । तर अहिले त्यसबारेमा सोच्न चाहन्नँ ।
घरवाट विवाहको कत्तिको प्रेसर आउँछ ?
त्यस्तो कुनै पनि प्रेसर गर्नुभएको छैन । यो विषयमा मलाई आमा-बुबाको एकदम सपोर्ट छ । उहाँहरू आफैं मलाई विवाह भनेको जहिले गरे नि हुन्छ भन्नुहुन्छ ।
अन्तमा भन्न मन लागेको केही कुरा छ कि ?
मेरो जीवनको एकदम खराब समयमा पनि मलाई साथ दिने मेरो परिवार र साथीहरूलाई म जीवनभर सम्भिmनेछु । उहाँहरूको मप्रतिको त्यो माया देखेर म आफैं सोच्थें, मलाई यिनीहरूले किन यस्तो माया गरेको होला ? के म साँच्चै त्यति असल छु र ! उहाँहरूको त्यही
मायाले ममा सकारात्मक
सोचको विकास गराउँथ्यो । मलाई जीवनमा अघी बढ्ने आत्मविश्वास दिन्थ्यो । उहाँहरूले मलाई जुन माया दिनुभएको छ, त्यसको लागि म भविष्यमा उहाँहरूलाई मप्रति गर्व गर्ने बनाउनेछु ।
प्रस्तुति ः गीता थापा

No comments:

Post a Comment